Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

अभियानद्धारा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई दोश्रो पत्र

Posted by Ram Kumar Shrestha on October 20, 2013

logo३ कार्तिक:लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले मन्त्रिपरिषदका अध्यक्ष Khilrajसम्माननीय खिलराज रेग्मीज्यूलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको र चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अनुरोध गर्दै पत्र लेख्नु भएपस्चात उक्त टेलिसेरियलको पहिलो भागमा “बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख” भएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियानका तर्फबाट अनुरोधात्मक पत्र लेख्नु भएको छ । पत्रको पूर्ण विवरण यस प्रकार छ:

सम्माननीय खिलराज रेग्मीज्यू,
अध्यक्ष, मन्त्रिपरिषद
प्रधानमन्त्री कार्यालय,
काठमान्डौं, नेपाल ।

मिति: ३ कार्तिक, २०७० तदनुसार २० अक्टोबर, २०१३

बिषय: जीटिभिद्धारा प्रसारण शुरुगरिएको “बुद्ध” टेलिसिरियल पहिलो भाग भ्रमपूर्ण

सम्माननीय खिलराज रेग्मीज्यू,

जी टिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियल सच्याउने सरकारी पहल बिषयमा २४ आस्विन, २०७० मा लेखिएको अभियानको पत्र संस्मरण गराउँदै उक्त सेरियलको पहिलो भागमा वुद्ध जन्मस्थल बिषयमा भएको भ्रमपूर्ण जानकारी (बुद्धको जन्म उत्तर भारतमा भारतवर्ष मगद साम्राज्यको कपिलबस्तु राज्यको लुम्बिनीमा भएको उल्लेख छ) सच्याउने काम नभएको पाइएकोले उक्त टेलिसिरियल हालमा नेपालमा देखाउन नपाईने ब्यबस्था गरी सो जानकारी सच्याउन लगाउन सरकारी स्तरबाट अबिलम्ब पहल गरियोस भनी अभियान अनुरोध गर्दछ ।

उक्त टेलिसिरियलमा नेपालमा जन्मनु भएको बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएपस्चात भएको ब्यापक बिरोधका कारण कबिर बेदीले ट्विटर मार्फत Yes, my friends, I mis-spoke. Forgive me. Lord Buddha was certainly born in Lumbini, Nepal. My apologies to all whose feelings were hurt भन्दै माफी मागिसकेको र काठमाण्डौंस्थित भारती दूताबासले ट्विटर मार्फत “The question of where Lord Buddha was born was settled 2000 yrs ago when Ashoka installed the pillar with his inscription in Lumbini, Nepal” भनेको छ । उक्त टेलीसिरियलको बिभिन्न भागमा समेत बुद्ध जन्मस्थलबारे दिग्भ्रम गरिने किसिमका सामग्री हुन् सक्ने भएकोले सो हुनबाट रोकी वुद्ध जन्मस्थलबारे गलत जानकारी प्रवाह हुन नदिन नेपाल सरकारको तर्फबाट आवस्यक कुटनैतिक पहल गर्नको लागि अभियान अनुरोध गर्दछ ।

नेपालको लुम्बिनी बुद्ध जन्मस्थल भएकै कारण यूनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा पारेको, संयुक्त राष्ट्र संघकै परियोजनाको रुपमा प्रो केन्जो टांगे र प्रो योंग हून क्वाकले लुम्बिनी गुरु योजना बनाएका, जापानको आर्थिक सहयोगमा यूनेस्को मार्फत लुम्बिनीमा पुरातात्विक अनुसन्धनात्मक परियोजना सन्चालन भैरहेको हो । अन्तराष्ट्रिय स्तरका ब्यक्ति र

संस्थाहरु वुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सहभागी हुन लालायित छन भने राष्ट्र संघका महासचिब बान्की मून समेत वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएको छ, तर धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरियोस भनी अभियानको ज्ञापन पत्र तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कविताराम श्रेष्ठ समेत सहभागी भएको टिमले बुझाएको स्मरण गराउन चाहन्छौं ।

कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थलबारे जानकारी सच्याउने निर्णय त्यहाँको सरकारी स्तरबाट नै भैसकेको, चिनमा सच्याउन माथिल्लो स्तरमा कुराकानी अगाडि बढाउने कुरा अगाडि बढेको सन्दर्भमा बाँकी देशहरुमा समेत नेपाल सरकारले कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरी विस्व जनतालाई सही जानकारी पाउने मानबाधिकार दिलाइयोस भनी अभियान पुन: यही पत्र मार्फत हार्दिक अनुरोध गर्न चाहन्छ ।

Signature updated
रामकुमार श्रेष्ठ
बिस्व संयोजक

बोधार्थ:
माननीय शंकरप्रसाद कोइराला
अर्थमन्त्री,
काठमान्डौं, नेपाल

माननीय माधव प्रशाद घिमिरे
पररास्ट्र मन्त्री,
काठमान्डौं, नेपाल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: