Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यालिफोर्निया समिति गठन

Posted by Ram Kumar Shrestha on October 22, 2013

Group

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पबित्र जन्मभूमि नेपालको लुम्बिनीबारे केही वर्षयता विभिन्न संचार माध्यम तथा प्रकाशनहरुमा भ्रामक प्रचार हुन गैरहेको कारण यस किसिमको समस्या समाधानका खातिर इतिहासमा पहिलो पटक बिभिन्न देशमा रहेका नेपालीहरुले १ डिसेम्बर २००९ लाई कपिलवस्तु दिवस विस्व दिवसको रुपमा मनाए । यस्लाई निरन्तरता दिनका लागि कपिलवस्तु दिवस अभियान विस्व कार्य समिति गठनपस्चात अठार देशमा राष्ट्रिय समिति, केही देशमा स्टेट समिति र अन्य समितिहरु समेत गठन गरी उल्लेख्य उपलब्धिहरु हासिल गर्दै आइरहेको छ । यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेका नेपालीहरुको १८ संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको अक्टोबर १३, २०१३ को दिन भएको भेलाले भेलाले चिनकाजी श्रेष्ठको प्रस्ताब र बिष्णु गुरुङको समर्थनमा पछि बिस्तार गर्ने गरी नौ सदस्यीय लुम्बिनी-कपिलवस्तु दिवस अभियान क्यालिफोर्निया समिति गठन गरेको छ किशोर शेरचनको मूल संयोजकत्वमा । समितिका अन्य संयोजकहरुमा चिनकाजी श्रेष्ठ, बिष्णु गुरुङ, सुरेन्द्र मल्ल, हेम पनेरु नेपाली, सन्जिब राना, पूर्ण योगी, यन राई र पुनम शाक्य हुनुहुन्छ ।

Group 2

समिति गठनपछि बसेको समितिको पहिलो बैठकले लुम्बिनी-कपिलवस्तु शान्ति अभियानका गतिबिधिलाई क्यालिफोर्नियामा गती दिने, संसारमा बिभिन्न माध्यमहरूबाट बुद्ध भगवानको जन्मस्थलबारे केही बर्षदेखि भैरहेको भ्रामक प्रचार प्रसार सच्याउने तथा अमेरिकी जनतालाई सही जानकारी बोध गराउने, शाक्यमुनि बुद्धको जन्मदिवसलाई अरु बढी ससक्त ढंगले मनाउने बिषयमा छलफल गर्‍यो । बैठकमा सबै संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य प्रकट गर्नु भएको थियो । उक्त बैठकमा उठेका प्रश्नहरुको उत्तर किशोर शेरचन तथा चिनकाजी श्रेष्ठले दिनु भएको भयो ।

Group 3

उक्त तदर्थ समितिलाई संस्था दर्ता गर्ने र आगामी कार्यक्रमहरु तय गर्ने जिम्मेवारी दिइएको छ । संस्था दर्ता प्रयोजनको लागि कार्य बिभाजन आबस्यक पर्ने भएकोले संजोजक – किशोर शेरचन, उप-संयोजक – चिनकाजी श्रेष्ठ, कोषाध्यक्ष – बिष्णु गुरुङ, सचिव – सुरेन्द्र मल्ल, सदस्यहरुमा हेम पनेरु नेपाली, सन्जिब राना,पूर्ण योगी, यन राई र पुनम शाक्य रहने गरी कार्य बिभाजन गरिएको छ ।

Group 4

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: