Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बेल्जियममा अभियान सल्लाहकार आनी छोइङ डोल्माको भव्य स्वागत

Posted by Ram Kumar Shrestha on October 28, 2013

लुभेन, २६ अक्टोबर २०१३ । बेल्जियमको चोउद्फ़ोनटीन क्यासिनोको खचाखच भरिएको भव्य सभा हलमा नेपाल-बेल्जियम फ्रेन्डशिप एसोसिएसनले आयोजना गरेको अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायिका तथा आर्य तारा स्कुल र आरोग्य फाउन्डेसनको संस्थापक एवं लुम्बिनी-कपिलवस्तु दिवस अभियानको ग्लोवल कमिटी सल्लाहकार आनी छोइङ्ग डोल्माको “युरोपियन टुर २०१३” को ओपनिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।

1

कार्यक्रमको बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत महामहिम राममणि पोखरेलले बिद्युतीय प्रविधिबाट स्टेजमा लाइट प्रज्वलन गरी भव्यताका साथ समुदघाटन गर्नुभयो । उहाँले समुदघाटन कार्यक्रममा भन्नुभयो- ” This is an indication that Ani’s serene and sacred music is becoming more and more popular not only in Belgium but in other parts of the world and in view of growing popularity. I hope we could organise her concerts among even bigger audience in Belgium next year.” राजदूत पोखरेलले अगाडि भन्नु भयो – “As you all know Lord Buddha was born in Lumbini, Nepal in 623 B.C. and as the birth place of Buddha Nepal has always been a place of pilgrimage for those who seek spiritual upliftment.”  कार्यक्रम आयोजक नेपाल-बेल्जियम फ्रेन्डशिप एसोसिएसनका अध्यक्ष फ्रान्क वेर्मिर्श तथा बेल्जियमको वालोनिय क्षेत्रको लागि नेपालको कन्सुल महामहिम रोजर दि ग्रुइनको अथक प्रयासको लागि विशेष धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावप्रति राजदूत पोखरेलले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानको ग्लोवल कमिटि सल्लाहकार रहनु भएकी आनी छोइङ्ग ड्रोल्मालाई अभियानको तर्फबाट हरियो खादा ओढाएर हार्दिक स्वागत गर्दै वहांको “युरोपियन टुर २०१३” को सफलताको लागि शुभकामना दिनुभयो । साथमा अभियानको राष्ट्रिय समिति बेल्जियमका संयोजक डिल्लीराम भण्डारीको पनि उपस्थिति थियो ।

कार्यक्रममा अत्यन्तै महत्वपूर्ण ढंगले स्टेजमा आफ्नो प्रस्तुतिकै क्रममा गायिका आनी छोइङ्ग ड्रोल्माले अंग्रेजी भाषामा “बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा रहेको तथ्य बताउँदै त्यस तथ्यलाई विश्वभरी प्रचार प्रसार गर्न अभियान चलिरहेको छ र म त्यस अभियानको एक पार्टस् हुँ” भन्नुभयो । आनीको प्रस्तुतिको सम्मानमा दर्शकदिर्घाबाट गरिएको अविछिन्न गड्गडाहट् तालीले करिव ४ मिनेटसम्म हल गुञ्जियो । उहाँले दर्शकहरुलाई ताली रोक्न गरेको अनुरोधले मात्र त्यो रोकिएको थियो । करिव ६०० दर्शकले भरिएको हलमा बेल्जियमका लुभेन, ब्रुस्सेल्स, अन्त्वेर्पेन तथा अन्य शहरहरुबाट गरि कार्यक्रममा लगभग ५० जना जति नेपालीको उपस्थिति थियो भने अन्य सबै बेल्जियन नागरिकहरुले हल भरिएको थियो ।

@Onlinekhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: