Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for November, 2013

लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि

Posted by Ram Kumar Shrestha on November 29, 2013

वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको ।……अभियानको उद्धेस्य बुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने नभएर बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्नु हो

अभियानले गुगल र फेसबुकमा क्रान्ति नै ल्यायो ।

अभियान नयाँ चरणमा प्रबेश गरेको छ ।

यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक

Ram Kumar Shresthaवुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि वुद्ध जन्मिनु भएकै देशका तर्फबाट भने देखा परेको सर्बपक्षीय मौनताका कारण सीमित साधन र श्रोतका बाबजुद क्षमताले भ्याएसम्म सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म अभियानको उद्धेस्य प्राप्तीका दृष्‍टिकोणले अनपेक्षित तवरबाट उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको छ । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले बिस्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अस्ट्रेलिया, मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन,  इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्ड, नर्बे गरी अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन भएको छ । अमेरिका र केही युरोपेली देशहरुमा राष्ट्रिय समिति गठनको तयारी भैरहेको छ ।

अभियानको उद्धेस्य प्राप्तीमा प्राप्त भएका उपलब्धिहरुलाई बिस्तृत रुपमा भन्दा संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्ला ।

१. जन चेतना जगाउने: नक्काली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको खबर अनलाइन खबर पत्रिकाले प्रकाशित गर्दासम्म पनि देखिएको एक किसिमको सर्बपक्षीय मौनताको कारण नेपालीहरु त्यसबारे अनभिज्ञ हुनु स्वाभाबिकै भएकोले अभियानको शुरुका केही बर्ष तात्कालिन रुपमा देखा परेका बिभिन्न समस्या समाधानका खातिर प्रयासरत रहँदै र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले शक्तिका भरमा नाजायज तबरबाट बुद्धको नामबाट फायदा लिन गरेको त्यस किसिमको निर्माण कार्यको बिरोध गर्दै बिभिन्न किसिमबाट जन चेतना जगाउनमा नै केन्द्रित भयो । सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रयोजनका लागि साधन बने ।

२ सरकारी एबं सम्बन्धित निकायलाई झकझक्याउने: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो । ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ र अभियानका केही सदस्यहरु सहितको प्रतिनिधि मण्डलद्धारा ज्ञापन पत्र बुझाईएको थियो । नेपाल सरकारले अभियानको सुझाबलाई कार्यन्वयन नगर्दा नै  कान्तिपुर दैनिकमा ब्रिटिश म्युजियमबारेकोबुद्धबारे भ्रमसम्बन्धी समाचारमा अभियानका बिस्व संयोजकको वुद्धको जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी समस्या समाधानार्थ सरकारले कुटनितिक नियोग मार्फत काम गरिनु पर्ने भनाइ  पढेपछि  डिसेम्बर १९, २०१२ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्धसम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।  Read the rest of this entry »

Advertisements

Posted in लेख / रचना | Leave a Comment »

‘Exciting’ Discovery At Buddha’s Birthplace

Posted by Ram Kumar Shrestha on November 26, 2013

After a three-year dig, archaeologists may have found the Buddha’s exact birthplace and more details about when he was born.

Thai monks gather on walkways around the Maya Devi Temple, where archaeologists have been excavating an ancient shrine. Pic: Ira Block/National Geographic
Thai monks gather on walkways around the Maya Devi Temple, where archaeologists have been excavating an ancient shrine. Pic: Ira Block/National Geographic
The shrine is once thought to have contained the tree beneath which the Buddha was born. Pic: Ira Block/National Geographic
The shrine is once thought to have contained the tree beneath which the Buddha was born. Pic: Ira Block/National Geographic
Read the rest of this entry »

Posted in News | Tagged: , , , , , , | 2 Comments »

Frank Vermeersch as Lumbini-Kapilvastu Day Movement Europe Advisor

Posted by Ram Kumar Shrestha on November 20, 2013

Frank with Ani

Frank Vermeersch has been appointed as Lumbini-Kapilvastu Day Movement Europe Advisor. By profession Mr. Vermeersch is an Engineer in Chemistry and is working in the capacity of Belgium-Nepal Friendship Association President. He initiated to establish Ani Choying Foundation too on  Internationally renowned nun and musician and Lumbini-Kapilvastu Day Movement Global Advisor  Ani Choying Drolma’s demand and NRN Chief Patron and Consulate General of Nepal to Germany HE Ram Thapa’s advice.

Frank with Amb Pokharel and F minister

Frank Vermeersch with Ambassador and Finanace Minister

Read the rest of this entry »

Posted in News | Tagged: , , , | Leave a Comment »

Nepal elected to the UNESCO Executive Board

Posted by Ram Kumar Shrestha on November 14, 2013

 

Nepal elected to the UNESCO Executive Board
Thursday, 14 November 2013 : Nepal has been elected in the Executive Board of UNESCO on Wednesday during the organisation’s 37th General Conference held in Paris.

“Nepal has been elected for the tenure of four years,” Tap Raj Pant, the national programme officer at UNESCO’s Kathmandu office told Nepalnews.com. “Nepal was able to win 144 votes from 185 voter countries.”

The Executive Board, as the executive organ of the UNESCO, conducts the programme fixed by the General Conference. It issues recommendation for the admission of prospective new member States of the United Nations. The board also calls international and non-governmental conferences on education, natural sciences and humanities. Read the rest of this entry »

Posted in News | Tagged: | Leave a Comment »

विश्वकै गौरवः नेपालका बुद्ध

Posted by Ram Kumar Shrestha on November 14, 2013

-भगवती बस्नेत

Bhagabati Basnetविश्व मानचित्रमा नेपाल र नेपालीको बेग्लै महिमा स्थापित छ । खासगरेर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएको कारणले संसारभरि नेपालको पहिचानमा थप वृद्धि भएको हो । त्यसैगरेर सगरमाथाले नेपालको शिर त्यसरी नै चुल्याई दिएको छ । यी गौरवशाली महिमाका कारण विश्वर रङ्गमञ्चमा नेपालको बेग्लै अस्थित्वको निर्माण भएको पाइन्छ । तर पनि हामीले हाम्रै गौतम बुद्ध हाम्रो देश नेपालमा नै जन्मिएका हुन् । सगरमाथा नेपालमा पर्छ भनेर हिड्नु परिरहेको छ । यस बिषयमा तर्क बितर्क गर्दा हामीले आफ्नै देशका राष्ट्रिय विभूति र राष्ट्रिय सम्पदा माथि आफैलाई बिश्वास नभए झैँ भान हुन् सक्छ कतिपय नेपालीहरुले किनयस्ता बिषयमा समय बर्बाद गर्न कुर्लनु भन्ने पनि गर्छन । कतिपय हामी आफैँलाई बिश्वास नभए झैँ तल्ला स्तरको अभिनयको दृश्य पनि यदाकदा देखिन्छ । तर पनि हाम्रो राष्ट्रिय सम्पति हाम्रो हो भन्न कुनै अप्ठ्यारो नमानी आ आफ्नो क्षेत्रबाट बुद्धको जन्मिएको देशको गरिमा कायम गर्न सबैले एकजुट भएर अगाडि बढ्नु पर्छ । नेपाल भन्नु एउटा सार्वभौमसत्ताका अतिरिक्त सगरमाथा र बुद्धको देश पनि हो भन्ने बुझ्नु पर्छ । जबसम्म आकाशमा चन्द्रसूर्य रहन्छन् तबसम्म यो सत्यतालाई नकार्न सकिदैन । यही कारण र देशभक्ति भावना थपिनाले पनि हाम्रो देशको स्वाभिमानमा कसैले गिद्धे दृष्टि लगाउन सक्दैनन् ।

भगवान गौतम बुद्ध शान्तिका अग्रदुत हुन् । नेपालभित्र मात्र उनको शिर्ष स्थान रहेको होइन, मुलभुत रुपमा शान्तिको हिसावले विश्वमानै उनले शिर्षस्थ स्थान ओगटेका छन्।

झन्नै २६०० वर्षअघि नेपालको लुम्बिनीमा जन्म लिई विश्वभर शान्ति, अहिंसा र प्रेमको सन्देश फैल्याउन सफल शान्तिका अग्रदूत भगवान गौतम बुद्धका उपदेशहरू आज पनि सम्पूर्ण प्राणीहरुको लागि उत्तिकै सान्दर्भिक र जीवनोपयोगी भएका छन् । विशाल योगदानका कारण बुद्ध विश्वकै साझा सम्पति भएका हुन् । उनी सर्वत्र पुजिने विश्व विभूति भएका छन् ।

आस्थाका आधारमा कसैले पनि बुद्धलाई मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा अन्य प्रश्न उठाइराख्न आवश्यक छैन । तर उनको महानता र प्रसिद्धिका कारण भगौलिक क्षेत्रका आधारमा गलत ढङ्गबाट उनलाई आफ्नो मुलुकको भनेर प्रमाणित गर्नु खोज्नु दुस्प्रयास मात्रै हो । उनका नामबाट नजायज फायदा लिनका लागि विश्व जनमानसलाई दिग्भ्रमित तुल्याउन बेलाबखत गरिने र भएका कार्य हेरेर कुनै पनि नेपालीले मौन बस्नु हुँदैन । हामी मौन बस्नुको तात्पर्यले अनावश्यक हल्ला फैलाएर आफ्नो स्वार्थसिद्ध गर्न पल्केकाहरूलाई थप प्रोत्साहन मिल्ने छ । यसका ज्वलन्त प्रमाणहरु यत्रतत्र नै देखिंदै आएका छन् । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

बेल्जियममा पाँचौं लुम्बिनी कपिलवस्तु दिवस मनाइने

Posted by Ram Kumar Shrestha on November 14, 2013

with bnfa team

चोउद्फ़ोनटीन, १२ नोभेम्बर- बेल्जियमको चोउद्फ़ोनटीन क्यासिनोको सभा हलमा आगामी २०१३ नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख दुइ दिनसम्म पाँचौं “लुम्बिनी-कपिलवस्तु दिवस” भब्य रुपमा मनाउने निर्णय भएको छ ।

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्वब्यापी रुपमा सुपरिचित गराउन प्रचार प्रसार गरिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य तथा अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेको हिजो ११ नोभेम्बरका दिन बेल्जियम-नेपाल फ्रेन्डशिप एसोसिएसन तथा आनी छोइङ्ग फाउन्डेसन, बेल्जियमका अध्यक्ष फ्रान्क वेर्मीर्स्च तथा बेल्जियम-नेपाल फ्रेन्डशिप एसोसिएसन कार्य समितिकी सदस्य फ्रान्सवा रोलान्ड्स बीच भएको दुइपक्षीय मैत्रीपूर्ण भेटघाटमा आपसी सहकार्य गरि पाँचौं “लुम्बिनी-कपिलवस्तु दिवस” विशेषरुपबाट मनाउने तय भयो । अभियान र एसोसिएसनको बीचमा आगामी वर्षमा समेत सहकार्य गर्ने समझदारीपत्रमा अभियानका युरोप सल्लाहकार आचार्य तथा एसोसिएसनका अध्यक्ष वेर्मीर्स्चले सहमति जनाएका छन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी गेटको लागि बेलायतमा विद्यार्थीहरुबाट अर्थ संकलन

Posted by Ram Kumar Shrestha on November 8, 2013

10

नोभेम्बर २ लण्डन । बेलायतमा वकिङ्ग नगरको बिसप डेविड ब्राउन स्कूलका विद्यार्थीहरूले नेपालका विद्यार्थीहरूको लुम्बिनी गेट बनाउँन राखेको चासोमा ऐक्यबद्धता जनाउन “खाजाबाट एक पाउण्ड” रकम संकलन गरे । स्मरण रहोस लुम्बिनी नेपालस्थित बुद्ध आदर्श विद्यालयबाट नेपाल भारतको सिमानामा पर्यटकहरूलाई नेपाल पसेको अनुभूति दिने हेतुसाथ स्वागतद्धार बनाउन खाजाबाट रु १ अभियान २०६८ फल्गुण ११ मा सुरु भएको थियो । बिशप डेविड ब्राउन स्कूलको हलमा आयोजित यो कायक्रमलाई अभिवाकहरूका तिहार-देउसी कार्यक्रमको सिलसिलामा समाहित गरिएको थियो । कार्यक्रमबाट १८० पाउण्ड संकलित भयो । संकलित रकम नेपाल पठाउन लुम्बिनी कपिलवस्तु अभियानका विश्वसमिति सल्लाहकार डा कबिताराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्य कार्यक्रमका संयोजक १४ वर्षीय विद्यार्थी संदेश कंडेलका साथै वकिङ्ग नेपाली समाजका अध्यक्ष भगवान चामलिंग र प्रमूख अतिथि वकिंग सहरका मेयर एन रबर्टले संयुक्तरूपमा गरेका थिए ।

8

Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

नेपालमा पाँचौं लुम्बिनी कपिलबस्तु दिवस मनाउने तयारी

Posted by Ram Kumar Shrestha on November 4, 2013

logoकाठमान्डौं कार्तिक १३ डा हरिकुमार श्रेष्ठ: नेपालमा पाँचौं लुम्बिनी-कपिलवस्तु दिवस भब्य रुपमा मनाउन ऐक्यबद्धता मासिकको कार्यालयमा लुम्बिनी कपिलवस्तु दिवश अभियानका सार्क सल्लाहकार केदार शाक्य, लुम्बिनी कपिलबस्तु दिवस अभियान विस्व कार्य समितिका लक्ष्मी सिँखडा, नीलकण्ठ तिवारी, डा हरी कुमार श्रेष्ठ, लुम्बिनी प्रबर्द्धन अन्तरराष्ट्रिय समितिका मिना शर्मा, अभियानका ताईवान सल्लाहकार एबं गैर आवासीय नेपाली संघ ताइवानका अध्यक्ष बीरेन्द्रबहादुर ताम्राकार, अभियानका वेलायत संयोजक सोफिया थापा, अभियानका नेपाल पदाधिकारी, गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकका नव निर्वाचित संयोजक श्री गंगाराज राई र अभियानका शुभ चिन्तकहरु गरी १७ जनाको उपस्थितिमा बसेको बैठकले अभियानको पाचौं वार्षिकोत्सब भब्यताका साथ मनाउन बिभिन्न समितिहरु गठन गरेको छ । बैठकमा विदेशबाट आउनु भएका अतिथिहरुलाई संस्थाका सल्लाहकार संयोजक श्री केदार शाक्यबाट खादाद्धारा सम्मान गरी स्वागत गर्नुभएको थियो ।

डा. हरिकुमार श्रेष्ठको मूल संयोजकत्व गठित समितिमा नीलकण्ठ तिवारीको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया व्यवस्थापन, श्रीकुमार श्रेष्ठको संयोजकत्वमा र्याली व्यवस्थापन, चन्दा थापाको संयोजकत्वमा ब्यानर तथा फ्लेक्स व्यवस्थापन, विजय ढकालको संयोजकत्वमा सभाकक्ष व्यवस्थापन, किशोर कुईँकेलको संयोजकत्वमा अतिरिक्त कृयालाप समितिहरु गठन गरिएको छ । उक्त मूल समितिमा मीना शर्मा, युवराज भण्डारी, जीवनलाल पन्थी, रामलाल श्रेष्ठ, अनिता भट्टराई, ठाकुर देवकोटा, बिमलबाबु श्रेष्ठ, सोफिया थापा, लक्ष्मण पुरी र निलेश अधिकारी हुनुहुन्छ ।

गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पूर्व रजिस्टार तथा अभियानका सार्क सल्लाहकार केदार शाक्यको संयोजकत्वमा कार्यपत्र लेखन तथा अतिथि छनौट एबं सल्लाहकार समिति गठन गरिएको छ जस्मा धर्मबहादुर शाक्य, गुह्यरत्न शाक्य, बरिस्ठ कलाकार एबं अभियानका सांस्कृतिक दूत मनोज गजुरेल, मनोरमा शेरचन, भिक्षु आनन्द, गंगाराज राई, लक्ष्मी सिँखडा, बीरेन्द्र बहादुर ताम्राकार हुनुहुन्छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: