Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपालमा पाँचौं लुम्बिनी कपिलबस्तु दिवस मनाउने तयारी

Posted by Ram Kumar Shrestha on November 4, 2013

logoकाठमान्डौं कार्तिक १३ डा हरिकुमार श्रेष्ठ: नेपालमा पाँचौं लुम्बिनी-कपिलवस्तु दिवस भब्य रुपमा मनाउन ऐक्यबद्धता मासिकको कार्यालयमा लुम्बिनी कपिलवस्तु दिवश अभियानका सार्क सल्लाहकार केदार शाक्य, लुम्बिनी कपिलबस्तु दिवस अभियान विस्व कार्य समितिका लक्ष्मी सिँखडा, नीलकण्ठ तिवारी, डा हरी कुमार श्रेष्ठ, लुम्बिनी प्रबर्द्धन अन्तरराष्ट्रिय समितिका मिना शर्मा, अभियानका ताईवान सल्लाहकार एबं गैर आवासीय नेपाली संघ ताइवानका अध्यक्ष बीरेन्द्रबहादुर ताम्राकार, अभियानका वेलायत संयोजक सोफिया थापा, अभियानका नेपाल पदाधिकारी, गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकका नव निर्वाचित संयोजक श्री गंगाराज राई र अभियानका शुभ चिन्तकहरु गरी १७ जनाको उपस्थितिमा बसेको बैठकले अभियानको पाचौं वार्षिकोत्सब भब्यताका साथ मनाउन बिभिन्न समितिहरु गठन गरेको छ । बैठकमा विदेशबाट आउनु भएका अतिथिहरुलाई संस्थाका सल्लाहकार संयोजक श्री केदार शाक्यबाट खादाद्धारा सम्मान गरी स्वागत गर्नुभएको थियो ।

डा. हरिकुमार श्रेष्ठको मूल संयोजकत्व गठित समितिमा नीलकण्ठ तिवारीको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया व्यवस्थापन, श्रीकुमार श्रेष्ठको संयोजकत्वमा र्याली व्यवस्थापन, चन्दा थापाको संयोजकत्वमा ब्यानर तथा फ्लेक्स व्यवस्थापन, विजय ढकालको संयोजकत्वमा सभाकक्ष व्यवस्थापन, किशोर कुईँकेलको संयोजकत्वमा अतिरिक्त कृयालाप समितिहरु गठन गरिएको छ । उक्त मूल समितिमा मीना शर्मा, युवराज भण्डारी, जीवनलाल पन्थी, रामलाल श्रेष्ठ, अनिता भट्टराई, ठाकुर देवकोटा, बिमलबाबु श्रेष्ठ, सोफिया थापा, लक्ष्मण पुरी र निलेश अधिकारी हुनुहुन्छ ।

गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पूर्व रजिस्टार तथा अभियानका सार्क सल्लाहकार केदार शाक्यको संयोजकत्वमा कार्यपत्र लेखन तथा अतिथि छनौट एबं सल्लाहकार समिति गठन गरिएको छ जस्मा धर्मबहादुर शाक्य, गुह्यरत्न शाक्य, बरिस्ठ कलाकार एबं अभियानका सांस्कृतिक दूत मनोज गजुरेल, मनोरमा शेरचन, भिक्षु आनन्द, गंगाराज राई, लक्ष्मी सिँखडा, बीरेन्द्र बहादुर ताम्राकार हुनुहुन्छ ।

उक्त बैठकले मंसिर १५ गते बिद्यार्थीहरुबीच अतिरिक्त कृयाकलाप (बुद्ध र लुम्बिनी-कपिलबस्तु नेपालसम्बन्धी साहित्य प्रतियोगिता) आयोजना गर्ने र मंसिर १६ गते आईतबार डिसेम्बर १ का दिन १०:३० बजे र्याली तथा १ बजे अन्तरकृया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यक्रमलाई रु १०,०००।०० आर्थिक सहयोग गर्ने श्री बीरेन्द्रबहादुर ताम्राकार (अध्यक्ष, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति तथा सल्लाहकार, लुम्बिनी कपिलबस्तु दिवस अभियान, राष्ट्रिय समिति, ताईवान)लाई बैठकले बिशेष धन्यवाद पनि ज्ञापन गरेको छ । कार्यक्रमको आवस्यकतालाई ध्यानमा राखी केही पदाधिकारी तथा कार्य जिम्मेवारी पनि थप गर्न सकिने भएको छ । यसको लागि मूल समितिले व्यवस्था गर्नेछ । आवस्यकतानुसार थप विषयवस्तुहरुको छलफल तथा निर्णय मूल समितिले गर्नेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: