वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले विस्वब्यापी रुप लिएको सन्दर्भमा त्यस्लाई निस्तेज पार्नका लागि कतैबाट आवाज नउठेका कारण नागरिकस्तरबाट सुत्रपात भएर विश्वव्यापी रुपमा आवाज उठाईरहेको लुम्बिनी–कपिलवस्तु दिवस अभियानले यही पौष १३ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाण्डौमा माननीय पर्यटन मन्त्रीज्यूको प्रमुख आतिथ्यता र धेरै पार्टीका बरिस्ठ ब्यक्तिहरुको उपस्थितिमा ‘बुद्ध जन्मस्थलबारे दिग्भ्रमः पाठ्यपुस्तक सुधारका उपाय एवं प्रयासहरु’ विषयक वृहत अन्र्तकृया कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा प्रेषित शुभकामना । शुभ-कामना सन्देश ऐक्यब्द्धता एबं संसारन्यूजकी संपादिका मिना शर्माले वाचन गर्नु भएको थियो । शुभ-कामना सन्देशमा जानकारीमूलक महत्वपूर्ण कुराहरु भएकोले जानकारीको लागि प्रकाशइत गरिएको छ ।
शुभ-कामनाको पूर्ण विवरण:
शुभ-कामना!!!


Marker stone marking the exact spot of Lord Buddha’s birth inside Mayadevi
वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि देखा परेको सर्बपक्षीय मौनताका कारण सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा २००९ डिसेम्बर १ मा अन्तरास्ट्रिय सन्जाल र बिभिन्न गतिबिधि मार्फत बिस्वब्यापी रुपमा ‘कपिलवस्तु दिवस विस्व दिवस’ को रुपमा कार्यक्रम गरी त्यस्लाई निरन्तरता दिनका लागि २०१० मा बिस्व कार्य समिति गठनबाट संस्थागत भएर सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म यो छोटो समयाबधिमा १९ राष्ट्रिय समिति र अन्य थुप्रै समिति गठन गरी अनपेक्षित उल्लेखनीय उपलब्धिहरु हासिल गर्न सफल भएको छ ।
बिभिन्न देशको पाठ्य पुस्तक एबं अन्तराष्ट्रिय स्तरका संग्रहालय, साइट, पुस्तक, सन्जाल आदिमा भएका वुद्ध जन्मस्थलबारे गलत जानकारीका कारण विस्वका करोडौंका बीच तदनुरुपको गलत जानकारी प्रबाह हुने भएकोले अभियानले बिभिन्न तवरबाट सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु मार्फत जन चेतना जगाउने काममा छोटो समयमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।
यो अभियानको शुरुको समयमा गुगलमा वुद्ध जन्मस्थल बिषयमा प्राप्त भएको सफलतामा नेपालीले खुशीयाली मनाएकोमा हाल गुगलमा बुद्धको जन्मस्थल खोज्दा थुप्रै सामग्री हाम्रो अनुकूल प्राप्त हुने बातावरण तयार भएको छ यो अभियान शुरु भएको यो छोटो समयमा नै । दशौं लाख फ्यान भएका मासिक ११५ मिलियनभन्दा बढी मानिसका बीच आफ्ना सामग्री लैजाने ३५० भन्दा बढी स्थानीय टिभिहरुको सन्जाल पिबिएस, लाखौं फ्यान भएका न्यूजविकका प्रधान संपादक एबं सिएनएनका कार्यक्रमा प्रस्तोता फारिद जाकारीया र ब्रिटिश म्युजियमका फेसबुकका पेजहरुमा गएर उनीहरुले बुद्ध जन्मस्थल बिषयमा दिएका गलत जानकारी सच्याउन दबाब दिने जस्ता महत्वपूर्ण कामहरु भए । यही सामाजिक सन्जालमा बुद्धको जन्मस्थल बिषयमा सही जानकारी दिने अभिप्रायले थुप्रै साना ठूला पेज र ग्रुपहरु खोलिएका छन । यी सबैबाट करोडौं बिदेशीहरु समेत अनभिज्ञ छैनन । त्यसैले होला मेलबर्नको ला ट्रोब बिस्वबिध्यालयमा बुद्ध जयन्ती मनाउने क्रममा नेपालको पिछडिएको ग्रामीण भेकका जनतालाई सहयोग गर्ने काममा लागि परेका मार्क पिनोलीले नेपालीहरुले अन्तराष्ट्रिय सन्जाल फेसबुकमा बुद्ध नेपालमा जन्मिएको कुराको बाढी नै ल्याएको देखेर आफू प्रभाबित भएको बताए । यसरी यो अभियानले छोटो समयमा वुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने काममा सीमित साधन र श्रोतका बाबजुद गुगल र फेसबुकमा क्रान्ति नै ल्याएको छ । Read the rest of this entry »
0.000000
0.000000
Like this:
Like Loading...