Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

स्विडेनमा लुन्बिनी-कपिलवस्तु दिवस अभियानको १९ औं राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on December 8, 2013

Sweden1

-कृष्ण कुमार ढकाल गोथेन्बुर्ग, ८ डिसेम्बर २०१३, शान्तिका अग्रदुत विश्वविभुती गौतम बुद्दको जन्मस्थल लुम्बिनी नेपालमा रहेको शास्वत तथ्यको प्रचार प्रसार तथा बुद्दको जन्मस्थल नेपालमा रहेको तथ्यको विपरित भ्रमपूर्ण जानकारीहरु सहितका पाठ्यपुस्तकहरु विश्वका कतिपय जनताले अध्ययन गरिरहेको सन्दर्भमा गलत जानकारी भएका पाठ्यपुस्तकहरुलाई सच्याउन तथा उन्मुलन गराउने उद्देश्यले विश्वब्यापी अभियान चलाइरहेको लुम्बिनी कपिलवस्तु दिवस अभियानको १९ औं राष्ट्रिय समिति अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको समुपस्थितिमा स्विडेनको दोस्रो ठुलो शहर गोथेन्बुर्गमा गैर आवाशीय नेपाली संघ स्विडेनका आइ सी सी प्रतिनिधि कृष्ण कुमार ढकालको राष्ट्रिय संयोजकत्वमा ७ सदस्यीय अभियानको १९ औं राष्ट्रिय समिति गठन गरिएको छ ।

अन्य संयोजकहरुमा गैर आवाशीय नेपाली संघ स्विडेनका पुर्व महासचिव अमृत घर्ति मगर, भोल्भो मोटर्सका इञ्जिनियरिङ्ग सुपरभाइजर तथा नेपाली समाज स्विडेनका कार्यसमिति सदस्य शंकर गौतम, नेपाली समाज स्वीडेनका पुर्व अध्यक्ष बिभु कुमार मिश्र, गैर आवाशीय नेपाली संघ स्विडेनका कार्यसमिति सदस्य अर्जुन श्रेष्ठ, उपत्यका खानेपानी ट्यांकर ब्यवसायी समितिका पुर्व सदस्य सचिव राम शरण ढकाल, महिला विद्यार्थी सुश्री मुना गीरी हुनुहुन्छ भने अभियानका राष्ट्रिय समिति सल्लाहकारमा गैर आवाशीय नेपाली संघ स्विडेनका अध्यक्ष प्रेम गौतमलाइ चयन गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: