Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जन्मस्थल चिनाउने अभियानका अभियन्ता

Posted by Ram Kumar Shrestha on January 5, 2014

[लुम्बिनी-कपिलवस्तु दिवस अभियान के कस्तो परिबेशमा किन शुरु गर्नु पर्‍यो लगायत अन्य बिभिन्न केही महत्वपूर्ण जानकारी सहित अस्ट्रेलियाबाट प्रकाशित नेपालीन्यूजको २०१४ सालको जनवरी अंकको पेज २०-२३ मा ब्यक्ति-ब्यक्तित्व अन्तर्गत epaper  www.nepalinews.com.au मा प्रकाशित सामग्री epaper मा पढन त्यत्ति नरुचाउने केहीले पढनका लागि अन्य बिकल्पका बारेमा सोध्नु भएकोले अनलाइनमा पढने सुबिधा उपलब्ध गराउनका लागि यहाँ प्रकाशित गरिएको छ । प्रकाशित अंक अस्ट्रेलियामा मात्रै उपलब्ध गराइने ब्यबस्था छ । ]

व्यक्ति व्यक्तित्व

By कृष्ण तिवारी, Editor Nepal News Australia

वेलायत रहँदादेखि नै श्रेष्ठले  बुद्धका वारेमा आएका भ्रामक तथ्यलाई खरो रुपमा प्रतिवाद गरे । सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले श्रेष्ठको मन निकै छोयो । यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यस्लाई श्रेष्ठ सर्बपक्षीय मौनता भन्ने गर्छन । उनले भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत  अभियानको सूत्रपात नै गरे जस्ले यो छोटो समयमा विश्वब्यापी रूप लियो ।

रामकुमार श्रेष्ठ – साधरण पहिरन, सरल स्वभाव, पेशाले सिभिल इन्जिनियर । बसाइ अस्ट्रेलिया मेलवर्न नजिकको शहर जिलोङ । कर्मभूमि अस्ट्रेलियालाई बनाए पनि आफ्नो सबै तनमन र समय भने मातृभूमिका निम्ति खर्चेका छन् । बिगत २००९ को डिसेम्बरदेखि उनी बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विश्वब्यापी अभियानमा अहोरात्र खटिएर सबैको प्रसंशा बटुलिरहेका छन् । लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक समेत रहेका रामकुमार श्रेष्ठले एउटा सामान्य नागरिकका हैसियतले विश्वसामु चलाएको बुद्धसम्बन्धी अभियान अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ ।

Julia Ram

श्रेष्ठको जन्म विस. २०१९ सालमा गोरखा जिल्लाको धारापानी बजारमा भएको थियो । अध्ययनमा निकै मिहिनेती तथा मेधावी छात्रको रुपमा चिनिएका श्रेष्ठले विस. २०३६ सालमा गोरखाकै शक्ति माविबाट प्रथम श्रेणीमा प्रवेशिका उत्र्तिण गरे । पढाइ अबधिभर प्रथम श्रेणीले उनलाई संधै पच्छ्याइरह्यो ।

किसान परिवारमा जन्मेर हुर्केका श्रेष्ठको परिवारको आर्थिक स्थिति भने नाजुक नै थियो । अध्ययनमा मेधावी श्रेष्ठलाई प्रवेशिकापछि पढाउन गाउँका शिक्षकहरुले निकै जोड गरेपछि अशिक्षित  आमाबुवाले उनलाई पढन काठमाण्डौ पठाएका थिए ।

प्रवेशिकापछि इन्जिनियरङ अध्ययनका लागि उनी काठमाडौ पुल्चोक क्याम्पसमा भर्ना भए । छात्रवृतिमा अध्ययन गरेका श्रेष्ठले पुल्चोक क्याम्पसमा राम्रो अंक ल्याएर उच्च शिक्षाको लागि रसिया सरकारको छात्रवृतिमा सिभिल इन्जिनियरिङमा मास्टर्स अध्ययनका लागि सन् १९८६ मा रसिया उडे ।

करिब ६ वर्षको अध्ययनपश्चात श्रेष्ठ सन् १९९२ मा नेपाल फर्के । कन्सल्टेन्सीहरू मार्फत  केही वर्ष काम पनि गरे  ।

Receiving Recognition from former Prime Minister Dr. Baburam Bhattaria in Sydney

Receiving Recognition from former Prime Minister Dr. Baburam Bhattaria in Sydney

नेपाल सांस्कृतिक विविधताका दृष्टिकोणले संसारकै धनि राष्ट्रमा मानिने भएकोले उनले नेपाल राष्ट्रिय जातिय संग्राहालय अन्तर्गत नेपालका सबै जातिका जन्मदादेखि मर्दासम्मको संस्कृति सबैको “नमुना घर” मार्फत एकिकृत रूपमा झल्काउने प्रारम्भिक गुरुयोजना बनाए । सोही गुरुयोजनालाई तात्कालिन संस्कृति मन्त्री बल बहादुर केसीले क्याबिनेटमा पेश गरेपस्चात सोही क्याबिनेटले सो परियोजनाको लागि आबस्यक पर्ने २०० रोपनीभन्दा बढी जग्गा सन् १९९६ मा कीर्तिपुरको चम्पादेवीमा प्रदान गर्ने निर्णय गर्यो ।

म्युजियोलोजिष्टसंग संयुक्त रुपमा कन्सल्ट्याण्टको रूपमा काम गरी श्रेष्ठले नेपाल पर्यटन वोर्डको पहिलो तलामा १३ वटा जनजातिहरुको नमुना घरको मिनि म्युजियमको डिजाइन गरे । नेपालमा लोप हुन लागेको लोक भाका र बाजालार्ई संरक्षित गर्ने हेतुले नेपाल लोक बाजा संग्राहालय खोले संस्थापक उपाध्यक्ष बनेर जस्मा दुई सयभन्दा बढी नेपाली बाजाहरु संग्रहित छन् ।

NAV Excellence Award Receiving NAV Excellence Award 2013

भारतद्धारा नेपाली भू–भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्न किसिमका अमानबीय दुब्र्यबहारले अलि उग्र रुप लिएको बेला त्यस्का बिरुद्ध जून १५, २००९ मा सामाजिक सन्जाल मार्फत बिस्वब्यापी कार्यक्रमको लागि श्रेष्ठले पहल गरे । लामो तयारी र अथक प्रायाशपछि गरिएको उक्त कार्यक्रममा बिस्वभरि छरिएर रहेका नेपालीहरुले लगातार २४ घण्टासम्म सहभागिता जनाए । त्यसपछि सार्कमा शक्ति सन्तुलनको लागि सार्क बिस्तार गर्न बुद्धिजीबिहरुद्धारा उपयुक्त बातावरण सिर्जना गर्न सकिन्छ कि भनेर सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गर्न बिभिन्न देशका उपयुक्त प्रतिनिधिहरु खोज्न शुरु भएको र “सार्क बिस्तार प्रसंग र नेपाली परिबेश” लेख लेखेर अगाडि बढिसकेका श्रेष्ठ नक्कली लुम्बिनीसम्बन्धी समाचारका कारण यस्लाई प्राथमिकता दिनु पर्ने ठहर गरी यो अभियानतिर लागेको बताउँछन ।

बुद्ध अभियान र समाज सेवा

सन् २००२ मा एमपिएच अध्ययनका लागि छात्रवृति अन्तर्गत श्रेष्ठकी श्रीमती प्रभादेवी श्रेष्ठ मेलवर्न बिस्वबिद्यालयमा आएपछि उनको अस्ट्रेलियाको यात्रा सुरु भएको हो । नेपालमा सेभ द चिल्डेन, केयर इन्टरन्यासनल, डिआईएफआइडि जस्ता संस्थाहरुमा काम गरेर अनुभवले खारिएकी प्रभा असएडको छात्रवृतिमा अस्ट्रेलिया आएकी थिइन् । श्रीमती आएको केही महिनापछि श्रेष्ठ पनि छोराछोरी लिएर अस्ट्रेलिया आइपुगे । करिब ढाइ वर्ष अस्ट्रेलियाको बसाइपछि सन् २००४ मा श्रेष्ठ परिवार नेपाल फर्के । करिब एक वर्षको नेपाल बसाइपछि सन् २००६ मा श्रेष्ठ परिवार वेलायत पुगे । त्यहींबाटै अस्ट्रेलियामा स्थायी बसोवासका लागि आवेदन दिएको केही महिनामा नै श्रेष्ठ परिबारले सन् २००८ मा अस्ट्रेलियामा स्थायी बसोवासको अनुमति पनि पाए ।

वेलायत रहँदादेखि नै श्रेष्ठले  बुद्धका वारेमा आएका भ्रामक तथ्यलाई खरो रुपमा प्रतिवाद गरे । सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले श्रेष्ठको मन निकै छोयो । यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यस्लाई श्रेष्ठ सर्बपक्षीय मौनता भन्ने गर्छन । उनले भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत  अभियानको सूत्रपात नै गरे जस्ले यो छोटो समयमा विश्वब्यापी रूप लियो ।

त्यस्तै केही वर्ष अघि ब्रिट्रिस म्युजियममा बुद्ध भारतमा जन्मिएको भन्ने सामाग्री फेला पर्यो । यसको विरोध गरी तथ्यलाई सच्याउन म्युजियमलाई फेसबुक मार्फत दबाब दिने र पत्राचार गरेपछि अन्ततः गलत तथ्यलाई सच्याउन सहमत त भयो तर म्युजियमका दक्षिण एसिया क्षेत्रका क्युरेटर डा. सोना दत्त भारती भएकाले घुमाउरो पारामा सच्याउनुको कुनै अर्थ नहुने गरी सच्याए जस्ले गर्दा यो बिषय अहिले पनि अन्यौलमा नै छ ।

त्यस्तै राष्ट्र संघको अन्तराष्ट्रिय न्यायालय हेगमा बुद्धको मुर्ति राख्ने बिषयमा वेलायतमा सुरेन्द्र श्रेष्ठद्धारा उठान गरिएको कुरालाई अभियानको अन्तराष्ट्रिय संगोष्ठी मार्फत लिखित रूपमा कुरा अघि बढेपछि एनआरएनले नेपाल सरकार मार्फत प्रकृया अगाडि बढायो । बुद्धको मुर्ति प्रतिस्थापनको साथसाथै बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमका कारण वुद्ध नेपालमा जन्मनु भएको जानकारी छुटाउन कदापि नहुने भन्ने श्रेष्ठको जोडका कारण सो जानकारी सहित बुद्धको मुर्ति प्रतिस्थापन गरियो ।

सन् २०१२ मा सिडनीको बुद्ध जयन्ति कार्यक्रमकोे अवसर पाररे पुनः अष्ट्रेलिया आए श्रेष्ठ । चाहे लण्डनमा बस्दा होस् वा यता अस्ट्रेलियामा, उनको बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने अभियानमा पूर्ण विराम लागेको छैन् ।

अस्ट्रेलियामा पनि बुद्ध नेपालमा जन्मिएका हुन् भनेर उनले निकै प्रचार प्रसार अभियानमा जुटे ।  जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको पाको फेस्टामा जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई बिशेष गरी बुद्ध जन्मस्थल बिषयमा सिर्जति बिस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका बिभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुन श्रेष्ठद्धारा गरिएको आग्रह अनुरुप गत बर्ष नेपालीको पहिलो पटक सहभागिता रह्यो पाको फेस्टामा नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गर्दै । सन् २०१३ मा प्रधानमन्त्री जुलिया गिलार्डको पालामा उनी सम्मिलित एक टोलीले बुद्धको मुर्ति गिलार्डलाई हस्तान्तरण पनि गरे बुद्ध नेपालमा जन्मनु भएको प्रसंगलाई जोडेर ।

उनी भन्छन्– बुद्धको वारेमा नेपालकै त्रिबिबिको कोर्षमा समेत केही त्रृटी छन् । जसलाई सच्याउन नेपाल सरकारलाई पत्राचार गरिसकिएको छ ।

विश्वमा पठनपाठन हुने केही देशहरुमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने तथ्य नै छैन् । यसका लागि श्रेष्ठले एउटा अभियान नै चलाउँदै आएका छन् । भर्खरै चीन सरकारको उच्च तहमा नै त्यहाँको पाठ्यपुस्तकमा बुद्ध जन्मस्थल बिषयमा भएकोे गलत तथ्य सच्याउनेबारे कुरा पुगेको श्रेष्ठले बताए । त्यस्तै कोरियामा पाठ्यपुस्तकमा बुद्धको जन्मस्थलबारेको गलत जानकारी सच्याउने निर्णय सरकारी स्तरबाटै भएको उनले बताए ।  केही वर्ष अगाडि मात्रै  बृहत लुम्बिनी निर्देशक समिति प्रचण्डको संयोजकत्वमा गठन भएको थियो । त्यसको अन्तराष्ट्रिय संयोजकको प्रमुखमा संयुक्त राष्ट्र संघको महासचिव वान कि मुन बस्न राजी भएका छन् । जुन नेपालकै  उपलब्धीको रुपमा श्रेष्ठले लिएका छन् । अब चाढै नै अन्तराष्ट्रिय समिति गठन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उनले औल्याए ।

हालै भारतको जिटिभी च्यानलको एक कार्यक्रममा बुद्धका वारेमा गलत तथ्य सार्वजनिक भएपछि सामाजिक संञ्जालमा भएको व्यापक विरोधपश्चात सो च्यानलका कलाकार कबिर बेदीले माफी नै मागे तापनि सिरियल फिल्मभित्र गल्ती हुन सक्ने संभाबनालाई औंल्याउ‘दै ती गल्ती सच्याउनका लागि सरकारी पहलको लागि खिलराज रेग्मी सरकारलाई श्रेष्ठले पत्राचार समेत गरेका थिए ।

अमेरिकी जुत्ता कंपनीले वुद्धका फोटोहरू जुत्तामा राखेको बिषयमा श्रेष्ठले अमेरिकी राष्ट्रपति ओबामालाई समेत चिठ्ठी लेखे । त्यस्को केही समयपछि नै उक्त जुत्ता कंपनीले वुद्धका फोटोहरू जुत्ताबाट हटाएको थियो ।

बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी हुनु नै वुद्ध जन्मस्थलबारे विस्वब्यापी दिग्भ्रम सनस्याको जरो भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ सहितको प्रतिनिधि मण्डलद्धारा श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरिया सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समस्या हुनेछैन भन्ने श्रेष्ठको धारणा छ ।

श्रेष्ठ कहिले संघ, संस्थामा बसेर र कहिले बाहिरैबाट नेपाल र बुद्धको बारेमा प्रचार प्रसारको लागि निस्वार्थ भावनाले डटेर  लागेका छन् । त्यसो त उनी गोर्खा समाज सेवा केन्द्रको संस्थापक उपाध्यक्ष पनि हुन् ।

उनले विभिन्न राष्ट्रिय एबं अन्तराष्ट्रिय पत्रपत्रिका, ब्लगहरुमा समेत लेखनको माध्यमबाट खरो रुपमा बुद्धका वारेमा भएका अर्नगल प्रचारको प्रतिवाद गर्दै आएका छन् ।

सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मनका आर्कियोलोजिष्ट आन्टोन फूररले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सबैभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई विश्व सामु सार्वजनिक गरेका थिए ।  सोही दिनको अवसर पारेर सन् २००९ बाट डिसेम्बर १ तारिखलाई “कपिलवस्तु दिवस विश्व दिवस” मनाउन सुरु गरिएको थियो ।  श्रेष्ठले अभियानका लागि https://worldamity.wordpress.com/  भन्ने ब्लग नै चलाए ।

गैर आवासिय नेपाली संघले दोहोरो नागरिकता, लगानी बाहेक नेपालका राष्ट्रियताका सवालमा केही गरेन भन्ने गुनासाहरु सुनिन थाल्यो । यसलाई चिर्न एनआरएनसँग विचार विमर्श गरेर सिड्नीमा सम्पन्न क्षेत्रिय सम्मेलनका बेला (सन् २०१२) लुम्बिनी कपिलवस्तु दिवस अभियान र एनआरएनको सहकार्यमा लुम्बिनी प्रबद्धन अन्र्तराष्ट्रिय समिति गठन गरियो श्रेष्ठकै पहलमा  । अब बुद्धको प्रचार प्रसार अभियानमा एनआरएन पनि सहकार्य गर्न अग्रसर भएको छ ।

वैवाहिक सम्बन्ध र जीवन

श्रेष्ठले सन् १९९२ मा आफ्नै गाउँ नजिककी प्रभादेवी श्रेष्ठसँग लागनगाँठो कसे । एउटै स्कुलमा अध्ययन गर्ने प्रभा एक कक्षा जुनियर तहमा पढ्थिन् । कक्षा ८ देखि नै उनीहरुबीच चिनजान भएको यो जोडी नेवारी परम्परा अनुसार विवाह बन्धनमा बाँधिए । हाल नर्सिङ पेशामा आबद्ध प्रभाले डाइवेटिज विषयमा जिलोङ विश्वविद्यालयमा पिएचडी गर्दैछिन् ।

श्रेष्ठ परिवारमा एक छोरा पुरक र एक छोरी पुजा रहेका छन् ।

श्रेष्ठले जीवनलाई सघर्ष र कला दुइ पाटोको सम्मिश्रणको रुपमा लिन्छन् । उनी भन्छन्– जीवनमा चाहेर वा नचाहेर हर पल हर क्षण आइपर्ने बिभिन्न समस्या र ब्यबधानलाई सामना गर्दै अगाढि बढ्ने सिलसिलामा हुने गल्ती वा कमजोरीलाई गुरूको रूपमा स्विकारी त्यसबाट सिक्दै अगाडि बढ्नु नै जीवन हो ।

जीवन एउटा कला पनि हो । सुखी र खुसी जीवन यापन कला बिना संभब छैन । त्यसैले संपन्न ब्यक्तिभन्दा सामान्य ब्यक्ति सुखी र खुसी हुन पनि सक्छ । उनी भन्छन्– “कसैले पैसा कमाएपछि मात्रै समाजसेवामा लाग्छु भन्छ भने त्यो झुट हो । यदि निःस्वार्थ रुपमा समाजसेवा गर्ने हो भने भित्रि मनबाट भावना पलाउनु पर्दछ । कसैलाई देखाउन वा नाम कमाउन होइन कि, आत्मसन्तुष्टीको लागि समाजसेवा गर्नुपर्दछ । यस्ले मात्रै मान्छेलाई महान बनाउँछ ।”

नेपाली परम्परा र संस्कृति आधुनिकताको नाममा विस्तारै लोप हुदै गइरहेकाप्रति इंगित गर्दै श्रेष्ठ भन्छन्–”नेपालमा रहँदाभन्दा विदेश आएपछि आफ्नो संस्कृतिका वारेमा बढी चासो हुँदो रहेछ ।”

सबै नेपालीले आ–आफ्नो ठाउँबाट मातृभूमिको लागि केही न केही गर्न सक्छन तर त्यस्को लागि भाबना महत्वपूर्ण हो । निःस्वार्थ भाव हुनेले धेरै गर्छन भने स्वार्थपूर्ण भाव हुनेले देखाउनकै लागि भने पनि केही गर्न सक्छन । तर यथार्थता लुक्दैन । प्रवासमा पहिला आफु नेपाली भएर बसौं, अनि त्यसपछि आ–आफ्ना रिती रिवाज भाषा संस्कृति त छदैछ नि, उनले सुझाए । मातृभूमिको लागि केही गर्नु नागरिकिय दायित्व पनि हो । तर  यसका लागि इच्छाशक्तिको खाँचो रहेको उनले औल्याए । श्रेष्ठको अभियानले कहिल्यै विश्राम नलिओस् । सबै प्रवासी नेपालीले उनको अभियानलाई  होस्टेमा हैंसे गर्ने हो कि ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: