Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्ध जन्मस्थलका हामी कस्तुरीहरु

Posted by Ram Kumar Shrestha on February 2, 2014

रामकुमार श्रेष्ठ

Ram

 

वुद्ध जन्मस्थल लुम्बिनीको बिकास र प्रबर्द्धनमा बिस्वस्तरीय ब्यक्ति र संस्थाहरुको अथकित निरन्तर प्रयाशका बाबजुद वुद्धकै जन्मभूमिका जिम्मेवार क्षेत्रहरुको भने निरन्तर अनपेक्षित र आस्चर्यजनक निस्कृयता, उदासिनता र हल्कापनका कारण बिंड तात्ने तर ताप्के नतात्ने बन्न पुगेको छ लुम्बिनी बिकासको प्रश्न । लुम्बिनी बिकासका लागि तयार पारिएका गुरु योजनाहरु अनुसार काम गरिने हो भने बिस्वभरका ५० करोड बुद्धिस्ट मात्रै नभएर बुद्धिज्मलाई बिज्ञानको रुपमा स्वीकार्ने र सम्मान गर्ने अन्य करोडौं पर्यटकहरुको पनि लुम्बिनी गन्तब्य सूचिको प्राथमिकतामा पर्नेछ । यसबाट सहजै आम्दानी गर्न सकिने करोडौं डलरको आम्दानी नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध त हुनेछ नै साथै यस्ले बिस्व शान्तिमा उल्लेख्य योगदान दिनेछ । तर अफसोंच अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी जस्तै विस्वस्तरीय ब्यक्ति र संस्थाहरु आफ्नै देशको बिकासमा कायापलट ल्याउन सक्ने संभावना बोकेको अन्तराष्ट्रिय महत्वको लुम्बिनीको बिकास र प्रबर्द्धनमा निरन्तर लागिरहंदा हामी भने खासै चासो र महत्व दिइ रहेका छैनौं  । त्यत्ति मात्रै नभएर लुम्बिनीको सन्दर्भमा केही हुन र कसैले केही गर्न लाग्यो कि त अनाबस्यक ब्यबधान र बिबाद सिर्जना गर्न कार्यतत्परता दर्शाउनेको पनि कमी देखिंदैन । अब पनि यदि यही प्रबृत्तिले निरन्तरता पाउने हो भने विस्वमा हिरालाई किरा ठान्ने नामर्दी नालायक नेपालीको परिचय बन्न सक्ने कुरालाई नकार्न सकिन्न । 

 

नेपालीले असाध्यै लज्जाबोध र हिनताबोध गर्नै पर्ने “यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं” जस्ता बिदेशी भनाइ यदाकदा सुन्नमा आउँछन । करीब ढाइ बर्ष अघि श्रीलंकाका राष्ट्रपतिद्धारा शुभ-कामना पठाइएको लण्डनमा आयोजना गरिएको २६०० औं सम्बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुने क्रममा बिभिन्न देशबाट आएका विशिस्ठ ब्यक्तिहरु र श्रीलन्काका कुटनितिज्ञहरु समेतको उपस्थितिमा खचाखच भरिएको ठूलो हलमा नेपाली खोज्न आँखा डुलाउँदा एक दर्जन नेपाली पनि भेटिएनन । सोही बर्ष राष्ट्र संघमा २५५५ औं बुद्ध जयन्ती राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा राष्ट्र संघको महासचिव वान की मुन प्रमुख अतिथि थिए भने नेपाली स्थायी प्रतिनिधि अतिथि बनेर गएका थिए । मेलबर्नमा सय जनाको हाराहारीको उपस्थितिमा गएको बुद्ध जयन्ती मनाइरहँदा बेन्डिगोमा भने हजारौं बिदेशीहरु जम्मा भएर धुमधामसंग बुद्ध जयन्ती मनाइरहेका थिए । राष्ट्र संघ अन्तर्गत प्रो केन्जो टांगेले तयार गर्नु भएको लुम्बिनीको गुरु योजना सात बर्षमा पुरा गरिनु पर्नेमा झन्डै चार दशक हुँदा समेत त्यो पुरा हुन नसक्तै राष्ट्र संघ मार्फत नै प्रो क्वाकले त्योभन्दा ठूलो गुरु योजना तयार गर्ने काम पुरा गरिसकेका छन । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । यी केही दृस्टन्तहरु हामी नेपालीलाई माल पाएर चाल नपाउने कस्तुरी प्रमाणित गर्न काफी छन । 

 

कविबर भूपि शेरचनले भने जस्तै मलाई पनि मेरो देशको गर्बिलो बहादुरीपूर्ण इतिहासमा बिस्वास गर्ने आधार के त भन्ने प्रश्नको जबाफको अभाव भएको अनुभूति भयो बिगत चार बर्षदेखि वुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने काममा लुम्बिनी-कपिलवस्तु दिवस नामक विस्व अभियान मार्फत काम गर्ने सिलसिलामा सामना गर्न परेका समस्या, ब्यबधान, नाटक आदिका आधारमा । बिस्वब्यापी महत्वका महापुरुषको जन्म आफ्नो देशमा जन्मिएको यथार्थता छायाँमा पार्ने गरी गलत कुरो सही जस्तो गरी देखा पारिएको समस्याले बिस्वब्यापी रुप लिंदा पनि कैयौं सर्बसाधारणदेखि राष्ट्रिय स्तरको ब्यक्तिहरु समेत बारंबारको खुला नांगो आक्रमणहरुलाई देखे पनि नदेखे जस्तो, सुने पनि नसुने जस्तो र बुझे पनि नबुझे जस्तो गर्ने र  कोही त झन उल्टो गल्ती गर्नेहरुकै बचाउ गर्ने, कोही सही कुरो गर्दागर्दै एकसय असी डिग्रीमा घुमेर काम कुरो गर्ने, कोही सीधै सिर्जित दिग्भ्रम निस्तेज पार्न लाग्नेका बिरुद्ध ब्यबधान सिर्जना गर्ने र कोही असहयोग गर्न लगाउने जस्ता काम कुरोमा संलग्न भै खुट्टो कमाएको देख्दा यत्रो बहादुरीमा नाम कमाएको नेपालीको इतिहासमा बिस्वास गर्ने कसरी त ? – संधै अनुत्तरित रह्यो यो प्रश्न ।    

 

बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएको पाइनु नै वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमको जरो भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ र अभियानका केही सदस्यहरु सहितको प्रतिनिधि मण्डलद्धारा ज्ञापन पत्र बुझाइएको थियो । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी दोस्रो वर्षको पाठ्यक्रममा भएको डोरेन चार्ल्स भानद्धारा लिखित पुस्तकमा “बुद्ध उत्तरी भारतामा जन्मिएको एउटा राजकुमार थिए” लेखिएकोले सो पुस्तक त्रिबिबिको पाठ्यक्रमबाट हटाउनका लागि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ अभियानले । त्यस्तै अभियानले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई जीटिभिद्धारा प्रसारण शुरु गरिएको “बुद्ध” टेलिसिरियलभित्र हुन सक्ने संभावित गल्ती सच्याउन सरकारी पहल गरिनु पर्ने र धेरै देशको पाठ्य पुस्तकमा नै वुद्ध जन्मस्थलबारे गलत जानकारी भएको पाइएकोले नेपाल सरकारद्धारा कुटनितिक नियोग मार्फत यो समस्या समाधान गर्न पहल गरिनु पर्ने कुरामा जोड दिंदै दुई अनुरोधात्मक पत्र पठाएको छ । यी सबै काम सरकारको आफ्नै दायित्व हुँदाहुँदै पनि जनस्तरबाट सन्चालित अभियानले बारंबार यसरी झकझक्याउनु अनाबस्यक भएरै पनि आवश्यकता बनिदिनु बिडम्बना हो । र अझ बिडम्बना त यस किसिमको झकझक्याइ झकझक्याइमा नै सीमित भैदिनु । 

 

कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले  बुद्धबारे भ्रमसम्बन्धी समाचार पढेपछि त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समस्या हुनेछैन ।  त्यसरी नै ब्रिटिश म्युजियमलाई त्यहाँ भएको गल्ती सच्याउने निर्णय गर्न लगाइनु, वृहत लुम्बिनी विकास निर्देशक समिति गठन गरिनु, राष्ट्र संघका महासचिब बान्की मून उक्त समितिको अन्तराष्ट्रिय समितिको संयोजक बस्न राजी हुनु, चिनिया प्रतिनिधिहरुले चिनमा पनि त्यहाँको पाठ्यक्रममा भएको गलत जानकारी सच्याउन माथिल्लो तहमा कुरा चलाउने कुरा गर्नु, दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल” मा भएको गलत जानकारी सच्चिनु, अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डलाई वुद्धको जन्मभूमिको तर्फबाट शान्तिका प्रतिमूर्तिको रुपमा अस्ट्रेलियाको बिकासको साथमा शान्तिको कामना सहित वुद्धको मूर्ति उपहार दिइनु र सो उपहार प्रधानमन्त्रीको कार्यकक्षमा राखिनु, नेदरल्याण्डको हेगमा अबस्थित अन्तराष्ट्रिय न्यायालयमा वुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित वुद्धको मूर्तिको प्रतिस्थापन गरिनु, सामाजिक सन्जालमा धेरै नेपालीहरु स्वत: स्फूर्त रुपमा नागारिकिय बोध गरी बिभिन्न किसिमबाट सकृय हुनु, पूजा आजा, भजन किर्तन र प्रबचनका साथ मनाइने गरिएको वुद्ध जयन्ती यो अभियान शुरु भएपस्चात बिभिन्न देशमा वुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न संस्थाहरु संयुक्त रुपमा वुद्ध नेपालमा जन्मनु भएको हो भन्ने सन्देशलाई वुद्ध जयन्तीकै अंशको रुपमा मनाउने किसिमको नयाँ संस्कारको बिकास हुनु, रमित ढुंगानाद्धारा Buddha born in Nepal फिल्म अंग्रेजी भाषामा समेत जानकारी राखिने गरी निर्माण कार्य शुरु हुनु, रबी लामिछानेद्धारा ‘विश्वले चिन्ने छ नेपाल’कार्यक्रम मार्फत गिनिज बुकमा रेकर्ड कायम गरिनु आदि अभियानको उद्धेस्य प्राप्तीका लागि भएका उल्लेख्य उपलब्धिहरु हुन ।

 

बुझ्नै पर्ने एउटा अत्यन्तै महत्वपूर्ण कुरो के हो भने यो अभियान भनेको अभियानको बिभिन्न तहमा काम गर्नेहरुको समूह नभएर अभियानको उद्धेस्य हो । त्यसैले अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिनेहरुमध्ये गत डिसेम्बर १ र २८ तारिखका दिन अभियानले पूर्व मन्त्री दीप कुमार उपाध्याय, पूर्व राजदूत कमल कोइराला लगायत अभियानको उद्धेस्य प्राप्ती कार्यमा योगदान दिने अन्य ब्यक्तिहरुलाई सम्मान गरेको थियो भने दुई बर्ष अघि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डलाई सम्मान गरेको थियो र अभियानले केही अब्तरास्ट्रिय र राष्ट्रिय स्तरका ब्यक्ति लगायत अन्य ब्यक्तिलाई पनि सम्मान गर्नेछ ।

 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सिडनी आउनु भएको बेला लुम्बिनीको बिकासलाई उच्च प्राथमिकता दिने बान्की मून जस्तो बुद्धिस्ट राष्ट्र संघका महासचिबकै कार्यकालमा लुम्बिनीको बिकास कार्यलाई तिब्रताका साथ अगाडि बढाउन वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएका मूनको संयोजकत्वमा अन्तराष्ट्रिय समिति गठन कार्यलाई शिघ्रातिशिघ्र अगाडि बढाएर लुम्बिनीको बहुप्रतिक्षित बिकासलाई शिघ्रातिशिघ्र सार्थक रुप दिंदै नेपालको बिकास र बिस्व शान्तिलाई उत्प्रेरित गर्ने कार्यलाई अगाडि बढाइयोस भन्ने आग्रह सहितको अभियानका तर्फबाट डा भट्टराई मार्फत वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डलाई पत्र पठाइएको कुरालाई पनि यहाँ जोडनु शायदै असान्दर्भिक ठहर्ला ।

 

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि देखा परेको सर्बपक्षीय मौनताका कारण सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा २००९ डिसेम्बर १ मा अन्तरास्ट्रिय सन्जाल र बिभिन्न गतिबिधि मार्फत बिस्वब्यापी रुपमा ‘कपिलवस्तु दिवस विस्व दिवस’ को रुपमा कार्यक्रम गरी त्यस्लाई निरन्तरता दिनका लागि २०१० मा बिस्व कार्य समिति गठनबाट संस्थागत भएर सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्मको छोटो समयाबधिमा १९ राष्ट्रिय समिति र अन्य थुप्रै समिति गठन गरी अनपेक्षित उल्लेखनीय उपलब्धिहरु हासिल गर्न सफल भएको छ ।

 

बिशेष गरी नेपालमा नै रहने नेपालीहरुका बीच युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको र हालैको लुम्बिनीमा पुरातात्विक उत्खननका कारण प्राप्त अत्यन्तै उत्साहजनक उपलब्धिका कारण अब यो अभियानको औचित्य समाप्त भएको होइन र भन्ने एउटा भ्रम अझै देखिन्छ । वास्तबिकता के हो भने अभियान शुरु भएको यो छोटो समयमा माथि उल्लेख गरिका उपलब्धिहरुका कारण धेरैतिर ढोकाहरु खुलिसकेका कारण अभियान नयाँ चरणमा प्रबेश गरेको छ र जन चेतना जगाउने काम अब प्राथमिकतामा छैन भलै केही नबुझ्ने र केही नबुझे झैं गर्ने समेत नपाईने होइनन, तर धेरै देशका पाठ्यपुस्तक, संग्राहलय, पुस्तकालय, साइट आदिमा नै बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी भएका कारण त्यही पढनेहरुको मस्तिस्कमा वुद्ध भारतमा जन्मिनु भएको जानकारी हुनु अस्वाभाबिक होइन । फेसबुकमा नेपालीको यस्तै भ्रमको जबाफ दिने क्रममा अभियानका युरोप सल्लाहकारका रुपमा हालै नियुक्त हुनु भएका बेल्जियम-नेपाल फ्रेण्डसिप एसोसियसनका समेत अध्यक्ष रहेका फ्र्यान्क भेर्मीरस्चले फेसबुकमा केही समय अघि मात्रै बेल्जियममा बुद्धिज्मको बारेमा जानकारी दिने सिलसिलामा जम्मा भएका ५९ जनामा ८-९ जनाले मात्रै बुद्ध नेपालमा जन्मनु भएको थाहा पाएको लेख्नु भएको छ । चिनका ९० प्रतिशत बुद्धिस्टहरुले बुद्ध भारतमा जन्मेको बताउने समाचार केही बर्ष आएको थियो ।

 

नेपाल बुद्ध र सगरमाथाको देश भनेर संसारभर प्रसिद्ध छ भनेर स्कूलमा पढेको मानसिकता लिएर बिदेश गएपछि कत्तिले नेपाल नै नचिन्ने र चिन्नेले पनि अधिकांशले वुद्ध जन्मस्थल भारत भन्ने पाइएको यथार्थताको पीडा हो बिदेश जाने र बस्नेहरु नै बढी मात्रामा बिभिन्न किसिमबाट वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने काममा सकृय भएर लाग्नुको कारण । नेपाल आउने विस्व पर्यटकको सानो अंश नभएर नेपाल नआउने बिदेशीको ठूलो हिस्सा हुन वुद्धको जन्मस्थलबारे गलत जानकारीयुक्त विस्व जनसमुदाय । वुद्ध जन्मस्थलबारे गलत जानकारी दिने बिभिन्न देशको पाठ्य पुस्तक एबं अन्तराष्ट्रिय स्तरका संग्रहालय, साइट, पुस्तक, सन्जाल, छिमेकी देशको नियतबश प्राइभेट सेक्टरको नाममा खुलेयाम गल्ती गरेको जस्तो गर्दै दबाब र बिरोधका कारण एउटा कुनामा माफी पनि मागेको जस्तो नाटक गर्ने आदि आबस्यक पर्दा प्रमाणको रुपमा यदाकदा प्रयोगमा ल्याइने युनेस्कोको डकुमेण्ट र सीमित साधन र श्रोतको बाबजुद जनस्तरबाट गरिएका काम दिग्भ्रम निस्तेज पार्न पर्याप्त छैन । त्यसैले जनस्तरबाट गरिएका कामलाई सरकारको सहयोगको वाध्यताबसका प्रतिबद्धताभन्दा पनि अभियानले बेलाबेलामा सरकारलाई घच्घच्याउने गरे अनुरुप समस्याको जरो उखेल्नका लागि आफ्ना कुटनितिक नियोगहरुलाई परिचालन गरी कोरियाको पाट्य पुस्तकमा सच्याउन गरिएको सरकारी निर्णयलाई अन्य देशहरुमा पनि निरन्तरता दिने नीति निर्माण र तदनुरुपको ठोस कार्यतिर लाग्नु पर्दछ ।  जनस्तरमा धेरै ‘हिरो’ जन्माउने जोखना हेरेर बसोस भन्ने कसैको चाहना होइन, देश नै ‘हिरो’ बनेर राष्ट्रिय स्वाभिमान जोगाओस भन्ने सबैको चाहना हो ।

‘पदमा नहुनेले नागरिकीय  र पदमा हुनेले पदीय दायित्वबोध गर्ने’ हो भने अब अभियानको उद्धेस्य प्राप्ती कार्य धेरै टाँढा छैन माथि उल्लेख गरिए अनुरुप धेरै खुल्नु पर्ने ढोकाहरु खुलिसकेकोले । आखिर यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो । थुप्रै अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु लुम्बिनीलाई विस्व शान्ति शहर बनाउन लालायित भएको यो सुबर्ण अबसरमा नेपालीहरुको अब थोरै प्रयासले वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज गर्दै लुम्बिनीको बिकास र त्योसंगै देशको बिकास गर्न सकिन्छ । नत्र “रात रहे अग्राख पलाए” हुन सक्छ । यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं भन्ने जस्तो बिदेशीको भनाइको सामू हामी नेपाली नामर्दी भएर कतिन्जेल बसिरहने ?

बुद्ध जन्मस्थलका हामी कस्तुरीहरु | Nepali Sanchar.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: