Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुध्द र विश्व

Posted by Ram Kumar Shrestha on February 28, 2014

H. K. Lovelyकरोडौ करोड अनुयायी बुध्दका
विश्वभरि गुन्जिन्छ शान्तीको सन्देश
बुध्दको जन्मभूमि नेपाल, विश्वले चिन्हेको छ
पवित्र लुम्बिनी एउटै छ, स्वतन्र नेपाल भित्र छ ।

आकाशको ध्रुब तारा, धर्तीको बुध्द
हिमालको शिखर सगरमाथा, होचोंमा समुन्द्र
पृथ्बी गोलो छ, उत्तर र दक्षिण ध्रुब बिचको यो संसार
विश्वको मानचित्रमा नेपाल सानो छ तर बुध्दको शान्ती छ ।।

मानव र मानवताको पुजारी बुध्द
शान्ती र सतमार्गको पथप्रदर्शक महान बुध्द
संसारीक सुख दुख भन्दा पनि ठूलो ज्ञान मार्ग हो बुध्द
बुध्द विवेक हो, बुध्द दर्शण हो, मानव मुक्तिको श्रोत हो बुध्द ।।।

हरि कृष्ण लभली श्रेष्ठ
१५ फाल्गुण २०७०

One Response to “बुध्द र विश्व”

  1. ksherchand said

    Thank you

Leave a comment