Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

स्वीडेनमा भएका गलत जानकारीका पाठ्यपुस्तक सच्याउन पहल सुरु

Posted by Ram Kumar Shrestha on March 28, 2014

दामोदरप्रसाद आचार्य ब्रसेल्स । युरोपेली मुलुक स्वीडेनमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको तथ्य विपरित गलत जानकारी भएका पाठ्य पुस्तक सच्याउन लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट कुटनीतिक प्रयासको लागि ब्रुस्सेल्सस्थित नेपाली राजदुतावासको कार्यकक्षमा एक औपचारिक कार्यक्रमबाट त्यसको सुरुवात भएको छ ।

brasels

नेपालको तर्फबाट युरोपेली संघका लागि महामहिम राजदूत राममणि पोखरेलको कार्यकक्षमा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा अभियानका बेल्जियम सदस्य बिमल गिरी सहितको ३ सदस्यीय प्रतिनिधिमण्डलले राजदूत पोखरेल समक्ष गौतमबुद्धको जन्म नेपालमा नभएर भारतमा भएको भनिएका त्यस्ता पाठ्यपुस्तकहरुलाई सच्याउन तथा कोर्सबुकबाट हटाउन स्विडेन सरकारलाई अनुरोध गर्न चाहिने आवश्यक सबुध प्रमाणहरु प्रदान गर्दै आवश्यक कुटनीतिक प्रयासको लागि हार्दिक अनुरोध गर्यो ।

स्टकहोम युनिभर्सिटिका सिनियर रिसर्चर डा. कटक मल्ल तथा अभियानका सदस्य शंकर गौतमको सहयोगमा अभियानको स्विडेन राष्ट्रिय समितिका संयोजक कृष्णकुमार ढकालमार्फत गलत जानकारी भएका दुई पुस्तकहरु अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई प्राप्त भए पछि सो प्रयास गर्न लागिएको हो ।

राजदुत पोखरेलले अभियानको तर्फबाट प्रदान गरेको आवस्यक कागजात लिँदै अभियानले लिएको राष्ट्रिय गौरवको उत्थान गर्ने जस्तो महान कार्यमा आफ्नो तर्फबाट कुटनीतिक प्रयासको लागि हार्दिकताका साथ अघि बढाउने बताउँदै आफुलाई यो महान कार्यमा जोडिने अवसर प्राप्त भएकोमा एक प्रकारको खुशी लागेको बताउनुभयो । उक्त कार्यका लागि बिहीवार राजदूत पोखरेलले नेपालको तर्फबाट स्विडेनका लागि जिम्मेवारी सम्हाल्दै आउनु भएका महामहिम राजदूत मुक्तिनाथ भट्टसंग कुटनीतिक प्रयासका लागि टेलिफोन संवाद गर्नुभयो । राजदूत पोखरेलका अनुसार, राजदूत भट्टले उक्त विषयसंग सम्बन्धित कागजात प्राप्त हुनासाथ कुटनीतिक प्रक्रिया अघि बढाउने प्रतिबद्दता राजदूत पोखरेल समक्ष गर्नुभएको छ ।

स्मरण रहोस बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानले यो समस्याको समाधानको लागि बिभिन्न देशमा भएका कुटनितिक नियोग मार्फत काम गर्न नेपाल सरकारद्धारा पहल गरिनु पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाएको थियो । र कान्तिपुरमा ब्रिटिश म्युजियमसंग सम्बन्धित समाचारमा अभियानका विस्व संयोजकको त्यस्तै भनाइ पढेपछि कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँका रास्ट्रपतिलाई चार पेज लामो पत्र लेखेपछी कोरिया सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउने निर्णय गरेको छ ।

Published Links

Gorkhapatra
Online Khabar
Annapurna Post

Ratopati
Namaste Nepal News
Kanchanjangha Times

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: