Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

कबिता प्रतियोगिताका साथ लुम्बिनी समाज कुवेतको बार्षिक उत्सब सम्पन्न (भिडियो सहित)

Posted by Ram Kumar Shrestha on April 27, 2014

प्रदिप नेपाली, कुवेत  

Kuwait Programलुम्बिनी समाज कुवेतले आफ्नो सथापनाको १ बर्ष पूरा गरी दोश्रो बर्षमा प्रबेश गरेको उपलक्ष्यमा प्रथम बार्षिक उत्सबको अवसर पारेर कबिता प्रतियोगिता हिजो शुक्रबार २५ अप्रिलमा सम्पन्न गरेको छ | जसमा समुधुर स्वर सहित लुम्बिनी क्षेत्रलाई समेटी एक कबिता प्रस्तुत गरी १५ सहभागी १५ मध्येमा बिबेक बासकोटा (पृतम) प्रथम स्थान हासिल गर्न सफल भएका थिए | आयोजकले भगवान गौतम बुद्ध र लुम्बिनीको सन्र्दभका कविताहरुलाई प्रमुख प्राथामिकता दिने भनेर पूर्व सूचना गरे बमोजिम सवै जसो सहभागीहरुका कविताहरु सन्र्दभ भित्रै परेका थिए ।

लुम्बिनी क्षेत्रको बिकाशमा प्रबाशबाट सुरु गरौ भन्ने नाराका साथ बिगत एक बर्षदेखि कुवेतमा सकृय सस्था लुम्बिनी समाज कुवेत, नेपालले हिजो शुक्रबारको दिन कुवेतको जिलिबस्थित रिदम हलमा साहित्यप्रेमीहरुलाई समेट्ने गरी बृहत् कबिता प्रतियोगिताका साथमा आफ्नो बार्षिक उत्सब मनाएको हो | सोही अवसर पारेर लुम्बिनी समाज कुवेतका सदस्य तथा लोक गायक डोलराज न्यौपानेको परदेशी एल्बम पनी एकै साथ बिमोचन गरिएको हो |

दुई भागमा बर्गीकरण गरी सम्पन्न भएको कार्यक्रममा सर्वप्रथम सस्थाको बार्षिक उत्सब मनाउदै एल्बम बिमोचन गरिएको थियो गरिएको थियो जसमा सस्थाको बिभिन्न आय ब्याय प्रस्तुत आगामी कार्य दिशा सस्थाको लक्ष र उदेश्य सहित कार्यक्रममालाई पुर्ण रूप दिईएको थियो भने दोश्रो भागमा साहित्यप्रेमी कबिहरुको उत्साह जनक सहभागितामा लुम्बिनी र बुद्धको पहिचान र बर्णन सहितको कबिता बाचन भएको थियो |

कबिता बाचन प्रतियोगितामा ३ जना महिला जानकी जानू, बिनीता भण्डारी, र बिष्णु थापा शाही सहित पुरुषहरुमा छबिराम बिके, हर्क शिंह आन्वो, दिपक आचार्य जलन, भीम केसी, प्रसाद तिम्सीना, राजु लामा, अर्जुन बस्नेत उदासी, कृष्ण प्रसाद आचार्य, बिबेक बासकोटा पृतम, राजेन्द्र बिरही, प्रेम कटुवाल, रमेश बियोगी गरी जम्मा १५ जना कबि तथा कबियित्रीहरुको सहभागिता थियो । प्रतिस्पर्धीहरुमध्येबाट २७.५ अंक प्राप्त गरी उत्कृष्ट कबिता बाचन गर्दै बिबेक बासकोटा पृतम प्रथम स्थान हासिल गर्न सफल भए भने दोश्रो स्थान प्राप्त गर्न सफल अर्जुन उदाशी २६.२ तेश्रो स्थान प्रेम कटुवाल २३.२ चौथो स्थान रमेश बियोगी २३.१ र सांत्वना तथा पाँचौ स्थान बर्दियाका प्रसिद्द गजलकार दिपक आचार्य जलनले हासिल गर्न सफल भएका थिए | भने पाचै जना बिजेता हरुलाई लुम्बिनी क्षेत्रको वाताबरण झल्कने मायाको चिनो प्रमाणपत्रका साथमा अबीर र दोसल्लाले सम्मान गरेको थियो |

कबिता प्रतियोगितालाई निष्पक्ष र धादली रहित बनाउन आयोजकले तिन सदस्य निर्णयक मण्डल घोषणा गरेको थियो निर्णायक मण्डलमा पत्रकार तोयानाथ दाहल, कोसेली पत्रिकाका अध्यक्ष राजन रिमाल र बिश्व साहित्य महासंघ कुवेतका अध्यक्ष अमित राइ रहनु भएको थियो | त्यसै गरी सहभागी हुनेमा महिला तर्फबाट ३ जनालाई स्थानीय कुवेतका हस्ती बसन्त थापा मगरले महिला उत्साह र सहभागिताको लागी धन्यवाद दिदै दोसल्ला सहित सम्मान गर्नु भएको थियो | तर महिलाले भने कुनै स्थान लिएका थिएनन | भने कार्यक्रममा तिन जना निर्णायक मण्डलका प्रतिनिधिहरुलाई पनी लुम्बिनी समाज कुवैतले सम्मान प्रमाणपत्रले गरेको थियो |

कार्यक्रम देख्दा साहित्य र संगीतले मनोरम बनाएको भान हुन्थ्यो स्थानीय लोक गायक डोलराज न्यौपानेको परदेशी एल्बम बिमोचन कबिता प्रतियोगिता र साथमा स्थानीय कलाकार गुप्त नेपाली र खेम शाही ठकुरीले लोक गीत मार्फत सम्पूर्ण उपस्थितहरुलाई नचाउन र हसाउन सफल भएका थिए सो समयमा प्रमुख अथिति सहित सम्पुर्ण आमन्त्रितले मनोरन्जन लिएका थिए | भने सोही अवसरमा गायक द्धय गुप्त नेपाली र खेम शाही ठकुरीलाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान पनी भएको थियो |

प्रमुख अथिति नेपाली दुताबासका कार्य बाहक राजदूत बिशाल भट्टाराई बिशेष अथिति द्दित्तीय सचिब अम्बिका जोशी हुनुभएको उक्त कार्यक्रम लुम्बिनी समाज कुवेतका अध्यक्ष राजु कार्कीको सभापतित्वमा भएको थियो । स्वागत मन्तब्य दिदै नेपाली दुताबास कुवेतका द्दित्तीय सचिब अम्बिका जोशीले बिभिन्न समयमा हुने गरेका कार्यक्रमभन्दा अलग रहेको र यो अनुभब पहिलो पटक हो भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । यसै गरी स्वागत मन्तब्य दिनेहरु प्रमुख अथिति बिशाल भट्टाराई, एनआरएनए कुवेतका अध्यक्ष धर्म राज गिरी, पत्रकारहरु सुजन केसी र तोयानाथ दाहाल लगायत हुनु हुन्थ्यो भने नेपाली समाजमा अविस्मरणीय काम गरेको भन्दै समाजले सुजन केसी र बसन्त थापा मगरलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको थियो |

कार्यक्रमको बातावरणले सबैलाई नेपालमा नै भएको भान दिलाउँथ्यो ।

लुम्बिनी समाज कुवेतका महासचिब नबराज पन्थी र उपाध्यक्ष बिनोद अधिकारीले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रम सांगीतिक वाताबरणमा रम्दै बेलुका ६ बजेम्म चलेको थियो |

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: