Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for May, 2014

सिड्निमा १५ संस्थाहरूद्धारा संयुक्त रुपमा बुद्ध जयन्ती

Posted by Ram Kumar Shrestha on May 22, 2014

जेठ ५, सिडनी: सिड्निका १५ भन्दा बढी नेपाली संघ -संस्थाहरूले ‘आत्म रुपान्तरणका लागि अन्तर्मनको यात्रा थालनि गरौं, बुद्द शिक्षालाई शान्तिपूर्ण जीवनको आधार बनाऔं’ भन्ने सन्देशका साथ २५५८औं बुद्ध जयन्ति भब्यताका साथ मनाएका छन् । बुद्ध शिक्षालाई कर्मकाण्डको रुपमा पालन गर्नुभन्दा पनि ब्याबहारिक रुपमा यसलाई उतार्न यो महत्वपूर्ण दिनलाई अवसर र ज्ञान नविकरणको अवसर बनाउनु पर्ने कुरामा सो अवसरका वक्ताहरूले जोड दिएका थिए ।

Sydney Buddha jayanti

अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले सो अवसरमा बुद्धका उपदेश दु:ख मुक्तिका कारण हुन् भन्दै उहाँको ज्ञान आजको बदलिंदो परिस्थितिमा र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताउनुभयो । न्यु साउथ वेल्सका अबैतनिक माहावाणिज्य दुत दिपक खड्काले आधुनिक जीवनका लागि बुद्दका उपदेशमध्येको पञ्चशिल अति नै उपयोगी भएको बताउँदै यो महत्वपूर्ण दिनलाई वोधिसत्वको खोजि गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनु भयो । यस्तै गैर आवसिय नेपाली संघका अध्यक्ष शेष घलेले जीवन एक सिकाइ भएको र बुद्ध जयन्तिको अवसरमा सबैले सरल जीवनका सूत्र सिक्न सक्नुपर्नेमा जोड दिनु भयो । Read the rest of this entry »

Advertisements

Posted in समाचार | Leave a Comment »

गायक धिरज राई अभियानका नयाँँ सांस्कृतिक दूत (Videos)

Posted by Ram Kumar Shrestha on May 20, 2014

11

“बुद्ध वाज बर्न इन नेपाल” गीत बिभिन्न देशमा गाउँदै हिडने गायक धिरज राई क्यानडामा बुद्ध जयन्ती मनाउने क्रममा मनाइएको एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित सांस्कृतिक दूतको नियुक्ति पत्र अभियानका बिस्व कार्य समितिका क्यानडा संयोजक चन्द्र राई र अबैतनिक महाबाणिज्य दूत डा कुन्जर शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । त्यसरी नै हालै अभियानको सहयोगमा नेपाली संचारद्धारा बुद्ध र लुम्बिनीमा केन्द्रित भएर बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रममा महत्वपूर्ण र आकर्षक प्रस्तुती गर्ने १४ बर्षीय आर्य पोखरेललाई बिध्यार्थी दूतको रुपमा नियुक्त गर्ने घोषणा अभियानले गरेको छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | Leave a Comment »

मेलबर्नबाट लगातार २५ घण्टे वुद्ध र लुम्बिनी बिषयक ऐतिहासिक कार्यक्रम प्रसारण

Posted by Ram Kumar Shrestha on May 15, 2014

25 hour program snap

१५ मै, मेलबर्न: लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात यो बर्षको वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रम सफलतापूर्बक संपन्नगरेको छ । कार्यक्रम १३ तारिखको रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिएको थियो ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बेल्जियमको ब्रुगेमा शान्ति पदयात्रा गर्दै बुद्ध जयन्ति मनाइयो

Posted by Ram Kumar Shrestha on May 15, 2014

1

बेल्जियममई १४– २५५८औं बुद्ध जयन्तीको शुभ अवसरमा भेनिस अफ नर्थ” को रुपमा परिचित बेल्जियमको मुख्य पर्यटकीय शहर जहाँ दैनिक २० हजार देखि २५ हजारसम्म पर्यटकहरुले भ्रमण गर्दछन त्यस शहरमा एभरेष्ट नेपाली समाज ब्रुगेबेल्जियमले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नारा ३ भाषामा लेखिएको ब्यानर र बुद्धका महत्वपुर्ण सन्देशहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन गर्दै सय भन्दा बढी नेपालीहरुको सहभागितामा शालीन र भव्य शान्ति पदयात्रा सम्पन्न गर्यो । मध्यान्ह ठिक १२.१५ बाट ब्रुगेको रेल्वे स्टेशन अगाडिको पार्कबाट सुरु भएको शान्ति पदयात्रामा अगाडि पट्टी करिव ४ फुट उचाई भएको भगवान बुद्धको ध्यान मुद्राको मुर्ति समेत देखिने गरेर मोटरमा राखिएको थियो । पदयात्राका क्रममा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा ६२३ इशा पुर्वमा भएको र त्यसको प्रमाण २४९ इशा पुर्वमा मौर्य सम्राट अशोकले त्यस पवित्रस्थलको दर्शन गरेर आफ्नो भ्रमणको स्मरणमा स्तम्भ निर्माण गरेर लुम्बिनी बुद्धको जन्मस्थल भएकोले आफु त्यहाँ दर्शनार्थीको रुपमा आएको भन्ने अभिलेख लेखेर छोडेको तथ्य प्रमाण लेखिएका पर्चाहरु समेत वितरण गर्ने कार्य भयो । नगर परिक्रमा गर्दै ब्रुगे नगरपालिकाको प्राङ्गणमा पुगेर पदयात्रा सभामा परिणत भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

14 Years Aarya Pokharel’s Amazing Speech on Buddha and Lumbini

Posted by Ram Kumar Shrestha on May 15, 2014

This video is the part of historic continuous 25 hours program on Buddha and Lumbini that was organized on the occasion 2638th Lumbini Day/ 2558th Buddha Jayanti/ 2603 Samuddha Jayanti of   jointly by Lumbini-Kapilvastu Day Movement and Melbourne based 24/7 radio Nepali Sanchar. 14 years old Aarya Pokhrel, Madhu and Laxmi’s daughter, is very talented girl and her amazing speech on Buddha and Lumbini must be watched

 

Posted in Visual | Tagged: , , , , , , , , , | Leave a Comment »

Some Buddha and Lumbini related Videos

Posted by Ram Kumar Shrestha on May 15, 2014

Read the rest of this entry »

Posted in Visual | Leave a Comment »

Peace March in San Francisco by Lumbini-Kapilvastu Peace Movement, California

Posted by Ram Kumar Shrestha on May 13, 2014

Press Release 
(Post-Event)
Lumbini-Kapilvastu Peace Movement, California

1

The Lumbini-Kapilvastu Peace Movement, California (LKPM, California) extends its heartiest thanks to all those individuals; different Nepalese Organizations in the bay area; volunteers; the Newa Organizations who participated with Lakhe cultural set; all the media people like Hamro Samaj, Janapukar, Motherland Nepal who help to send this message of solidarity across the countries, organizational Advisors and individual Advisors; and my fellow executive committee members, for making this Peace March Event happen successful in the historic city of San Francisco.  Read the rest of this entry »

Posted in News | Leave a Comment »

आज रातीबाट ऐतिहासिक २५ घण्टे कार्यक्रम शुरु हुँदै

Posted by Ram Kumar Shrestha on May 13, 2014

Latest banner

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले सूत्रपात भएको लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीको लगातार २५ घण्टे ऐतिहासिक कार्यक्रम मेलबर्न समयानुसार आज रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिनेछ । यस्को लागि करीब एक दर्जनभन्दा बढी एफएमहरुले ऐक्यबद्धता जनाउने भएका छन । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

टंक कार्की लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका नयाँ सल्लाहकार

Posted by Ram Kumar Shrestha on May 4, 2014

Tanka_Prasad_Karki१ डिसेम्बर २००९ मा पहिलो पटक “कपिलवस्तु दिवस विस्व दिवस” मनाएर वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज पार्न जनस्तरबाट शुरु गरिएको बिस्वब्यापी कार्यक्रमलाई संस्थागत गर्न २०१० सालमा दुई चरणमा गरी लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरिएको थियो तीन ठूला पार्टीहरु नेलाली काङ्रेस, नेकपा एमाले र नेकपा माओबादीका बरिस्ठ ब्यक्तिहरुलाई समेत यस्को सल्लाहकार मण्डलमा समाबेश गरेर । नेकपा एमालेका तर्फबाट विस्व कार्य समितिका सल्लाहकार मण्डलमा रहनु भएका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ हाल पार्टी परित्याग गरी नयाँँ खोलिएको संघीय समाजबादी पार्टीका महासचिब हुनु भएकोले नेकपा एमालेका नेता एबं चिनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीलाई नेकपा एमालेका तर्फबाट सल्लाहकारमा राखिएको छ । अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले टेलिफोन बार्ता मार्फत अभियानको तर्फबाट राख्नु भएको प्रस्तावमा नेता कार्कीले स्वीकृति जनाउँदै जनस्तरबाट विस्वब्यापी रुपमा भैरहेका वुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी गतिबिधि र छोटो समयमा यस्ले हासिल गर्न सकेका उपलब्धीहरुबाट आफू प्रभाबित भएको बताउनु भयो । कुराकानीकै सिलसिलामा अभियानले आफ्नो उद्धेस्य प्राप्ती कार्यमा सफलता हासिल गरोस भन्ने शुभ-कामना दिंदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर भयो ।

अभियानको विस्व कार्य समितिका अन्य सल्लाहकारहरुमा डा आरजु देउवा राणा, डा ॠषि अधिकारी, राजेन्द्र श्रेष्ठ, आनी छोइङ डोल्मा, डा कबिताराम श्रेष्ठ, दीपक खड्का, आग्नी फ्रान्क एइकरमान्न र डोमो गेस्चे रिङ्गपोछे हुनुहुन्छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: