Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

टंक कार्की लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका नयाँ सल्लाहकार

Posted by Ram Kumar Shrestha on May 4, 2014

Tanka_Prasad_Karki१ डिसेम्बर २००९ मा पहिलो पटक “कपिलवस्तु दिवस विस्व दिवस” मनाएर वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज पार्न जनस्तरबाट शुरु गरिएको बिस्वब्यापी कार्यक्रमलाई संस्थागत गर्न २०१० सालमा दुई चरणमा गरी लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरिएको थियो तीन ठूला पार्टीहरु नेलाली काङ्रेस, नेकपा एमाले र नेकपा माओबादीका बरिस्ठ ब्यक्तिहरुलाई समेत यस्को सल्लाहकार मण्डलमा समाबेश गरेर । नेकपा एमालेका तर्फबाट विस्व कार्य समितिका सल्लाहकार मण्डलमा रहनु भएका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ हाल पार्टी परित्याग गरी नयाँँ खोलिएको संघीय समाजबादी पार्टीका महासचिब हुनु भएकोले नेकपा एमालेका नेता एबं चिनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीलाई नेकपा एमालेका तर्फबाट सल्लाहकारमा राखिएको छ । अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले टेलिफोन बार्ता मार्फत अभियानको तर्फबाट राख्नु भएको प्रस्तावमा नेता कार्कीले स्वीकृति जनाउँदै जनस्तरबाट विस्वब्यापी रुपमा भैरहेका वुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी गतिबिधि र छोटो समयमा यस्ले हासिल गर्न सकेका उपलब्धीहरुबाट आफू प्रभाबित भएको बताउनु भयो । कुराकानीकै सिलसिलामा अभियानले आफ्नो उद्धेस्य प्राप्ती कार्यमा सफलता हासिल गरोस भन्ने शुभ-कामना दिंदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर भयो ।

अभियानको विस्व कार्य समितिका अन्य सल्लाहकारहरुमा डा आरजु देउवा राणा, डा ॠषि अधिकारी, राजेन्द्र श्रेष्ठ, आनी छोइङ डोल्मा, डा कबिताराम श्रेष्ठ, दीपक खड्का, आग्नी फ्रान्क एइकरमान्न र डोमो गेस्चे रिङ्गपोछे हुनुहुन्छ ।

तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानको तर्फबाट बुझाईएको ज्ञापनपत्रमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्नका लागि थुप्रै ठूला समस्या हुँदाहुँदै पनि यो समस्याको जरो भनेकै बिभिन्न देशका पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले कुटनितिक नियोग मार्फत यो समस्या समाधानका खातिर नेपाल सरकार लाग्नु पर्ने भन्ने कुरामा जोड दिएको थियो । तदनुरुप कोरियाको पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन कोरिया सरकारले गरेको निर्णयलाई अभियानले ऐतिहासिक कोशेढुङा भन्दै त्यस्को लागि पहल गर्नु हुने कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालालाई अभियानले सम्मान पनि गरिसकेको छ । स्वीडेनमा भएको यस्तै समस्या समाधानको लागि गरिएको अभियानको पहल निर्णयक मोडमा पुगिसकेको सन्दर्भमा विस्व जनसख्याको झन्डै २० प्रतिशत भाग ओगटने चिनमा भएको यस्तै समस्या समाधान कार्यलाई आगामी दिनमा प्राथमिकता पार्ने अभियानको उद्धेस्यलाई चिनका लागि राजदूतको रुपमा काम गरिसक्नु भएका कार्कीको अभियानमा संलग्नताले सहजता दिने कुरामा अभियान आशाबादी छ ।

अभियानको बिस्व कार्य समिति गठनपस्चात हालसम्म १९ देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट समितिहरु, केही बिस्वबिध्यालय स्तरीय र नेपालमा पत्रकार, पर्यटन ब्यबसायीहरु र स्थानीय स्तरको समितिहरु गठन गर्ने काम भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति गठन गर्ने काम भएका छन ।

Published Links: 

Rato Pati
DC Nepal

Nepali Sanchar
Sajhasabal
Nepalisrael
Global Nepal News
Brussel Nepal

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: