Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

मेलबर्नबाट लगातार २५ घण्टे वुद्ध र लुम्बिनी बिषयक ऐतिहासिक कार्यक्रम प्रसारण

Posted by Ram Kumar Shrestha on May 15, 2014

25 hour program snap

१५ मै, मेलबर्न: लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात यो बर्षको वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रम सफलतापूर्बक संपन्नगरेको छ । कार्यक्रम १३ तारिखको रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिएको थियो ।

लुम्बिनी-पिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा स्वागत मन्तब्य प्रदान गरी समापन समेत गरिएको उक्त कार्यक्रममा यूरोपेली महासंघका लागि नेपाली राजदूत महामहिम राममणि पोखरेल, फ्रान्सका लागि नेपाली राजदूत महामहिम मोहन कृष्ण श्रेष्ठ, नेकपा एमालेका नेता एबं चिनका लागि पूर्वराजदूत टंक कार्की, कोरियाका लागि पूर्व राजदूत कमल प्रशाद कोइराला, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिद्ध्यालयका पूर्व रजिस्टार केदार शाक्य,बरिस्ठ साहित्यकार कविताराम श्रेष्ठ, भारतका ईतिहासबिद डा कैलाशचन्द्र दास, भिक्षु मगर, कलाकार रमित ढुंगाना, गायक प्रमोद खरेल, बरिस्ठ पत्रकार चेतन पन्त लगायत थुप्रै ब्यक्तिहरुको सहभागिता थियो । पूर्व निर्धारित कार्य तालिका अनुरुप १५ तारिख बिहान १ बजे समापन गरिए तापनि कार्यक्रममा समाबेश गरिनु पर्ने कुराकानी बाँकी भएकोले सोही बिषयबस्तुमा आधारित प्रसारणलाई १ बजेपछि पनि निरन्तरता दिइएको थियो । प्रसारण कार्यलाई टिभिद्धारा समेत प्रसारण गर्ने भनिए तापनि बिभिन्न देशमा गरिएको स्काइप परिक्षण प्रसारणद्धारा गुणस्तर कायम गर्न नसकिने देखिएकोले रेडियो मार्फत मात्रै प्रसारण गरिएको थियो । कार्यक्रम मूलत:बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने क्रममा भएका गतिबिधि, उपलब्धी, नागरिकीय र सरकारी दायित्व, भाबी संभाबित कार्यक्रम आदिमा केन्द्रित थियो ।

अधिकाधिक जानकारीमूलक बनाउने अभिप्रायले लुम्बिनी र बुद्धसम्बन्धी ज्ञान र अनुभब भएका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सहभागी गराइएको कार्यक्रममा बिदेशीहरुलाई समेत सहभागी गराइएको थियो । नेपालका बिभिन्न भूभागबाट सन्चालित रेडियो मूर्त, रेडियो मधेश मलंगवा, रेडियो ग्लोबल लगायत १६ एफएमहरुले कार्यक्रममा ऐक्यबद्धता जनाउँदै कार्यक्रमलाई प्रसारण गरेका थिए ।

कार्यक्रम सन्चालनार्थ मेलबर्नबाट नेपाली संचारका निर्देशक प्रमोद के सोनी, नेपालीज भ्वाइसका संपादक रामजी पौडेल, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह, गायिका निबेदिता बराल, बिकास कुमार नायक (भारत) र राधा लुइंटेल, सिडनीबाट कर्ण राजबंशी र नेपालबाट बिगेन तुलाधर र श्याम कुमार बस्नेत सहभागी हुनुहुन्थ्यो । यसै गरी पूर्व नेपालबाट कुमार अविरल र नेपाली संचार मलेसियाबाट बिक्रम अर्पण मगरले  साथ दिएका थिए |

“शान्तिका प्रतिमूर्ति भगवान गौतम बुद्ध हुन् र ततसम्बन्धमा सिर्जित समस्या पनि शान्तिपूर्बक नै समाधान हुनु पर्छ भन्ने मान्यता बोकेर हामीले जानकारी मुलक र जनचेत्नात्मक २५ घन्टे रेडियो कार्यक्रम प्रसारण गरेका हौ ”  नेपाली संचार रेडियो अस्ट्रेलियाका प्रबन्ध निर्देशेक प्रमोद के सोनी बताउँछन ।

Published Links: 

ekantipur
Rato Pati
Nepali Sanchar
DC Nepal English
Samyantra
Sajha Sawal
DC Nepal
Butwal Online
Nepal Japan
Nepal24
EBaglung
Ramkshrestha
Complete Nepal
Brussel Nepal
Nepal Swiss
Nepali Times
Hongkong Nepali
Nepal Israel
Sansar News
Sherpaworld

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: