Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बेल्जियमको ब्रुगेमा शान्ति पदयात्रा गर्दै बुद्ध जयन्ति मनाइयो

Posted by Ram Kumar Shrestha on May 15, 2014

1

बेल्जियममई १४– २५५८औं बुद्ध जयन्तीको शुभ अवसरमा भेनिस अफ नर्थ” को रुपमा परिचित बेल्जियमको मुख्य पर्यटकीय शहर जहाँ दैनिक २० हजार देखि २५ हजारसम्म पर्यटकहरुले भ्रमण गर्दछन त्यस शहरमा एभरेष्ट नेपाली समाज ब्रुगेबेल्जियमले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नारा ३ भाषामा लेखिएको ब्यानर र बुद्धका महत्वपुर्ण सन्देशहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन गर्दै सय भन्दा बढी नेपालीहरुको सहभागितामा शालीन र भव्य शान्ति पदयात्रा सम्पन्न गर्यो । मध्यान्ह ठिक १२.१५ बाट ब्रुगेको रेल्वे स्टेशन अगाडिको पार्कबाट सुरु भएको शान्ति पदयात्रामा अगाडि पट्टी करिव ४ फुट उचाई भएको भगवान बुद्धको ध्यान मुद्राको मुर्ति समेत देखिने गरेर मोटरमा राखिएको थियो । पदयात्राका क्रममा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा ६२३ इशा पुर्वमा भएको र त्यसको प्रमाण २४९ इशा पुर्वमा मौर्य सम्राट अशोकले त्यस पवित्रस्थलको दर्शन गरेर आफ्नो भ्रमणको स्मरणमा स्तम्भ निर्माण गरेर लुम्बिनी बुद्धको जन्मस्थल भएकोले आफु त्यहाँ दर्शनार्थीको रुपमा आएको भन्ने अभिलेख लेखेर छोडेको तथ्य प्रमाण लेखिएका पर्चाहरु समेत वितरण गर्ने कार्य भयो । नगर परिक्रमा गर्दै ब्रुगे नगरपालिकाको प्राङ्गणमा पुगेर पदयात्रा सभामा परिणत भएको थियो ।

2

उक्त सभामा आयोजक संस्थाका तर्फबाट अतिथिका रुपमा आमन्त्रित लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले आफ्नो मन्तव्यका क्रममा भनुभयो– “हामी नेपालीहरुले जहाँ रहे पनि आफ्नो देशको राष्ट्रिय गौरवको रक्षाप्रवर्धन र प्रचार प्रसार गर्दै बुद्धको जन्मस्थल लुम्बिनी नेपाल उपर सिर्जित विश्वमा भएको दिग्भ्रमलाई चिरेर सत्यलाई स्थापित गर्न यस किसिमका जानकारीमुलक र फलदायी कार्यक्रम बेल्जियममा मात्र नभई विश्वभरी नै भएका नेपाली संघ संस्थाहरुले पनि आयोजना गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता रहेको विषयमाथि प्रकाश पार्नुभयो ।” साथै उहाँले सराहनीय कार्यक्रम आयोजना गरेकोप्रति संस्थालाई र कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै बुद्धका उपदेसहरु मानवजातिका लागि अहिले पनि अति जीवनोपयोगी रहेकोले बुद्ध जयन्तीको शुभ उपलक्ष्यमा हामी सबैले ती उपदेसहरुलाई व्यवहारमा उतार्न सकेमा जीवन सार्थक हुन सक्ने बताउदै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।

3

कार्यक्रममा गैर आवाशीय नेपाली संघबेल्जियमका अध्यक्ष प्रेम गुरुंगले पनि आफ्नो मन्तव्यका क्रममा कार्यक्रम सराहनीय रहेको धारणा राख्नुभयो । सभालाई समापन गर्दै संस्थाका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले भन्नुभयो– “अभियानका विश्व्यापी गतिविधिहरुबाट प्रेरित भएको कारण नै आज यो कार्यक्रम आयोजना गर्न आफुलाई हौसला मिलेको बताउदै युरोपको अत्यन्त व्यस्त समयको बाबजुद कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र उपस्थिति जनाउनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनिहरुलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।” सो सभा पश्चात ब्रुगेबेस्यत्लान २४ मा स्थित सभाहलमा भगवान बुद्धको प्रतिमामा फुलमाला अर्पण गरेर पुजा गर्दै जलपान र प्रसादको समेत व्यवस्था गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: