Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

गायक धिरज राई अभियानका नयाँँ सांस्कृतिक दूत (Videos)

Posted by Ram Kumar Shrestha on May 20, 2014

11

“बुद्ध वाज बर्न इन नेपाल” गीत बिभिन्न देशमा गाउँदै हिडने गायक धिरज राई क्यानडामा बुद्ध जयन्ती मनाउने क्रममा मनाइएको एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित सांस्कृतिक दूतको नियुक्ति पत्र अभियानका बिस्व कार्य समितिका क्यानडा संयोजक चन्द्र राई र अबैतनिक महाबाणिज्य दूत डा कुन्जर शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । त्यसरी नै हालै अभियानको सहयोगमा नेपाली संचारद्धारा बुद्ध र लुम्बिनीमा केन्द्रित भएर बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रममा महत्वपूर्ण र आकर्षक प्रस्तुती गर्ने १४ बर्षीय आर्य पोखरेललाई बिध्यार्थी दूतको रुपमा नियुक्त गर्ने घोषणा अभियानले गरेको छ ।

यस अघि अभियानका सांस्कृतिक दूतको रुपमा प्रेमराजा महत, मनोज गजुरेल, जीवन शर्मा, बद्री पंगेनी र प्रमोद खरेल नियुक्त भैसकेका छन । त्यस्तै १३ मंसिरका दिन नेपालमा तात्कालिन पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा लुम्बिनी कपिलवस्तु दिवस अभियानले ‘गौतम बुद्धको जन्मस्थान लुम्बिनीको दिग्भ्रम: पाठ्यपुस्तकमा सुधारका उपाय तथा प्रयासहरु’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बेला अभियानले भिक्षु नारायणबहादुर मगर, सरोज अर्याल र बरिस्ठ पत्रकार चेतनराज पन्तलाई उहाँहरुले लुम्बिनी, नेपाललाई वुद्धको जन्मस्थलको रुपमा बिभिन्न देशमा परिचय दिन उल्लेख्य योगदान पुर्‍याउनु भएकोमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको शान्ति दूतको नियुक्ति पत्र मन्त्री श्रेष्ठ मार्फत हस्तान्तरण गराएको थियो । सोही कार्यक्रममा पूर्ब संस्कृति मन्त्री दिपकुमार उपाध्यायलाई लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहर घोषणा गर्न सँसदमा पहल गर्नु भएको र कोरियाका पूर्ब राजदूत कमल कोईरालालाई कोरियाको पाठ्यपुस्तकमा बुद्धको जन्मस्थान भारत लेखिएकोमा सच्याई (नेपाल भनी) सरकारी निर्णय गराउन अग्रणी भुमिका निर्बाह गर्नु भएकोमा अभियानले सम्मन गरेको थियो ।

त्यसरी नै Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएर ग्लोबल एम्बेसडर बन्ने तयारीमा रहनु भएकी सुनिता बस्नेत अभियानको ग्लोबल एम्बेसडर, निलेश अधिकारी (पर्यटन दूत), श्रीकुमार श्रेष्ठ (शिक्षक दूत), किशोर कुइंकेल (स्काउट विद्यार्थी दूत), अल्फा श्रेष्ठ (पर्यावरण विद्यार्थी दूत), सविता भट्ट (कलेज स्टुडेन्ट दूत) को रुपमा नियुक्त भैसक्नु भएको छ । स्मरण रहोस अल्फा श्रेष्ठ नेपालकै पनि ग्रीन एम्बेसडर हुनुहुन्छ र उहाँले रास्ट्रपति भेटने तथा नेपालको प्रतिनिधित्व गरी बिभिन्न देश भ्रमण गरिसक्नु भएको छ ।

https://www.youtube.com/watch?v=m2V2PKWKIX0

Some more photos:

1

2

3

Published Links:

Ratopati
DC Nepal 
Nepali Sanchar
Samyantra

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: