Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बेल्जियमको गणतन्त्र दिवसमा दूताबास हाताभित्र बुद्धको मूर्ति स्थापना

Posted by Ram Kumar Shrestha on June 3, 2014

Belgium RD2बेल्जियम, ३१ मई- ब्रुस्सेल्सस्थित नेपाली दुतावासको आयोजनामा आज दुतावास निवासको प्राङगणमा बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गबाट उल्लेख्यरुपमा उपस्थित नेपाली समुदायका माझ सातौं गणतन्त्र दिवस भव्यताका साथ मनाइयो । कार्यक्रमको औपचारिक सुरुवात बेनेलक्स तथा युरोपेली संघका लागि नेपाली राजदुत राम मणि पोखरलले नेपालको राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरि शुभारम्भ गर्नुभयो । झन्डोत्तोलनसंगै नेपाली राष्ट्रिय गान बजाइएको थियो ।

उक्त अवसरमा नेपाल र बेल्जियमको कुटनीतिक सम्बन्धको पचास वर्ष पुरा भएको सन्दर्भमा दुतावास निवासको प्राङगणमा हालै स्थापना गरिएको पत्थरबाट निर्मित विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्धको प्रतिमा राजदुत पोखरेल तथा कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवं सभासद डा. प्रकाशशरण महतले संयुक्तरुपमा अनावरण गर्नुभयो । उक्त प्रतिमाको तल्लोभागमा “गौतम बुद्ध, मेसेन्जर अफ पीस” (बर्न इन लुम्बिनी, नेपाल इन ६२३ बि. सी.) भन्ने सन्देश लेखिएको छ ।

दुतावास निवास प्राङगणको औपचारिक कार्यक्रमपछि दुतावास निवासको बैठक कक्षमा पूर्व मन्त्री एवं सभासद महतले आफ्नो मन्तव्यको क्रममा भन्नुभयो- नेपालमा गणतन्त्र घोषणा भए पनि वास्तविकरुपमा जनताको जीवनस्तरमा तात्विक फरक ल्याउन सक्ने अवस्थामा पुग्न सकिने अवस्था सिर्जना भइसकेको छैन किनकी फरक फरक राजनीतिक विचार र सिद्दान्त भएका राजनीतिक दलहरुको बिचमा सर्वमान्य नीति र पद्दतिलाई स्वीकार गर्ने व्यवस्था नयाँ संविधानमा सुनिश्चित गर्ने प्रक्रियामा हामी प्रयत्नशील छौँ र आगामी २०७१ साल माघ ८ गते संविधानसभाबाट नयाँ संविधान जारी गर्ने प्रक्रियामा हामी दृढताका साथ लागेका छौं ।” साथै उहाँले सातौं गणतन्त्र दिवसको उपलक्ष्यमा उपस्थित सबैमा हार्दिक शुभकामना दिनुभयो ।

कार्यक्रमको समापनमा राजदुत पोखरेलले भन्नुभयो- विदेशमा रहे पनि स्वदेशप्रति सबै नेपालीले आ-आफ्नो दायित्वलाई महसुस गरेर देशको विकाश र समृद्दिको लागि विकशित देशमा रहनु भएका तपाई अवैतनिक राजदुतहरुले देशको कृषिजन्यलगायत विविध प्रविधि भित्र्याउन भूमिका खेल्नु पर्ने आवश्यकता रहेको धारणा राख्दै सबैमा गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।

दुतावासका द्वितीय सचिव लक्ष्मण खनालले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेपालका तर्फबाट जर्मनीका लागि महावाणिज्यदुत रामप्रताप थापा, लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल, गैर आवासीय नेपाली संघ युरोपका संयोजक अर्जुन श्रेष्ठलगायत गैर आवासीय नेपाली संघ, बेल्जियम तथा नेदरल्याण्डका प्रतिनिधिहरु सहित समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात दुतावास निवासमा दुतावासको तर्फबाट नै आयोजित दिवाभोजमा उपस्थित करिव २०० सहभागीहरुले उल्लासमय वातावरणमा आपसमा शुभकामना आदान प्रदानसंगै नेपाली परिकारको स्वादिष्ट भोजन ग्रहण गर्दै आनन्द लिएका थिए ।

नेपाली दुतावासको तर्फबाट आमन्त्रित युरोपेली संघ, बेल्जियम सरकारका उच्च पदस्थ पदाधिकारीहरु तथा विदेशी कुटनीतिक नियोगका कुटनितिज्ञहरुको लागि गणतन्त्र दिवसकै दिन विशेष कार्यक्रम गरेर विहिवार, २९ मई २०१४ का दिन गणतन्त्र दिवस कार्यक्रम मनाइएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: