Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी चिनाउने पुरातत्वविद आचार्य बेल्जियममा सम्मानित

Posted by Ram Kumar Shrestha on June 21, 2014

beljiam_samman-630x472

बेल्जियम । नेपालका बरिष्ठ पुरातत्वविद तथा युनेस्को कन्सल्ट्यान्ट कोषप्रसाद आचार्यलाई बेल्जियमको ब्रुसेल्समा सम्मान गरिएको छ ।

लुम्बिनी कपिलवस्तु दिवश विश्व अभियानका युरोप सल्लाहकार दामोदर प्रसाद आचार्यले ब्रुसेल्समा रहेको नेपाली दुतावास निवासमा आचार्यलाई सम्मान गरेका हुन् ।

पुरातत्वविद आचार्यले भगवान गौतम बुद्वको जन्मस्थल लुम्बिनी, नेपाल हो भन्ने प्रमाणहरु जुटाउनका लागि पुरातात्विक उत्खनन मार्फत योगदान पु-याएको भन्दै सम्मान गरिएको हो ।

युरोपेली संघका लागि नेपाली राजदुत राम मणि पोखरेलको संयोजन तथा समुपस्थितिमा दुतावास निवासमा भएको अभियानका पदाधिकारीहरु र युरोप भ्रमणमा रहेका पुरातत्व विभागका पूर्व महानिर्देशक वरिष्ठ पुरातत्वविद् तथा पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक आचार्य तथा लुम्बिनी विकाश कोषका प्रमुख सुचना तथा सम्पर्क अघिकृत ज्ञानिन राईका बीच भएको भेटघाट कार्यक्रममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रवर्धनका लागि विश्वव्यापीरुपमा लुम्बिनीको यथोचित प्रचार प्रसार गर्न आगामी दिनमा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान र लुम्बिनी विकाश कोषका बीच कसरि सहकार्य गरेर अगाडि जान सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल पनि भएको छ ।

सो अवसरमा अभियानका युरोप सल्लाहकार आचार्यले अभियानले नागारिकस्तरबाट गरिरहेका गतिविधिहरुको बारेमा संक्षेपमा प्रकाश पार्दै बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा नभएर उत्तर भारतमा भएको भनिएका गलत जानकारी भएका पाठ्यक्रममा सुधारको आवश्यकता भएको बताए । उनले त्यस किसिमको भ्रामक सुचनासहितका पुस्तकहरुका लेखक तथा प्रकाशकहरुलाई आमन्त्रण गरेर उहाँहरुलाई पुस्तकहरुमा सुधार गर्ने अवसर उपलब्ध गराउने उद्देश्यका लागि आगामी वर्ष ब्रुस्सेल्समा अन्तर्राष्ट्रियस्तरको सेमिनारको आयोजना गर्ने अभियानको सोच रहेको जानकारी पनि दिए । साथै उक्त सेमिनारका लागि अभियानले लुम्बिनी विकाश कोषसंग सहकार्य गर्ने इच्छा रहेको समेत बताए ।

कोषका प्रमुख सुचना तथा सम्पर्क अघिकृत राईले लुम्बिनीको प्रवर्धन र प्रचार प्रसारमा सहयोग पुग्ने यस किसिमका सेमिनार, गोष्ठीहरुको आयोजना गर्न अभियानले प्रक्रियागत रुपमा प्रस्ताव गरेमा सहकार्यको लागि कोष सकारात्मक रहेको बताए । भेटघाट कार्यक्रममा अभियानको राष्ट्रिय समिति नर्वेका सल्लाहकार डा कृष्ण कान्त पन्थी, राष्ट्रिय संयोजक डा कृष्ण अर्याल, अभियानको राष्ट्रिय समिति बेल्जियमका राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा सदस्य केजिन राईको समेत उपस्थिति थियो ।

beljiam_samman_next-630x472

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: