Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

वुद्ध जन्मस्थानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक स्वीकारोक्ति

Posted by Ram Kumar Shrestha on August 7, 2014

प्रेस बिज्ञप्ति

अब अभियानको कुनै औचित्य नभएको कुरा उठाउनेले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमा मात्रै सीमित नभएर थुप्रै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको कारण अभियानले यो समस्यालाई समस्याको जरोको रुपमा लिएको छ । मोदीको यो स्वीकारोक्तिले अभियानको कार्यमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न जस्ले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व भनेको कोरिया र स्वीडेनकै कामको निरन्तरताको रुपमा विभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउनेतर्फ मात्रै केन्द्रित हुनुपर्ने हुन्छ  ।

बिषय: वुद्ध जन्मस्थानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक स्वीकारोक्ति

modi_samsadd copyनेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने संकेत मिलेको छ । यसबाट लाखौं नेपालीको मन जित्ने काम मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई उन्को यो कदमको लागि अभियान धन्यवाद ज्ञापन गर्दछ ।

राष्ट्र संघका ५ जना महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेता प्रजातन्त्रबादी नेतृ आङ सान सुकीले भ्रमण गरिसक्नु भएको बुद्ध जन्मस्थल लुम्बिनीको विकास गर्ने अभिप्रायले दुई गुरू योजनाहरू  राष्ट्र संघमार्फत नै तयार पारिएको यहाँ स्मरणीय छ । प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्धारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेको छ । कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे भएको गलत जानकारी सच्याउने काम भैसकेका छन । गुगलले बुद्ध जन्मथलोबारे भएको गल्ती सच्यायो भने ब्रिटिश म्युजियमले सच्याउने निर्णय गर्यो । बुद्ध भारतमा जन्मेको भनेकोमा सम्बद्ध भारतीय पक्षहरुद्धारा क्षमा याचना गर्ने गरेका छन । यस्तो परिवेशमा भारतीय प्रधानमन्त्री मोदीको यो स्वीकारोक्तिको विशेष महत्व हुनु स्वाभाविकै हो ।

प्रजातन्त्रको एउटा अत्यन्तै महत्वपूर्ण पक्ष भनेको जनतामा सुसूचित हुने अधिकार हो, तर त्यो सही हुनुपर्छ र गलत जानकारी प्रवाहले अन्तत्वगत्वा प्रजातन्त्र दुर्बल बनाउने काम हुन्छ । यही विषयवस्तुमा केन्द्रित भएर अभियानले अमेरिकी राष्ट्रपति ओबामालाई हालै ६ पृष्ठ लामो प्रतिबेदन पठाएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो स्वीकारोक्तिलाई योसँग अन्तर्सम्बन्धित नगराइ राख्न सकिन्न ।

अब अभियानको कुनै औचित्य नभएको कुरा उठाउनेले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमा मात्रै सीमित नभएर थुप्रै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको कारण अभियानले यो समस्यालाई समस्याको जरोको रुपमा लिएको छ । मोदीको यो स्वीकारोक्तिले अभियानको कार्यमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न जस्ले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व भनेको कोरिया र स्वीडेनकै कामको निरन्तरताको रुपमा विभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउनेतर्फ मात्रै केन्द्रित हुनुपर्ने हुन्छ  ।

आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।

 

रामकुमार श्रेष्ठ

लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक                            मिति: साउन २२, २०७१

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: