Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for September, 2014

बुद्धजन्मस्थल दिग्भ्रम हटाउन कोर्षबुक सुधार अभियानका आधारपक्षहरु

Posted by Ram Kumar Shrestha on September 9, 2014

केदार शाक्य *

Kedar Shakyaएसिया महादेशबाट इसापुर्ब छैटौं शताव्दीमा प्रादुर्भाव भएको बुद्धिजमले २१ औं शताव्दीसम्म आइपुग्दा युरोप,अमेरिका,अष्टे«लिया हुँदै अफ्रिकी महादेशसम्म फैलने सुअवसर पाइसकेको छ । विश्वशान्ति,मैत्रीपूर्ण व्यबहार र करुणाका महान सन्देश दिने गौतम बुद्धको उपदेश संसारभरी नै फैलिएसंगै बुद्धजन्मस्थल लुम्बिनी नेपाल, राष्ट्रको गौरव र विश्वमा नेपाली स्वाभीमान अभिबृद्धि तथा पहिचानको अहम सवाल बनिरहेको छ ।

यो कुरा संसारका बिभिन्न मुलुकमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुका लागि अत्यन्त ठूलो सरोकारको बिषय बनेको छ । संसारका बिभिन्न मुलुकमा प्राथमिक तहका बालबालिकादेखि उच्चस्तरीय विश्वविद्यालयहरुको कोर्षबुकमा नै बुद्धको जन्म उत्तर भारतमा भएको कुरा पढाइँदै आएको छ । यो दिग्भ्रमलाई हटाउन,सच्याउन र सत्यतथ्य जानकारी दिन लुम्बिनी कपिलबस्तु दिवस अभियानले स्वतःस्फुर्त बिगत पाँच बर्षदेखि संसारका बिभिन्न मुलुकहरुमा निरन्तर अभियान चलाइ रहेको छ । यसको राम्रो प्रभाव परिरहेको छ । यसलाई अझै व्यापक बनाउन र कोर्षबुकमा सुधारका अभियानलाई बढी प्रभावकारी बनाउन कुन किसिमका प्रभावकारी माध्यम तथा उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफलगरी सुझावहरु संकलन र कार्यान्वयनका लागि प्रतिवेदनलाई सम्बन्धित निकाय र सरोकार पक्षसम्म पु–याउने हाम्रो सामुहिक प्रयास हुनुपर्छ भन्ने अभिप्रायले यहाँ केही आधारभूत पक्षहरु बुँदागत प्रस्तुत गरिएको छ ।

१.सन १९८० संस्करणको अलमेनक नामको डिस्नेरीमा र अन्य डिस्नेरीमा समेत गौतम बुद्ध उत्तर भारतमा जन्मएका भारतीय राजकुमार सिद्धार्थ क्ष्लमष्बल एचष्लअभ भनी लेखिएको छ । नेपालमा अज्ञानताबस यस्ता कुराहरु भइरहेको छ भन्न सकिन्न । यसमा कसैको निहित स्वार्थ गाँसिएको छ । यस्तो थाहा पाएपछि त्यसबेला देखि नै सार्बजनिक सञ्चार माध्यमहरुबाट सरोकार पक्षको ध्यान आकर्षित गर्नेकाम हुँदै आएको छ । तर समस्या यथावत छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

Meet UNESCO Lumbini Excavation Team: Buddha’s Birth Earlier Than Thought (Video)

Posted by Ram Kumar Shrestha on September 5, 2014

Couple of months ago Lumbini excavation news was highlighted a lot in big international media because of new reveal on Buddha’s birth date. Let’s know about the team:

Prof Robin Coningham Durham University, UK

Robin is one of the co-directors of the excavations at Lumbini and one of the international experts on the larger UNESCO project. He has conducted extensive field work in Bangladesh, Iran, Nepal, Pakistan and Sri Lanka, and was part of an original UNESCO team that worked at Lumbini in 2001/2. He can normally be found excavating in the Temple, or deep in discussion with his co-director, Kosh.

Mr Kosh Acharya Pashupathi Development Trust/UNESCO, Nepal

Kosh is the other co-director of the excavations at Lumbini, and is an expert on the archaeology of the region. He possesses the wonderful ability to stay calm whilst everyone descends into panic around him, and is the most sartorially elegant member of the team. Kosh, the former Director General of Archaeology in Nepal, has excavated extensively in Nepal, and knows everything that is worth knowing about the archaeology of the Terai.

Dr Mark Manuel Durham University, UK
Read the rest of this entry »

Posted in News | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियान, बेल्जियमको राष्ट्रिय भेला सम्पन्न

Posted by Ram Kumar Shrestha on September 2, 2014

SONY DSCबुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर सिर्जित विश्वव्यापी दिग्भ्रमलाई निस्तेज पार्दै विश्वव्यापीरुपमा लुम्बिनीको प्रचार प्रसार र प्रवर्धन कार्य गर्दै आइरहेको लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान अन्तर्गतको राष्ट्रिय समिति बेल्जियमले आइतवार, ३१ अगष्ट २०१४ का दिन बेल्जियमको एन्टवेर्पेनस्थित “दि शेल्टर” लाङ्ग्स्ट्राट १०२ को सभा कक्षमा राष्ट्रिय भेला कार्यक्रम सम्पन्न गरेको छ ।

SONY DSC

युरोपेली संघका लागि नेपाली राजदुत राममणि पोखरेलले भेलाको उद्घाटन गर्दै मन्तव्यको क्रममा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आगामी वर्ष बुद्ध जयन्तिको सन्दर्भमा ब्रुस्सेल्समा आयोजना गर्ने अन्तरराष्ट्रिय सेमिनारलाई सफल बनाउन अभियानको यस राष्ट्रिय समिति बेल्जियमलाई महत्वपुर्ण अवसर मिलेको बताउदै त्यस कार्यमा सबैको विशेष ध्यान पुगोस र सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । Read the rest of this entry »

Posted in Uncategorized | Leave a Comment »

लुम्बिनी नजिकै बौद्धकालीन अवशेष फेला (फोटोफिचरसहित)

Posted by Ram Kumar Shrestha on September 1, 2014

अमहवामा बौद्धकालिन नगर हुन सक्ने सम्भावना

भैरहवा, भदौ १४– रुपन्देहीको आमा गाविस वडा नं. ४ अमहवामा बौद्धकालिन नगर हुन सक्ने सम्भावना बढेको छ । उक्त क्षेत्रमा बौद्धकालीन अवशेष फेला परेको हुदा सो सम्भावनामा बल पुगेको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको अमहवामा रहेको दानव नदीको छेउछाउमा पुरिएको अवश्थामा रहेको पिल्लर जस्तो प्राचिन अवशेष भदौSAM_0935१ गते आएको बाढीले नदी किनारमा उतारेपछि उक्त सम्भावना देखिएको हो । नदीभन्दाकरिब २० फिट बाहिर दखिएको सो बस्तु प्राचीन कालको ईनार अथवा कुनै किल्लाको अवशेष हुन सक्ने स्थानियहरुले अनुमान लगाएका छन । तल गोलो र माथी करिब २–३ फिट वर्गाकारमा देखिएको सो बस्तु कुनै सम्पन्न नगरको गुम्बज पनि हुन सक्ने स्थानियहरुको अनुमान छ ।prachin abasesh rupendehi (1) Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: