Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी नजिकै बौद्धकालीन अवशेष फेला (फोटोफिचरसहित)

Posted by Ram Kumar Shrestha on September 1, 2014

अमहवामा बौद्धकालिन नगर हुन सक्ने सम्भावना

भैरहवा, भदौ १४– रुपन्देहीको आमा गाविस वडा नं. ४ अमहवामा बौद्धकालिन नगर हुन सक्ने सम्भावना बढेको छ । उक्त क्षेत्रमा बौद्धकालीन अवशेष फेला परेको हुदा सो सम्भावनामा बल पुगेको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको अमहवामा रहेको दानव नदीको छेउछाउमा पुरिएको अवश्थामा रहेको पिल्लर जस्तो प्राचिन अवशेष भदौSAM_0935१ गते आएको बाढीले नदी किनारमा उतारेपछि उक्त सम्भावना देखिएको हो । नदीभन्दाकरिब २० फिट बाहिर दखिएको सो बस्तु प्राचीन कालको ईनार अथवा कुनै किल्लाको अवशेष हुन सक्ने स्थानियहरुले अनुमान लगाएका छन । तल गोलो र माथी करिब २–३ फिट वर्गाकारमा देखिएको सो बस्तु कुनै सम्पन्न नगरको गुम्बज पनि हुन सक्ने स्थानियहरुको अनुमान छ ।prachin abasesh rupendehi (1)
नदीको छेउछाउमा त्यस्ता अन्य पुरातात्विक बस्तु समेत रहेको छ भने पुराना माटाका भाडा, व्हाईट स्टोन, ब्ल्याक स्टोन, बिभिन्न किसिमका घैटोजस्तो देखिने बस्तुहरु फेला पर्ने गरेको स्थानिय १ सय बर्षिय बुद्ध बलदारो लोधले बताउछन् । पहिले नदी करिब १ किलोमिटर पूर्व तर्फ रहेको दानव नदी कालान्तरमा बग्दै पश्चिम तिर च्याप्दै लगेको र यी बस्तुहरु भेटिन थालेको उनी बताउछन् । यति मात्र हैन नदीको छेउमै अहिले पनि थप दुई वटा त्यस्तै प्राचीन बस्तु रहेको छ । धेरै पिल्लर जस्तो बस्तु देखिएको कारण सो बस्तुहरु प्राचीन नगरको रक्षा गर्न बनाईएका किल्ला पनि हुन सक्ने स्थानियहरुले बताए ।

नदी छेउछाउ केही बहुमुल्य बस्तु सामाग्री भेटिए पनि त्यसलाई घर लैजाने ब्यक्ति बौलाउने गरेको भनाई पनि लोधले राखे , त्यसकारण यस क्षेत्रमा पाईएको सामानहरु कसैले पनि घर नलैजाने र पुनः नदीमै बिसर्जित गर्ने गरेको उनले बताए ।

लुम्बिनीको नजिकै रहेको हुदा सो बस्तु बुद्धकालीन भएको स्थानियहरुको ठम्याई रहेको छ । ‘यहाँ हाम्रा बाबु बाजेको पालादेखि नै पहिला पम्पापुर नामको नगर रहेको चर्चा चल्ने गरेको ’ १ सय बर्षिय बुद्ध लोधले बताए ।

भाद्र १ गते देखिएको सो प्राचीन सम्पदाको संरक्षण गर्न भने स्थानिय प्रशासनले चासो देखाएको छैन । नदीमै रहेको सो प्राचीन धरोहर कुनै पनि समय नदीमै बिलिन हुने सम्भावना बलियो रहेको छ । खोलामा डुङ्गा चलाउने स्थानिय माझीहरुको अनुसार सो बस्तु निस्किएको स्थानमा खोला धेरै गहिरो रहेको छ । त्यहा उनिहरुले करिब ३० फिट खोलाको गहिराई रहेको अनुमान लगाएका छन ।prachin abasesh rupendehi (2)खोलाको सामान्नतर रुपमा सो प्राचीन धरोहर पनि हुन सक्ने माझीहरुको अनुमान छ ।

स्थानिय दुर्योधन बढईले सो क्षेत्रमा तटबन्ध गरि सो धरोहरलाई जोगाउनु पर्ने बताए । धेरै मानिसहरु यसलाई हेर्न आए र गए तर उसको दिर्घकालीन संरक्षणको लागी कसैले केही जानकारी नदिएको उनले बताए । यस क्षेत्रमा उत्खनन गरि अनुसन्धान गर्ने हो भने यस क्षेत्रको कायापलट हुन सक्ने सम्भावना आमा गाविसका सामाजिक परिचालक बिजय गुप्ताले देखेका छन । पिल्लर देखिएको स्थानमा नदी साह«ै गहिरो भएको कारण सो क्षेत्रमा गाविस तटबन्ध गर्न असमर्थ रहेको आमा गाविस सचिव चुडामणि घिमिरेले बताए ।

यता सो बस्तु बारे लुम्बिनी बिकाश कोषले जानकारी पाएको र यस बारेमा पुरातत्व बिभागलाई जानकारी गराई सकेको कोषका पुरातत्व अधिकृत कृष्ण केसीले बताए । नदी छेउमा रहेको बस्तु ईनार, गुम्बज अथवा अन्य के हो अहिले नै केही भन्न नमिल्ने उनले बताए । यस बिषयमा अनुसन्धान भै रहेको उनले जानकारी दिए । तर सो क्षेत्रमा कुनै सम्पन्न नगर पुरिएको अवश्थामा रहेको हुन सक्ने सम्भावना बलियो रहेको केसीले बताए । तत्काल सो क्षेत्रको उत्खनन गर्ने अवश्था नरहे पनि देखिएको प्राचीन बस्तु संरक्षण गर्नु पर्ने उनले बताए । नदी गहिरो रहेको कारण कोषले पनि सो क्षेत्रमा तटबन्ध गर्न नसक्ने , तटबन्धको लागी लुम्बिनी बिकाष कोष र पुरातत्व विभागले नेपाल सरकार समक्ष अनुरोध गरेको पनि केसीले जानकारी गराए ।

फेला परेको बस्तु बौद्धकालीन पनि हुन सक्छ अथवा सो भन्दा १÷२ सय बर्ष अघि पछिको पनि हुन सक्ने पुरातत्वविद केसीको अनुमान रहेको छ । त्यस क्षेत्र आसपासमा सन १९६४ मा पनि उत्खनन गरेको र त्यहा प्राचीन सम्पन्न नगर हुन सक्ने सम्भावना रहेको त्यस बेला सार्वजनिक बिभिन्न रिपोर्टहरुमा पनि उल्लेख भएको केसीले जानकारी गराए ।prachin abasesh rupendehi (4)
यता स्थानियहरु भने सो बस्तु बौद्धकालीन नै रहेको दावी गरेका छन । प्राचीन कालमा त्यहा पम्पानगर रहेको र १९६४ को रिपोर्टले पनि प्रचीन नगरको सम्भावना देखाएको हुदा यसलाई बौद्धकालीा मान्न सकिने उनिहरुको तर्क रहेको छ ।

prachin abasesh rupendehi (8)prachin abasesh rupendehi (6)लुम्बिनी संग सम्बन्धित अन्य स्थानलाई लुम्बिनी बिकाश कोषले आफ्नो संरक्षणमा लिई रेख देख गरे जस्तै यस क्षेत्रको जिम्मा पनि कोषले लिई यसलाई बौद्ध सर्किटसं जोडेर यस क्षेत्रको बिकासमा योगदान गर्नु पर्ने स्थानियहरुले माग राखेका छन ।

राधेश्याम विश्वकर्माको स्थलगत रिपोर्ट

 

@Ratopati

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: