Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

लुम्बिनी-कपिलवस्तु दिवस अभियान, बेल्जियमको राष्ट्रिय भेला सम्पन्न

Posted by Ram Kumar Shrestha on September 2, 2014

SONY DSCबुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर सिर्जित विश्वव्यापी दिग्भ्रमलाई निस्तेज पार्दै विश्वव्यापीरुपमा लुम्बिनीको प्रचार प्रसार र प्रवर्धन कार्य गर्दै आइरहेको लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान अन्तर्गतको राष्ट्रिय समिति बेल्जियमले आइतवार, ३१ अगष्ट २०१४ का दिन बेल्जियमको एन्टवेर्पेनस्थित “दि शेल्टर” लाङ्ग्स्ट्राट १०२ को सभा कक्षमा राष्ट्रिय भेला कार्यक्रम सम्पन्न गरेको छ ।

SONY DSC

युरोपेली संघका लागि नेपाली राजदुत राममणि पोखरेलले भेलाको उद्घाटन गर्दै मन्तव्यको क्रममा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आगामी वर्ष बुद्ध जयन्तिको सन्दर्भमा ब्रुस्सेल्समा आयोजना गर्ने अन्तरराष्ट्रिय सेमिनारलाई सफल बनाउन अभियानको यस राष्ट्रिय समिति बेल्जियमलाई महत्वपुर्ण अवसर मिलेको बताउदै त्यस कार्यमा सबैको विशेष ध्यान पुगोस र सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

राष्ट्रिय भेलामा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले विश्व अभियान सुत्रपात भएदेखि हालसम्म अभियानले गरेका क्रियाकलाप र त्यसबाट प्राप्त उपलब्धिहरुको विषयमा प्रकाश पार्नुभयो ।

उक्त भेलाले अभियानको २८ अक्टोबर २०१० मा गठित राष्ट्रिय समिति बेल्जियमलाई भंग गरेर नयाँ समिति गठन गरेको छ । नेपाल प्रहरीका पूर्व डिएसपी टिकाराम पौडेलको राष्ट्रिय संयोजकत्वमा १५ सदस्यीय नयाँ समितिका संयोजकहरुमा बेल्जियमको नेपाली समाजका प्रतिनिधिहरु रहेका छन् । संयोजकहरुमा डिल्लीराम भण्डारी (पूर्व सल्लाहकार नेपाली जनप्रगतिशील मंच, बेल्जियम), रजनी प्रधान (डिपुटी महिला संयोजक एनआरएनए आईसीसी) , महेश थापा (अध्यक्ष नेपाल पत्रकार महासंघ युरोप) , विमल गिरी (साहित्यकार एवं पूर्व अध्यक्ष अनेसास, बेल्जियम), ओम शर्मा (महासचिव बेल्जियम-नेपाल चेम्वर ओफ कमर्स एण्ड इन्डस्ट्रीज), केजिन राई (उपाध्यक्ष् नेपाल पत्रकार महासंघ युरोप), शुष्मा श्री थापा (समाजसेवी), हरि थपलिया (अध्यक्ष नेपाली व्यवसायी संघ, बेल्जियम), सिता सापकोटा (सल्लाहकार एनआरएनए, बेल्जियम), उज्ज्वल के. सी. (अध्यक्ष अन्तरराष्ट्रिय कलाकार मंच युरोप महाशाखा), दुर्गा सुवेदी (अध्यक्ष एभरेष्ट नेपाली समाज, ब्रुगे), श्री प्रसाद गुरुङ ( प्रतिनिधि तमु समाज बेल्जियम) , जित लामा (सल्लाहकार तामांग समाज, बेल्जियम) र अनुजा प्रधान चयन हुनुभएको छ । साथै भेलाले उक्त समितिको सल्लाहकारमा रविन्द्रमान श्रेष्ठ (उपाध्यक्ष बेल्जियम-नेपाल मैत्री संघ), सुरेन्द्र भुसाल ( अध्यक्ष संयुक्त मोर्चा युरोप), प्रेम गुरुङ (अध्यक्ष एनआरएनए, बेल्जियम) र गंगाधर गौतम (महामन्त्री नेपाली जनसम्पर्क समिति युरोप) लाई चयन गरेको छ ।

विश्व संयोजक रामकुमार श्रेष्ठले पठाउनु भएको शुभकामना सन्देशका साथै युरोप सल्लाहकार फ्रान्क वेर्मीर्स्चको शुभकामना सन्देश पनि भेलामा कार्यक्रम संचालकले पढेर सुनाउनु भयो ।

ओम शर्माले संचालन गर्नुभएको कार्यक्रममा साहित्यकार विमल गिरीले स्वागत भाषण गर्नुभएको थियो । उक्त राष्ट्रिय भेलाको सभापतित्व डिल्लीराम भन्डारीले गर्नुभएको थियो । भेलामा उपस्थित हुन नसकेका कारण बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेले पठाएको शुभकामना सन्देशलाई कार्यक्रममा पढेर सुनाइएको थियो ।

“बेल्जियममा हुने आगामी अन्तर्राष्ट्रिय सेमिनारलाई भव्यताका साथ् सफल बनाऔं, शान्तिका अग्रदुत बुद्धको जन्मस्थल उपर भएका विश्वव्यापी दिग्भ्रम निस्तेज पारौं” भन्ने नाराका साथ गरिएको उक्त भेलामा एनआरएनए आईसीसी सल्लाहकार युवराज गुरुङ, एनआरएनए युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, प्रवासी नेपाली मंच, बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ, नेपाली जनप्रगतिशिल मंच, बेल्जियमका अध्यक्ष चित्र सुवेदी, नेपाली जनसम्पर्क समिति, बेल्जियमका अध्यक्ष सुवास जोशी र नेपाली गायन क्षेत्रका हस्ती ओम विक्रम विष्टको समेत सहभागिता रहेको थियो ।

राष्ट्रिय भेलाको लागि एनआरएनए युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले २०० युरो आर्थिक सहयोग गर्नु भयो भने नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि थपलिया सभा कक्षको व्यवस्थादेखि सहभागीलाई चिसो पेय पदार्थ समेत उपलब्ध गराई आर्थिक र भौतिक सहयोगमा जुट्नु भयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: