Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

बुद्धजन्मस्थल दिग्भ्रम हटाउन कोर्षबुक सुधार अभियानका आधारपक्षहरु

Posted by Ram Kumar Shrestha on September 9, 2014

केदार शाक्य *

Kedar Shakyaएसिया महादेशबाट इसापुर्ब छैटौं शताव्दीमा प्रादुर्भाव भएको बुद्धिजमले २१ औं शताव्दीसम्म आइपुग्दा युरोप,अमेरिका,अष्टे«लिया हुँदै अफ्रिकी महादेशसम्म फैलने सुअवसर पाइसकेको छ । विश्वशान्ति,मैत्रीपूर्ण व्यबहार र करुणाका महान सन्देश दिने गौतम बुद्धको उपदेश संसारभरी नै फैलिएसंगै बुद्धजन्मस्थल लुम्बिनी नेपाल, राष्ट्रको गौरव र विश्वमा नेपाली स्वाभीमान अभिबृद्धि तथा पहिचानको अहम सवाल बनिरहेको छ ।

यो कुरा संसारका बिभिन्न मुलुकमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुका लागि अत्यन्त ठूलो सरोकारको बिषय बनेको छ । संसारका बिभिन्न मुलुकमा प्राथमिक तहका बालबालिकादेखि उच्चस्तरीय विश्वविद्यालयहरुको कोर्षबुकमा नै बुद्धको जन्म उत्तर भारतमा भएको कुरा पढाइँदै आएको छ । यो दिग्भ्रमलाई हटाउन,सच्याउन र सत्यतथ्य जानकारी दिन लुम्बिनी कपिलबस्तु दिवस अभियानले स्वतःस्फुर्त बिगत पाँच बर्षदेखि संसारका बिभिन्न मुलुकहरुमा निरन्तर अभियान चलाइ रहेको छ । यसको राम्रो प्रभाव परिरहेको छ । यसलाई अझै व्यापक बनाउन र कोर्षबुकमा सुधारका अभियानलाई बढी प्रभावकारी बनाउन कुन किसिमका प्रभावकारी माध्यम तथा उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफलगरी सुझावहरु संकलन र कार्यान्वयनका लागि प्रतिवेदनलाई सम्बन्धित निकाय र सरोकार पक्षसम्म पु–याउने हाम्रो सामुहिक प्रयास हुनुपर्छ भन्ने अभिप्रायले यहाँ केही आधारभूत पक्षहरु बुँदागत प्रस्तुत गरिएको छ ।

१.सन १९८० संस्करणको अलमेनक नामको डिस्नेरीमा र अन्य डिस्नेरीमा समेत गौतम बुद्ध उत्तर भारतमा जन्मएका भारतीय राजकुमार सिद्धार्थ क्ष्लमष्बल एचष्लअभ भनी लेखिएको छ । नेपालमा अज्ञानताबस यस्ता कुराहरु भइरहेको छ भन्न सकिन्न । यसमा कसैको निहित स्वार्थ गाँसिएको छ । यस्तो थाहा पाएपछि त्यसबेला देखि नै सार्बजनिक सञ्चार माध्यमहरुबाट सरोकार पक्षको ध्यान आकर्षित गर्नेकाम हुँदै आएको छ । तर समस्या यथावत छ ।
२. संयुक्तराष्ट्रसंघ,युनेष्कोले २० औं शताव्दीमा आएर ऐतिहासिक ग्रन्थ,पुरातात्विक अवशेष् तथा यथेष्ट प्रामाणिक आधारमा इसापूर्ब ६२३ मा लुम्बिनीमा गौतम बुद्धको जन्म भएको कुरालाई आधार बनाएर १९९७ मा लुम्बिनीलाई विश्वसम्पदा सूचिकृत गरिसकेको अबस्था छ । तर नेपाल लगायत कोरिया,जापान,थाइल्याण्ड,चीन,बेल्जियम,डेनमार्क आदी थुप्रै मुलुकहरुमा गौतम बुद्धको जन्म उत्तर भारतमा भएको कुरा कोर्षबुकमा नै पढाउने गरिएको अवस्था पनि विद्यमान छ ।
३.हाल भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्राइम टाइममा प्रसारण भइरहेको “बुद्ध” टेलिसिरियलको पहिलो एपिसोडमा समेत बुद्धको जन्म उत्तर भारतको वैशाली–मगध साम्राज्यको कपिलबस्तुमा भएको उल्लेख छ । यसले थप दिग्भ्रम र द्वेष बढाएको छ ।
४.मानिसले राग,द्वेष र घृणाबाट कसरी मुक्त हुने भनीे सन्देश दिने बुद्धको जन्मस्थल बिषयलाई लिएर दिग्भ्रम फैलाउनु बुद्धका महान उपदेश बिपरित द्वेष बढाउने काम भएको देखिन्छ । यो आफैमा बिडम्बनायुक्त छ । दिग्भ्रम समाधानका लागि सरोकार पक्षसंग मैत्रीपूर्ण,सद्भावयुक्त प्रयास हुनुपर्छ ।
५.नेपाल सरकार, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०, बेलायतका डुर्हाम विश्वविद्यालय र स्ट्रिलिङ् विश्वविद्यालय तथा नेसनल जियोग्राफिक सोसाइटीले सन् २०११ को जनवरीयता मायादेवी मन्दिरमा गरेका उत्खनन र अन्वेषणले सन् १९९२ देखि १९९५ सम्म मायादेवी मन्दिर परसिरमै गरिएको एक उत्खननका क्रममा लुम्बिनीमा बुद्ध जन्मिएको वास्तविक स्थान बताउने ुमार्कर स्टोनु फेला परेको थियो। त्यस बेलै इपू तेस्रो शताब्दीसम्मका प्रमाणहरू फेला पारिए पनि त्यसअघिका प्रमाण पनि भेटिन सक्ने संकेत मिलेका थिए ।

बुद्धकालको नयाँ प्रमाण

73832_990x742-cb1385398673लुम्बिनीमा गौतम बुद्धको जन्म सम्बन्धमा लुम्बिनीमा रहेको इसापूर्व तेस्रो शताब्दीको ९इपू २४९० अशोक स्तम्भलाई सबैभन्दा पुरानो आधारको रूपमा मानिन्थ्यो। पछिल्लो एक उत्खनन तथा अन्वेषणमा त्यसभन्दा झन्डै तीन शताब्दीअगाडि अर्थात् इपू ५५० को प्रमाण फेला परेको छ। अध्ययन अनुसार इँटाको प्रचलन सुरु नभइसकेको र ढुंगा सहजै उपलब्ध नहुने त्यस बेला त्यहाँ काठको मन्दिर बनाइएको थियो। उक्त काठे मन्दिर र अशोक स्तम्भ निर्माण हुने समयको बीचमा त्यही ठाउँमा इँटाको मन्दिरसमेत बनेको प्रमाण फेला परेको छ। अनुसन्धानकर्ताले त्यसलाई बुद्धको जीवनसँग जोड्ने पहिलो ‘पुरातात्त्विक सामग्री’ भनेका छन्।

६.नेपाल सरकार, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०, बेलायतका डुर्हाम विश्वविद्यालय र स्ट्रिलिङ् विश्वविद्यालय तथा नेसनल जियोग्राफिक सोसाइटीले सन् २०११ को जनवरीयता मायादेवी मन्दिरमा गरेका उत्खनन र अन्वेषणले उक्त नतिजा निकालेको हो। यसअघि सन् १९९२ देखि १९९५ सम्म मायादेवी मन्दिर परसिरमै गरिएको उत्खननमा लुम्बिनीमा बुद्ध जन्मिएको वास्तविक स्थान बताउने ुमार्कर स्टोनु फेला परेको थियो। त्यस बेलै इपू तेस्रो शताब्दीसम्मका प्रमाणहरू फेला पारिए पनि त्यसअघिका प्रमाण पनि भेटिन सक्ने संकेत मिलेका थिए ।
७.पछिल्लोपटकको पुरातात्त्विक अन्वेषणमा ‘कार्बन डेटिङ्’ शैलीसँगै ‘अप्टिकल्ली इस्टिमुलेटेड लुमिनेन्स ९ओएसएल०’ प्रविधि प्रयोग गरिएको थियो। जब बालुवाको कणले सूर्यको किरण पाउन छाड्छ, तब त्यसले वरपिरिको वातावरणसँग खास गुणहरू लेनदेन गर्छ। यसको अनुपात र सम्बन्धमार्फत प्राप्त प्रमाण कति पुरानो हो भन्ने पत्ता लगाउने विधि नै ओएसएल हो। पुरातत्त्वविद् आचार्य थप्छन्, ‘यो प्रविधि दक्षिण एसियामै पहिलोपटक नेपालमा प्रयोग गरिएको हो।’
बौद्ध वाङ्गमयमा आमा मायादेवीले त्यहाँ रहेको सालको रूखको एउटा हाँगामा समातेर सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख छ। प्राप्त प्रमाण अनुसार रूखको जराका अवशेष भेटिएको स्थानलाई काठकै बारले घेरिएको पाइन्छ। मन्दिरको छाना भएको प्रमाण नभेटिएकाले उक्त स्थल रूख मात्रै हुन सक्छ र रूखमै मूर्ति कोरिएको हुन सक्छ। त्यसवरपर बलि दिने गरिएको संकेत पनि छैन। डुर्हाम विश्वविद्यालयका प्राध्यापक तथा अर्का सहनेतृत्वकर्ता रोबिन कोनिङ्गमले नेसनल जियोग्राफिसँग भनेका छन्, ‘जसले बौद्ध परम्पराको अहिंसालाई इंगित गरेको छ।’ यसले दिने स्पष्ट संकेत के हो भने सम्राट अशोक आउनुअघि नै त्यहाँ बुद्धलाई पुज्न सुरु भइसकेको थियो।
८.बौद्ध वाङ्गमय अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनी कपिलबस्तु र मावली कोलियराज्यबीच जंगल थियो। इपू १००० देखि नै त्यस क्षेत्रमा खेतीपाती भएको हुन सक्ने कोनिङ्गमको भनाइ छ। त्यसवरपर जंगल नै थियो वा बस्ती बसिसकेको थियो भन्ने थप अध्ययनले टुंगो लगाउने अध्ययनकर्ताहरू बताउँछन्। त्यसवरपरका उत्खननले दिएका कतिपय तथ्यले त त्यस बेला नेपालको तराई भेगकै सबैभन्दा पुरानो बस्ती लुम्बिनीवरपरदेखि उत्तर भारतको गंगा नदीसम्म फैलिएको हुन सक्ने देखाउँछ ।
९.बौद्ध वाङ्गमय अनुसार महामायादेवीका पिता देवदहका राजा सुप्रबुद्ध गृहपतिले कपिलवस्तुका राजा शुद्धोदनलाई गर्भवती छोरी प्रसूतिपछि धेरै नबाँच्ने ठानेर माइती पठाइदिन आग्रह गरेका थिए। छोरीका लागि गृहपतिले लुम्बिनीमा विशेष बगैँचा तयार पारेका थिए। त्यो सालको वन भित्र रमणीय उपवन वा मानव निर्मित बगैँचा थियो। त्यस भेगमा सालका रूखहरू पाइने कुरा धेरैतिर उल्लेख छ। बुद्धको महापरिनिर्वाणपछि पनि कपिलवस्तुका शाक्यहरू र देवदहका कोलिय शाक्यहरू मिलेर लुम्बिनी बगैँचाको संरक्षण गर्थे भनिएको छ।
१०.पहिलो चरणको अध्ययनमै मायादेवी मन्दिरभन्दा झन्डै दुई सय मिटर दक्षिणमा रहेको स्थान, जहाँ अहिले प्रहरी चौकी छ, मा जमिनमुनि ४।५ मिटरसम्म उत्खनन गर्दा त्यहाँ एउटा संगठित बस्ती रहेको पाइएको थियो। उक्त बस्ती बुद्ध जन्मनुभन्दा पहिलेकै भएकामा अध्ययनकर्ताहरू सहमत छन्।
१०.कपिलवस्तुको तिलौराकोटबाट ११ किलोमिटर दक्षिणतर्फ रहेको गोटिहवामा क्रकुछन्द बुद्ध ९गौतम बुद्धभन्दा अगाडिका बुद्ध०को जन्म भएको थियो। त्यहाँ इटालियन टोलीले अध्ययन गर्दा इपू १३०० देखि ८०० सम्मका तथ्यहरू फेला परेका थिए। अर्कोतर्फ सम्राट अशोकले पश्चिम लुम्बिनीबाट पूर्वको रामग्राम आउँदा बीचमा लामो सहर भेटिन्छ भनेका थिए। चिनियाँ यात्रीहरूले वर्णन गरे अनुसार रामग्राम स्तुपको वर्णन र नगरमा भेटिएका पुरातात्त्विक वस्तुले कतै त्यो सहर नवलपरासीको पण्डितपुर त होइन भन्ने अर्को संकेत दिन्छ। पण्डितपुरमा उत्खनन गर्दा यसअघि नै इपू छैटौँ शताब्दीदेखिका भाँडाकुँडा भेटिएका थिए। विभिन्न मतभिन्नताका बीच हामीले भनिरहेको बुद्धको जन्म भएको समय इपू ६२३ हो भन्ने तथ्यलाई यो अन्वेषणले झनै पुष्टि गरेको छ ।

अध्ययन र अन्वेषणको क्रम
इपू २४९: सम्राट अशोकाले लुम्बिनीमा तीर्थयात्रा गरी अभिलेख सहित श्लिास्तम्भ निर्माण ।
सन् ३९९-४१३: चिनियायात्री फाहियानले लुम्बिनी भ्रमण गरी बुद्धको जन्म भएको स्थल भनी पुस्तक लेखे।
सन् ६३६: चिनियाँ भिक्षु एवं यात्रीहरु हुयेनसांग र चौथो शताव्दीमा फाहियानलुम्बिनी आई लुम्बिनीलाई मरूभूमिजस्तो र जंगली जनावरको डर हुने ठाउँको रूपमा उल्लेख।
सन् १३१२: नेपालको कर्णालीप्रदेशका खस राजा रिपु मल्लको भ्रमण । आफ्नो भ्रमणको प्रमाण छाड्ने उनी अन्तिम व्यक्ति हुन् । उनले अशोक स्तम्भमा आफ्नो नाम कुँदाएका छन्।
सन् १८९६: तानसेनका गभर्नर खड्गशमशेरले जर्मन पुरातत्वविद् एन्टोन फुहररसँगको सहकार्यमा उत्खनन प्रयास । त्यस क्रममा अशोक स्तम्भ पुनःभेटिएको ।
सन् १८९९: पीसी मुखर्जीबाट लुम्बिनीको उत्खननगरी बुद्ध जन्मेको स्थान र वरिपरि विभिन्न संरचनाका भग्नावशेष भएको अन्वेषण ।
सन् १९३२-१९३९: केशरशमशेरबाट मायादेवीको मन्दिर तथा पुस्करिणीको संरक्षण ।
सन् १९६२: पुरातत्वविद देवला मित्रबाट अशोक स्तम्भको उत्खनन ।
सन् १९७०: न्युयोर्कमा तेह्रवटा मुलुक सम्मिलित लुम्बिनी विकास अन्तर्राष्ट्रिय समिति गठन ।
सन् १९७०: नेपाल सरकारद्वारा लुम्बिनी विकास समिति स्थापना ।
सन् १९७०-७१: अशोक स्तम्भमा लेखिएको लुम्बिनीग्राम अनुसार बाबुकृष्ण रिजालले ठाउँ स्थानांकन तथा उत्खनन ।
सन् १९७२-८५: पुरातत्व विभागद्वारा विभिन्न उत्खनन कार्य ।
सन् १९७८: नेपाल सरकार र संयुक्त राष्ट्र संघद्वारा केन्जो टाँगेको गुरूयोजना अनुमोदन ।
सन् १९८५: लुम्बिनी विकास कोष ऐन पारित । संबत २०४८मा पुनःसंशोधन ।
सन् १९९२-९५: उत्खननका क्रममा सम्राट अशोकले छाडेको मार्कर स्टोन फेला ।
सन् १९९६: तिलौराकोट र रामग्रामलाई प्रस्तावित विश्व सम्पदा सूचीमा राखिएको ।
सन् १९९७: लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरियो ।
सन् २००३: पुनःनिर्मित मायादेवी मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला ।
सन् २०१०: तीनवर्षे लुम्बिनीको संरक्षण र व्यवस्थापन प्रवर्द्धनु योजना अन्तर्गत विभिन्न अध्ययन र अन्वेषण सुरू ।
सन् २०१३: बौद्धसंस्कृतिको उद्गम प्रमाण प्राप्त ।
© नेपाल साप्ताहिक (स्रोत अनलाइन कान्तिपुर ।

कोर्षबुकमा सुधार अभियानका माध्यमहरुः
(क)बिभिन्न देशमा रहेका नेपालका दुतावासहरुबाट सम्बन्धित मुलुकको कोर्षबुकमा बुद्धको जन्म उत्तर भारतमा भनी पढाइने गरिएकोमा त्यसलाई सुधारगरी लुम्बिनी नेपाल भनी सच्याउन कृयाशील पहल गर्नुपर्ने । यस कार्यमा दक्षिण कोरियामा तत्कालीन नेपाली आवासीय राजदूत श्री कमलप्रसाद कोइराला सफल हुनुभएको ज्वलन्त उदाहरण छ ।
(ख)संसारका बिभिन्न मुलुकमा बसोबास गरिरहनु भएका गैरआवासीय नेपालीहरुबाट कोर्षबुक सुधारमा कृयाशील सहयोग लिने वातावरण बनाउन सरकारले नै आवश्यक पहल गर्नुपर्छ । उहाँहरु यसअघि नै लुम्बिनी कपिलबस्तु अन्तरराष्ट्रीय प्रवद्र्धन समिति गठन पछि कृयाशील रहेको देखिन्छ । आफु बसोबास गरिरहेका देशका सरकार तथा सम्बन्धित अधिकारीहरु समक्ष कोर्षबुकमा नै बुद्धको जन्मस्थल लुम्बिनी नेपाल भनी सुधारगर्न अगुवाभई कदम चाल्न आग्रह गर्ने । यसकार्यमा लुम्बिनी कपिलबस्तु दिवस अभियानले शान्तिदूतका रुपमा सम्मानीत गरेका विशेष् व्यक्तिहरुको सकृयता स्वागतयोग्य छ ।
(ग)डेनमार्क र बेल्जियममा बसोबास गर्दै आउनु भएका हाम्रा युरोपेली अभियन्ताहरुबाट हालसालै डिसेम्बर १० मा नर्वेको ओस्लोमा नोवेल पुरष्कार प्रदान गरिने भवनको मुल प्रवेशद्वार परिसरमा ल्पेकार्ड सहित बुद्ध लुम्बिनी नेपालमा जन्मेका हुन् भनी भद्र,शालीन तथा शान्तिपूर्ण ढंगबाट गरिएको प्रदर्शन स्वागतयोग्य छ । यो कार्य अनुकरणीय छ ।
(घ) काँक्रे विहार परिसर बाहिर जनसहयोगमा निर्मित भगवान बुद्धको मूर्ति स्थापनागर्न नदिएर पुलिस चौकीमा बेवारिस अवस्थामा राखिएको बेला उता हेगमा अन्तरराष्ट्रीय अदालत रहेको पिस प्यालेसमा लुम्बिनी कपिलबस्तु दिवस अभियानका अभियन्ताहरुको अथक प्रयासमा महानबुद्धको करुणामूर्ति प्रतिस्थापन भएको स्मरणीय छ । यसबाट नेपालको राष्ट्रीय गौरव र स्वाभीमानको देशभित्र अनादर र विश्वमा कदर भएको छ । काँक्रे विहार पुरातात्विक अवशेष्को संरक्षणगर्ने बहानामा राष्ट्रीय गौरव र विभुतीको अनादर कदापि उचित छैन । पुरातात्विक बस्तुको संरक्षण भन्दै महान बुद्धमूर्तिको अबहेलना गर्न मिल्दैन । चीन, जापान, थाइल्याण्ड, म्यानमा,अफगानिस्तान, कोरिया आदी मुलुकहरुमा भगवान बुद्धको महानता झल्काउने विशाल बुद्धमूर्तिहरु संसार प्रसिद्ध छन् । बुद्धजन्मेको नेपालमा त्यही बुद्धको मूर्तिको अपहेलना संसारभरीका मानिसहरुले सामाजिक सञ्जालबाट अवलोकन गरे । हामी बुद्धजन्मेको देशबाट संसारलाई कस्तो सन्देश दिन चाहन्छौं ? यो पनि एउटा विचारनीय पक्ष हो ।
(ङ)नेपाल सरकारले बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अन्तरराष्ट्रीयस्तरमा प्रवद्र्धनगर्न ऐतिहासिक तथा पुरातात्विक उपलव्धीहरुको उपयोगगरी संचारमाध्यमहरुबाट संसारका बिभिन्न भाषामा बढीभन्दा बढी उपयोगगर्ने विशेष् व्यबस्था गर्नुपर्छ । नेपाल राष्ट्रबैंकले हालै प्रकाशनमा ल्याएको एकसय रुपियाँको नोटमा अशोकस्तम्भ सहित बुद्धजन्मस्थल लुम्बिनीको चित्र अंकित गरेकोमा सह्राना गर्नुपर्छ तर थोरै कमी पनि छ । त्यसमा “बुद्ध जन्मस्थल लुम्बिनी नेपाल” लेखिनु पर्छ । यस्तो लेखिएको भए सुनमा सुगन्ध हुने थियो ।
११.लुम्बिनी विकास कोषको ऐन संशोधन गर्नुपर्छ । अधिकार सम्पन्न कार्यकारी अध्यक्ष बनाइनुपर्छ । नेपाल सरकारले आर्थिक बर्ष २०७०।७१ को बजेटबाट लुम्बिनीलाई राष्ट्रीय गौरवको आयोजना घोषणा गरेको छ । सरकारले १७ वटा राष्ट्रिय गौरवको आयोजनाका लागि २० अर्ब ९८ करोड रुपियाँ विनियोजन गरेको छ । लुम्बिनीको लागि रु.५१ करोड भन्दा केही मात्र विनियोजन भएको छ । यो रकम बिगतमा भन्दा बढी देखिन्छ तथापि अझै थोरै छ । लुम्बिनीको विकास विदेशी दाताहरुको चन्दा वा सहयोगमा गरिनेछ भन्ने ऐनमा संशोधन गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजनालाई यथार्थमा पनि सोही किसिमको समान व्यवहार अपनाइनुपर्छ । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापि प्रवद्र्धनमा विदेशस्थित नेपाली नियोगहरुलाई सकृयतासाथ लागिपर्न कोषको ऐनमा नै संशोधनगरी लागु गर्नुपर्छ ।

अन्त्यमाः
बुद्धको देशप्रेमः कोशल नरेशका छोरा राजा बिडुडभले कपिलबस्तुमाथि आक्रमणगर्न खोज्दा तीन पटकसम्म बुद्धले मनोवैज्ञानिक प्रभावबाट सम्झाइ बुझाइगर्दा उनका सैन्यलाई फर्कन बिबस बनाएका थिए । त्यसबेला चर्को घाममा पनि कपिलबस्तुको सीमाभित्र बसिरहेका बुद्धलाई बिडुडभले विनम्रतासाथ भनेका थिएः “भगवान ! उता गर्मी छ । रुख विरुवा छैन । यता रुख विरुवाको सितल छहारी छ । आरामगर्न यतै आउनु होस् ।” यो सुनेर महाकरुणाका साथ बुद्धले भनेका थिए । “प्रिय विडुडभ ! यता कपिलबस्तुमा जस्तोसुकै गर्मी भए पनि मलाई आफ्नै जन्मभूमिको सितल छहारी नै पर्याप्त छ । मलाई आफ्नै देश प्यारो छ ।”

तीन पटकसम्म बुद्धले कपिलबस्तुमाथि बदला लिने विडुडभको कटुमनसायलाई मनोवैज्ञानिक प्रभावबाट निस्तेज पारेका थिए । बुद्ध कपिलबस्तुबाट निकै टाढा चारिका गरिरहेकोे मौका छोपी चौथो पटक कपिलबस्तुमाथि आक्रमणगरी तहस नहस गरी ध्वस्त बनाएका थिए । बुद्धको महाकरुणाले सिंचेको त्यही प्राचीन कपिलबस्तु र लुम्बिनी आज नेपालको राष्टिय गौरव बनेको छ । विश्वसम्पदा बनेको छ । भविष्यका मानवजातिको लागि सुरक्षित हस्तान्तरणगर्नु हाम्रो दायित्व हो ।

* लेखक गोर्खापत्रका पूर्व संपादक, लुम्बिनी बिस्वबिध्यालयका पूर्व रजिस्टार एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सार्क सल्लाहकार हुनुहुन्छ । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: