Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

प्रधानमन्त्रीलाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको ज्ञापनपत्र

Posted by Ram Kumar Shrestha on October 8, 2014

Belgiumबेल्जियम, १ अक्टोबर – संयुक्त राष्ट्र संघको ६९ औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कने क्रममा बेल्जियमको राजधानी ब्रुसेल्समा आउनुभएको अवसरमा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट बेल्जियमस्थित अभियानका अभियान्ताहरुले प्रधानमन्त्री कोइरालालाई अभियानका गतिविधिहरुको बारेमा संक्षेपमा प्रकाश पार्दै अभियानले आगामी वुद्ध जयन्तीका अबसरमा बेल्जियममा आयोजना गर्ने अन्तराष्ट्रिय संगोस्ठीमा नेपाल सरकारको सहयोग र सहभागिता होस भनी अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाएका छन । नेपाली राजदुतावास ब्रुसेल्सले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको दिवाभोज कार्यक्रमको अवसरमा उक्त ज्ञापनपत्र दिइएको हो ।

गौतम बुद्धको जन्मस्थलका बिषयमा विश्वका कतिपय देशहरुका पाठ्यपुस्तकमा रहेको गलत जानकारीलाई सच्याउने तथा विश्वव्यापीरुपमा लुम्बिनीको प्रचारप्रसार र प्रवर्धन गर्ने मूल उद्देश्यमा आधारित भएर लुम्बिनी र बुद्धका बारेमा भएका पछिल्ला बिस्वब्यापी महत्व राख्ने प्रो क्वाकद्धारा तयार पारिएको लुम्बिनी बिस्व शान्ति नगर गुरु योजना र युनेस्कोद्धारा वेलायतका प्रो कनिंघामको नेतृत्वमा लुम्बिनीमा सन्चालन गरिएको अत्याधुनिक अनुसन्धानात्मक उत्खनन कार्यले बुद्ध हामीले मानी आएको भन्दा करीब तीन सय बर्ष अगावै जन्मनु भएको निस्कर्ष निकालेको उपलब्धिलाई बिस्तृत रुपमा बिज्ञहरुद्धारा छलफल गरेर बुद्ध र लुम्बिनी बिषयक यी नयाँ बिषयबस्तुहरुलाई अझै बिस्व जनतामा सुसूचित गरी लुम्बिनी नेपालको समेत प्रबर्द्धन गर्ने अभिप्रायले बिभिन्न बिस्वबिध्यालयका प्रतिष्ठित प्राध्यापकहरुद्धारा कार्यपत्र पेश गरिने अन्तराष्ट्रिय सेमिनारको लागि नेपाल सरकारसंग सहकार्य र सहयोगको लागि ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रका साथ अभियानले हालसम्म हासिल गरेका मुख्य उपलब्धिहरु सचित्र समेटिएको सामग्री समेत प्रधानमन्त्रीलाई बुझाइएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले सामग्रीमा उल्लेख गरिएका मूलभूत कुराहरुलाई प्रधानमत्री समक्ष सबिस्तार जानकारी गराउनु भएको थियो ।

उक्त अवसरमा अभियानको विश्व समिति सदस्य सन्तोष न्यौपाने, लुम्बिनी कपिलवस्तु दिवस अभियान, राष्ट्रिय समिति बेल्जियमका सल्लाहकारहरु रविन्द्रमान श्रेष्ठ, गंगाधर गौतम तथा संयोजकहरु डिल्लीराम भण्डारी, विमल गिरि, रजनी प्रधान, सिता सापकोटा, दुर्गाप्रसाद सुवेदी र ओम शर्माको समेत उपस्थिति थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: