Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for December, 2014

डा. मन मुर्ति भुर्तेल: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 13, 2014

Dr. Bhurtel[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक
महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ थानाचोक, कवसोती नगरपालिका, नवलपरासी घर भै हाल मास्को(रसिया) बसोबास गर्ने डा. मन मुर्ति भुर्तेलले २००१ मा Food Technology मा पिएचडी गरेका हुन मस्कोबाट । हाल बिस्व साहित्य महासंघ, रसियाका महासचिब छन । ]

अजङ्ग र सौम्य पहाडमाथि बाट जुन चियाउदै लुकेपछि,
सगरमाथाको सिउँदोमा रविले सिन्दुर हालेपछि,
पशुपति र स्वयम्भुमा चराले आहार ठुँगेपछि,
बिहानीको आगमनसंगै कपिलबस्तु फाँटमा बताससंग दोहोरि खेल्दै,
चाहदै शान्तिका सुमधुर स्वर-लहरीहरु, म एक बुद्ध प्रतिमा स्थापना गर्छु, //
अनि,
शान्तिको दिप बाल्छु, श्रद्धाको जल चढ़ाउँछु, विश्वासका थुंगा टक्र्याउँछु
तर नजिकै बारुद पडकदैं छन्/
पीठमा छुरी रोप्दै छन्, रक्ताम्य कुण्डहरु बग्दै छन्/
सर्बत्र दानबिय अट्टहास, मृत्यु सैयाका रोदन र क्रुर क्रन्दनहरु/
ऊफ! बुद्ध जन्मेको देशमा आजका यी निर्दयी स्वर-लहरीहरु !!! Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

जगत नवोदित: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 10, 2014

Jagat Nabodit[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ कवीको परिचय: साहित्यिक नाम जगत नवोदित, वास्तबिक नाम जगतराम राई, खोटाङ हाल वेलायत । प्रकाशित कृतिहरु: जीवन अनुभूति (कविता संग्रह), अक्षय आकृति (मुक्तक संग्रह), काँचो मुद्धा (कविता संग्रह) । पुरस्कार: राष्ट्रिय कविता महोत्सब (नेपाल प्रज्ञा प्रतिस्ठान – दोश्रो २०६९), राष्ट्रिय युवा कविता प्रतियोगिता (बिमल स्‍मृति पुस्तकालय – प्रथम २०५८) र बिस्वब्यापी रेडियो कविता प्रतियोगिता (बिएफबिएस गुर्खा रेडियो युके – प्रथम २०६४)

जड्याहा छिमेकीले
रातभर मलाई गाली गरिरह्यो
बुद्ध सम्झेर
चूपचाप कच्पल्टिएको निन्द्रा निदाइरहे

ऊट्पट्याङ केटाहरूले
मेरो घरको धुरीमा ढुङ्गा हानिरहे
बुद्ध सम्झेर
चुपचाप भत्कदै गरेको धुरी हेरिरहे Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

समा श्री (राउत): वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ कवियत्रीको परिचय: समा श्री (राउत) प्रकासित कृति : वंशलोचना कविता संग्रह । जन्मस्थान : बालाजु १६ ,काठमाडौं । घर :चाबहिल काठमाडौं, हाल बातयाम इस्राईल ]

एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश हो भन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु ?

हो मैले सत्य बोल्दा
मेरा स्वर थर्थराउछन्
अस्तित्व काँप्छन्
शरीर धर्मराउँछन्
उसले हेर्न खोजेको बुद्ध
मैले देखाउन खोजेको बुद्ध
मेरा सासमा किन हुँदैनन ?
निसानी गुमेकोमा अताल्लिएर
पहिचान हराएकोमा छटपटाएर ,
किन खोज्नुपर्छ
ऊ सँगसँगै
मैले पनि बुद्ध Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Leave a Comment »

विवेक दुलाल क्षेत्री: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[कवीको परिचय: विवेक दुलाल क्षेत्री “दमक” (वास्तविक नाम : भानु भक्त दुलाल) स्थाइ ठेगाना: दमक, झापा हाल: अबुधाबी यूएइ । सग्लग्नता: सगरमाथा साहित्यिक मन्च यूएइ – सस्थापक निबर्तमान अध्यक्ष, हाल – संरक्षक । साहित्य, कला सङ्गम झापा दमकको आजीवन सदस्य । “प्रतिबिम्ब” अर्धबार्शिक साहित्यिक पत्रीकाका प्रधान सम्पादक । साहित्य परिषद यूएइका सदस्य । सम्युक्त कविता सङ्रग्रह प्रवासका फूलहरुका सर्जक, बिलयन सम्युक्त गजल सङ्ग्रहका एक गजलकार, विभिन्न पत्र पत्रिकामा कथा, कबिता, गजल, हाइकु, मुक्तक, लेख प्रकाशित तथा प्रसारित । विभिन्न पुरस्कारहरुका बिजेता । आधा दर्जन जति पुस्तकहरु प्रकाशोन्मुख । ]

मनभरी विश्वास बोकेर पनि
आफैभित्र गुम्सिएको छ
सपनाभरी प्रेम न्याउछावर गरेर पनि
बिपनामा पटक पटक तर्सिएको छ
अबिराम पैह्रो झै बगेको छ उस्को जागर
एकनाश लागि नै रहेको छ उसलाई
बेला कुबेला आउने अल्छी लाग्दो बाडुली
र मेरो बुद्द यतिखेर
त्राशदीबिच बाची रहेछ । Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल, नेपाली | Leave a Comment »

अन्तराष्ट्रिय साहित्यिक महोत्सबको नतिजा घोषणा

Posted by Ram Kumar Shrestha on December 7, 2014

Winnersवुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार गरी बिस्व शान्तिमा योगदान गर्ने जस्ता उद्धेस्यहरुका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधु माधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब आयोजना गरेको थियो । बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायक मण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), विवेक दुलाल क्षेत्री (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । त्यसपछिका छ: जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ । अभियाद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

कविताहरु प्रतियोगी र अप्रतियोगी गरी दुई किसिमका थिए । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालित खस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिल ज्ञवालीले तयार गरी प्रसारण गरेको थियो भने अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियो, मेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियो बाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियो मैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए । Read the rest of this entry »

Posted in News | Leave a Comment »

प्रेस बिज्ञप्ति

Posted by Ram Kumar Shrestha on December 7, 2014

Winners“वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सब बिषयमा अभियानद्धारा जारी गरिएको प्रेस बिज्ञप्ति :

मिति: मंसिर २१, २०७१

                                                                                                      प्रेस बिज्ञप्ति

वुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार जस्ता उद्धेस्यहरुका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधु माधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब  आयोजना गरेको थियो । बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायक मण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक भण्डारी (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । त्यसपछिका छ: जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ । अभियाद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिनेछ । Read the rest of this entry »

Posted in Miscellaneous | Leave a Comment »

 
%d bloggers like this: