Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

प्रेस बिज्ञप्ति

Posted by Ram Kumar Shrestha on December 7, 2014

Winners“वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सब बिषयमा अभियानद्धारा जारी गरिएको प्रेस बिज्ञप्ति :

मिति: मंसिर २१, २०७१

                                                                                                      प्रेस बिज्ञप्ति

वुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार जस्ता उद्धेस्यहरुका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधु माधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब  आयोजना गरेको थियो । बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनी रहनु भएको तीन सदस्यीय निर्णायक मण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक भण्डारी (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नु भएको छ । त्यसपछिका छ: जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ । अभियाद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

कविताहरु प्रतियोगी र अप्रतियोगी गरी दुई किसिमका थिए । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालित खस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिल ज्ञवालीले तयार गरी प्रसारण गरेको थियो भने अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियो, मेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियो बाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियो मैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए ।

यस कार्यक्रमको लागि आबस्यक आर्थिक ब्यबस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम) र बिनोद अधिकारी (कुवेत) द्धारा गरिएको छ ।

अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएर नेपाली एबं बिदेशी बिशिस्ठ ब्यक्तिहरुलाई सहभागी गराउँदै रेडियो मार्फत लगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका बर्षहरुमा गरिसकेपस्चात यस पटक लुम्बिनी र वुद्ध बिषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमा यसरी आयोजना गरिएको साहित्यिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई अभियानको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्न चाहन्छु ।

रामकुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: