Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

विवेक दुलाल क्षेत्री: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 8, 2014

Photo[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[कवीको परिचय: विवेक दुलाल क्षेत्री “दमक” (वास्तविक नाम : भानु भक्त दुलाल) स्थाइ ठेगाना: दमक, झापा हाल: अबुधाबी यूएइ । सग्लग्नता: सगरमाथा साहित्यिक मन्च यूएइ – सस्थापक निबर्तमान अध्यक्ष, हाल – संरक्षक । साहित्य, कला सङ्गम झापा दमकको आजीवन सदस्य । “प्रतिबिम्ब” अर्धबार्शिक साहित्यिक पत्रीकाका प्रधान सम्पादक । साहित्य परिषद यूएइका सदस्य । सम्युक्त कविता सङ्रग्रह प्रवासका फूलहरुका सर्जक, बिलयन सम्युक्त गजल सङ्ग्रहका एक गजलकार, विभिन्न पत्र पत्रिकामा कथा, कबिता, गजल, हाइकु, मुक्तक, लेख प्रकाशित तथा प्रसारित । विभिन्न पुरस्कारहरुका बिजेता । आधा दर्जन जति पुस्तकहरु प्रकाशोन्मुख । ]

मनभरी विश्वास बोकेर पनि
आफैभित्र गुम्सिएको छ
सपनाभरी प्रेम न्याउछावर गरेर पनि
बिपनामा पटक पटक तर्सिएको छ
अबिराम पैह्रो झै बगेको छ उस्को जागर
एकनाश लागि नै रहेको छ उसलाई
बेला कुबेला आउने अल्छी लाग्दो बाडुली
र मेरो बुद्द यतिखेर
त्राशदीबिच बाची रहेछ ।

घर छोडेर कहि नजाने प्रण त गर्छ
तर त्यस्को भोलि पल्टै
ऊ अरब उड्ने हवाइजहाज भित्र
हाइ काड्दै देखिन्छ
अब पढाइमा मात्र ध्यान दिने भनेर
बृद्द आमा बालाई सम्झाउन पनि पछि पर्दैन
बल्की केही दिनपछि नै ऊ जुलुशको
नेतृत्व  गरि रत्नपार्कका घेराहरू भाच्छ
तास जुवा र डिस्कोमा नहिड्ने
बोध त छ उसलाई
तर साथीको लै लै मा हिडेर
तारे होटलहरूमा आधा रातमा भेटिन्छ
आजको बुद्द आवाज भएर नि
आज आवाजबिहिन जसरी बोलिरहेछ।

म इतिहासको कालखन्ड नखोतलेर नि
नबिनतम बुद्धको खोजमा छ्ट्पटिन्छु
म यही सत्य र यतार्थलाई माया गरेर नि
बर्तमान बुद्दमाथि जादु चलाउछु
ब्रान्ड फेरिए झै बुद्दको सारतत्व फेरिनु हुन्न
युग बिते नि शिद्दार्थ गौतम बनेको कुरा
भुल्नु हुन्न
बुद्द आफैभित्र चलायमान हुनुपर्छ
लिइ अति शुन्दर विचार
मेची र कालीको गाथा बोकेर
चढ्नुपर्छ झोमोलुङ्ग्मा
र फहराउनु पर्छ
इतिहासको अघिल्तिर
दिग्बिजयी नेपाली पाइलाहरू ।

बिस्मयको कुनै धारा छैन
अब उस्को निधारमा
बरू उसै भित्रको जागर र खेतबारीमा
झुलि रहेछन
गुरास र सयपत्रीहरू
हिम्मतको शिरानीलाई
जागै बसेको छ
हेर त मुलूकले बोकेको द्वन्दको घाउलाई
स्नेहको औंजारले पुर्न
अहिले  बुद्द आजको स्वर लहरीमा
आबद्द छ
हेर त गुम्बाहरूमा ॐ मणि पद्मेको धुनमा
ऊ कसरी एकाग्र छ ।

तिमीलाइ के थाहा ?
मेरो परिकल्पनाका नायक तिमी थियौ
हजार हौशला लिएर अघि बढिरहेको
तिमी आजका बुद्द  ….!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: