Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

डा. मन मुर्ति भुर्तेल: वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु

Posted by Ram Kumar Shrestha on December 13, 2014

Dr. Bhurtel[ लुम्बिनी-कपिलवस्तु दिवस बिस्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक
महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर-लहरीहरु” शिर्षकमा आयोजित अन्तराष्ट्रिय साहित्यिक महोत्सबमा उत्कृष्ट पाँच कविताहरुमा पर्न सफल कविता ]

[ थानाचोक, कवसोती नगरपालिका, नवलपरासी घर भै हाल मास्को(रसिया) बसोबास गर्ने डा. मन मुर्ति भुर्तेलले २००१ मा Food Technology मा पिएचडी गरेका हुन मस्कोबाट । हाल बिस्व साहित्य महासंघ, रसियाका महासचिब छन । ]

अजङ्ग र सौम्य पहाडमाथि बाट जुन चियाउदै लुकेपछि,
सगरमाथाको सिउँदोमा रविले सिन्दुर हालेपछि,
पशुपति र स्वयम्भुमा चराले आहार ठुँगेपछि,
बिहानीको आगमनसंगै कपिलबस्तु फाँटमा बताससंग दोहोरि खेल्दै,
चाहदै शान्तिका सुमधुर स्वर-लहरीहरु, म एक बुद्ध प्रतिमा स्थापना गर्छु, //
अनि,
शान्तिको दिप बाल्छु, श्रद्धाको जल चढ़ाउँछु, विश्वासका थुंगा टक्र्याउँछु
तर नजिकै बारुद पडकदैं छन्/
पीठमा छुरी रोप्दै छन्, रक्ताम्य कुण्डहरु बग्दै छन्/
सर्बत्र दानबिय अट्टहास, मृत्यु सैयाका रोदन र क्रुर क्रन्दनहरु/
ऊफ! बुद्ध जन्मेको देशमा आजका यी निर्दयी स्वर-लहरीहरु !!!

तातो घामलाई चिसो साझले छोपेपछि,
जब छालाको रंग फेर्दै निस्कन्छन् आगन्तुक छेपाराहरु,
जुर्मुरौछन टुक्रा टुक्रा पारी हाम्रो घर बारी खान खोज्ने बिदेशी लोभी स्यालहरु/
जब बिक्छन् बिदेशी रक्सी र पैसामा राज्यका भडुवा दलालहरु,
अनि देशभक्तहरु बिरुद्ध तेर्स्याइन्छन् बिदेशी बन्दुकका नालहरु/
जब दुइ टुक्रा हाड र दुइ अन्जुली तातो झोलमा बेचिने स्थानीय कुकुरहरू,
दुस्मनका अदृस्य जालमा परी आफ्नै आमालाई लुछ्न थाल्छन;
सुनिञ्छ जता ततै मात्र हाहाकार, कोलाहल, आर्तनाद र चित्कारहरु/
ऊफ! बुद्ध जन्मेको देशमा आजका यी भयानक स्वर-लहरीहरु !!!

अनि असैह्य चर्किन थाल्छ बुद्धको प्रतिमा कपिलबस्तुमा/
बर्सेका आफ्नै आँसुमा पग्लदै मिल्छन् बुद्ध माटोमा //

अनि, बुद्ध जन्मेको देशमा एक नयाँ क्रान्ति हुनेछ/
स्वार्थी, क्रुर, व्यभिचारी, अत्याचारी शासक र दलालहरु माटोमा मिल्नेछन्//
अनि फेरि,
नयाँ दिनको नयाँ पखेटा फिजाउदै सुनौलो बिहानी आउनेछ, झुल्के घाम उदाउने छ/
बैशालु लेकको शृंगारमा रमाउदै चराहरु चर्न झर्ने छन् कपिलबस्तुमा/
म फेरि शीतल बताससंग दोहोरि खेल्दै नयाँ बुद्ध प्रतिमा स्थापना गर्नेछु///

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: