Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

प्रस्तावनामै ‘बुद्ध जन्मेको देश नेपाल’ राख्न माग

Posted by Ram Kumar Shrestha on July 13, 2015

काठमाडौं, २४ असार

एकीकृत नेकपा माओवादीका सभासद् डा. ल्हारक्याल लामाले संविधानको प्रस्तावनामै ‘बुद्ध जन्मेको देश नेपाल’ र नेपाल धर्मनिरेपेक्ष राष्ट्र हुनेछ’ भन्ने शब्द राख्न मागगरेका छन् ।संविधानसभा अध्यÔ सुवास नेम्वाङलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै सभासद् लामाले यस्तो मागगरेका हुन् ।

संविधान प्रस्तावनामा ‘बुद्ध जन्मेको देश नेपाल’ शब्द किटान गर्नुपर्ने उनको माग छ । ज्ञापन पत्रमा राष्ट्रिय बुद्धिस्ट आयोग गठन गर्ने संवैधानिक प्रत्याभूति गर्न पनि माग गरिएको छ ।

नेपालको आर्थिक विकासको एक मुख्य आधार लुम्बिनीको धार्मिक पर्यटन हुने कुरालाई जोड दिन, केन्द्रजस्तै प्रदेश र गाउ“मा ६०÷४० अनुसारको प्रतिनिधित्व गराउन माग गरिएको छ ।

त्यस्तै, तराईमा तिन प्रदेश हुने गरी आठ प्रदेशको व्यवस्था हुनुपर्ने लामाको माग छ । उनले हिमालमा दुई, पहाडमा तिन र तराईमा तिन प्रदेश कायम गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘समानुपातिक प्रतिनिधित्वको प्रतिशत निर्धारण गर्दा केन्द्रमा जस्तै ६० र ४० प्रतिशत गाउँ तथा नगर सभामा पनि लागू गरिनुपर्छ,’ लामाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘लोकसेवा आयोगले छनोट गर्ने कर्मचारीमा नेपालका जातजातिको जनसंख्याको आधार मान्नुपर्छ ।’

@राजधानी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: