Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

के बुद्धले बुद्धत्व नेपालमै प्राप्त गरेकै हुन त?

Posted by Ram Kumar Shrestha on August 23, 2016

रामकुमार श्रेष्ठ 

Buddha rays“गौतम बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तराष्टिय सम्मेलन भएको थियो । बुद्धले भारतको बोधगयामा होइन, कपिलवस्तुमा बुद्धत्व पाएको यथेष्ट प्रमाणहरु छन् । बोधगयामा त बुद्धले घोषणा मात्र गरेका हुन् । यो ऐतिहासिक तथ्यलाई ढाकछोप गर्नु हुदैन भनी तत्कालीन सरकारले अन्तराष्टिय सम्मेलन गरेको हो ।” – दोलखाको गौरीशंकर बहुमुखि क्याम्पसमा सोमबार आयोजित एक कार्यक्रमका प्रमुख वक्ताका रुपमा पूर्व संस्कृति एवं पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिस्वब्यापी महत्व राख्ने अत्यन्तै संबेदनशिल यो कुरा बताए । हालसम्म बुद्धले ध्यान गर्ने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिने काम भारतमा भएको मान्ने गरिएको छ ।

बुद्ध सर्क्युटको प्रसंग उठन थालेको करीब आधा दशक भैसक्यो । यो प्रसंगले कुनै पनि बेला अनपेक्षित गति लिन सक्छ । बुद्ध सर्क्युटले त्यस्तो गति लिनु अगावै यदि बुद्धले बुद्धत्व नेपालमा प्राप्त गरेको भन्ने माथिको प्रसंग सही नै हो भने यस्लाई नेपाल सरकार, नेपाली बुद्धिजीवि र संचारकर्मीको संयुक्त प्रयास मार्फत निर्णयक मोड दिन ढिलाई गरिनु हुन्न । गत डिसेम्बरमा म नेपाल रहँदा चीनका पूर्व राजदूत एबं अभियानका बिस्व कार्य समितिका सल्लाहकार टंक कार्कीसंगको लामो कुराकानीको सिलसिलामा उहाँले बुद्ध सर्क्युटमा स्वयम्भूलाई छुटाउनै नहुने कुरामा जोड दिनु भएको थियो । यो अवस्थामा बुद्ध सर्क्युटमा नेपालका कम्तीमा पनि लुम्बिनी, कपिलवस्तु र स्वयंभू पर्नेछन ।

गत वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनका लागि तात्कालिन सरकारले पहिला “Buddha and Buddhism was born in Lumbini Nepal” नारा मन्त्रिपरिषदबाट पारित गरेकोमा पछि “Lumbini, Nepal; Birthplace of Lord Buddha & fountain of Buddhism” पारित गरियो । पहिलो नारा अहिलेसम्मको परिस्थितिमा बिबादास्पद र आपत्तिजनक मानिनु स्वाभाबिकै थियो । Buddha born in Nepal नाराले बिस्वब्यापी रुपमा प्राप्त गरेको लोकप्रियताकै आधारमा त्यो किसिमको नारा पारित गरिनु राम्रो होइन । यदि त्यसो होइन र बुद्धले बुद्धत्व नेपालमा नै प्राप्त गरेका हुन भने पहिला त्यो मान्यतालाई स्थापित गरिनु पर्ने हुन्छ वा कम्तीमा पनि त्यस्को लागि ठोस योजनाका साथ बिशेष प्रयासको थालनी हुनुपर्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयलाई सामान्य रुपमा लिन सकिन्न । मन्त्रिपरिषदबाट पछिल्लो पटक पारित गरिएको निर्णय निकै ओजिलो देखिन्छ पहिलोको तुलनामा ।

तात्कालिन प्रधानमन्त्री केपी ओलीलाई अभियानका तर्फबाट बिस्व शान्तिका प्रतिक बुद्धको मूर्ति बिस्वमा शान्ति स्थापना गर्ने अभिप्रायले स्थापित राष्ट्र संघमा स्थापना गर्नका खातिर राष्ट्र संघका महासचिब बान्की मूनलाई संबोधन गरी पत्र लेखिएको थियो नेपाल सरकार मार्फत पठाउन । वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनमा राष्ट्र संघका महासचिब बान्की मुन नेपाल आउने कुरा थियो र त्यही बेला नै रास्ट संघमा बुद्धको मूर्ति स्थापना गर्ने बिषयमा कुराकानी गर्ने भन्ने प्रधानमन्त्रीको सन्देश आयो । त्यस अघि पनि अभियानका बिस्व कार्य समितिका सल्लाहकार एबं युनिसेफका दूत राष्ट्र संघमा जाने बेला हाम्रो पत्रको आधारमा एउटा आधिकारिक पत्र राष्ट्र संघ पठाउन आग्रह गरियो र उक्त सन्देश आउने बित्तिक्कै राष्ट्र संघका महासचिब नेपाल आउनु भए पनि उहाँ अर्को अन्तराष्ट्रिय कार्यक्रमबाट समय निकालेर आउने भएकोले समय एकदमै कम हुने र आधिकारिक रुपमा अगाडि बढ्न हाम्रो चिट्ठीको आधरमा एउटा आधिकारिक पत्र तयार पारिराखनु पर्ने कुरामा मेरो जोड थियो ।

राष्ट्र संघका महासचिब मुन र चिनिया रास्ट्रपति आउने भनिएको उक्त अन्तराष्ट्रिय सम्मेलनमा ती दुबैको अनुपस्थिति रह्यो । यी दुइको उपस्थितिले नि:सन्देह नै उक्त अन्तराष्टिय सम्मेलनको उद्धेस्य प्राप्ती कार्यमा उत्प्रेरकको भूमिका निर्बाह गर्दथ्यो, तर सो हुन सकेन ।

बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तराष्टिय सम्मेलन भएको भन्ने कुरा अहिलेसम्म मानी आएको मान्यताभन्दा बिल्कुलै फरक कुरा भएकोले यदि यो सही नै हो भने उक्त सम्मेलन गरेर मात्रै नेपाल पक्ष मौन बस्न कदापी मिल्दैन र सुहाउँदैन पनि । किनकि यस्को बिस्वब्यापी अर्थ र महत्व छ । यो सम्बन्धमा प्रमाण सहित अगाडि आउनु पर्छ र बिस्वब्यापी रुपमा यस्लाई स्थापित गर्न लागि पर्नुपर्छ । यस्को लागि बोलेर र एउटा सम्मेलन गरेर मात्रै पुग्ने होइन भगिरथ बिभिन्न किसिमका प्रभाबकारी गतिबिधिहरु गरिनुपर्ने हुन्छ ।

बुद्धको जन्मस्थल भएको कारण लुम्बिनीको बिकासको लागि राष्ट्र संघ मार्फत प्रो केन्जो टांगेले तयार गरेका गुरु योजनाले झन्डै चार दशक पुग्ने बेलासम्म पनि पूर्णता नपाउँदै पुन: राष्ट्र संघ मार्फत नै प्रो क्वाक योङ हूनले अर्को गुरु योजना तयार पारिसकेका छन । लुम्बिनी क्षेत्रको जे जस्तो महत्व छ त्यस्मा यो नयाँ प्रसंगले यो क्षेत्रको महत्व अझ बढाउनेछ, तर यो कुरा प्रामाणिक रुपमा आउनुपर्छ । लुम्बिनी क्षेत्रको बिस्वब्यापी महत्व त्यस बेला अझै बढ्नेछ र यो क्षेत्रको गुरु योजना मुताबिक बिकास गरी उपयुक्त बातावरण तयार गर्न सकिएको खण्डमा नेपालको पर्यटन उध्योग मात्रैले पनि नेपालको कायापलट गर्ने मात्रै नभएर विस्व शान्तिमा समेत यस्ले ठुलो योगदान पुर्याउने कुरामा सन्देह छैन । तर यस्तो महत्वपूर्ण कुरा यसरी आक्कलझुक्कल आउनु अत्यन्तै अशोभनीय हुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: