Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

वरिष्ठ साहित्यकार डा कविताराम श्रेष्ठको निधन

Posted by worldamity on November 20, 2017

KR2३७ वटा पुस्तक, २ भिडियो डकुमेन्ट्री र एक गीति एल्बम कृतिका जन्मदाता वरिष्ठ साहित्यकार एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कविताराम श्रेष्ठको ७० वर्षको उमेरमा यूके सेन्टपिटर हस्पिटलमा १९ नोभेम्वर २०१७ आइतबारक़ा दिन बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वरिष्ठ साहित्यकार डा श्रेष्ठलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनस्थित वकिङको सेन्ट पिटरमा हस्पिटल भर्ना गरिएको थियो । श्रेष्ठ सन् २००८ देखि सपरिवार बेलायतको वकिङमा बस्दै आएका थिए ।

Kavitaram_Facilation2a

नेपाली साहित्यमा ‘अस्वीकृत आन्दोलन’ का प्रवर्तक श्रेष्ठ २००४ माघ ११ गते ओखलढुंगामा जन्मेका थिए । ओखलढुंगा हुँदै धरान बसाइँ सरेर बेलायत आइपुगेका उनले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका थिए । उनले २०३६ सालमा ‘अस्वीकृत आन्दोलन’ घोषणासँगै ‘अस्वीकृत जमात’ बनाएका थिए । प्रजातन्त्रका पक्षमा साहित्यकारहरूले चलाएको ‘बुट पालिस आन्दोलन’ मा पनि उनको संलग्नता थियो ।

KR3

उहाँले धेरै सम्मान पाउनु भए तापनि पछील्लो सम्मान भने १३ अगष्ट २०१७ का दिन युकेको वेब्रिजमा प्रवासी नेपाली साहित्य समाज (प्रभात) द्धारा प्रदान गरिएको थियो । वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले सम्मान पत्र हस्तान्त्रण गर्नुहुदै साहित्यकार श्रेष्ठले नेपाली साहित्यको क्षेत्रमा दिनु भएको योगदानलाई नेपाली साहित्य जगतले सधै सम्झि रहने बताउनु भयो । वहाले श्रेष्ठको नयाँ पुस्तक लाइट अफ दि हिमालयको विमोचन पनि गर्नुभयो । कार्यक्रममा विमोचित पुस्तक आफ्नो अन्तिम कृति भएको बताउनु भएको थियो । डाक्टरले मिति दिए पनि आफूलाई मृत्यूसंग डर नभएको, तर मृत्यू चाहि आफूसंग हारिरहेको बताउनु भयो । ७० बर्षिय श्रेष्ठलाई अक्सिजनको सिलीण्डर सहित कार्यक्रममा सहभागी गराईएको थियो ।

डा श्रेष्ठको जन्म ओखलढुङ्गा राम बजारमा वि.स. २००४ मा भएको थियो । सन् २००८ देखि वेलायत बसोवास गर्दै आउनु भएको हो । नेपाल टेलिभिजनको अध्यक्ष २०५२, उपप्रधान तथा गृहमन्त्रीको सल्लाहकार २०५४, जनजाति विकास समितिको उपाध्यक्ष २०५८, साथै एबर्डिन युनिभर्सिटी युकेको भिजिटर प्रोफेसर हुनुहुन्थ्यो । समाजशास्त्रमा पिएचडी गर्नुभएको वहाको दुई श्रीमतिमध्ये जेठी नेपालमा र जेठी पट्टिका २ छोरा अमेरिका छन् । कान्छी पट्टिका कर्मछोरा र कर्मछोरी सहित कान्छी श्रीमतिसंग वेलायतको वर्किङमा रहदै आउनु भएको थियो ।

डा श्रेष्ठको निधनप्रति संपूर्ण अभियान उहाँको मृतात्माको चीर शान्तिको कामना गर्दै र शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना ब्यक्त गर्दछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: