Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

नेपाल आइडल र होस्टहरु अभियानको सांस्कृतिक दूतमा नियुक्त

Posted by Ram Kumar Shrestha on December 6, 2017

Buddha

जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपालबाट आएका सबै कलाकारहरु र मेलबर्न कार्यक्रमका आयोजक बिभुषण जोशीलाई खादा ओडाएर स्वागत गरेपस्चात पाँच जनालाई अभियानको सांस्कृतिक दूतको नियुक्तिको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

Nishan

यस अघि अभियानले पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड, पूर्व मन्त्री एबं पूर्व राजदूत दीप कुमार उपाध्याय र पूर्व राजदूत कमल प्रशाद कोइरालालाई सम्मान, राष्ट्रिय स्तरका कलाकारहरु मनोज गजुरेल, प्रेमराजा महत, जीवन शर्मा, बद्री पंगेनी, प्रमोद खरेल, धिरज राई, कोमल ओली, मीना लामा, सुनिता दुलाल, सुस्मा अधिकारी, रेखा थापा आदिलाई सांस्कृतिक दूत र भिक्षु मगर, वरिष्ठ पत्रकार चेतन पन्त, हरी श्रेष्ठ र सरोज अर्याललाई अभियानको शान्ति दूतको रुपमा नियुक्त गरिसकेको छ् । त्यसै गरी निलेश अधिकारी पर्यटन, श्रीकुमार श्रेष्ठ शिक्षक, किशोर कुइंकेल स्काउट विद्यार्थी, अल्फा श्रेष्ठ पर्यावरण विद्यार्थी, सविता भट्ट कलेज स्टुडेन्ट दूत, आर्य पोखरेल विद्यार्थी दूत र सुनिता बस्नेत दूतको रुपमा नियुक्त भैसकेका छन । डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरलाई अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गरिएको छ ।

Pratap

Sushil

त्यसै गरी मिस वोर्ल्ड अस्ट्रेलिया न्यासनल फाइनालिस्ट राशी कपूर, मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी साभ जैनुदिन, मिस श्री लंका अस्ट्रेलियाका २०१५ का मिस फोटोग्राफिक सारा लियान्जे, अस-लंका बिजिनेस काउन्सिलका अध्यक्ष एबं मिस श्री लंका अस्ट्रेलियाका कार्यकारी निर्देशक डिल्की पेरेरा, ब्राड क्लार्क, ग्राएम केण्टलाई फ्रेण्ड्स अपह नेपालको रुपमा नियुक्त गरिसकेको छ अभियानले फरक फरक कार्यक्रमका बीच ।

P Rai

छोटो समयको जानकारीका कारण कार्यक्रममा उपस्थिति जनाउन असमर्थ छायाँ सहायक मन्त्री आन्ड्र्यु काटोस, फेडेरल सांसद सेरा हेण्डर्सन र सांसद क्रिस्चिन कोउजिन्सले अभियानका राजदूतको रुपमा नियुक्त हुन गएका सबैप्रति शुभेच्छा सन्देश पठाउनु भएका थिए ।

कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई विस्व संयोजक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भयो ।

कलाकारहरुको सम्मानको लागि ब्लु माउण्टेन इण्डियन रेस्टुरेन्ट ओसनग्रोभको योगदान रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: