बिस्वाको मनाब इतिहासमा आफ्नो जीवनको अन्त्य पछि कतिपय मानब हरुलाई मृत्यु पछिको श्रदांजलिले महा मनाब बनाई दिन्छ भने अर्को तीर महापुरुष को ब्यक्तित्व भिराई दिन्छ ! जीवनको उर्बर समयमा निस्वार्थ भाबले आफुले गरेको योगदान, लोक कल्याणका ती असल कर्म र मार्ग हरु उच्च कोटिको हुन गई तिनै मानब यस भौतिक जगतमा भगवानको रुपमा स्थापित हुन पुग्दछ ! संसारको प्राणी जगतको उद्धार र शान्तिको लागि आफ्नो परिवार र राजकीय सुख, भोग बिलास लाइ तिलांजलि दिएर मुक्तिको मार्गमा लाग्ने तिनै नेपाली छोरो राजकुमार सिद्धार्थ गौतम आज भगवान बुद्धको रुपमा संसार प्रशिद्ध रहेको छ !
नेपालको गौरब शाली एवं ऐतिहासिक पृष्ठ भूमि हालको लुम्बिनिको कपिलबस्तु मा राजा शुधोधन र रानी महा मायादेवी गौतमी को कोख बाट सिधार्थ गौतम को जन्म इ. पु. ५६३ बैसाख पूर्णिमा को दिन भएको थियो ! राज कुमार सिद्धार्थ गौतमले २९ बर्ष को उमेरमा ईशा पूर्व ५३४ मा आफ्नो राजकीय सुख र आफ्नो जीवन साथी यसोधरा देवी र सात दिनको छोरो राहुल कुमार लाइ त्यागी प्राणी जगत कै उद्धार र शान्ति को खोजीमा आषाढ़ पूर्णिमा को दिन गृह त्याग गरेका थिए ! गृह त्याग गरेको ६ बर्ष पछि बैशाख पुर्णिमाको दिनमा ३५ बर्ष को उमेरमा ‘उरुबेला’ वन अर्थात बोधगया मा एउटा पीपलको रुख मुनि ईशा पूर्व ५२८ मा बोधी ज्ञान प्राप्त गर्नु भई सम्यक सम्बुद्ध हुनु भएको थियो !
बिश्वा शान्ति अहिंषा, मैत्री करुणा र सह अस्त्तिवा बाद को प्रतिपादक शाक्यमुनि गौतम बुद्ध को जन्म इ पु ५६३ बैसाख पुर्णिमाको दिनमा भएको थियो भने ईशा पूर्व ५२८ मा सम्बोधिज्ञान प्राप्त गर्नु भएको थियो ! ईशा पूर्व ४८३ मा ८० बर्षको उमेर पुग्नु हुदा ४५ बर्ष सम्म बौध शिक्षा र ज्ञान गुन कुरा प्रचार प्रसार गरी भौतिक संसार बाट बिदा लिनू भएको थियो अर्थात महापरिनिर्बार्ण प्राप्त गर्नु भएको थियो ! यी तिन दुर्लभ घटना हरु – जन्म, ज्ञान प्राप्ति र मृत्यु बैसाख पूर्णिमा कै दिन घटेका थिए ! त्यसै कारण बिस्वा भरका बुद्धका अनुयायी हरुले बैसाख पुर्निमको दिन लाइ बिशेस महत्वाका साथ बिबिध कार्यकर्म हरु ध्यान , पूजा, जप आदि गरी समझने गर्दछन !
बुद्ध भन्नु हुन्छ- ” यो अध्यात्मिक र भौतिक बादी मार्ग दर्शन मा स्वतन्त्र रूपले चिन्तन मनन गर, तर्क गर, अभ्यास गर अनि आफुले अनुभब पनि गर ! भगवान प्रत्येक मानिसको आत्मा भित्र हुन्छ ! त्यसैले शुद्ध चित्त द्वारा शील, समाधि र प्रज्ञाको पथ लाइ चीनने, बुझने कोसिस गर! कुनै किसिमको कुसल र अकुसल कर्म गर्ने गराउने प्रत्येक मानिसको अनियंत्रित मन नै हो ! त्यो तिम्रो आफ्नो मनलाई अरु कसैले समाधान गरेर हुने होइन ! मन लाइ ठीक ठाउमा प्रयोग गर्ने आफ्नो मनको मालिक आफु स्वयं नै हो” ! “मानिसको दैनिक जिवनमा दुख दिने कारण हरु लोभ, इर्ष्या, घमण्ड, मोह र रिस बाट आफुलाई टाढा राखेमा दुखको कुनै छिटाले मानसिक तनाब गराउन सक्दैन” !
बौध दर्शको मुलमार्ग: चार आर्य सत्य हरुमा १ दुख सत्य: दुख आठ प्रकारको हुन्छ ! दुखको कार्य – जन्म्नु दुख, बुढो हुनु दुख, रोगी हुनु दुख, मिर्त्यु हुनु दुख, मन नपर्ने संग मिलेर बस्नु दुख, मन परेका संग टाढा हुनु दुख, इच्छा प्राप्त नहुनु दुख ! २ समुदय दुख: दुखको कारण तिन प्रकारका छन- काम तृष्णा , भव तृष्णा र बीभत तृष्णा ! दुख उत्पन्न हुने कारण थाहा पाउनु आवश्यक छ ! ३ दुख निरोध सत्य: तृष्णा लाइ निरोध पार्नु नै निरोध आर्य सत्य हो ! मानिसको दैनिक जिवनमा दुख दिने कारण हरु लोभ, इर्षा, घमण्ड, मोह र रिस को निरोधक उपाय पत्ता लगाउनु आवश्यक छ ! ४ दुख निरोध आर्य सत्य मार्ग: मनुस्यको दैनिक जिवनमा उत्पन्न हुने दुख लाइ अन्त्य गर्ने उत्तम मार्ग पनि छ !
बुद्धका आधारभूत शिद्धान्त हरु मध्य आर्य आसटांगी मार्ग अनुसार-१ सम्यक बचन – राम्रो बचन बोल्नु,२ सम्यक क्रमांत – राम्रो कर्म गर्नु,३ सम्यक आजिबिका राम्रो जीविका चलाउनु, ४ सम्यक ब्यायाम – राम्रो प्रयत्न वा कोशिस गर्नु,५ सम्यक स्मृति – राम्रो होशियारी हुनु,६ सम्यक समाधी- राम्रो मनलाई एकाग्रता पार्नु, ७ सम्यक दृष्टी सही ढंगले बुझ्न सक्नु र ८ सम्यक संग्कल्प – बुद्धि बिबेक पुर्याउनु ! यसरी बुद्धले आफ्नो धर्मं दर्शन लाइ प्रचार प्रसार गरी बहुजन हिताय, बहुजन सुखाया , एक नवीन समाजको संस्थापक को रुपमा चम्कीरहेका छन !
गौतम बुद्ध ले ६ बर्ष सम्मको निरंतर आध्यात्मिक चिन्तन द्वारा प्रतिपादन गर्नु भएको बोधीज्ञान र त्यस पछि ४५ बर्ष सम्म “बहुजन हिताय बहुजन सुखाया ” जस्ता बहुमूल्य उपदेशहरुको मार्ग दर्शक हुनु भई अन्त्यमा ८० बर्ष को उमेरमा कुशी नगरको रमणीय जंगलमा महापरिनिर्बार्ण हुनु भयो !
आज गौतम बुद्ध जन्मेको २६ सय बर्ष बीतीसकदा पनि उनको उपदेश र शिक्षा संसारमा उतिकै लोक प्रिय रहेको हुदा नेपाल र नेपाली जनताको अस्तित्वा लाइ बिस्वामा चिनाउनको लागि बुद्ध का ती लोक कल्याण कारी उपदेश र शिक्षा नितिलाई ब्यावहारमा उतारेर राज्यको नेता लगायत सबै नेपाली नागरिक हरुले आ आफ्नो आचरण लाइ बिशुद्धा रुपमा आमूल परिवर्तन गरी नया अयामको थालनी गर्नु अव्स्यम्भावी भएको छ !
धन्यवाद !
नीमा ग्याल्जे शेरपा
संग्योजक
२५५५ बुद्ध जयंती समारोह समिति, सिडनी अस्ट्रेलिया !
References:
गौतम बुद्धको जिवनमा घटेका घटना क्रम र उहाको बहुमूल्य मार्ग दर्शन- सिंग्मान तमांग ‘खुन्ग्बा’
What Buddhists believe-K Sri dhammananda