Archive for the ‘बिबिध’ Category
Posted by worldamity on April 15, 2018

कान्तिपुरको वैशाख १, २०७५ को “बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार” शिर्षकको समाचारमा श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको भन्ने बिषयमा गलत सूचना फैलिरहेको तथ्यबारे जानकार नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको बताउँदै गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइलाई प्रकाशित गरेको छ । समाचारमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताएको र ‘यस्तै काममा त हो नि दूतावासले भूमिका देखाउने। कोलम्बोस्थित दूतावासले सम्बन्धित निकायमा पत्राचार गरेर यसलाई सच्याइहाल्नुपर्छ।’ भन्नु भएको भनी प्रकाशित गरेको समाचारमा अभियानको ध्यान आकृस्ट भएको छ ।
सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई लेखिएको अनुसन्धानात्मक प्रतिबेदन बुझाउँदै Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध, समाचार, Uncategorized | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 25, 2017

बिगत २५ वर्षदेखि निरन्तर वुद्ध जन्मस्थल नेपालको लुम्बिनीमा हुँदै आएको विस्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएको खबरप्रति अभियान खेद प्रकट गर्दछ ।
विस्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र महोत्सव बनेको थियो र, गत वर्ष बुद्धको जन्मथलो लुम्बिनीमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लम पूजाका लागि भेला भएका थिए । अफसोच, त्यो रौनक यो बर्ष भने नेपालको लुम्बिनीमा नभएर भारतको बोधगयामा हुँदैछ ।
Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on August 23, 2016
रामकुमार श्रेष्ठ
“गौतम बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तराष्टिय सम्मेलन भएको थियो । बुद्धले भारतको बोधगयामा होइन, कपिलवस्तुमा बुद्धत्व पाएको यथेष्ट प्रमाणहरु छन् । बोधगयामा त बुद्धले घोषणा मात्र गरेका हुन् । यो ऐतिहासिक तथ्यलाई ढाकछोप गर्नु हुदैन भनी तत्कालीन सरकारले अन्तराष्टिय सम्मेलन गरेको हो ।” – दोलखाको गौरीशंकर बहुमुखि क्याम्पसमा सोमबार आयोजित एक कार्यक्रमका प्रमुख वक्ताका रुपमा पूर्व संस्कृति एवं पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिस्वब्यापी महत्व राख्ने अत्यन्तै संबेदनशिल यो कुरा बताए । हालसम्म बुद्धले ध्यान गर्ने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिने काम भारतमा भएको मान्ने गरिएको छ ।
बुद्ध सर्क्युटको प्रसंग उठन थालेको करीब आधा दशक भैसक्यो । यो प्रसंगले कुनै पनि बेला अनपेक्षित गति लिन सक्छ । बुद्ध सर्क्युटले त्यस्तो गति लिनु अगावै यदि बुद्धले बुद्धत्व नेपालमा प्राप्त गरेको भन्ने माथिको प्रसंग सही नै हो भने यस्लाई नेपाल सरकार, नेपाली बुद्धिजीवि र संचारकर्मीको संयुक्त प्रयास मार्फत निर्णयक मोड दिन ढिलाई गरिनु हुन्न । गत डिसेम्बरमा म नेपाल रहँदा चीनका पूर्व राजदूत एबं अभियानका बिस्व कार्य समितिका सल्लाहकार टंक कार्कीसंगको लामो कुराकानीको सिलसिलामा उहाँले बुद्ध सर्क्युटमा स्वयम्भूलाई छुटाउनै नहुने कुरामा जोड दिनु भएको थियो । यो अवस्थामा बुद्ध सर्क्युटमा नेपालका कम्तीमा पनि लुम्बिनी, कपिलवस्तु र स्वयंभू पर्नेछन ।
गत वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनका लागि तात्कालिन सरकारले पहिला “Buddha and Buddhism was born in Lumbini Nepal” नारा मन्त्रिपरिषदबाट पारित गरेकोमा यस्लाई असान्दर्भिक भएकोले सच्याउनु पर्ने सुझाबका कारण पछि “Lumbini, Nepal; Birthplace of Lord Buddha & fountain of Buddhism” को रुपमा पारित गरियो । पहिलो नारा अहिलेसम्मको परिस्थितिमा बिबादास्पद र आपत्तिजनक मानिनु स्वाभाबिकै थियो । Buddha born in Nepal नाराले बिस्वब्यापी रुपमा प्राप्त गरेको लोकप्रियताकै आधारमा त्यो किसिमको नारा सरकारी स्तरबाट पारित गरिनु राम्रो होइन । यदि त्यसो होइन र बुद्धले बुद्धत्व नेपालमा नै प्राप्त गरेका हुन भने पहिला त्यो मान्यतालाई स्थापित गरिनु पर्ने हुन्छ वा कम्तीमा पनि त्यस्को लागि ठोस योजनाका साथ बिशेष प्रयासको थालनी हुनुपर्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयलाई सामान्य रुपमा लिन सकिन्न । मन्त्रिपरिषदबाट पछिल्लो पटक पारित गरिएको निर्णय निकै ओजिलो देखिन्छ पहिलोको तुलनामा । सरकारी स्तरबाट गरिने निर्णय यसरी हल्का रुपमा आउनुलाई राम्रो मान सकिन्न । Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध, लेख / रचना, Uncategorized | Leave a Comment »
Posted by Ram Kumar Shrestha on April 25, 2015

१२ वैशाख, २०७२: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अन्तराष्ट्रिय कन्फेरेन्स मूल आयोजक समितिको आज बसेको आपतकालिन बैठकले आगामी बुद्ध जयन्तीमा बेल्जियममा गर्न गैरहेको अन्तराष्ट्रिय कन्फेरेन्स देशमा गएको विनाशकारी भूकम्पका कारण हाललाई स्थगित गरी अभियानको आगामी बार्षिकीको समय पर्ने गरी नोभेम्बर ३० र डिसेम्बर १ मा गर्ने निर्णय गरेको छ । निमेषभरमा राष्ट्रिय पहिचान बोकेका अधिकांश ऐतिहासिक धरोहरहरु ध्वस्त हुने र केही घण्टाभित्रै झन्डै ९ सयको ज्यान जाने गरी अनायाश सामना गर्न परेको यो भयाबह राष्ट्रिय बिपत्तिका कारण लिन परेको यो निर्णयले गर्दा सम्बन्धित सम्पूर्ण ब्यक्ति र संस्थासंग उहाँहरुको असुबिधाको लागि अभियान क्षमा याचना गर्दछ ।
आज गएको यो बिनाशकारी भूकम्पका कारण केही घण्टाभित्रै काठमाडौं उपत्यकामात्र मात्रै करीव ९ सय जनाले ज्यान गुमाएको छ भने सांस्कृतिक नगरिका रुपमा परिचित काठमाडौं उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त भएका छन । भीमसेन थापाले राजधानीको मुटुमा बनाएको धरहरा पूर्ण रुपमा ध्वस्त भएको छ र एउटा इतिहासको अवसान भएको छ । विक्रम संवत १८८२ मा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले ललित त्रिपुरा सुन्दरीको स्मृतिमा यो धरहरा बनाएका थिए । एक सय ९० वर्षअघि बनेको यो धरहरा १९९० सालको महाभूकम्पले क्षतिग्रस्त बनाएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले पुनिनिर्माण गराएका थिए । अब धरहरा इतिहासमा सिमित भएको छ । Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध, समाचार | Leave a Comment »
Posted by Ram Kumar Shrestha on April 20, 2015

नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनपस्चात भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुन: परिचय दिए, तर जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषदमा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मन र फ्रान्समा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे ।
प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाउँदैछ । बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको र बिस्व सम्पदा सूचिमा समाबेश गरिएको कारण बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि छिमेकी देशको प्रधानमन्त्रीले बैज्ञानिक र पुरातात्विक तथ्यका बिपरित आँफैले बोलिसकेकै कुराको बिपरित यसरी बिरोधाभासपूर्ण कुरा बोल्नु अत्यन्तै अशोभनिय हो । Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध | 1 Comment »
Posted by Ram Kumar Shrestha on August 7, 2014
प्रेस बिज्ञप्ति
अब अभियानको कुनै औचित्य नभएको कुरा उठाउनेले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमा मात्रै सीमित नभएर थुप्रै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको कारण अभियानले यो समस्यालाई समस्याको जरोको रुपमा लिएको छ । मोदीको यो स्वीकारोक्तिले अभियानको कार्यमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न जस्ले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व भनेको कोरिया र स्वीडेनकै कामको निरन्तरताको रुपमा विभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउनेतर्फ मात्रै केन्द्रित हुनुपर्ने हुन्छ ।
बिषय: वुद्ध जन्मस्थानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक स्वीकारोक्ति
नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने संकेत मिलेको छ । यसबाट लाखौं नेपालीको मन जित्ने काम मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई उन्को यो कदमको लागि अभियान धन्यवाद ज्ञापन गर्दछ ।
राष्ट्र संघका ५ जना महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेता प्रजातन्त्रबादी नेतृ आङ सान सुकीले भ्रमण गरिसक्नु भएको बुद्ध जन्मस्थल लुम्बिनीको विकास गर्ने अभिप्रायले दुई गुरू योजनाहरू राष्ट्र संघमार्फत नै तयार पारिएको यहाँ स्मरणीय छ । प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्धारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेको छ । कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे भएको गलत जानकारी सच्याउने काम भैसकेका छन । गुगलले बुद्ध जन्मथलोबारे भएको गल्ती सच्यायो भने ब्रिटिश म्युजियमले सच्याउने निर्णय गर्यो । बुद्ध भारतमा जन्मेको भनेकोमा सम्बद्ध भारतीय पक्षहरुद्धारा क्षमा याचना गर्ने गरेका छन । यस्तो परिवेशमा भारतीय प्रधानमन्त्री मोदीको यो स्वीकारोक्तिको विशेष महत्व हुनु स्वाभाविकै हो । Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध, समाचार | Leave a Comment »
Posted by Ram Kumar Shrestha on July 12, 2014
श्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा छरिएर रहेका हामी लाग्यौं जसले छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”
डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ | Read the rest of this entry »
Like this:
Like Loading...
Posted in अन्तरबार्ता, बिबिध | Tagged: चिकेन सुप फर द सोल, ज्याक क्यानफिल्ड, नक्कली लुम्बिनी, नेपाल, बुद्ध, बुद्धको जन्मस्थल, मार्क भिक्टर हेन्सेन, रामकुमार श्रेष्ठ, Buddha, Chicken Soup for the Soul, Fake Lumbini, Jack Canfield, Lumbini, Mark Victor Hansen, Motivational speakers, Ram Kumar Shrestha | Leave a Comment »
Posted by Ram Kumar Shrestha on January 5, 2014
[लुम्बिनी-कपिलवस्तु दिवस अभियान के कस्तो परिबेशमा किन शुरु गर्नु पर्यो लगायत अन्य बिभिन्न केही महत्वपूर्ण जानकारी सहित अस्ट्रेलियाबाट प्रकाशित नेपालीन्यूजको २०१४ सालको जनवरी अंकको पेज २०-२३ मा ब्यक्ति-ब्यक्तित्व अन्तर्गत epaper www.nepalinews.com.au मा प्रकाशित सामग्री epaper मा पढन त्यत्ति नरुचाउने केहीले पढनका लागि अन्य बिकल्पका बारेमा सोध्नु भएकोले अनलाइनमा पढने सुबिधा उपलब्ध गराउनका लागि यहाँ प्रकाशित गरिएको छ । प्रकाशित अंक अस्ट्रेलियामा मात्रै उपलब्ध गराइने ब्यबस्था छ । ]
व्यक्ति व्यक्तित्व
By कृष्ण तिवारी, Editor Nepal News Australia
वेलायत रहँदादेखि नै श्रेष्ठले बुद्धका वारेमा आएका भ्रामक तथ्यलाई खरो रुपमा प्रतिवाद गरे । सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले श्रेष्ठको मन निकै छोयो । यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यस्लाई श्रेष्ठ सर्बपक्षीय मौनता भन्ने गर्छन । उनले भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत अभियानको सूत्रपात नै गरे जस्ले यो छोटो समयमा विश्वब्यापी रूप लियो ।
रामकुमार श्रेष्ठ – साधरण पहिरन, सरल स्वभाव, पेशाले सिभिल इन्जिनियर । बसाइ अस्ट्रेलिया मेलवर्न नजिकको शहर जिलोङ । कर्मभूमि अस्ट्रेलियालाई बनाए पनि आफ्नो सबै तनमन र समय भने मातृभूमिका निम्ति खर्चेका छन् । बिगत २००९ को डिसेम्बरदेखि उनी बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विश्वब्यापी अभियानमा अहोरात्र खटिएर सबैको प्रसंशा बटुलिरहेका छन् । लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक समेत रहेका रामकुमार श्रेष्ठले एउटा सामान्य नागरिकका हैसियतले विश्वसामु चलाएको बुद्धसम्बन्धी अभियान अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ ।

श्रेष्ठको जन्म विस. २०१९ सालमा गोरखा जिल्लाको धारापानी बजारमा भएको थियो । अध्ययनमा निकै मिहिनेती तथा मेधावी छात्रको रुपमा चिनिएका श्रेष्ठले विस. २०३६ सालमा गोरखाकै शक्ति माविबाट प्रथम श्रेणीमा प्रवेशिका उत्र्तिण गरे । पढाइ अबधिभर प्रथम श्रेणीले उनलाई संधै पच्छ्याइरह्यो ।
किसान परिवारमा जन्मेर हुर्केका श्रेष्ठको परिवारको आर्थिक स्थिति भने नाजुक नै थियो । अध्ययनमा मेधावी श्रेष्ठलाई प्रवेशिकापछि पढाउन गाउँका शिक्षकहरुले निकै जोड गरेपछि अशिक्षित आमाबुवाले उनलाई पढन काठमाण्डौ पठाएका थिए ।
प्रवेशिकापछि इन्जिनियरङ अध्ययनका लागि उनी काठमाडौ पुल्चोक क्याम्पसमा भर्ना भए । छात्रवृतिमा अध्ययन गरेका श्रेष्ठले पुल्चोक क्याम्पसमा राम्रो अंक ल्याएर उच्च शिक्षाको लागि रसिया सरकारको छात्रवृतिमा सिभिल इन्जिनियरिङमा मास्टर्स अध्ययनका लागि सन् १९८६ मा रसिया उडे । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by worldamity on December 28, 2013
वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले विस्वब्यापी रुप लिएको सन्दर्भमा त्यस्लाई निस्तेज पार्नका लागि कतैबाट आवाज नउठेका कारण नागरिकस्तरबाट सुत्रपात भएर विश्वव्यापी रुपमा आवाज उठाईरहेको लुम्बिनी–कपिलवस्तु दिवस अभियानले यही पौष १३ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाण्डौमा माननीय पर्यटन मन्त्रीज्यूको प्रमुख आतिथ्यता र धेरै पार्टीका बरिस्ठ ब्यक्तिहरुको उपस्थितिमा ‘बुद्ध जन्मस्थलबारे दिग्भ्रमः पाठ्यपुस्तक सुधारका उपाय एवं प्रयासहरु’ विषयक वृहत अन्र्तकृया कार्यक्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा प्रेषित शुभकामना । शुभ-कामना सन्देश ऐक्यब्द्धता एबं संसारन्यूजकी संपादिका मिना शर्माले वाचन गर्नु भएको थियो । शुभ-कामना सन्देशमा जानकारीमूलक महत्वपूर्ण कुराहरु भएकोले जानकारीको लागि प्रकाशइत गरिएको छ ।
शुभ-कामनाको पूर्ण विवरण:
शुभ-कामना!!!


Marker stone marking the exact spot of Lord Buddha’s birth inside Mayadevi
वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि देखा परेको सर्बपक्षीय मौनताका कारण सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा २००९ डिसेम्बर १ मा अन्तरास्ट्रिय सन्जाल र बिभिन्न गतिबिधि मार्फत बिस्वब्यापी रुपमा ‘कपिलवस्तु दिवस विस्व दिवस’ को रुपमा कार्यक्रम गरी त्यस्लाई निरन्तरता दिनका लागि २०१० मा बिस्व कार्य समिति गठनबाट संस्थागत भएर सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म यो छोटो समयाबधिमा १९ राष्ट्रिय समिति र अन्य थुप्रै समिति गठन गरी अनपेक्षित उल्लेखनीय उपलब्धिहरु हासिल गर्न सफल भएको छ ।
बिभिन्न देशको पाठ्य पुस्तक एबं अन्तराष्ट्रिय स्तरका संग्रहालय, साइट, पुस्तक, सन्जाल आदिमा भएका वुद्ध जन्मस्थलबारे गलत जानकारीका कारण विस्वका करोडौंका बीच तदनुरुपको गलत जानकारी प्रबाह हुने भएकोले अभियानले बिभिन्न तवरबाट सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु मार्फत जन चेतना जगाउने काममा छोटो समयमा उल्लेखनीय उपलब्धी हासिल गरेको छ ।
यो अभियानको शुरुको समयमा गुगलमा वुद्ध जन्मस्थल बिषयमा प्राप्त भएको सफलतामा नेपालीले खुशीयाली मनाएकोमा हाल गुगलमा बुद्धको जन्मस्थल खोज्दा थुप्रै सामग्री हाम्रो अनुकूल प्राप्त हुने बातावरण तयार भएको छ यो अभियान शुरु भएको यो छोटो समयमा नै । दशौं लाख फ्यान भएका मासिक ११५ मिलियनभन्दा बढी मानिसका बीच आफ्ना सामग्री लैजाने ३५० भन्दा बढी स्थानीय टिभिहरुको सन्जाल पिबिएस, लाखौं फ्यान भएका न्यूजविकका प्रधान संपादक एबं सिएनएनका कार्यक्रमा प्रस्तोता फारिद जाकारीया र ब्रिटिश म्युजियमका फेसबुकका पेजहरुमा गएर उनीहरुले बुद्ध जन्मस्थल बिषयमा दिएका गलत जानकारी सच्याउन दबाब दिने जस्ता महत्वपूर्ण कामहरु भए । यही सामाजिक सन्जालमा बुद्धको जन्मस्थल बिषयमा सही जानकारी दिने अभिप्रायले थुप्रै साना ठूला पेज र ग्रुपहरु खोलिएका छन । यी सबैबाट करोडौं बिदेशीहरु समेत अनभिज्ञ छैनन । त्यसैले होला मेलबर्नको ला ट्रोब बिस्वबिध्यालयमा बुद्ध जयन्ती मनाउने क्रममा नेपालको पिछडिएको ग्रामीण भेकका जनतालाई सहयोग गर्ने काममा लागि परेका मार्क पिनोलीले नेपालीहरुले अन्तराष्ट्रिय सन्जाल फेसबुकमा बुद्ध नेपालमा जन्मिएको कुराको बाढी नै ल्याएको देखेर आफू प्रभाबित भएको बताए । यसरी यो अभियानले छोटो समयमा वुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने काममा सीमित साधन र श्रोतका बाबजुद गुगल र फेसबुकमा क्रान्ति नै ल्याएको छ । Read the rest of this entry »
0.000000
0.000000
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 15, 2013

अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी र हामी नेपालीमा तात्विक फरक पाउन कठीन यस कारण छ कि हामीभित्रै भएका अथाह संभाबनाहरुलाई वास्तै नगरी टाँढाका ठूला ठूला कुरा गर्नमा मात्रै नभएर केही गर्न खोज्नेको पनि सहयात्री बन्नेभन्दा पनि बिभिन्न बहानामा भाँडन, ब्यबधान सिर्जना गर्न, प्राथमिकतामा पर्न नसकेको भन्न र देखाउन र टिका टिप्पणी गरी गर्बानुभूति गर्नमा हामी माहिर देखिन्छौं । नेपालको सबैभन्दा महत्वपूर्ण कस्तुरीको रुपमा मानिएको विस्वब्यापी मह्त्वको वुद्धको जन्मस्थल लुम्बिनीको बिकासको लागि विस्वब्यापी महत्व राख्ने ब्यक्ति र संस्थाहरु लागि पर्दा हामी नेपाली भने या त मौनता प्रदर्शन गर्छौं या त कसैले केही गर्न खोज्यो भने पनि अनेक बहानामा ब्यबधान सिर्जना गर्ने, भाँड्ने, जस लिनमा तछाड मछाड गर्ने, अनाबस्यक भ्रम सिर्जना गर्ने किसिमका काम कुरो उठाउने जस्ता काममा सामान्यदेखि लिएर राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरु समेत लागि पर्ने गर्छन् या त स्वार्थबस या त संकुचित मानसिकताका कारण र जनस्तरबाट प्राप्त हुन थालेको आदर र समर्थनलाई तिलान्जली दिन्छौं – बिगतका केही ब्यक्तिका गतिबिधिले यो प्रमाणित गरिसकेछ ।

Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध, लेख / रचना | Leave a Comment »
Posted by Ram Kumar Shrestha on September 15, 2013
[हजारौंका बीच पुग्ने गरी सर्कुलेट गरिएको यो ईमेल लामो भए तापनि केही पत्रिकाद्धारा समेत प्रकाशित गरिएको र बुझ्नु पर्ने केही महत्वपूर्ण जानकारी भएकोले जानकारीको लागि प्रकाशित गरिएको छ । ]
सबैभन्दा महत्वपूर्ण उपलब्धी र भावी रणनीति: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो तापनि यो कुनियत भने होइन । जाकारीयालाई धेरै दबाब दिंदा पनि आत्मालोचना नगर्नु, ब्रिटिश म्युजियममा डा सोना दत्तको काम, नक्कली लुम्बिनी निर्माण आदि भने कुनियत हुन । यसरी ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।
प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्ध
नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हाम्रो दायित्व हो।
By रामकुमार श्रेष्ठ
बिशेष अनुरोध: ठूला ग्रुप मेलहरुका कारण यो मेल पाँच हजारभन्दा बढीमा पुग्ने भएको र यो जानकारी दिने प्रयोजनका लागि लेखिएकोले लेख्नै पर्ने नीतिगत कुरामा बाहेक “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध । फर्किने केही मेलहरुका कारण संधै जस्तै “Reply” भन्दा पनि बरु छुट्टै मेल गर्नु भयो भने मेल प्राप्ती कार्य सहज हुनेछ । मूलत: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पाँचौं वार्षिकी तयारी, र अहिलेसम्मका मूलभूत उपलब्धिहरुको समिक्षात्मक बिस्लेषण र भावी दिनका प्राथमिकतामा केन्द्रित यो ईमेल केही लामो भएको र यस्मा केही महत्वपूर्ण जानकारीका लिंकहरु समेत राखिएको पूर्व जानकारी गराइन्छ । (Target groups: Political leaders, Diplomatic missions, Movement activists, NRN activists, intellectuals, journalists and public)
१ अभियानको पाँचौं वार्षिकोत्सब का कार्यक्रमहरु: वुद्धको विस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा नेपालको कम्जोरीको फायदा उठाएर शक्तिका भरमा वुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने उद्धेस्यका साथ सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै पाँचौ बर्ष प्रबेषको अबसरमा आगामी डिसेम्बर १ मा बिभिन्न देशमा बिशेष रुपमा कार्यक्रम मनाउने तयारीमा छ तपसिलका कार्यक्रमहरुलाई समेटेर: Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on August 12, 2013

भारतप्रति सकारात्मक दृष्टिकोण बनाउन खोज्दाखोज्दै पनि कुनै पनि छिमेकी देशले त्यो अबसर प्राप्त गर्न सकेको छैन । असल छिमेकीको रुपमा नभएर ठूलो दाइको रुपमा भारतले दक्षिण एशियाका सबै छिमेकी राष्ट्रहरुसंग निर्बाह गर्दै आएको भूमिकाका कारण कुनै पनि छिमेकी राष्ट्रहरुसंग वास्तबमा उस्को खासै राम्रो संबन्ध भएको अनुभब कसैले पनि गर्न पाएका छैनन जुन छिमेकी राष्ट्रहरुको लागि मात्र नभएर भारतकै हित बिपरीत पनि देखिन्छ । किनकि प्रथमत: भारतको आफ्नै आन्तरिक समस्या उस्को लागि काफी छ भने दोस्रो अरुको अधिनमा रहेका सबै जसो मुलुकहरु धमाधम स्वतन्त्र भैरहेको बेलामा भारत भने एकासौं शाताब्दीमा भएको कुरा बिर्सेंर पुरातनबादी सोंच अनुरुप स-साना र कमजोर छिमेकीहरुलाई अझ दु:ख दिदैं कमजोर बनाइराख्ने अथवा सिक्किमिकरण र भुटानिकरण दोहोर्याउने प्रयासमा लाग्नु कत्तिको दूरदर्शी सोंच मान्न सकिएला त ? र तेस्रो, भारत आफै कुनै समय वेलायतको उपनिबेश रहेको कारण त्यस्तो अवस्थामा रहनु पर्दाको अनुभव अरुले कस्तो गर्छ र परिणाम के हुन सक्छ भन्ने कुराको अनुभब ऊसंग छ र पनि सबै छिमेकी राष्ट्रहरुप्रति उस्ले अख्तियारी गरिरहेको रणनितिको परिणाम कुनै न कुनै समयमा कत्तिको प्रत्युत्पादक हुन सक्छ भन्ने कुरामा ध्यान दिएको देखिन्न । शक्ति बिस्तारमा लाग्नेहरुको एउटा बिशेषता के हो भने ठूलो पाठ लिनै पर्ने परिस्थिति सिर्जना नहुन्जेल महत्वाकांक्षा पुर्तिका खातिर अगाडि बढने क्रम रोकिदैन र त्यो अवस्थामा पुग्दा न्याउरी मारी पछुतो गर्नुको बिकल्प रहन्न । थाहा नपाउनेभन्दा थाहा पाइ पाइ थाहा नपाएको जस्तो गर्ने प्रबृतिनै समस्याको डरलाग्दो र मूल जड हो र यही प्रबृतिको कारण नै बिस्व जटील समस्याको भुमरीमा नराम्ररी रुमल्लिएको देखिन्छ । Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध, समाचार | 1 Comment »
Posted by Ram Kumar Shrestha on May 31, 2013
आज बैशाख पूर्णिमाको दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाण (मृत्यु) को तिथि परेकोले संसारभरिका करिब ५० करोडभन्दा बढी बौद्ध धर्माबलम्बीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ यस वर्षको २५५७ औं जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ मनाईदैछ । यसै दिन बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल, र ज्ञान प्राप्त गरेको स्थान बोधगया, धर्म प्रचार शुरु गरेको स्थान क्रृषिपत्तन र निर्वाण प्राप्त गरेको स्थान कुशीनगर भारतलाई चारधामका रुपमा मेला संचालन गर्दछन् । आधुनिक विज्ञानका विश्लेषकहरु बुद्धको उपदेशलाई धर्मको रूपमाभन्दा पनि समाज उन्नतिका लागि आवश्यक पर्ने मार्गदर्शनका रूपमा उपयोग गर्न पर्ने मान्यता राख्ने लाखौंको लागि पनि यो त्यतिकै महत्वपूर्ण दिन हो । त्यसैले बुद्धका उपदेशहरु दिनानुदिन सान्दभिक र विश्वव्यापी बन्दैछन् । यदि बुद्धका उपदेशलाई आत्मसात गर्न सकेमा विश्वमा सद्भाव र दिगो शान्तिको स्थापना गर्न सकिन्छ ।
बुद्धको जन्मस्थलबारे सम्राट अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राम्ही लिपीमा पाली भाषामा लेखेको अशोक स्तम्भमा पत्तालागेको १०८ वर्ष पुगिसकेको छ । तत्कालीन कमाण्डर जनरल खड्ग शम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखेकोमा पछि पुरातत्वविद डा. फुररको सहयोगमा पनि यस स्तम्भ पत्ता लागेपछि विश्वव्यापी रूपमा प्रचारप्रसार कार्य भयो । त्यस्तै गरेर युनेस्कोले पनि बुद्धको जन्मस्थान नेपाल हो भनी प्रमाणिकरण गरि सक्दा पनि विश्वव्यापी रूपमा यस बारे भ्रम छर्ने कार्य भइरहेको छ । किनकि बुद्धको विश्वव्यापी महत्वबाट लालायितहरुद्वारा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै नाजायज फाईदा लिन बुद्धको जन्मस्थानको विषयमा सिर्जना गरिएको दिग्म्रमले विश्वव्यापी रुप लिएको वर्षेनी या त झुक्किएर वा झुक्याइएर बुद्धको जन्मस्थल भ्रमणमा जान चाहने हजारौँलाई गलत ठाउँमा लैजाने गरिन्छ । यसले उनीहरुको मानवअधिकार हनन् भइरहेको छ । यसको लागि लन्डनस्थित संग्रहालय, अनलाइन पत्रिका हफिंगटन पोष्ट, टिभी स्टेशनहरुको सन्जाल पिबिएस, न्युजवीकका पूव सम्पादक एवं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीयाजस्ता व्यक्ति तथा संघ संस्थाले बुद्धलाई भारतीय भनी उल्लेख गरिएको यथार्थताले बुद्धको जन्मस्थलबारे सिर्जित दिग्भ्रम विश्वव्यापी बनेको छ । कतिपय देशको पाठ्यपुस्तकहरूमा पनि यस्ता भ्रमहरू पाईन्छन् । तर दुर्भाग्य नै भनौं, राज्यका महत्वपूर्ण अंगहरुले यस्तो संवेदनशील विषयवस्तुलाई प्राथमिकतामा नपारिँदा युनेस्कोलेसमेत बुद्ध नेपालमा जन्मिएको कुरा प्रमाणित हुँदासमेत जनता अझै दिग्भ्रममा छन् । नेपालकै त्रिभुवन विश्वविद्यालयमा पनि यस्ता दिग्भ्रम हामीले पहिचान गरेकै थियौँ । यसको लागि सरकारी तवरबाट अग्रसरता लिएमा सहजै समाधान हुनसक्छ । उदाहरणको लागि कोरियाको तत्कालिन राजदूत कमलप्रसाद कोइरालाको पहलमा कोरियाको पाठ्यपुस्तकमा भएको गल्ति सच्याउने निर्णय कोरिया सरकारले गरिसकेको छ । यस कार्यमा अन्य देशका नेपाली राजदूतले पनि निरन्तरता दिन जरुरी छ । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध, समाचार | Leave a Comment »
Posted by Ram Kumar Shrestha on May 25, 2013
[सिडनी र इजरायलमा मनाइएको २५५७ औं बुद्ध जयन्ती कार्यक्रमको लागि पठाइएको शुभ-कामना]
शुभ-कामना
निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।
कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै पन्ध्र देशमा राष्ट्रिय समिति, दुई देशमा स्टेट स्तरीय समिति, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन ।
यो छोटो समयमा गुगलमा बुद्ध जन्मस्थल सच्याउन लगाउने, ब्रिटिश म्युजियमलाई त्यहाँ भएको गल्ती सच्याउन निर्णय गर्न लगाउने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, अमेरिकी जुता कंपनीद्धारा बुद्धको चित्र अंकित जुत्ता उत्पदन गरेकोमा अमेरिकी राष्ट्रपती ओबामालाई पत्र लेख्ने, बिभिन्न सन्दर्भमा वेलायतकी महारानी एलिजाबेथ, वेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन, राष्ट्र संघका लागि जापानी राजदूत महामहिम ट्सुनेओ निशिदाहरुलाई अभियानको तर्फबाट पत्र लेख्ने काम भएका छन । त्यस्तै जाकारीया तथा पिबिएसलाई गल्ती सच्याउन अनुरोध गर्ने, लुम्बिनी गेटको लागि आर्थिक संकलन गर्न बिद्यार्थी परिचालन् गर्ने, राष्ट्र संघका महासचिब बान्की मून वृहत लुम्बिनी विकासको अन्तराष्ट्रिय समितिको संयोजकमा बस्न राजी हुनु भएकोले छिटोभन्दा छिटो उहाँको नेतृत्वमा अन्तराष्ट्रिय समिति गठन गर्ने प्रकृया अगाडि बढाउन अनुरोध गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको अस्ट्रेलिया भ्रमणको बेला उहाँ मार्फत पूर्व प्रधानमंत्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचन्डलाई पत्र पठाउने, तेश्रो लुम्बिनी-कपिलवस्तु दिवस मा आयोजना गरिएको “लुम्बिनी बिकास- संभाबना र चुनौतिहरु” नामक अन्तराष्ट्रिय संगोस्ठीले तयार पारेको सुझाबहरु नेपाल सरकार र ठूला पार्टीहरुलाई बुझाउने काम भएका छन । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 29, 2012
वुद्धको विस्वब्यापी महत्वका कारण त्यसबाट लालायितद्धारा सत्यका पर्यायबाची वुद्धको उन्कै नामको दुरुपयोग गरी असत्यको खेती गर्दै वुद्ध जन्मस्थल बिषयलाई संपूर्ण विस्व मान्यता बिपरीत सीमित स्वार्थका कारण बिभिन्न तवरबाट सिर्जना गरिएको अनाबस्यक दिग्भ्रम आ-आफ्नै किसिमको ब्यस्त जीवन र सीमित श्रोत र साधनका बाबजुद जे जसरी सकिन्छ निस्तेज गर्ने भन्ने अभिप्रायले शुरु भएको लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान यही डिसेम्बर १ मा चौथो बर्षमा प्रबेश गर्दैछ र यस उपलक्षमा बिभिन्न देशहरुमा बिभिन्न किसिमले कार्यक्रमहरु गरिंदैछ । यस सन्दर्भमा कसैले पनि अनपेक्षित लज्जाबोध गर्न पनि नपरोस र समयनुकूल मिलेको खण्डमा बिभिन्न देशहरुमा सहभागी हुन चाहनेहरुले बिभिन्न ठाउँमा सहभागी हुन पनि सकोस भन्नाका खातिर यो जानकारी उपलब्ध गराइेएको छ:
१ बिशेष अनुरोध: १ डिसेम्बरमा अन लाइन बिशेष गरी Facebook मार्फत धेरैले बिभिन्न किसिमबाट सहभागिता जनाउने छन र पोस्टिङ्का लागि सान्दर्भिक सामग्री अभियानको ब्लगमा राखिनेछन । सो दिन कि त सान्दर्भिक पोस्टिङ् गर्ने वा गर्नेलाई सहयोग गर्ने अन्यथा मौन बसिदिनु हुन अनुरोध छ । सबै अधिकार र सुबिधामुखी हुने तर कर्तब्यमुखी कोही नहुने र बारंबारको भारतको बिभिन्न किसिम र स्तरको बल मिच्याइंपूर्ण गतिबिधिबाट वाक्क हुन पर्दा समेत देखिन नहुने किसिमको बहु पक्षीय मौनताबाट आजित हुनेहरुको आक्रोसित ठुलो समूहले जस्लाई पनि कुनै पनि किसिमले जे पनि लेखिदिन सक्ने संभाबनालाई ध्यानमा राखी सो दिन अनाबस्यक पोस्टिङ् नगरिदिनु हुन अभियानको तर्फबाट बिशेष अनुरोध यध्यपि सबै कुराको बिस्लेषण गरी अधिकाधिकलाई समेटन् सरल र सहज होस भन्ने अभिप्रायले अभियान मध्यमार्गी बाटो अबलम्बन गर्दैछ । धेरै पहिला मेरा नजिकका एकजनाले एउटा संबेदनशील बिषयमा हल्का किसिमबाट केही लेख्ने बित्तिक्कै र आफूलाई अनुसन्धानबिद एबं लेखकको रुपमा चिनाउनु हुनेले गरेको एउटा असान्दर्भिक पोस्टिङ्पस्चात देखा परेका जथाभावी आक्रोसपूर्ण गाली गलौजलाई यहाँ स्मरण गराउन चाहन्छु ।
Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on September 22, 2012
यो अभियान पनि लगानीकै बिषयबस्तु भएकोले सिडनीको कार्यक्रममा यसरी संयुक्त समिति बनाइनु सान्दर्भिक थियो । फरक के हो भने NRN को लगानीको बिषयबस्तु पूँजिगत लगानी हो भने यो अभियानको लगानी राष्ट्रियताको भावना र गतिबिधिको लागि गरिने लगानी हो । यी दुई लगानीलाई सन्तुलित रुपमा नलगी एउटालाई मात्रै प्राथमिकता दिनुको परिणाम राम्रो हुन सक्तैन त्यसमाथि बर्तमानको हाम्रो बिशेष अवस्थामा त झन यी दुइको सन्तुलनको आवश्यकता अझै बढी देखिन्छ । अत: यी दुई फरक लगानीको सन्तुलनको लागि पनि यो कदम आबस्यक थियो । पूँजिगत लगानी भन्ने बित्तिकै मुनाफासंगको प्रश्न स्वत: जोडिन्छ र देश बिकासको साथसाथै यस्ले सामान्य जीवन यापनदेखि लिएर अलिशान जीवनसंग सरोकार राख्छ । दोश्रो लगानीको मुनाफा भनेको राष्ट्रिय स्वाधिनता, पहिचान, स्वाभिमान हो । त्यसैले समय, परिस्थिति र अवस्था अनुसार पहिलो लगानीमा बिभिन्न किसिमका र स्तरका बिबाद सिर्जना हुन सक्छ भने दोश्रोमा सीधा ब्यबधान र बिरोध गर्ने काम कठीन हुने भएकोले छद्म रुपमा प्रतिष्ठित भनिनेहरु समेत आफ्ना सीमित स्वार्थका कारण बिभिन्न रुपमा ब्यबधान र बिरोध गर्न गराउन देखा पर्छन । तर पनि दुबै लागानीमा देखा पर्ने ताली र गाली सबै ताली र गालीकै रुपमा हुन्छन भन्ने छैन । स्वार्थपूर्ण ताली र गालीबाट जोगिंदै सही ताली र गालीलाई सही किसिमबाट सन्तुलन मिलाउँदै लैजान सक्नुमा नै दुबै लागानीको सफलता भर पर्दछ ।
(यस ईमेल ग्रुपमा सहभागी गराइेएका ब्यक्तिहरु: लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति र सार्क सल्लाहकारहरु, अस्ट्रेलियाका लागि अबैतनिक महाबाणिज्य दूत एबं पूर्व अबैतनिक महाबाणिज्य दूतहरु, अध्यक्ष: गैरआवासीय नेपाली संघ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति, अभियान र गैरआवासीय नेपाली संघको संयुक्त रुपमा बनाइेएको लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति, अभियानका केही देशका पदाधिकारीहरु, अभियानका अत्यन्तै शुभ चिन्तक र सहयोगीहरु । केही ठूला ग्रुप मेलका कारण धेरै ब्यक्तिका बीच पुग्ने भएकोले सकभर “Reply all” नगरिदिनु हुन सादर अनुरोध )
श्रद्धेय मान्यजन एबं मित्रहरु,
नमस्ते!
१ “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति”: गठन
बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुद्धारा इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा “कपिलबस्तु दिवस विस्व दिवस”को रुपमा मनाएपस्चात यस्लाई निरन्तरता दिन कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान)को नाममा बिस्व कार्य समिति गठन गरी बिस्वब्यापी रुपमा गतिबिधि गर्दै आएको छ । बुद्धको जन्मस्थलबारे दिग्भ्रम निस्तेज पार्ने उद्धेस्य अनुरुप गुगलमा भएको गलत जानकारी सच्याउने काम गर्नुका साथसाथै बिभिन्न राष्ट्रिय अन्तरास्ट्रिय संस्थाहरु र प्रतिष्ठित ब्यक्तिहरुद्धारा गरिएका गल्ती सच्याउन बिभिन्न माध्यमबाट प्रयास गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र नेपाल सरकारलाई अन्तरास्ट्रिय संगोस्ठी मार्फत तयार गरिएका सुझाबहरु दिने जस्ता थुप्रै काम भएका छन ।
Read the rest of this entry »
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on May 18, 2012
जय स्वाभिमान कार्यकर्ममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका केही अभियान्ताहरुसंगको कुराकानी: एकातिर बुद्ध जन्मस्थलबारे दिग्भ्रम संसारभरी ब्याप्त देखिन्छ भने आफना सीमित साधन र श्रोतका बाबजुद सो दिग्भ्रम निस्तेज पार्न आफ्नै किसिमले निरन्तर लागिरहेको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले साथ पाउने मात्रै नभएर देखिने र नदेखिने दुबै रुपमा ब्यबधान पनि सामना गर्दै आइरहेको छ । हेरौं जय स्वाभिमानको यो लिंकमा अभियानका बिभिन्न देशका प्रतिनिधिहरुको अनुभबहरु
http://www.canadanepalvideo.com/2012/04/jaya-swabhiman-april-1st-2012.html
— with Sujan Neupane and 32 others.
-
-
-
Ram Kumar Shrestha सभागीहरुमा अभियानका बिस्व सल्लाहकार डा कबितारामा श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य, बिस्व कार्य समितिका ताईवान संयोजक डा हरी कुमार श्रेष्ठ, अभियानका अस्ट्रेलिया राष्ट्रिय संयोजक निमा शेर्पा र अभियानका पर्यटन दूत निलेश अधिकारी
-
नेपाली छोरो बाँदरहरुको कामै आफू पनि केही नगरने अरुलाई पनि केही गर्न नदिने । अरुले केही गर्न लाग्यो कि भित्र भित्रै भाँडने र मोर्चाबन्दी गर्ने, अनी केही भयो भने अनेक बहाना गर्दै र नाटक रच्दै जश लिना भने अगाडि आइपुग्ने । केको लाज केको शरम? कलम उनैको हातमा, पत्र पत्रीका उनैको हातमा, पुरस्कार उनैको हातमा । के काम ती कलम, के काम ती पत्रीका, के काम ती पुरस्कार? दिनभरी पाप गरेर मन्दिर धाउने र धार्मिक कुरा गर्ने अपराधीहरु जस्ता । अबको जमानामा पनि यी अपराधीहरुको नाटक कतिन्जेल होला र?
Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Tagged: Faceboo, Facebook upshot | Leave a Comment »
Posted by Ram Kumar Shrestha on March 19, 2012
[ठूला मेडियाहरुको एक किसिमले नक्कली लुम्बिनीको सम्बन्धमा आबस्यक्तभन्दा बढी मौनताको बिषयमा बेला बखत सुनिने गरेको टिप्पणी र असन्तुस्टी अस्वाभाबिक होइन, तर चैत्र ५ को कान्तिपुरको सम्पादकीय अत्यन्तै प्रसंशनीय छ यो दृष्टिकोणले र यहाँ जानकारीको लागि पुन: प्रकाशित गरिएको छ ।]
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई सरकारले नेपाल भ्रमणको औपचारिक निम्तो पठाएको छ । बानको भ्रमण राष्ट्रसंघको नेपालसँग बृहत्तर सम्बन्ध विस्तारसँग सम्बन्धित छ र त्यही उद्देश्यअनुरूप उनी आउन लागेका हुन् । गौतम बुद्धको जन्मथलो लुम्बिनी जाने योजना उनको भ्रमणको एउटा पाटो मात्र हो । नेपालमा राष्ट्रसंघको मुख्य चासो जारी शान्ति प्रक्रियालाई लिएर रहिआएको छ, जसको जग बसाउनमा उसको महत्त्वपूर्ण संलग्नता थियो । द्वन्द्वरत माओवादी र संसदीय पार्टीहरूबीच १२ बुँदेबाट शान्ति-समझदारी भएपछि त्यसको अनुगमन र लडाकुहरूको व्यवस्थापनका निम्ति राष्ट्रसंघले राजनीतिक मिसन -अनमिन) नै पठाएको थियो । अनमिनको बहिर्गमनपछि पनि नेपाली शान्ति प्रक्रिया राष्ट्रसंघीय ँराडार’ बाहिर नरहेको हामीले बिर्सनु हुन्न । शान्ति प्रक्रिया समापनको अन्तिम चरणमा पुगेको यसबेला हुन लागेको बानको भ्रमण यस अर्थमा महत्त्वपूर्ण छ । उनको भ्रमणले शान्ति प्रक्रिया टुंग्याउन पूर्वविद्रोही माओवादीमाथि निणर्ायक दबाब सिर्जना गर्नेछ ।
महासचिव बानको भ्रमणको अर्को पाटो लुम्बिनीको विकास हो । आफैं पनि बौद्धमार्गी भएकाले हुन सक्छ, बुद्धको जन्मथलोको विकासमा उनको अभिरुचि देखिन्छ । यसअघि नेपाल आउँदा उनी लुम्बिनी जान पाएका थिएनन्, यसपालि आफैं जाने आशयको पत्र पठाएपछि सरकारले अग्रसरता देखाएको हो । नेपालमा पर्यटन आकर्षण/विस्तारका दुइटा सम्भावनामध्ये सगरमाथा हिमाल एउटा हो भने लुम्बिनी अर्को । हिमालय आरोहण र त्यस क्षेत्रको पदयात्राले खासगरी पश्चिमा मुलुकका पर्यटकहरूलाई तान्छ भने लुम्बिनी चीन, दक्षिण एसियाली मुलुकलगायत विश्वभरका बौद्धमार्गीहरूको आकर्षणको केन्द्र हो । तर त्यसलाई हामीले जुन रूपमा विकसित गर्नुपर्ने हो, न त्यो हुन सकेको छ न त अपेक्षित अन्तर्राष्ट्रिय प्रचार गर्न सकिएको छ । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on February 10, 2012

35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Tagged: Account, Account update, Movement Account | Leave a Comment »
Posted by Ram Kumar Shrestha on January 15, 2012
आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु
नमस्कार ।
विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।
यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।
त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।
धन्यवाद ।
भवदीय,
डा. हरिकुमार श्रेष्ठ
हालः काठमाडौ, नेपाल Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध, समाचार | 3 Comments »
Posted by Ram Kumar Shrestha on November 30, 2011

35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 30, 2011

35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »
Posted by Ram Kumar Shrestha on February 5, 2011
बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध, समाचार | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 10, 2010

Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध, Miscellaneous | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 2, 2010
Source: Facebook by Aramatthe Sainlo
हिजो देशबाहिरका नेपालीहरूले फेसबुकमार्फ़त भारतले बुद्धलाई भारतीय भन्ने गरेको दाबीबिरुद्ध बुद्ध नेपालमा जन्मेका हुन भनेर संसार थर्काए. तर नेपाल
भीत्रका राजनीतिकर्मी र बुद्धीजीवी साहित्यकर्मीहरुको साथ यसमा भएको देखिएन . यस्तो लाग्थ्यो यो देश भित्रका बुद्धिजिविको चासोको बिषय थिएन उनिहरुले अफना कुरा गर्दागर्दै पनि यता सामान्य सद्भाव देखाउन सक्थे तर गरेनन . किन ?
(क) भारतबाट त्रास
(ख) भारतको दलाली
(ग) दास मनोवृति
(घ) ज्ञानहीनता
(ग) अपाक ज्ञान
(घ) राष्ट्रवादिताप्रति दायित्त्वहीनता
To go to the link click here.
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Leave a Comment »