Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘लेख / रचना’ Category

के बुद्धले बुद्धत्व नेपालमै प्राप्त गरेकै हुन त?

Posted by Ram Kumar Shrestha on August 23, 2016

रामकुमार श्रेष्ठ 

Buddha rays“गौतम बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तराष्टिय सम्मेलन भएको थियो । बुद्धले भारतको बोधगयामा होइन, कपिलवस्तुमा बुद्धत्व पाएको यथेष्ट प्रमाणहरु छन् । बोधगयामा त बुद्धले घोषणा मात्र गरेका हुन् । यो ऐतिहासिक तथ्यलाई ढाकछोप गर्नु हुदैन भनी तत्कालीन सरकारले अन्तराष्टिय सम्मेलन गरेको हो ।” – दोलखाको गौरीशंकर बहुमुखि क्याम्पसमा सोमबार आयोजित एक कार्यक्रमका प्रमुख वक्ताका रुपमा पूर्व संस्कृति एवं पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिस्वब्यापी महत्व राख्ने अत्यन्तै संबेदनशिल यो कुरा बताए । हालसम्म बुद्धले ध्यान गर्ने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिने काम भारतमा भएको मान्ने गरिएको छ ।

बुद्ध सर्क्युटको प्रसंग उठन थालेको करीब आधा दशक भैसक्यो । यो प्रसंगले कुनै पनि बेला अनपेक्षित गति लिन सक्छ । बुद्ध सर्क्युटले त्यस्तो गति लिनु अगावै यदि बुद्धले बुद्धत्व नेपालमा प्राप्त गरेको भन्ने माथिको प्रसंग सही नै हो भने यस्लाई नेपाल सरकार, नेपाली बुद्धिजीवि र संचारकर्मीको संयुक्त प्रयास मार्फत निर्णयक मोड दिन ढिलाई गरिनु हुन्न । गत डिसेम्बरमा म नेपाल रहँदा चीनका पूर्व राजदूत एबं अभियानका बिस्व कार्य समितिका सल्लाहकार टंक कार्कीसंगको लामो कुराकानीको सिलसिलामा उहाँले बुद्ध सर्क्युटमा स्वयम्भूलाई छुटाउनै नहुने कुरामा जोड दिनु भएको थियो । यो अवस्थामा बुद्ध सर्क्युटमा नेपालका कम्तीमा पनि लुम्बिनी, कपिलवस्तु र स्वयंभू पर्नेछन ।

गत वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनका लागि तात्कालिन सरकारले पहिला “Buddha and Buddhism was born in Lumbini Nepal” नारा मन्त्रिपरिषदबाट पारित गरेकोमा पछि “Lumbini, Nepal; Birthplace of Lord Buddha & fountain of Buddhism” पारित गरियो । पहिलो नारा अहिलेसम्मको परिस्थितिमा बिबादास्पद र आपत्तिजनक मानिनु स्वाभाबिकै थियो । Buddha born in Nepal नाराले बिस्वब्यापी रुपमा प्राप्त गरेको लोकप्रियताकै आधारमा त्यो किसिमको नारा पारित गरिनु राम्रो होइन । यदि त्यसो होइन र बुद्धले बुद्धत्व नेपालमा नै प्राप्त गरेका हुन भने पहिला त्यो मान्यतालाई स्थापित गरिनु पर्ने हुन्छ वा कम्तीमा पनि त्यस्को लागि ठोस योजनाका साथ बिशेष प्रयासको थालनी हुनुपर्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयलाई सामान्य रुपमा लिन सकिन्न । मन्त्रिपरिषदबाट पछिल्लो पटक पारित गरिएको निर्णय निकै ओजिलो देखिन्छ पहिलोको तुलनामा । Read the rest of this entry »

Posted in बिबिध, लेख / रचना, Uncategorized | Leave a Comment »

मोदी भनाइ केही हो, न कि सबैथोक

Posted by Ram Kumar Shrestha on April 18, 2015

रामकुमार श्रेष्ठ

Ramएक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ नेपालले आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ एउटा शक्तिशाली देशको प्रधानमन्त्री भएको नाताले बारंबार बिरोधाभासपूर्ण भनाइ थोपरिदिनुको सट्टा महानबाणी बोलिदिनुस सम्माननीय मोदीज्यू, किनकि हामी चाहन्छौं हाम्रो छिमेकी देशको प्रधानमन्त्री संसारभरकै लागि सम्मानित बनोस     

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममाविश्वलाई चकित गर्ने बुद्ध जन्मेको देशभनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम प्रतिष्ठित मानिने भारतीयहरुद्धारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनीकपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपातपस्चात  सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको देखिन्छ । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनाबस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रैजुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियोभनेका कारण बिबाद आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्धजन्मस्थल दिग्भ्रम हटाउन कोर्षबुक सुधार अभियानका आधारपक्षहरु

Posted by Ram Kumar Shrestha on September 9, 2014

केदार शाक्य *

Kedar Shakyaएसिया महादेशबाट इसापुर्ब छैटौं शताव्दीमा प्रादुर्भाव भएको बुद्धिजमले २१ औं शताव्दीसम्म आइपुग्दा युरोप,अमेरिका,अष्टे«लिया हुँदै अफ्रिकी महादेशसम्म फैलने सुअवसर पाइसकेको छ । विश्वशान्ति,मैत्रीपूर्ण व्यबहार र करुणाका महान सन्देश दिने गौतम बुद्धको उपदेश संसारभरी नै फैलिएसंगै बुद्धजन्मस्थल लुम्बिनी नेपाल, राष्ट्रको गौरव र विश्वमा नेपाली स्वाभीमान अभिबृद्धि तथा पहिचानको अहम सवाल बनिरहेको छ ।

यो कुरा संसारका बिभिन्न मुलुकमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुका लागि अत्यन्त ठूलो सरोकारको बिषय बनेको छ । संसारका बिभिन्न मुलुकमा प्राथमिक तहका बालबालिकादेखि उच्चस्तरीय विश्वविद्यालयहरुको कोर्षबुकमा नै बुद्धको जन्म उत्तर भारतमा भएको कुरा पढाइँदै आएको छ । यो दिग्भ्रमलाई हटाउन,सच्याउन र सत्यतथ्य जानकारी दिन लुम्बिनी कपिलबस्तु दिवस अभियानले स्वतःस्फुर्त बिगत पाँच बर्षदेखि संसारका बिभिन्न मुलुकहरुमा निरन्तर अभियान चलाइ रहेको छ । यसको राम्रो प्रभाव परिरहेको छ । यसलाई अझै व्यापक बनाउन र कोर्षबुकमा सुधारका अभियानलाई बढी प्रभावकारी बनाउन कुन किसिमका प्रभावकारी माध्यम तथा उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा गहन छलफलगरी सुझावहरु संकलन र कार्यान्वयनका लागि प्रतिवेदनलाई सम्बन्धित निकाय र सरोकार पक्षसम्म पु–याउने हाम्रो सामुहिक प्रयास हुनुपर्छ भन्ने अभिप्रायले यहाँ केही आधारभूत पक्षहरु बुँदागत प्रस्तुत गरिएको छ ।

१.सन १९८० संस्करणको अलमेनक नामको डिस्नेरीमा र अन्य डिस्नेरीमा समेत गौतम बुद्ध उत्तर भारतमा जन्मएका भारतीय राजकुमार सिद्धार्थ क्ष्लमष्बल एचष्लअभ भनी लेखिएको छ । नेपालमा अज्ञानताबस यस्ता कुराहरु भइरहेको छ भन्न सकिन्न । यसमा कसैको निहित स्वार्थ गाँसिएको छ । यस्तो थाहा पाएपछि त्यसबेला देखि नै सार्बजनिक सञ्चार माध्यमहरुबाट सरोकार पक्षको ध्यान आकर्षित गर्नेकाम हुँदै आएको छ । तर समस्या यथावत छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्धको जन्मस्थलबारे मोदीको स्वीकारोक्तिको अर्थ

Posted by Ram Kumar Shrestha on August 14, 2014

– रामकुमार श्रेष्ठ

Profile Pictureएकासौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेत मिलेको छ । यस्ले लाखौं नेपालीको मन जित्ने मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण गरेको देखिन्छ ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो’ भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए ।

नेपालबारे अत्यन्तै साना कुराहरु समेत जानकारी राख्न सक्ने खुबी भएकाका रुपमा आफूलाई प्रमाणित गर्न सक्षम मोदीले आफूले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, वुद्ध फिल्ममा कबिर बेदीले बोलेका आदि बिषयमा भएका बिरोध र नेपालीहरुले यस बिषयमा भारतको नियतका बिरुद्ध विस्वब्यापी रुपमा दर्शाएको बिरोधबारे अनभिज्ञ छन भन्न सकिन्न । त्यसरी नै प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्धारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि महत्वपूर्ण अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेबाट भारतले सामना गर्न परेको असहज लज्जाबोधलाई पनि बुझेका छैनन भन्न सकिन्न । र, अर्को कुटनितिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले वुद्ध जन्मस्थल बिषयमा जे बोले त्यस्लाई यी सबैबाट अलग राखेर हेर्न सकिन्न । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्ध जन्मस्थानको दिग्भ्रम, राष्ट्रियता र लुक अभियान

Posted by Ram Kumar Shrestha on July 12, 2014

Hariडा. हरिकुमार श्रेष्ठ*
स्युचाटार २, काठमाडौँ

१. बुद्ध
Anton Fuhrer defined Ashokan Pillar in Lumbini as the marker where Buddha was born 200 yrs after Bhuddha's deathविश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक महामानव सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा शाक्य वंशीय पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट ६२५ इशापूर्व भएको थियो । उनी राजपरिवारका राजकुमार भएर करिब २९ वर्ष कपिलवस्तु (तिलौराकोट) मा बिताएपछिका आफ्ना सम्पूण जीवन विश्व शान्तिको लागि अग्रदूत बनेर बिताए, जुन दिनप्रतिदिन विश्वव्यापी लोकप्रिय बन्दैछ ।

गौतम बुद्धले आफ्नो जीवनमा चार तीर्थस्थलहरूलाई विशेष महत्व दिएका छन् । पहिलो तीर्थस्थल बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो, जहाँ बैशाख पूर्णिमाको दिन बुद्धको जन्म भएको थियो । त्यसै दिनलाई विश्वभरका बौद्ध अनुयायीहरूले बुद्ध जयन्तिको रूपमा मनाउँदै आएका छन् । यो वर्ष २५५८ सौँ बुद्ध जयन्ति मनाईंदैछ । उनको दोस्रो स्थानमा उनले निर्वाण प्राप्त गरेको बोधगया, भारत हो । त्यहाँ उनले बैशाख पूर्णिमाकै दिन ३५ वर्षको उमेरमा निर्वाण प्राप्त गरे । तेस्रो स्थानमा सारनाथ पर्दछ, जहाँ उनले धर्मचक्र प्रवर्तन प्राप्त गरे । चौथो स्थानमा कुशीनगर पर्दछ । त्यहाँ उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरे ।

कपिलवस्तु जिल्ला गौतम बुद्धसँग सम्बन्धित १५१ भन्दा बढी ऐतिहासिक तथा पुरातात्विक महत्वका हिसाबले एक खुला संग्रहालय र विश्व शान्तिको एक केन्द्र विन्दु पनि हो । तर आज बुद्धको जन्मस्थान लुम्बिनीप्रति विश्वभरी भ्रम फैलाई राष्ट्रिताको सवाल चर्को रूपमा अगाडि आएको छ । यसो हुनुमा नेपाल स्वयंले यो अध्यात्मक र साँस्कृतिक सम्पदाले महत्वपूर्ण धरोहरको विकासमा उपेक्षा गर्दै उदासिन हुनु हो । जुन कुरामा हजारौँ व्यक्तिले सहमति जनाइसकेका छन् । त्यसैले यस लेखमा यससम्बन्धी उठेका महत्वपूर्ण दिग्भ्रम तथा सवालहरू, लुम्बिनी-कपिलवस्तु (लुक) अभियानको भूमिका तथा समाधानका उपायहरूको बारेमा छोँटो चर्चा गर्ने जमर्को गरिएको छ ।

२. विश्वव्यापी दिग्भ्रमको सूत्रपात
बुद्धको जन्मस्थान लुम्बिनी, नेपाल बौद्ध धर्मावलम्बीहरू तथा विश्वका लाखौँ पर्यटकहरूको लागि पनि एक महत्वपूर्ण केन्द्र भए तापनि शताब्दिऔँदेखि विश्वभरी नै यसबारे दिग्भ्रम फैलाइएको छ । जुन नेपाल र नेपालीको राष्ट्रियतासँग पनि सम्बन्धित सवाल हो । तर यस प्रकारको दिग्भ्रमको सूत्रपात कसरी भयो त भन्ने बारेमा जानकारी राख्न नितान्त आवस्यक छ । यसमा खासगरेर, सन् १३१२ तिर नालन्दालगायत अन्य धेरै महत्वपूर्ण तीर्थस्थलहरूमा मुस्लिमहरूको आक्रमणले लुम्बिनीमा बौद्ध भिक्षुहरूको आवागमनमा पनि प्रत्यक्ष असर प¥यो । यसको परिणामस्वरुप बुद्धको जन्मस्थलमा इ.पू. २४५ तिर खडा गरिएको अशोकस्तम्भ पनि नेपालकै कारणले ६ सय वर्षसम्म परित्यक्त अवस्थामा रह्यो । त्यसपछि सन् १८७४ मा वेलायती नागरिक विलियम जोन्सनले ऐतिहासिक सोसाइटी स्थापना गरी बुद्धको जन्मस्थानको खोजीलाई तीब्रता दिएको पाईन्छ । त्यसपछि सन् १८६२ मा स्थापित इन्स्पेक्टोरेट अफ आर्कियोलोजी संस्थाका प्रमुख अलेकजाण्डर कनिङ्घमले बौद्ध वाङ्मयको आधारमा बुद्ध जन्मेको स्थान हिमालको काखमा अवस्थित रहेको तथ्य पत्ता लगाएको कुरा जानकारीमा आयो । उनले यसबारेमा गहिरो अध्ययन गरी विश्वजगतमा जानकारी दिन नेपालका तत्कालिन राणा प्रशासनसँग स्वीकृति लिएर अध्ययन गर्ने चाहना राखे तापनि उनीहरूबाट सो स्वीकृति पाउन नसकि उक्त कार्य सन्चालन गर्न सकेनन् र उनले आफ्नो किताब “द एन्सिएन्ट जोग्राफी अफ ईण्डिया” मा “लुम्बिनी र कपिलवस्तु हिमालयको काखमा अवस्थित छ” भनेर मात्र उल्लेख गरे । यदि त्यस समयमा सो उत्खनन् कार्य सन्चालन गरेको भए अवस्य पनि उनले सो किताबमा स्पष्ठरूपमा उल्लेख गर्ने थिए होलान् कि बुद्धको जन्मस्थान लुम्बिनी नै हो भनेर र आजको यो दिग्भ्रम रहने थिएनजस्तो लाग्दछ । त्यसपछि, पछिल्लो चरणका विभिन्न पुरातत्वविदहरूले यो स्थान उत्तरी भारत (North India) को कुनै स्थानमा हुनसक्छ भनी अड्कलबाजी लगाउँदै आएकाले त्यसै समयदेखि यो दिग्भ्रमको सूत्रपात भई विश्वव्यापी बन्दै आयो । नेपाल सरकारले पनि यस विषयवस्तुलाई खासै चासो र महत्व दिएन र यो भ्रम विश्वव्यापी रूपमा स्थापित बन्न सहज भयो । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्ध जन्मस्थलका हामी कस्तुरीहरु

Posted by Ram Kumar Shrestha on February 2, 2014

रामकुमार श्रेष्ठ

Ram

 

वुद्ध जन्मस्थल लुम्बिनीको बिकास र प्रबर्द्धनमा बिस्वस्तरीय ब्यक्ति र संस्थाहरुको अथकित निरन्तर प्रयाशका बाबजुद वुद्धकै जन्मभूमिका जिम्मेवार क्षेत्रहरुको भने निरन्तर अनपेक्षित र आस्चर्यजनक निस्कृयता, उदासिनता र हल्कापनका कारण बिंड तात्ने तर ताप्के नतात्ने बन्न पुगेको छ लुम्बिनी बिकासको प्रश्न । लुम्बिनी बिकासका लागि तयार पारिएका गुरु योजनाहरु अनुसार काम गरिने हो भने बिस्वभरका ५० करोड बुद्धिस्ट मात्रै नभएर बुद्धिज्मलाई बिज्ञानको रुपमा स्वीकार्ने र सम्मान गर्ने अन्य करोडौं पर्यटकहरुको पनि लुम्बिनी गन्तब्य सूचिको प्राथमिकतामा पर्नेछ । यसबाट सहजै आम्दानी गर्न सकिने करोडौं डलरको आम्दानी नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध त हुनेछ नै साथै यस्ले बिस्व शान्तिमा उल्लेख्य योगदान दिनेछ । तर अफसोंच अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी जस्तै विस्वस्तरीय ब्यक्ति र संस्थाहरु आफ्नै देशको बिकासमा कायापलट ल्याउन सक्ने संभावना बोकेको अन्तराष्ट्रिय महत्वको लुम्बिनीको बिकास र प्रबर्द्धनमा निरन्तर लागिरहंदा हामी भने खासै चासो र महत्व दिइ रहेका छैनौं  । त्यत्ति मात्रै नभएर लुम्बिनीको सन्दर्भमा केही हुन र कसैले केही गर्न लाग्यो कि त अनाबस्यक ब्यबधान र बिबाद सिर्जना गर्न कार्यतत्परता दर्शाउनेको पनि कमी देखिंदैन । अब पनि यदि यही प्रबृत्तिले निरन्तरता पाउने हो भने विस्वमा हिरालाई किरा ठान्ने नामर्दी नालायक नेपालीको परिचय बन्न सक्ने कुरालाई नकार्न सकिन्न । 

 

नेपालीले असाध्यै लज्जाबोध र हिनताबोध गर्नै पर्ने “यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं” जस्ता बिदेशी भनाइ यदाकदा सुन्नमा आउँछन । करीब ढाइ बर्ष अघि श्रीलंकाका राष्ट्रपतिद्धारा शुभ-कामना पठाइएको लण्डनमा आयोजना गरिएको २६०० औं सम्बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुने क्रममा बिभिन्न देशबाट आएका विशिस्ठ ब्यक्तिहरु र श्रीलन्काका कुटनितिज्ञहरु समेतको उपस्थितिमा खचाखच भरिएको ठूलो हलमा नेपाली खोज्न आँखा डुलाउँदा एक दर्जन नेपाली पनि भेटिएनन । सोही बर्ष राष्ट्र संघमा २५५५ औं बुद्ध जयन्ती राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा राष्ट्र संघको महासचिव वान की मुन प्रमुख अतिथि थिए भने नेपाली स्थायी प्रतिनिधि अतिथि बनेर गएका थिए । मेलबर्नमा सय जनाको हाराहारीको उपस्थितिमा गएको बुद्ध जयन्ती मनाइरहँदा बेन्डिगोमा भने हजारौं बिदेशीहरु जम्मा भएर धुमधामसंग बुद्ध जयन्ती मनाइरहेका थिए । राष्ट्र संघ अन्तर्गत प्रो केन्जो टांगेले तयार गर्नु भएको लुम्बिनीको गुरु योजना सात बर्षमा पुरा गरिनु पर्नेमा झन्डै चार दशक हुँदा समेत त्यो पुरा हुन नसक्तै राष्ट्र संघ मार्फत नै प्रो क्वाकले त्योभन्दा ठूलो गुरु योजना तयार गर्ने काम पुरा गरिसकेका छन । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । यी केही दृस्टन्तहरु हामी नेपालीलाई माल पाएर चाल नपाउने कस्तुरी प्रमाणित गर्न काफी छन ।  Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्ध जन्मस्थल लुम्बिनी: महान बुद्धको गरिमालाई हलुका नपारौ

Posted by Ram Kumar Shrestha on January 31, 2014

केदार शाक्य*

Kedar Shakyaबुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने ऐतिहासिक कुरामा भारतीयहरुले बखेडा मच्याएको हुदै होइन । दिग्भ्रम कहाँ छ त ? लुम्बिनी उत्तर भारतमा छ । यो दिग्भ्रम उनीहरुले फैलाएका हुन् ।

योगगुरु रामदेव नेपाल आउँदा खुल्लामंचमा “बुद्धका जन्म नेपाल मे हुवा था” भन्छन तालि खान्छन, तर हरिद्धार फर्केपछि “हमारा भारत महान  हैं जहाँ भगवान बुद्धका जन्म हुवा था” भनि पुस्तक लेख्छन ।.. फलानोले आफ्नो बाबुलाई देखाएर तिमी उसैका छोरा हौ भनि दिनु पर्ने कत्रो बिडम्बना ? फलानोले भनेको उसैको छोरा रहेछु भनेर गौरब गर्ने ?

पहिले लुम्बिनी विकास कोषको ऐन बनाउदा “लुम्बिनीको पबित्र माटोको रक्षा गर्न बान्छनीय भएकोले यो ऐनको ब्यबस्था गरिएको छ” भनि २०४७ सालमा ऐन बनाउन संसदमा पेस गरिएको थियो, पास भएको थिएन । ऐनको अन्तिम रुप तयार भइसकेको थियो । संसदमा पेस भएपछी एकजना सांसदले प्रश्न उठाएका  थिए, “यो ऐन अधुरो छ, लुम्बिनीको माटोलाई किन केका लागि सुरक्षा गर्ने ? ऐनमा प्रष्ट छैन । लुम्बिनी किन पबित्र छ ?” सांसद महोदयले यसरि प्रश्न उठाएपछि मात्र “भगवान बुद्धको पबित्र जन्मस्थल” भन्ने वाक्यांश थपिएको थियो ।

 

नेपाल रास्ट्र बैंकले निकालेको एक सय रुपियाको नोटमा “लुम्बिनी बुद्धको पबित्र जन्मस्थल” उल्लेख गरेर अशोक स्तम्भको चित्र नोटमा देखाएको छ । लुम्बिनी र बुद्धको स्पस्ट उल्लेख गरेको छ । यो नोट देखनेहरु निकै दंगदास छन् । तथापी यसमा पनि कहीं कतै कमि देखिएको छ । लुम्बिनी कहाँ छ ? उल्लेख छैन । तर्क आउन सक्छ नेपालको नोटमा लेखिएपछि लुम्बिनी पनि नेपालमा त हो नि ? यस्तो कुरा लेखेर अन्य कुनै मुलुकले पनि नोट प्रकाशन गर्न सक्छ । “लुम्बिनी भगवान बुद्धको पबित्र जन्मस्थल” यसमा “लुम्बिनी नेपाल” लेखिएको देखिदैन । नेपाल शब्द राख्न कन्जुसी किन ? Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

कस्तुरी र हामी नेपालीमा फरक के त ?

Posted by Ram Kumar Shrestha on December 15, 2013

10150271606462238

अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी र हामी नेपालीमा तात्विक फरक पाउन कठीन यस कारण छ कि हामीभित्रै भएका अथाह संभाबनाहरुलाई वास्तै नगरी टाँढाका ठूला ठूला कुरा गर्नमा मात्रै नभएर केही गर्न खोज्नेको पनि सहयात्री बन्नेभन्दा पनि बिभिन्न बहानामा भाँडन, ब्यबधान सिर्जना गर्न, प्राथमिकतामा पर्न नसकेको भन्न र देखाउन र टिका टिप्पणी गरी गर्बानुभूति गर्नमा हामी माहिर देखिन्छौं । नेपालको सबैभन्दा महत्वपूर्ण कस्तुरीको रुपमा मानिएको विस्वब्यापी मह्त्वको वुद्धको जन्मस्थल लुम्बिनीको बिकासको लागि विस्वब्यापी महत्व राख्ने ब्यक्ति र संस्थाहरु लागि पर्दा हामी नेपाली भने या त मौनता प्रदर्शन गर्छौं या त कसैले केही गर्न खोज्यो भने पनि अनेक बहानामा ब्यबधान सिर्जना गर्ने, भाँड्ने, जस लिनमा तछाड मछाड गर्ने, अनाबस्यक भ्रम सिर्जना गर्ने किसिमका काम कुरो उठाउने जस्ता काममा सामान्यदेखि लिएर राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरु समेत लागि पर्ने गर्छन् या त स्वार्थबस या त संकुचित मानसिकताका कारण र जनस्तरबाट प्राप्त हुन थालेको आदर र समर्थनलाई तिलान्जली दिन्छौं – बिगतका केही ब्यक्तिका गतिबिधिले यो प्रमाणित गरिसकेछ ।

Shrilanka

Read the rest of this entry »

Posted in बिबिध, लेख / रचना | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि

Posted by Ram Kumar Shrestha on November 29, 2013

वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको ।……अभियानको उद्धेस्य बुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने नभएर बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्नु हो

अभियानले गुगल र फेसबुकमा क्रान्ति नै ल्यायो ।

अभियान नयाँ चरणमा प्रबेश गरेको छ ।

यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक

Ram Kumar Shresthaवुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि वुद्ध जन्मिनु भएकै देशका तर्फबाट भने देखा परेको सर्बपक्षीय मौनताका कारण सीमित साधन र श्रोतका बाबजुद क्षमताले भ्याएसम्म सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म अभियानको उद्धेस्य प्राप्तीका दृष्‍टिकोणले अनपेक्षित तवरबाट उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको छ । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले बिस्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अस्ट्रेलिया, मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन,  इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्ड, नर्बे गरी अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन भएको छ । अमेरिका र केही युरोपेली देशहरुमा राष्ट्रिय समिति गठनको तयारी भैरहेको छ ।

अभियानको उद्धेस्य प्राप्तीमा प्राप्त भएका उपलब्धिहरुलाई बिस्तृत रुपमा भन्दा संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्ला ।

१. जन चेतना जगाउने: नक्काली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको खबर अनलाइन खबर पत्रिकाले प्रकाशित गर्दासम्म पनि देखिएको एक किसिमको सर्बपक्षीय मौनताको कारण नेपालीहरु त्यसबारे अनभिज्ञ हुनु स्वाभाबिकै भएकोले अभियानको शुरुका केही बर्ष तात्कालिन रुपमा देखा परेका बिभिन्न समस्या समाधानका खातिर प्रयासरत रहँदै र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले शक्तिका भरमा नाजायज तबरबाट बुद्धको नामबाट फायदा लिन गरेको त्यस किसिमको निर्माण कार्यको बिरोध गर्दै बिभिन्न किसिमबाट जन चेतना जगाउनमा नै केन्द्रित भयो । सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रयोजनका लागि साधन बने ।

२ सरकारी एबं सम्बन्धित निकायलाई झकझक्याउने: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो । ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ र अभियानका केही सदस्यहरु सहितको प्रतिनिधि मण्डलद्धारा ज्ञापन पत्र बुझाईएको थियो । नेपाल सरकारले अभियानको सुझाबलाई कार्यन्वयन नगर्दा नै  कान्तिपुर दैनिकमा ब्रिटिश म्युजियमबारेकोबुद्धबारे भ्रमसम्बन्धी समाचारमा अभियानका बिस्व संयोजकको वुद्धको जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी समस्या समाधानार्थ सरकारले कुटनितिक नियोग मार्फत काम गरिनु पर्ने भनाइ  पढेपछि  डिसेम्बर १९, २०१२ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्धसम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।  Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

विश्वकै गौरवः नेपालका बुद्ध

Posted by Ram Kumar Shrestha on November 14, 2013

-भगवती बस्नेत

Bhagabati Basnetविश्व मानचित्रमा नेपाल र नेपालीको बेग्लै महिमा स्थापित छ । खासगरेर विश्व शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मिएको कारणले संसारभरि नेपालको पहिचानमा थप वृद्धि भएको हो । त्यसैगरेर सगरमाथाले नेपालको शिर त्यसरी नै चुल्याई दिएको छ । यी गौरवशाली महिमाका कारण विश्वर रङ्गमञ्चमा नेपालको बेग्लै अस्थित्वको निर्माण भएको पाइन्छ । तर पनि हामीले हाम्रै गौतम बुद्ध हाम्रो देश नेपालमा नै जन्मिएका हुन् । सगरमाथा नेपालमा पर्छ भनेर हिड्नु परिरहेको छ । यस बिषयमा तर्क बितर्क गर्दा हामीले आफ्नै देशका राष्ट्रिय विभूति र राष्ट्रिय सम्पदा माथि आफैलाई बिश्वास नभए झैँ भान हुन् सक्छ कतिपय नेपालीहरुले किनयस्ता बिषयमा समय बर्बाद गर्न कुर्लनु भन्ने पनि गर्छन । कतिपय हामी आफैँलाई बिश्वास नभए झैँ तल्ला स्तरको अभिनयको दृश्य पनि यदाकदा देखिन्छ । तर पनि हाम्रो राष्ट्रिय सम्पति हाम्रो हो भन्न कुनै अप्ठ्यारो नमानी आ आफ्नो क्षेत्रबाट बुद्धको जन्मिएको देशको गरिमा कायम गर्न सबैले एकजुट भएर अगाडि बढ्नु पर्छ । नेपाल भन्नु एउटा सार्वभौमसत्ताका अतिरिक्त सगरमाथा र बुद्धको देश पनि हो भन्ने बुझ्नु पर्छ । जबसम्म आकाशमा चन्द्रसूर्य रहन्छन् तबसम्म यो सत्यतालाई नकार्न सकिदैन । यही कारण र देशभक्ति भावना थपिनाले पनि हाम्रो देशको स्वाभिमानमा कसैले गिद्धे दृष्टि लगाउन सक्दैनन् ।

भगवान गौतम बुद्ध शान्तिका अग्रदुत हुन् । नेपालभित्र मात्र उनको शिर्ष स्थान रहेको होइन, मुलभुत रुपमा शान्तिको हिसावले विश्वमानै उनले शिर्षस्थ स्थान ओगटेका छन्।

झन्नै २६०० वर्षअघि नेपालको लुम्बिनीमा जन्म लिई विश्वभर शान्ति, अहिंसा र प्रेमको सन्देश फैल्याउन सफल शान्तिका अग्रदूत भगवान गौतम बुद्धका उपदेशहरू आज पनि सम्पूर्ण प्राणीहरुको लागि उत्तिकै सान्दर्भिक र जीवनोपयोगी भएका छन् । विशाल योगदानका कारण बुद्ध विश्वकै साझा सम्पति भएका हुन् । उनी सर्वत्र पुजिने विश्व विभूति भएका छन् ।

आस्थाका आधारमा कसैले पनि बुद्धलाई मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा अन्य प्रश्न उठाइराख्न आवश्यक छैन । तर उनको महानता र प्रसिद्धिका कारण भगौलिक क्षेत्रका आधारमा गलत ढङ्गबाट उनलाई आफ्नो मुलुकको भनेर प्रमाणित गर्नु खोज्नु दुस्प्रयास मात्रै हो । उनका नामबाट नजायज फायदा लिनका लागि विश्व जनमानसलाई दिग्भ्रमित तुल्याउन बेलाबखत गरिने र भएका कार्य हेरेर कुनै पनि नेपालीले मौन बस्नु हुँदैन । हामी मौन बस्नुको तात्पर्यले अनावश्यक हल्ला फैलाएर आफ्नो स्वार्थसिद्ध गर्न पल्केकाहरूलाई थप प्रोत्साहन मिल्ने छ । यसका ज्वलन्त प्रमाणहरु यत्रतत्र नै देखिंदै आएका छन् । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

नेपालको गौरव : हेगमा बुद्ध

Posted by Ram Kumar Shrestha on August 18, 2013

Buddha_Heg2-दामोदरप्रसाद आचार्य

पृष्ठभूमि

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु नेपालमा रहेको तथ्यबाट विश्वका कतिपय देशका जनता बेखबर रहेको तथा कतिपय देशका पाठ्यपुस्तकहरुमा बुद्धको जन्मस्थलसम्बन्धि गलत जानकारी भएका कारण एवं सन् २००९ मा भारतको बिहार राज्य, पिपरहवामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको परिदृश्यमा कतैबाट पनि आवाज नउठेकोले “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”का विश्व संयोजक रामकुमार श्रेष्ठको भनाईमा “सर्वपक्षीय मौनता”को अवस्थामा भगवान बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु बारेमा विश्वव्यापी दिग्भ्रम र दुष्प्रचारलाई चिरेर सत्यलाई स्थापित गराउने उद्देश्यले विभिन्न देशमा छरिएर रहेका हामी नेपालीहरुद्धारा यसबारे आवाज उठाउने अभिप्रायले १ डिसेम्बर २००९ मा विभिन्न देशमा विभिन्न कार्यक्रम गरेर र सामाजिक सन्जालमा चौबिसै घण्टा विश्वभरिबाट सहभागिता जनाएर “कपिलवस्तु दिवस” मनाउने कार्य भयो ।

वास्तवमा गौतम बुद्ध लुम्बिनी, नेपालमा जन्मेका हुन भन्ने सबैभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई विश्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् डा. अलोइस अण्टोन फुहररले सार्वजनिक गरेको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरेर नै १ डिसेम्बरलाई “कपिलवस्तु दिवस” को रुपमा मनाउन सुरु गरिएको हो । अभियानको क्रियाकलापलाई संस्थागत गर्दै निरन्तरता दिनु पर्ने आवश्यकता वोध गरि इन्जिनियर रामकुमार श्रेष्ठको विश्व संयोजकत्वमा सन् २०१० को मई र सेप्टेम्बरमा दुइ पटक गरि २१ सदस्यीय “कपिलवस्तु दिवस अभियान” विश्व कार्य समिति गठन भयो । साथै देशका ३ प्रमुख राजनीतिक पार्टीहरुका प्रतिनिधि र दुई जना अन्तर्राष्ट्रिय समुदायका विशिष्ठ विदेशी समेतलाई समावेश गरी ८ जनाको सल्लाहकार समिति पनि गठन भयो । त्यसपछि विभिन्न देशहरुमा अभियानको राष्ट्रिय समितिहरु गठन कार्य अघि बढिरहेको छ र हालसम्ममा विश्वका १७ देशहरुमा अभियानको राष्ट्रिय समितिहरु गठन भइसकेका छन् ।

मुख्यत: नेदरल्याण्डको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा रहेको पीस प्यालेसमा भगवान बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने विषयको उठान कसले गर्यो, यस कार्यले कसरि सफलता पायो, कार्यक्रममा के कस्ता प्रवृत्ति उजागर भए एवं उक्त कार्यक्रमका सुखद र दुखद पक्षहरु के के थिए भन्ने विषयलाई यहाँ उल्लेख गरिएको छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्धकै देशमा बुद्धप्रतिको श्रृंखलाबद्ध बेवास्ता र अनादर?

Posted by Ram Kumar Shrestha on June 11, 2013

बौद्ध गुम्बा अथवा बौद्धमार्गीहरुमाथि संसारको कुनै पनि कुनामा हुने आक्रमण स्थानीय समस्याको रुपमा सीमित नहुने बर्तमान बिस्व सन्दर्भमा लुम्बिनीको बिकासमा झन्डै साँढे चार दशक बिभिन्न अन्तराष्ट्रिय ब्यक्ति र संस्थाहरु अथकित तवरबाट लागिपर्दा पनि बुद्धकै देशका तर्फबाट भने खासै चासो नदर्शाइनुले नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भैरहेकोमा सुर्खेतको  दु:खद घटनाले विश्वको सामू अझै नतमस्तक हुनु पर्ने अवस्था सिर्जना गरिदिएको छ । हामीले पस्किने आदर्शहरु र स्पष्टिकरणहरु मात्रै व्याबहारिक रुपमा हाम्रो नतमस्तकको औषधी बन्न नसक्ने भैसकेको छ ।

रामकुमार श्रेष्ठ

Ramराष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमण गरेपस्चात १९७० मा राष्ट्र संघमा एउटा अन्तराष्ट्रिय समिति गठन गराए र संयुक्त राष्ट्र बिकास कार्यक्रमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो १९८५ मा संपन्न गरिने लक्ष अनुरुप, तर साँढे तीन दशक बितिसक्ता पनि त्यस्ले पूर्णता नपाउँदै प्रो योङ हून क्वाकद्धारा अझ ठूलो गुरु योजना बनाउने काम संपन्न भैसकेको छ । १९८१ मा राष्ट्र संघका अर्का महासचिब कुर्त वाल्डहेइमले लुम्बिनीको भ्रमण गरे भने १९८९ मा अर्का महासचिब जाभियर पेरेज डे केलारले । १९९७ मा युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पर्यो । १९९८ मा बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “Fountain of World Peace” घोषणा गर्योा भने १९९९ मा राष्ट्र संघले प्रो क्वाकलाई “Fountain of World Peace”  अबधारणानुरुप लुम्बिनी बिकास कार्य योजना तयार गर्ने जिम्मा दियो । २००४ को बिस्व बुद्धिस्ट भेलाले लुम्बिनीलाई “बिस्व शान्ति शहर” को रुपमा घोषणा गरे । २००८ मा राष्ट्र संघका बर्तमान महासचिब बान्की मूनले लुम्बिनीको भ्रमण गरे भने २०१२ मा उन्को दोश्रो नेपाल भ्रमणको तयारीलाई बिस्व जनमानसलाई आस्चर्य चकित तुल्याउँदै केही नेपालीद्धारा नै तुहाउने काम भयो । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । त्यसरी नै बहुचर्चित एपेक र युनिडो आफ्नै किसिमले कृयाशिल छन लुम्बिनी बिकासको लागि । यसरी अन्तराष्ट्रिय स्तरका संस्थाहरु र ब्यक्तिहरु करोडौंका आस्थाका केन्द्र शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनी बिकासमा उच्च प्राथमिकताका साथ निरन्तर लागिरहँदा बुद्धकै देशका नेपाली भने अरुले गरेका सहयोग कार्यन्वयनलाई समेत प्राथमिकतामा पार्न नसक्ने, आफूले पनि केही नगर्ने र अरुले केही गर्न लाग्दा समेत उल्टो बिभिन्न बहानामा ब्यबधान र भ्रम सिर्जना गर्ने गरेर नेपालको लुम्बिनी बिकासलाई पूर्णता दिन नचाहनेहरुको सपनालाई साकार पार्ने कामले गर्दा बिस्वब्यापी महत्वका बुद्धको देशका भनेर गर्ब गर्न सकिन्छ बिदेशमा भन्ने मानसिकता कतै नतमस्तक हुनुपर्ने अवस्थामा परिणत हुने त होइन भन्ने चिन्ता देखिन थालेको छ धेरैमा आजकाल । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

काँक्रेविहार आफ्नो सही नामको खोजीमा छ

Posted by Ram Kumar Shrestha on June 8, 2013

डा. कविताराम श्रेष्ठ

dr-kavitaram-shrestha-233x300[कांक्रे बिहारको सम्बन्धमा अहिले सिर्जित अनाबस्यक बिबादबारे धेरै अनभिज्ञ छन र यस्को महत्वबारे पनि । तसर्थ यसै सन्दर्भमा लेखिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार एबं बरिस्ठ साहित्यकार डा कबिताराम श्रेष्ठको यो आलेख जानकारीको लागि प्रकाशित गरिएको छ जुना ‘के किन भनियो ?’ भन्ने उहाँको पुस्तकमा प्रकाशित छ । यस पुस्तकको लागि उहाँले ‘नेपाल कल्चर सेन्टर’ लन्डनबाट ‘इन्नोभेटिव अन्तराष्ट्रिय अवार्ड’ २००८ मा पाउनु भएको थियो – सं]

सुर्खेत आउँदा थाहा थिएन कि याहाँ विरेन्द्रनगरको किनारैमा काँक्रेविहार जस्तो ऐतिहासिक साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण जीउँदो भग्नावशेष पनि छ । जीउँदो यस कारणले कि यो भग्नावशेष जस्तो मात्र नदेखिई भग्नअवस्थाको कुनै निर्माण जस्तो मात्र देखिन्छ जसलाई सजिलै पुनद्र्धार गर्न सकिन्छ । यसमा प्रयोग भएका मुर्तिहरू तथा कलाकृतिहरूले यो निर्माण बौद्धसम्प्रदायको थियो भन्ने सम्म स्पष्ट हुन्छ । तर यो विहार थियो वा मन्दिर, स्पष्ट हुँदैन । नाम भने विहार मानेर दिइएको छ – काँक्रेविहार । तर विडम्बना यो छ कि यो के थियो ? कसले बनायो ? कहिले बनायो ? किन बनायो ? कसैलाई थाहा छैन । तीन किलोमिटरकै दुरीमा रहेको पुरातत्व विभागको क्षत्रीय संग्रहालयलाई समेत थाहा छैन । यो नाम नै नितान्त नयाँ प्रतित हुन्छ । यी सवैको विश्लेषण प्राप्त लोकोक्तिहरू इतिहास तथा ऐतिहासिक सामाग्रीहरूको आधारमा निम्नानुसार गरिन्छ ।

मलाई यसबारे पहिलोचोटि बताउने व्यक्तिबाट सुन्दा लागेको थियो – त्यहाँ कुनै मध्यकालीन दुर्ग हुनसक्थ्यो जसलाई साधरणतः कुनै पुरानो दरवारको भग्नावशेष भन्ने गरिन्छ । तर त्यहाँ पुगेपछि म त पुरै आश्चर्यचकित नै भएं । त्यस्तो दुर्ग भनिनसक्ने खण्डहर रहेन छ त्यो । कुनै एक भव्य निर्माणको लागि प्रयोग भएका कलापूर्ण ढंगमा कुँदिएका ठूलाठूला ढुंगाका ब्लकहरू (टुक्राहरू) एकै ठाउँ थुप्रिएर रहेका रहेछन् त्याहाँ । ती ब्लकहरूमा खम्बा, तोरण, गजुर, दलिन, पेटी आदिका छेउ, टुप्पा, फेद, र बीचबीचका भागहरू स्पष्टै चिनिने देखिन्छन् । बनौटको कारणले पनि यो याहाँको भाग हो भनेर चिन्न सकिने । कुनैपनि भागलाई सकेसम्म एउटै ढुंगाको प्रयोग भएको । चेप्टै हुनुपर्ने सामग्री बाहेक लम्बा चौडा हुनपर्ने सामग्रीहरूका चौडाई र उचाई ३/४ फिटका छन् भने लम्बाई पनि ३/४ फिटदेखि १२ फिटसम्मका देखिन्छन् । हरेक भाग कलात्मक तथा आकर्षक ढंगले कुँदिएका देखिन्छन् ।

Kakre Bihar
Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

बुद्ध जयन्तीमा नयाँ परंपरा थालनीको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on May 23, 2013

By रामकुमार श्रेष्ठ

ramBuddha born in Nepalबुद्ध जयन्ती (बुद्ध पूर्णिमा या वेसाक) बौद्ध धर्ममा आस्था राख्ने बिस्वभरी छरिएर रहेका ५० करोडभन्दा बढीको लागिBuddha birth place सबैभन्दा ठूलो चाड हो भने बुद्धिज्मलाई धर्मभन्दा बढी बिज्ञानको रुपमा स्वीकार्ने लाखौंको लागि पनि त्यत्तिकै महत्वपूर्ण दिन हो । बिस्वब्यापी महत्वको यस दिनको एउटा अनौठो बिशेषता हो – बुद्धको जन्म, ज्ञान प्राप्ती र महापरिनिर्वाण तिनै महत्वपूर्ण घटना यही दिन अर्थात वैशाख पूर्णिमाको दिन हुनु । नेपालको लुम्बिनीमा ५६३ ई.पू. जन्मनु भएका सिद्धार्थ गृहत्यागपश्चात सात वर्षसम्म जंगलमा भटकिएर बोधगया अबस्थित पिपलको बोटमुनि कठोर तपस्या गरेपछि अंततः वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गर्नु भयो । त्यसै बेलादेखि यस दिनलाई बुद्ध पूर्णिमाको रूपमा मानिन थालिएको हो । यही पूर्णिमाको दिन ४८३ ई. पू. मा ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो बुद्धले । श्रीलंका र केही अन्य दक्षिण-पूर्व एशियाली देशहरुमा यस दिनलाई ‘वेसाक’ उत्सवको रूपमा मनाउने गरिन्छ जुन ‘वैशाख’ शब्दको अपभ्रंश हो । संयुक्त राष्ट्र संघको क्यालेण्डरमा पनि ‘वेसाक’ शब्दलाई नै प्रयोग गरिएको छ ।

बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुद्धारा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै उन्को नामबाट नाजायज फयदा लिन बुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको अनाबस्यक दिग्भ्रमले बिस्वब्यापी रुप लिएकोले बर्षेनी या त झुक्किएर या त झुक्याइएर बुद्ध जन्मस्थल जान चाहने हजारौंको संख्यामा गलत ठाउँमा पुग्ने वा पुर्याइने गरिन्छ । यस्ले उनीहरुको मानबाधिकार हनन भैरहेको छ । यसैले उनीहरुको मानबाधिकार हनन हुनबाट जोगाउन र सत्यको प्रतिरक्षार्थ पनि बुद्ध जयन्तीमा बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई प्राथमिकतामा पारिनु पर्ने अवस्था सिर्जना हुन आएको छ असत्य सत्य जस्तो देखाइने सिर्जित अवस्थाका कारण सत्यलाई सत्यकै रुपमा स्थापित गर्न । यसैले लुम्बिनी-कपिलवस्तु दिवस अभियान (पहिला कपिलवस्तु दिवस अभियान) शुरु भएपछिका बुद्ध जयन्ती मनाउने क्रममा बिभिन्न देशमा बुद्ध नेपालमा जन्मिनु भएको सन्देश संप्रेषण कार्य प्राथमिकतामा पर्न आएको छ । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

‘विश्वले चिन्ने छ नेपाल’ कार्यक्रम समिक्षा

Posted by Ram Kumar Shrestha on April 21, 2013

भारतीय राजदूत मात्रै नभएर दोहोरो भूमिका निर्बाह गर्न खप्पिस भारतीय बरिस्ठ नेताहरुले नै पनि पेटिशनमा हस्ताक्षर गर्ने र बुद्ध नेपालमा जन्मेको भन्दैमा समस्या निमिट्यान्नै हुने होइन – आफ्नो किताबमा एकथोक लेख्ने र नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गर्ने दोहोरो भूमिका निर्बाह गर्ने स्वामी रामदेब नै हामीसंग राम्रो दोहोरो भूमिकाको प्रमाणको रुपमा छन यस्को लागि । नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु जस्ता अत्यन्तै ठूलो परियोजना निजी तवरबाट निर्माण गर्न लगाइनुको पछाडि ठूलो चलाखयाइं छ भन्ने कुरा बुझ्न गार्हो छैन र त्यस्लाई स्पस्ट रुपमा बुझिनु आबस्यक छ ।

धेरै देशमा भएको समस्यालाई बुझाउँदा समेत त्यस्लाई विश्वाश नगरी युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा पारेको कारण बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा अझै पनि धेरै नेपाली नरहेका होइनन । त्यसैले थोपा थोपा मिलेर समुद्र बन्ने भएकोले यस्ता थोपाहरु धेरै आबस्यक पर्न्र कुरामा हामी स्पस्ट हुनुपर्छ । प्राप्त उपलब्धी प्रसंशनीय छ र पनि यी कुराहरुमा ध्यान दिन सकिएको भए उपलब्धिको गुणात्मक पक्ष अझ अत्यन्तै प्रसंशनीय हुन सक्थ्यो भन्ने कुरामा सन्देह छैन ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक

Ram Kumar Shrestha‘विश्वले चिन्ने छ नेपाल’मूल नाराका साथ सञ्चारकर्मी रवि लामिछानेले विश्वकै सबैभन्दा लामो ६० घन्टे अन्तर्वार्ता कार्यक्रम समयाबधिका दृष्टिकोणले र केही हदसम्म कार्यक्रमको नारानुरुप आफ्नो उद्धेस्य पुरा गर्न सफल भएको छ । गिनिज बुक आफ द वर्ल्ड रेकर्डका लागि काठमाडौँस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट बिहिबार बिहान १०:३० बजे शुरु गरिएको उक्त टक शो शनिबार राती १०:३० बजे ६० घन्टा पुगेपछि सम्पन्न भएको हो । उक्त टक शोको शुरुवात एकीकृत माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसंगको कुराकानीबाट शुरु भएको थियो । विश्वकै लामो टक शोको उद्धेश्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउन गरिएको बताइएको थियो । विश्व रेकर्डमा यस अघि ५२ घन्टाको टक शो रहेको छ, जुन सन् २०११ मा युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यालेन्कोले संयुक्त रुपमा गरेका थिए । रवी लामिछानेले भने एक्लै ६० घन्टा लामो टक शो गरेका हुन् ।

कार्यक्रम संपन्न भैसकेपछि कार्यक्रमका बारेमा सामान्य रचनात्मक टिप्पणी गरिनु पर्ने आवश्यकता महसूस भयो यस कार्यक्रमबारे केहीद्धारा उठाइेएको जिज्ञासा अनुरुप ता कि भबिस्यमा यस किसिमका कार्यक्रम आयोजना गरिंदा परिमाणात्मकभन्दा बढी गुणात्मक उपलब्धि समेत हासिल गर्न सकियोस ।

कार्यक्रमको नाम ‘विश्वले चिन्ने छ नेपाल’र कार्यक्रमको उद्धेस्य ‘बुद्ध नेपालमा जन्मिएका हुन र सगरमाथा नेपालको हो’ भन्ने सन्देश विश्वभर फैलाउने दुबै अत्यन्तै सान्दर्भिक छन । किनकि नेपाललाई बिस्वमा परिचय दिने यी मुख्य दुई आधारहरु हुन । स्कूल पढदा सबैले सगरमाथा र बुद्धको देश भनेपछि संसारले चिन्छ भनेर पढे तापनि बिदेश गएपछि कत्तिले त नेपाल नै थाहा नपाउने र थाहा पाउनेहरु अधिकांशको मुखबाट बुद्ध भारतमा जन्मिएको कुरा सुन्न पर्दाको पीडाको परिणाम हो बिदेशमा बस्नेहरु नै नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउन लागि परेको देखिनुको कारण । Read the rest of this entry »

Posted in लेख / रचना | 3 Comments »

बिश्व शान्तिको लागि बुद्ध शिक्षा – आजको आबश्यकता

Posted by Ram Kumar Shrestha on April 17, 2013

-भिक्षु मगर (नारायण ब. आले मगर)
[बिश्व शन्तिका लागि बुद्ध शिक्षा एवम बुद्ध जन्मस्थल लुम्बिनी नेपालको प्रबर्द्धन उदेश्यका साथ ६० मुलुक भ्रमण गर्न विश्व शान्ति यात्रा लुम्बिनीबाट शुरु गरी बिभिन्न मुलुक भ्रमण गरिराख्नु भएका भिक्षु मगर (नारायण बहादुर मगर), थाइल्याण्ड, मलेशिया, सिंगापुर हुँदै हाल इण्डोनेशियामा हुनुहुन्छ । ]

‘नमो तस्स भगवतो अरहतो सम्मासम बुद्धस्य’ 

Bhikkshu MagarBuddha born in Nepalआजको यस सन्सारमा भैरहेको हत्या, हिंसा, बैमनस्यता अशान्ति भैरहेको अवस्थामा जसले बिश्व समाजलाई शान्तिमय समाजको निरन्तरता दिने संकल्प लिएको हुन्छ, हामी सबैले बैरी सोचने, बदलाको भावना लिने जस्तो भ्रष्ट स्वभाव कुलषित बिचारधारा, संकुचित भावना स्वार्थगत मनोभाव दृष्टिलाई त्यागेर स्वस्थ मानसिकताको बिकास गर्नु पर्दछ । हामी मानव प्राणीमा रहेको बैरभावले बैरभाव कहिल्यै शान्त हुदैन । अबैरभावले मात्र बैरभावलाई शान्त पार्न सकिन्छ । अनि मात्र आजको यो सन्सारमा शान्ति आउनेछ ।

“भगवान बुद्धले धम्मपद पालीमा भन्नुभएकोछ, नहि बेरेन बिरानि सम्मन्तिथ कुदाचन । अबेरेनच सम्मन्ति यस धम्मो सनन्तनो ”

 

WPT

बैरभावले बैरभाव शान्त हुन सक्दैन, मैत्रिभावले मात्र बैरभाव शान्त हुन सक्छ । यहि सनातन बाट चलिआएको धर्म हो ।

Indonesia Program

Indonesia Program

Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , , , | 2 Comments »

राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु

Posted by Ram Kumar Shrestha on March 12, 2013

By रामकुमार श्रेष्ठ 

त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ – खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ-आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ-आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउने?नेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।

सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियता भनेको देशको अस्तित्वमाथि देखा पर्ने वा देखा परेका समस्याका कारण सिर्जित चिन्ता, चिन्तन र समस्या समाधानका लागि गरिने बिभिन्न गतिबिधि हुन । यो नि:शर्त, नि:स्वार्थ र स्वत: स्फूर्त रुपमा देखा पर्नु पर्ने हो तापनि आजको स्वार्थपूर्ण समयमा बिभिन्न स्वार्थका कारण त्यसरी देखा नपर्ने मात्रै होइन कि यदाकदा बिभिन्न रुपमा बिभिन्न स्तरबाट राष्ट्रियताको बिषयमा कृयाशिलहरुका खिलाफमा बिभिन्न किसिमले ब्यबधान र भ्रम सिर्जना गर्ने, निरुत्साहित गर्ने, सहभागीहरुलाई निस्कृय र हतोत्सहित पार्ने जस्ता कामहरु समेत हुने गर्छन् । उठान गरिने बिषयबस्तु र यस्मा संलग्न ब्यक्ति र समूह अनुसार बिषयबस्तुले स्थानीय, राष्ट्रिय मात्रै नभएर क्षेत्रीय र बिस्वब्यापी रुप समेत लिन सक्छ र सामना गरिनु पर्ने समस्याले पनि । 

Photo

बिदेशी भूमिबाट राष्ट्रियता गतिबिधि: देशको माया गर्न भूगोलले छेक्दैन र यो आलेख पछिल्लो चार बर्षमा बिदेशमा बस्ने नेपालीहरुद्धारा गरिएकागतिबिधिहरुमा केन्द्रित हुनेछ । बिदेशमा बस्ने नेपालीहरुका बीच बिशेष गरी करीब चार बर्षदेखि राष्ट्रियताको बिषयमा धेरै गतिबिधि भएका देखिन्छन । भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्नकिसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा बिभिन्न देशमा कार्यक्रम आयोजना गरिए भने फेसबुक मार्फत बिशेष तयारीका साथ सोही दिन चौबिसै घण्टा बिस्वभर छरिएर रहेका नेपालीहरुले बिरोध कार्यमा सहभागी भए ।

त्यस्को लागि माइ संसार, अनलाइन खबर, नागरिक न्यूज, डिसी नेपाल, नेपाल अरब, नेपाल डायरी, नेपाल समाचार आदिले सहयोग पुर्याए । माइ संसारको ऐक्यबद्धता उल्लेखनीय थियो जस्को सकृयतामा सो दिनको लागि उपयुक्त थुप्रै सामग्री तयार भएका थिए । त्यस्को लगत्तै सार्क क्षेत्रमा देखा परेको शक्ति असन्तुलनका कारण सिर्जित समस्या समाधानलाई सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गरेर शक्ति सन्तुलनमा केही योगदान दिन सकिन्छ कि भनेर बिभिन्न देशमा छरिएर रहेका बिभिन्न देशका प्रतिनिधिहरु खोज्ने काम शुरु भएको र त्यही सन्दर्भलाई आधार बनाएर माइ संसार लगायत अन्य केही पत्रिकाहरुमा “सार्क बिस्तार प्रसंग र नेपाली परिबेश” लेख समेत प्रकाशित गरिएको थियो । सोही बेला २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबरमा प्रकाशित “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” मार्फत अत्यन्तै संबेदनशील समाचारमा भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य झन्डै असी प्रतिशत संपन्न भैसकेको र २०१२ सम्ममा संपन्न गर्ने किसिमले जोडतोडका साथ काम भैरहेको खबर प्रकाशमा आउँदासम्म पनि त्यससम्बन्धमा नेपालका कुनै पनि निकायबाट कुनै पनि किसिमका आवाज उठाएको नपाईएकोले सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जालतयारको तुलनामा यस्लाई प्राथमिकतामा पार्नु पर्ने ठहर गरी बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान) शुरु गर्न पुगे । आफ्नो बिस्वब्यापी सन्जाल बिस्तार गर्दै छोटो समयमा यस्ले गरेका धेरै प्रयासहरुका बीच केही उल्लेख्य उपलब्धीहरु पनि हासिल गरेको छ ।

बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मिएको स्थान अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भएकै कारण युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छ/न भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको बिस्वब्यापी महत्व र प्रसिद्धीका कारण त्यसबाट लालायित भएर सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा असत्यको खेती गर्दै नाजायज फायदा लिनका लागि बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यले नेपालको राष्ट्रियतालाई चुनौती दिने मात्रै नभएर दिग्भ्रमका कारण झुक्किएर र गलत नियतका कारण झुक्याएर बुद्ध जन्मस्थल जान चाहनेहरु गलत ठाउँ पुग्ने र पुर्याइने कामका कारण बर्षेनी हजारौंको मानब अधिकार हनन जस्ता जघन्य आपराधिक काम भएकोले यस्तो संबेदनशील काममा मौन बसिनु हुन्न मानबाधिकार प्रतिरक्षाको लागि पनि । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन

Posted by Ram Kumar Shrestha on December 31, 2012

स्कूल पढदाको समयमा एउटा फूटबल म्याचमा जब हामीले प्रतिपक्षमा गोल गरेका थियौं प्रतिपक्षका किपर दु:खी हुनुको सट्टा झन आँफै गोल भन्दै नाचेका थिए । यस्ता बिभिषण प्रबृतिका अस्वाभाबिक गोल बहादुरहरु बिभिन्न रुपमा बिभिन्न स्तरमा लुम्बिनीको सन्दर्भमा बारंबार देखा परिरहन्छन् र विस्वमा नेपालको पहिचानको मूलाधारको रुपमा रहेको लुम्बिनीको बिकासमा केही हुन लाग्यो कि त बिभिन्न बहानामा देखा पर्छन् ।

 बिदेशीको भनाइ र लेखाइ बेला बखतमा सुन्न र पढन पाईन्छ, यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं । योभन्दा उपहास नेपालीको लागि अरु के हुन सक्छरु र पनि आफू पनि केही नगर्ने र अरुले लुम्बिनीमा केही गर्न लाग्यो भने पनि बिभिन्न बहानामा बिभिन्न रुप र स्तरबाट ब्यबधान सिर्जना गर्न र गराउन लाग्नेहरुको अभाव हामीकहाँ छैन । एकातिर भारत लुम्बिनीको समबन्धमा नेपालमा केही नहोस भन्ने चाहन्छ भने अर्कोतिर सीमित स्वार्थ र संकुचित घेराभन्दा माथि उठन नसक्ने रोगका कारण बाँदरको उखानलाई चरितार्थ बनाउँदै बिदेशीहरुको सामू समेत आफूलाई हास्यको पात्र बनाइरहेका छौं । तत्कालमा यस्ले सीमित स्वार्थ त पुरा गर्ला, तर ईतिहासमा आफूलाई कलंकित नबनाइ रहन सक्तैन भन्ने कुराको उनीहरुलाई हेक्क नै रहँदैन । अब पनि लुम्बिनीको बिकासमा चुक्यौं भने लुम्बिनी हाम्रो भन्ने अबसरबाट नचुकिएला भन्न् सकिन्न । यसैले आपसी आन्तरिक झगडा राष्ट्रिय मुद्धामा छचल्क्याउनु बुद्धिमानी कदापी ठहर्दैन ।

रामकुमार श्रेष्ठ

विश्वव्यापी महत्वको लुम्बिनी

विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।

लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।

बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।

के गर्दैछ भारत ?

२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on November 30, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा केही समय अघि पार्टीका नेताहरु, कुटनितिक नियोग तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरु गरी करीब २,००० ब्यक्ति बीच पुग्ने गरी लेख्नु भएको ईमेलको पूर्ण अंश सान्दर्भिक भएकोले यहाँ राखिएको छ जस्लाई केही पत्रिकाहरुले समेत प्रकाशित गरेका थिए:

श्रद्धेय मान्यजन एबं मित्रहरु,

सादर नमस्ते!

नोट: केही ठूला ठूला ग्रुप मेलहरु समेत भएको कारण यो मेल करीब दुई हजार जतिको बीचमा जानेछ । लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु भएपस्चात बुद्ध जन्मस्थलबारे सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा प्राप्त उल्लेख्य उपलब्धी भएका छन । बिशेषत: तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानका तर्फबाट अभियानका केन्द्रिय सल्लाहकारहरु डा आरजु देउवा राणा, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री दीप कुमार उपाध्याय, डा कबिताराम श्रेष्ठ लगायतको टिमले बुझाएको ज्ञापनपत्रमा जोड दिइएको एउटा बुँदा बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएकोले कुटनितिक नियोग मार्फत यो समस्या समाधानको लागि नेपाल सरकारद्धारा पहल गरिनु पर्ने भन्ने थियो र गत अक्टोबर २४  को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचारमा समेत सोही कुरामा जोड दिइएको समाचार पढेपछि गत डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत महामहिम कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेख्नु भएपछि त्यहाँको सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी सच्याउने निर्णय गरेको छ र वास्तबमा अभियानको लागि यो कोषे ढुङ्गा नै हो र यस्लाई अन्य देशमा समेत निरन्तरता दिन सकिनु नै यो विस्वब्यापी समस्या समाधानको लागि सबैभन्दा प्रभाबकारी उपाय हो । यसैले सबै कुटनीतिक नियोग, बिभिन्न पार्टीका बरिस्ठ नेताहरुलाई समेत समाबेश गरिएको यो मेल छलफलभन्दा पनि बढी जानकारीको लागि लेखिएकोले “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध बरु आ-आफ्ना साथी र ग्रुपलाई “Forward” गर्नु उपयुक्त हुन सक्छ । अर्को रंगमा अण्डरलाइन गरिएकाहरु लिंकको रुपमा रहेकाले त्यहाँ क्लिक गरी सम्बन्धित समाचारमा जान सकिन्छ ।

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । अन्तराष्ट्रिय रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिशेष गरी अन्तराष्ट्रिय सामाजिक सन्जाल मार्फत इण्टरनेटबाट मनाइएको यस दिवसलाई निरन्तरता दिने अभिप्रायले २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ सदस्यीय विस्व कार्य समिति गठन गरियो । जस्मा तीन ठूला पार्टीको प्रतिनिधित्व समेत हुने गरी दुई जना बिदेशीलाई समेत समाबेश गराएर आठ सदस्यीय सल्लाहकार मण्डल पनि गठन गरियो । तेश्रो दिवस मनाउनु अघिस्पेनबेल्जियमवेलायतक्यानडान्यूजिल्याण्डताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

वुद्ध जन्मस्थल प्रसंग: कोरियामा खुलेको ढोका र यस्को निरन्तरताको अपरिहार्यता

Posted by Ram Kumar Shrestha on August 18, 2012

[लुम्बिनी-कपिलवस्तु दिवस (पहिला कपिलवस्तु दिवस) अभियान शुरु भएपस्चात बुद्ध जन्मस्थलबारे सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा प्राप्त उल्लेख्य उपलब्धी भएका छन । बिशेषत: तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानका तर्फबाट अभियानका केन्द्रिय सल्लाहकारहरु डा आरजु देउवा राणा, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री दीप कुमार उपाध्याय, डा कबिताराम श्रेष्ठ लगायतको टिमले बुझाएको ज्ञापनपत्रमा जोड दिइएको एउटा बुँदा बिभिन्न देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएकोले कुटनितिक नियोग मार्फत यो समस्या समाधानको लागि नेपाल सरकारद्धारा पहल गरिनु पर्ने भन्ने थियो र गत अक्टोबर २४  को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचारमा समेत सोही कुरामा जोड दिइएको समाचार पढेपछि गत डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत महामहिम कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्ध सम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेख्नु भएपछि त्यहाँको सरकारले त्यहाँको पाठ्य पुस्तकमा भएको बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी सच्याउने निर्णय गरेको छ र वास्तबमा अभियानको लागि यो कोषे ढुङ्गा नै हो र यस्लाई अन्य देशमा समेत निरन्तरता दिन सकिनु नै यो विस्वब्यापी समस्या समाधानको लागि सबैभन्दा प्रभाबकारी उपाय भएकोले अभियानका बिस्व संयोजकद्धारा ईमेल मार्फत सबै कुटनीतिक नियोग, बिभिन्न पार्टीका बरिस्ठ नेताहरुलाई समेत समाबेश गरी सर्कुलेट गरिएको लेख]

By रामकुमार श्रेष्ठ 

निर्माणाधिन नक्कली लुम्बिनी र कपिलबस्तु जस्तो ठूलो परियोजना नै करीब करीब संपन्न हुने अवस्थामा पुगिसक्ता समेत यस्तो संबेदनशील बिषयमा पनि बुद्धको वास्तबिक जन्मस्थल नेपालको तर्फबाट देखिएको एक किसिमको सर्ब पक्षीय मौनताका कारण बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले ईतिहासमा पहिलो पटक १ डिसेम्बर २००९ लाई “कपिलवस्तु दिवस विस्व दिवस” को रुपमा मनाए । गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई बिस्व सामू १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । अन्तराष्ट्रिय रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिशेष गरी अन्तराष्ट्रिय सामाजिक सन्जाल मार्फत इण्टरनेटबाट मनाइएको यस दिवसलाई निरन्तरता दिने अभिप्रायले २०१० को मै ११ र सेप्टेम्बर १६ गरी दुई चरणमा २१ सदस्यीय विस्व कार्य समिति गठन गरियो । जस्मा तीन ठूला पार्टीको प्रतिनिधित्व समेत हुने गरी दुई जना बिदेशीलाई समेत समाबेश गराएर आठ सदस्यीय सल्लाहकार मण्डल पनि गठन गरियो । तेश्रो दिवस मनाउनु अघि स्पेनबेल्जियमवेलायतक्यानडान्यूजिल्याण्डताईवान, डेनमार्क, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन गरिए ।

लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक गतिबिधि र संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिको निर्णयानुसार अभियानको नाम  “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” मा परिवर्तन गरिएको जानकारी नेपालमा मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु र थुप्रै राष्ट्रिय स्तरका ब्यक्तिहरुको उपस्थितिमा पूर्व प्रधानमंत्री एबं  वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्प कमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मार्फत आधिकारिक घोषणा गरिएको थियो । नामका कारण यो अभियान कपिलवस्तुकै सीमाभित्रै मात्र सीमित थिएन र कपिलवस्तुलाई पनि ब्यापक रुपमा प्रचार प्रसार गरेर बुद्धले आफ्नो जीवनको २९ बर्ष ब्यतित गर्नु भएको महत्वपूर्ण ठाउँलाई पनि यूनेस्कोको विस्व संपदा सूचिमा पार्न भूमिका निर्बाह गर्न सकिन्थ्यो कि भन्ने पनि अभियानको चाहना हो । यसरी नाम परिवर्तन गरिएपस्चात मलेशियाकम्बोडियाभियतनामजर्मन र  इजरायलमा राष्ट्रिय समिति गठन भएपछि राष्ट्रिय समितिको संख्या चौध पुगेको छ । त्यसरी नै नेपालमा पत्रकारहरुको र पर्यटकहरुको समिति गठन गर्ने र स्थानीय स्तरमा समेत समितिहरु गठन गर्ने काम भए ।

अभियानकै योगदान नभए तापनि अभियान शुरु भएपस्चात जापान सरकारको लागानी र काठमाण्डौंस्थित यूनेस्कोको संयोजकत्वमा यूनेस्कोको पुरातत्वबिद वेलायतको डुरहाम बिस्वबिद्यालयका प्राध्यापक रविन कनिङ्घामको नेतृत्वमा पाँच बर्षे सर्बेक्षण शुरु, नेपाल-चीन सांस्कृतिक सदभाब सन्धी मस्यौदा बुझाउने क्रममा नेपाल पक्षद्धारा गौतम बुद्धको जन्मस्थलको वरिपरि कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाहरुमा बुद्धिस्ट पर्यटकलाई आकर्षण गर्नको लागि बुद्धिस्ट सर्क्युट तयार गरिदिनको लागि गरिएको आग्रहमा चिनिया पक्ष सकारात्मक, मन्त्री परिषदको निर्णयनुसार पूर्व प्रधानमन्त्री प्रचन्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन र त्यसपस्चात प्रचण्डकै नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता लुम्बिनी बिकासका सन्दर्भमा सकारात्मक सुखद समाचारहरु देखा परेका छन । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

दलाई लामाका बोली र नेपाली जनमानसको प्रश्न

Posted by Ram Kumar Shrestha on July 15, 2012

गुरुमाथि प्रश्नै राख्न हुन्न भन्ने कहीँ छैन । अझ बौद्ध धर्ममा त छँदैछैन । बुद्धले गुरुहरु माथि नै वेदको प्रमाणिकतामा प्रश्न उठाएर प्रमाणिक बुद्ध धर्मको परिशिलन गरेका थिए । गुरुहरुकै अलौकिक शक्तिमाथिको अन्धविश्वासमा प्रश्न उठाएर नै लौकिक धर्मको स्थापना गरेका थिए । गुरूहरूकै हिंसापूर्ण यज्ञसंस्कृतिको विरोधमा प्रश्न उठाएर अहिंसापूर्ण धर्मको प्रतिपादन गरेका थिए । गुरुमाथि नै ब्राह्मणहरुको जन्मजात वर्चश्वमाथि प्रश्न उठाएर समावेशी धर्मको प्रतिपादन गरेका थिए । गुरुको शीक्षामा अन्धभक्त भएर अनुयायी नबन्न नै बुद्धको शिक्षा छ । त्यसैले बौद्ध चरित्र अनुरुप पनि गुरुमाथि प्रमाणका आधारमा प्रश्न राख्नु कुनै अपराध होइन, तार्किक र धर्मसम्मत नै छ । बुद्ध भन्छन् “अप्प दीपो भव” अर्थात आफै बत्ती बन । यो शीक्षा गुरुलाई मात्र होइन शिष्यलाई पनि हो । आफैमा प्राज्ञ हुनुपर्यो । त्यस प्रकाशले अन्धकारलाई नामेट गर्न पर्यो । बत्ती बनेका शिष्य प्रज्ञा जगतमा प्रश्न राख्छन् – के अँधेरोमा उज्यालोको लागि प्रश्न राख्न धर्मसम्मत छैन ? त्यस जनमानसको चाहना हो दलाई लामा स्वयंले बत्ती बनेर सही प्रकाश छर्दै यसको समाधान गर्न पर्छ ।

डा कविताराम श्रेष्ठ

दलाई लामाले बोलेका प्रशंगलाई लिएर धेरै कुराहरु मिडियामा आइरहे । उनले जे भनेपनि धर्मगुरुले भनेका हुन यसै शिरोधार्य गर्न पर्छ भनी कोही चुपचाप रहने देखिए भने कोही सही कुरा बोल्न वा चित्त नबुझेका कुरामा बोल्न पर्छ भन्ने पनि उत्तिकै देखिए । दुबै खालेका उग्र सम्बादले मिडिया निक्कै नै अप्रिय ढंगमा गरम रहन गयो ।

मिडियामार्फत थाहा भयो दलाई लामाले, “बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही बुद्धलाई नेपाली भन्छन् केहीले भारतीय तर यसबाट केही फरक पर्दैन” भनेका रहेछन् । तर यसको ठीक विपरित बुद्धको जन्मभूमी नेपालमा पर्नुले नेपाल र नेपालीलाई धार्मिक, राजनीतिक, आर्थिक र साँस्कृतिक हिसाबले धेरै फरक पर्छ भन्ने नेपालीहरू देखिए र यी मान्य धर्मगुरु अनुयायीहरुलाई चित्तै दुख्ने हिसाबमा प्रश्नका दायरामा पर्न पुगे ।

त्यहाँ गएर सुन्ने धेरैले मानेका छन्, त्यसदिन दलाई लामाले बुद्धका जन्मस्थानबारे उच्चारणै नगरेको भए पनि उनको प्रवचनमा कमी रहने थिएन । अनि बुद्ध जन्मेका त नेपाली भूमी लुम्बिनीमै हो भन्ने सत्य बोल्दा पनि त्यस प्रवचनमा कमी वा कुनै चारचाँद पनि लागिहाल्ने थिएन । तर बुद्ध भारतीय राजकुमार हुन् भन्ने भ्रम विश्वमा फैलिरहेको र भारतले त्यसैमा कुत्सित ढंगमा हावा दिइरहेको अनि नेपालीहरु भने ज्यान फालेर बुद्धजन्मस्थल लुम्बिनीको प्रतिष्ठालाई उचाल्न खोजिरहेको बेलामा धर्मगुरुले त्यो विषय नै महत्वपूर्ण होइन भन्न पुग्दा गुरूले सत्य कुरामा प्रकाश पार्न जीब्रो चपाएको मात्र होइन अझ झुठलाई नै साथ दिएको आभासमा नेपाली जनमानस झस्कन पुगे । बिचारणीय यो छ यो भनाई यस्तो सभामा भनियो जसको आयोजक लुम्बिनीको प्रतिष्ठालाई उचाल्न लागिपर्ने सक्रिय नेपालीहरु नै थिए ।

दलाई लामाका उक्तिलाई बुद्धका राष्ट्रीयता “नेपाली” वा “भारतीय” भन्ने विवाद्लाई सान्दर्भिक बनाइएको छ . तर शब्द चयन त्यस्तै भएपनि बुझिन्छ राष्ट्रीयताको कुरा यसमा पक्कै उनले उठाएका होइनन. २६०० वर्ष अघि न नेपाल थियो न भारत. उबेलाका कुरालाई आजको राजनीतिक भूगोलको दायरामा कुनै अज्ञानीले राख्छन होला तर दलाई लामाजस्ता धर्मगुरूले पक्कै राखेका होइनन । कुरा के हो र पक्कै के हो भने दलाई लामाले नेपालीहरूको ‘बुद्ध जन्मस्थल आजको दिनमा लुम्बिनी नेपालमा पर्छ’ भन्ने सत्याग्रह र भारतीयहरूको ‘बुद्धधर्मं भारतबाट सुरु भएको’ भन्दै गोलमटोलमा बुद्धलाई भारतीय बनाउने प्रयाशको सन्दर्भमा बोलेका हुन । त्यसैमा नेपाली जनमानसले बुझ्नपुग्यो कि दलाई लामा नेपालीहरुको सत्याग्रहलाई धर्म र गुरूबचनको आडमा निरुत्साहित गर्दैछन र घुमाई फिराई भारतीयहरुको कुत्सित प्रयाशलाई पक्षपोषण गर्दैछन ।

केहीले भनेका छन कि दलाई लामालको उक्तिबाट कुनैपनि नेपालीले मन दुखाउन पर्दैन किनभने उनले बुद्ध जता जन्मेपनि धार्मिक हिसाबमा कुनै फरक पर्दैन भनेका हुन लुम्बिनिलाई हेपेर भनेका होइनन । उनी लुम्बिनीलाई चार सम्बेजनीय स्थान मध्यको एक मान्छन र केही पहिले उनी लुम्बिनिमा तीर्थ समेत गर्न आएका थिए. त्यस्बखत नेपाल सरकारले चीन रिसाउछ भनी सहज यात्रा गर्न दिएका थिएनन र पनि उनी सामान्य तीर्थयात्रीसरह यहाँ आएका थिए । उनले यसलाई महत्व दिंदैन भन्ने त हुँदै होइन । तर त्यसै आधारमा उनैका बोळी केलाउदै नेपालीहरू भन्छन- त्यसैले त नेपालको महत्तालाई छायाँमा पार्दै भारतीय हितको पक्षपोषण गर्ने उनी दाऊ गर्छन । Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

‘दलाइ लामाको प्रवचन र अस्वस्थामा हतोहतः’

Posted by Ram Kumar Shrestha on July 14, 2012

हुन त दलाइ लामालाई राजनीतिक पृष्ठभूमिबाट पनि हेर्न सकिन्छ । जो निर्वासित छन्, जसलाई भारतले शरण दियो । अनि उनले यो पनि बुझेका छन्– नेपाली खुशी हुँदा के पाउँछु ? अनि भारत दुःखी हुँदा के–के गुमाउछु ? धर्म आस्था र विश्वासमा चल्छ तर राजनीति त लाभहानीबाट ज्यादा निर्देशित हुन्छ । त्यो कुरा दलाइ लामाले नबुझेका होलान् भन्न सकिन्न । त्यसैले त भनिदिए नि बुद्ध भारत वा नेपाल जहाँ जन्मेको भएपनि बुद्धमार्ग चाहिँ भारतबाटै सुरु भएको हो । तर दलाइ लामाले यो पनि बुझ्नु पर्दछ कि, यदि कसैले तिब्बतीहरुमाझ अझ उनै दलाइ लामाको अगाडि “तिब्बत चीनको स्वशासित क्षेत्र होस् वा स्वतन्त्र राष्ट्र, त्यसको कुनै अर्थ छैन, तर त्यहाँ अहिले राम्रो विकास भएको छ, जनताको उन्नती नै मुख्य कुरा हो”, भनेर भनिदियो भने के हुन्छ ? उनको प्रतिक्रिया कस्तो रहन्छ ? के उनले हामीले जस्तै धैर्य राखेर ती कुरा सुनिरहन सक्छन् ?

By: शिवजी श्रेष्ठ

गतसाता भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाइ लामाको अल्डरसटस्थित फुटबल चौरमा बुद्धको जन्मभूमिको बारेमा भएको विरोधाभाष टिप्पणी चर्तित रह्यो । गजब त त्यो टिप्पणी नेपाली नै आयोजक रहेको कार्यक्रममा भएको थियो । सो टिप्पणी जब समाचारको रुपमा बाहिर आयो, तब नेपालीहरुबीच प्रतिकृयाका तरंग नै पैदा भयो । आक्रोश र आश्चर्य मिश्रित प्रतिक्रियाको एउटा तह नै सिर्जना भयो । जब एउटा नेपाली अनलाइन पोर्टलमा छापियो, ‘बुद्ध मार्गको सुरुवात भारतबाट भएको हो कोहीकोही बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन’ ।

भारतसँग सम्बन्धित कुनै पनि नेपाली सम्पत्ति कुनै पनि नेपाली सम्पत्ति चाहे त्यो मानवीय कुरा हुन् वा जमिन, यही त्यसको कुनै अन्तर्राष्ट्रिय मूल्य छ भने त्यहा“ विवाद वा दावी गरेकै पाइन्छ । यस्तै दावीमध्ये एउटा बुद्धको जन्मस्थल पनि हो । यहीबीचमा दलाइ लामाको टिप्पणी आएको छ । जसै तेन्जिङ्ग नोर्गे शेर्पाले एडमण्ड हिलारीसँगै सगरमाथाको सन् १९५३ मे २९ मा सर्वप्रथम सफल आरोहण गरें, तब यसरी नै विवाद सिर्जना गरिएको थियो–तेन्जिङ्ग भारतीय कि नेपाली ? भनेर । प्रथम सगरमाथा सफल आरोहणका टोली नेता सर जोन हन्ट (बेलायती)सँग तेन्जिङ्ग शेर्पाको मनोमालिन्य देखिएको थियो । तब बेलायत भ्रमणमा रहेका जान अस्वीकार गरी भारतमा रहेका तेन्जिङ्गलाई तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले सम्झाएको प्रसंगमा भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेर जबराले तत्कालीन नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई एक पत्र लेखेका छन् । विजयले मातृकालाई सन् १९५३ जुलाई ३मा दिल्ली दुतावासबाट लेखेको पत्रमा नेहरुले तेन्जिङ्गको राष्ट्रियताको बारेमा किन विवाद निकालेको भन्ने सवालको जवाफ दिँदै विजयशमशेरले उल्लेख गरेका छन्, ‘तेन्जिङ्गको नागरिकताको सवाल हामीले हैन कि हिन्दूस्तान पत्रिकाहरुले जोडतोडले उठाएको हु“दा त्यसको जवाफमा दिएको बताउँदा तेन्जिङ्ग नेपालमा जन्मी त्यही हुर्किई बढी आफ्नो जीविकाको लागि भारतमा आई बसेको हो, उहाँकी आमा नेपालमा अझै जीवितै छ, परिवार छ, उहाँले नेपाली नागरिकता त्याग्नु भएको छैन, भन्दा तेन्जिङ्गतिर पर्किएर नेहरुले सोधेको प्रसंग छ, कहिए ये सब क्या हैं ? जवाफमा तेन्जिङ्ग भन्छन्, ‘मै तो कुछ नहि जनता हुँ साहेब, मे तो नेपालका भी हुँ, हिन्दुस्तानीका भी हुँ’ तब नेहरुले भनेका रहेछन्, तेन्जिङ्ग नेपाली भएपनि हिन्दुस्तानी भएपनि यसमा हामीले किन वादविवाद गर्ने ? यो त प्रकृतिमा नै मानवजातिकै विजय सम्झिनुपर्छ’ । यहा“ नेर आएर दलाइ लामा र नेहरुको भाव मिल्न गएको देखिन्छ । तर नेहरु भारतको स्वार्थमा बोलेको कुराको अर्थ बुझ्न सकिन्छ, तर तिब्बती धर्मगुरु दलाइ लामाको बुद्ध जन्मस्थलको अर्थ भने बुझ्न नसकिने छ ।

केही वर्ष अगाडि लन्डनस्थित ‘म्याडम तुसाड’ अवलोकन भ्रमणमा जाँदा उनै दलाइ लामाको मैनको मूर्तिमा राखिएको लिवारीमा बुद्धका अनुयायी भनेर बुद्धलाई कोष्ठभित्र (भारत) लेखिएको देख्दा मन चसक्क भएको थियो । त्यही कुरा एउटा प्रसंगमा बेलायतका लागि वर्तमान नेपाली राजदूतलाई सुनाउँदा उहा“को तत्कालै म्याडम तुसाडसँग लेखापढी गर्ने भनी चासो प्रकट गर्नुभएको थियो । तर तिनै बुद्धका अनुयायी भनी परिचय दिइएका धर्मगुरुको अहिलेको कुराले अब भने कुनै आश्चर्य बाँकी राखेन । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

किन टुङ्गिदैन बुद्ध जन्मस्थल विवाद ?

Posted by Ram Kumar Shrestha on July 5, 2012

 नेपालको एक अनलाइन पोर्टलमा दलाई लामाले दिएको वक्तव्यका बारेमा एउटा खबर छापिएपछि हजारौं नेपालीले रिसको आगो पोखे दलाई लामाप्रति । यति धेरैका संख्यामा प्रतिक्रिया देखेर साँच्चै मलाई लाग्यो, देशप्रेम र देशको अस्तित्वका लागि उर्लेको जमात हो त्यो । हुन त कतिपयले समाचार सायद राम्रोसँग नपढी जथाभावी लेखेका पनि हुन् तर समग्रमा प्रतिक्रियाहरु बुद्ध नेपाली हुन् भन्ने भावनाले ओतप्रोत देखिन्थ्यो । दलाई लामाले सीधा शब्दमा बुद्ध भारतमा जन्मिएका हुन् भनेका थिएनन् । उनले भनेका थिए स्पष्ट शब्दमा, ‘बुद्धमार्गको सुरुवात भारतबाट भएको हो । कोहीकोही नेपालीले बुद्धलाई नेपाली भन्छन्, केहीले भारतीय । तर यसबाट केही फरक पर्दैन ।’ तर भारतमा अर्को लुम्बिनी बनेको र कैयौँ ठाउँमा भारतीयहरुले बुद्ध भारतीय हुन् भन्ने दाबी गर्दछन् भन्ने चर्को चर्चा चलेकै बेला दलाई लामाले त्यस्ता कुरा कोट्याउँदा हजारौंको संख्यामा उपस्थित नेपालीहरुमध्ये केही त्यति नै बेला तातिएका थिए । दलाई लामाप्रति तीतो प्रतिक्रिया दिए केहीले । 

संगीता मरहट्ठा

दिनभरको थकानपछि सोफामा थचक्क बसेर टेलिभिजन हेर्दै थिएँ, म । रिमोट कन्ट्रोल यता र उता घुमाउँदाघुमाउँदै एउटा च्यानलमा गएर अड्किएँ । बलिउडका चर्चित अभिनेता शाहरुख खानको ‘स्वदेश’ भन्ने सिनेमा भर्खर सुरु भएको रहेछ । केही वर्ष पहिले निकै चलेको त्यो सिनेमा त्यसरी बजिरहेको देखेर मैले आज हेर्नैपर्‍यो भन्ने सोचेँ । अमेरिकामा राम्रो जागिर खाएर प्रशस्त पैसा कमाएका शाहरुख खान केही समयका लागि गाउँ आएका हुन्छन् । आफूलाई सानैदेखि हेरचाह गरेकी धाईआमालाई समेत अमेरिका नै लगेर गाउँलाई बाईबाई गर्न कस्सिएका शाहरुखलाई एउटा गाउँमा एक जना गरिबको घरमा पैसा उठाउन पठाइएपछि त्यहाँको दृश्यले मर्माहत बनाउँछ । म पनि अति नै भावुक भएँ त्यो दृष्य देखेर । अनायाशै बर्रबरी आँशु झरे मेरा आँखाबाट । एउटा सानो झुप्रोमा बसेका एक अति गरिब किसान, नाङ्गो आङ, स-साना लालाबाला, च्यात्तिएका लुगा लगाएका ।

सुख्खा रोटी खानै लागेका केटाकेटीको गाँस काटेर ती किसानले शाहरुखलाई रातिको खाना खुवाउँछन् । खडेरी परेछ यो वर्ष, बाँच्ने एउटै मात्र आधार खेती किसानी नभएपछि खाने के, बालबच्चालाई पाल्ने कसरी ? ती किसान आँखाभरि आँशु जमाएर असहृय वेदना ओकल्छन् । धनी भएका भए, दुनियाँ उनको पछि लाग्ने थियो होला तर ती एकजना गरीब किसानका बारेमा पीर लिने कोही हुन त परै जाओस्, उनी धर्तीमा जिउँदै हुन् वा नहुन् भन्ने कुराले कसलाई के नै प्रभाव पार्ने थियो र ? देशप्रेमको कडा सन्देश बोकेको त्यो सिनेमाले मन नै गह्रौँ बनायो मेरो । आफ्नो देश नेपाल अनि त्यहाँका यस्ता लाखौँ गरिबहरुको अनुहार र हुनेखानेले उनीहरुलाई कतिसम्म बेवास्ता गर्छन् भन्ने सम्भिmँदा मन झन् अमिलो भएर आयो ।

प्रसङ्ग गरिब र गरिबीको छ, नेपाल त्यसको पर्यायवाची जस्तो । प्रसङ्ग स्वदेशको छ, देशको पहिचान, अस्तित्व र गरीबै भए पनि त्यसप्रतिको मायाको छ । हो, आज म कुरो गर्दैछु संसारका सबैभन्दा गरीबमध्येको एक देश नेपालको । मानौँ, एकसरो कछाड लगाएका तर धनबिना पनि आत्मसम्मानले बाँच्न चाहने सिनेमाका ती निरिह गरीब किसान एकछिनका लागि हाम्रो देश नेपाल हुन् । उनीप्रति धनीहरुले गरेको व्यवहार हाम्रो देश नेपालप्रति अन्य देशका नागरिक, नेता वा अझ सञ्चार माध्यमहरुले गर्ने व्यवहार ।  Read the rest of this entry »

Posted in लेख / रचना | 1 Comment »

शान्तिका अग्रदूत गौतम बुद्ध

Posted by Ram Kumar Shrestha on May 26, 2012

– केदार शाक्य

सिद्धार्थ गौतम बुद्धले प्राचीन कपिलवस्तु राजदरवारबाट महाभिनिष्क्रमण गरी सम्पूर्ण राज्यसुखभोग त्याग गरेपछि पनि उनलाई आफ्नो मातृभूमिप्रति माया र श्रद्धा थियो । यो कुरा बुद्धकालीन ऐतिहासिक घटना प्रसङ्गहरूबाट पुष्टि भएको छ ।

प्राचीन कपिलवस्तु शाक्यगणतन्त्र समुन्नत थियो । आफ्नो जातीयताप्रति उत्तिकै गौरवशाली थिए । कोसल नरेश प्रसेनजीत पनि निकै प्रभावित थिए । उनी बुद्धका शाक्यवंशीय राजपरिवारसित वैवाहिक सम्बन्ध गाँस्न चाहन्थे । प्रसेनजीतले आफ्ना लागि शाक्यकुलकी कन्या माग्न पठाए । शाक्यगणतन्त्रका राजपरिवारमा निकै तहल्का मच्चियो । कपिलवस्तुका शाक्यवंशीय राजपरिवारले जातीय स्वाभिमानले गर्दा आफ्ना सजातीय छोरी दिन चाहेनन् । अन्ततः सन्थागारमा एउटा ऐतिहासिक निर्णय गरियो । महानाम शाक्यका नागमुण्डा नामकी दासी पत्नीबाट जन्मिएकी पुत्री वासवखत्तियालाई विवाह गरी पठाउने तय भयो । यो निर्णय पछिगएर कपिलवस्तुका शाक्यवंशकै महाबिनासको कारण बन्यो ।

राजा प्रसेनजीत र वासभखत्तियाको कोखबाट जन्मिएका छोरा बिडुडभले एक दिन मामाघर कपिलवस्तु राजदरवार आउँदा आफू दासीपुत्रीको सन्तान भएको रहस्य उनका अंगरक्षकले अर्की दासीबाट थाहा पाए । आफूलाई भान्सामा अलग राखेर खुवाएको र आफू बसेको पिरूका दूधले धोएको थाहा पाएपछि त्यहीबेला बिडुडभले आफ्नो घोर अपमान भएको महसुस गरी आफू राजा भएपछि कपिलवस्तुका शाक्यहरूको रगतले भान्साको पिरूका पखाल्ने प्रण गरेका थिए

उता कोसल राज्यका महाकोसल राजाले आफ्नी छोरी कोसलदेवीलाई अङ्ग-मगधका राजा विम्बिसारलाई विवाह गरिदिंँदा छोरीका लागि काशी भन्ने गाउँ दाइजो दिएका थिए । जब अजातशत्रु राजाले आफ्ना पिता बिम्बिसारलाई निर्मम हत्या गरे तब शोकले कोसलदेवीको पनि मृत्यु भयो । अजातशत्रुले आफ्ना पिता विम्बिसारलाई मारेको शोकमा डुबेर मेरी बहिनी कोसलदेवी पनि मरिन् । यस्ता पितृ घातक चोरलाई दाइजोमा दिएको काशी गाउँ पनि दिने छैन भनी दुई राज्यबीच युद्ध हुँदा प्रसेनजीत कोसल राजा आफ्ना भाञ्जा अजातशत्रुबाट तीन पटकसम्म पराजित हुनुपरेको थियो । प्रसेनजीत कोसल राजा युवा राजा अजातशत्रुसित बारबार पराजित भएपछि खानपान छाडेर शोक मनाउँदै बसेका बेला बुद्धले ः “विजयले वैरभाव उत्पन्न गराउँछ । पराजित पुरुष दुःखपूर्वक सुत्छ । शान्त पुरुष जय र पराजयलाई त्यागेर सुखपूर्वक सुत्छ” भन्ने धम्मपद गाथा भिक्षुहरूलाई सुनाउनु भएको थियो ।

पछि प्रसेनजीत राजाले अजातशत्रुलाई हराउन जेतवन विहारमा आफ्ना चरपुरुषहरू पठाइ भिक्षुहरूको मन्त्रणा सुनेर सोही अनुसार युद्धकौशल देखाई अजातशत्रुलाई बन्दी बनाएर ल्याएका थिए । प्रसेनजीत राजाले उनलाई सम्झाईबुझाई ठीक ठाउँमा ल्याएर छोरी वजिर राजकुमारी विवाह गरिदिए । काशी गाउँ फेरि छोरीलाई दाइजोमा दिए । त्यसपछि यी दुई राज्यबीच सुमधुर सम्बन्ध कायम भयो ।

यस्तो अवस्थामा जब दीर्घकारायणले धोका दिई बिडुडभ राजकुमारलाई सिंहासनमा राखेपछि प्रसेनजीत कोसल नरेश साह्रै दुःखी भए । अजातशत्रुलाई साथमा लिएर फेरि आफ्नो राज्य फर्काउने सोचेर राजगृहतिर लागेका प्रसेनजीत बास बसेकै ठाउँमा मरे । अजातशत्रुले यो कुरा थाहा पाएर बिडुडभमाथि हमला गर्ने सोच बनाएका थिए तर अमात्यहरूले तपाईंका मित्र प्रसेनजीत राजा नै नभएपछि युद्ध गर्नुृ उचित छैन भनी सम्झाए । बरू तपाईंको कृपाले बिडुडभ पनि छत्र धारण गर्न योग्य छन् भनेपछि अजातशत्रु शान्त भएका थिए । यिनै अजातशत्रुले देवदत्तको कुमन्त्रणाले आफ्ना पिता बिम्बिसार राजाको हत्या गरी ३२ वर्षसम्म राज्य गरेका थिए । पछि यिनी बुद्धको शरणमा गए । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक जर्मन पत्रिका फेला

Posted by Ram Kumar Shrestha on May 19, 2012

by Nabin Panth Nepali

करबि एक महिनाअघिको प्रसंग हो। मध्यरातमा एकोहोरो ढंगबाट मेरो मोबाइलमा घन्टी बज्यो। त्यसले निद्रा मात्रै बिथोलेन, कसलाई के आपत् परेछ भनेर म भयभीत पनि भएँ। फोन उठाएपछि थाहा भयो, जर्मन मित्र राइनर रहेछन्। उनले अत्यन्तै उत्साहित तर हतारिएको स्वरमा आफूले मूल्य बढाबढमार्फत सामान किन्ने अनलाइन साइट ‘इबे’मा गौतम बुद्धको जन्मस्थल नेपाल हो भनेर लेखिएको सन् १८९७ अर्थात् १ सय १४ वर्षअघि नै प्रकाशित एक पत्रिका फेला पारेको जानकारी गराए।

अप्रत्यासित रूपमा जुरेको यो संयोग मेरा निम्ति कम्ती रोचक थिएन। बुद्धको जन्मस्थलबारे अझै पनि भारतीयहरू भ्रमको खेती गर्छन्। त्यस्ता खेती गर्नेका विरुद्ध यो एउटा बलियो प्रमाण मात्रै थिएन, बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुरामा एक सय वर्षभन्दा पहिलेदेखि जर्मनहरूसमेत जानकार थिए भन्ने तथ्यको उद्घाटन पनि थियो। अर्धनिद्रामै मैले ती मित्रलाई भने, “जति पैसा परे पनि त्यो पत्रिका किनेर मलाई तुरुन्त पठाइदिनू।”  Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

 
%d bloggers like this: