Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘नेपाली’ Category

लुम्बिनी नजिकै बौद्धकालीन अवशेष फेला (फोटोफिचरसहित)

Posted by Ram Kumar Shrestha on September 1, 2014

अमहवामा बौद्धकालिन नगर हुन सक्ने सम्भावना

भैरहवा, भदौ १४– रुपन्देहीको आमा गाविस वडा नं. ४ अमहवामा बौद्धकालिन नगर हुन सक्ने सम्भावना बढेको छ । उक्त क्षेत्रमा बौद्धकालीन अवशेष फेला परेको हुदा सो सम्भावनामा बल पुगेको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको अमहवामा रहेको दानव नदीको छेउछाउमा पुरिएको अवश्थामा रहेको पिल्लर जस्तो प्राचिन अवशेष भदौSAM_0935१ गते आएको बाढीले नदी किनारमा उतारेपछि उक्त सम्भावना देखिएको हो । नदीभन्दाकरिब २० फिट बाहिर दखिएको सो बस्तु प्राचीन कालको ईनार अथवा कुनै किल्लाको अवशेष हुन सक्ने स्थानियहरुले अनुमान लगाएका छन । तल गोलो र माथी करिब २–३ फिट वर्गाकारमा देखिएको सो बस्तु कुनै सम्पन्न नगरको गुम्बज पनि हुन सक्ने स्थानियहरुको अनुमान छ ।prachin abasesh rupendehi (1) Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी र बुद्ध बिषयक दुई अन्तराष्ट्रिय कार्यक्रम आयोजना गरिने

Posted by Ram Kumar Shrestha on August 17, 2014

LKDM Logoवुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्न लागिपरेको लुम्बिनी-कपिलवस्तु दिवस अभियान आगामी डिसेम्बर १ मा छैटौ बर्षमा प्रबेश गर्दै गर्दा आफ्नो छैटौ बार्षिकोत्सबको अबसरमा लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित भएर दुई अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी वुद्ध जयन्तीको अबसर पारेर बेल्जियममा बिभिन्न बिदेशीहरुलाई समेत सहभागी गराएर वुद्ध र वुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रित भएर बिभिन्न बिषयमा कार्यपत्र पेश गरिने किसिमले अन्तराष्ट्रिय संगोस्ठी आयोजना गरिनेछ । यस्को लागि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को मूल संयोजकत्वमा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा डा कृष्ण अर्याल (नर्बे), प्रो डा कृष्ण पन्थी (नर्बे), प्रो डा मिरोज शाक्य (अमेरिका), डा हरी कुमार श्रेष्ठ (नेपाल), डा मधु कृष्ण श्रेष्ठ (रसिया), ई शंकर गौतम (स्विडेन), दामोदर प्रशाद आचार्य (बेल्जियम) र निलेश अधिकारी (नेपाल ) रहनु भएको छ । मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ ।

अभियानको छैठौं बार्षिकोत्सब मनाउने क्रममा आगामी डिसेम्बरमा बुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउन डा मधु कृष्ण श्रेष्ठ (रसिया) (साहित्यिक नाम मधु माधुर्य) को मूल संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा समदर्शी काइंला (युनाइटेड अरब एमिरेट्स), उमा सुवेदी (नेपाल), कमला प्रसाई (अमेरिका), भगवती बस्नेत (इजरायल), सानु घिमिरे (अस्ट्रेलिया), सुरेन्द्र लिम्बू परदेशी (भारत), बिमल गिरी (बेल्जियम), बिकल आचार्य (वेलायत), हरि कृष्ण लभली श्रेष्ठ (नेपाल), बिनोद अधिकारी (कुवेत), डा लेखनाथ काफ्ले (ताइवान) र डा हरि कुमार श्रेष्ठ (नेपाल) हुनुहुन्छ । यो मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

लुम्बिनी र बुद्ध बिषयक दुई अन्तराष्ट्रिय कार्यक्रम आयोजना गरिने

Posted by Ram Kumar Shrestha on August 17, 2014

LKDM Logoवुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्न लागिपरेको लुम्बिनी-कपिलवस्तु दिवस अभियान आगामी डिसेम्बर १ मा छैटौ बर्षमा प्रबेश गर्दै गर्दा आफ्नो छैटौ बार्षिकोत्सबको अबसरमा लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित भएर दुई अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी वुद्ध जयन्तीको अबसर पारेर बेल्जियममा बिभिन्न बिदेशीहरुलाई समेत सहभागी गराएर वुद्ध र वुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रित भएर बिभिन्न बिषयमा कार्यपत्र पेश गरिने किसिमले अन्तराष्ट्रिय संगोस्ठी आयोजना गरिनेछ । यस्को लागि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को मूल संयोजकत्वमा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा डा कृष्ण अर्याल (नर्बे), प्रो डा कृष्ण पन्थी (नर्बे), प्रो डा मिरोज शाक्य (अमेरिका), डा हरी कुमार श्रेष्ठ (नेपाल), डा मधु कृष्ण श्रेष्ठ (रसिया), ई शंकर गौतम (स्विडेन), दामोदर प्रशाद आचार्य (बेल्जियम) र निलेश अधिकारी (नेपाल ) रहनु भएको छ । मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ । 
 

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

तेरियाले नेपाललाई बुद्धको देशको रुपमा संसारभरी चिनाउने प्रतिबद्धता जाहेर

Posted by Ram Kumar Shrestha on August 14, 2014

नेपालकी छोरी, हिमालकी छोरी, मिथुन चक्रबर्तीका अनुसार नेपालकी रानी जस्ता अनेक नामले चिनिने लुम्बिनी-कपिलवस्तु दिवस अभियानका लुम्बिनी वालिका शान्तिदूत तेरिया फौजा मगरले बुद्ध जन्मनु भएको देश नेपाल नै हो भन्ने सन्देश संसारभरी फैलाउने प्रतिबद्धता जाहेर गरिन सिडनीको तेरिया साँझमा आफ्नो बेजोड प्रस्तुति गर्ने क्रममा ।

करीब एक हप्तामा एक लाखभन्दा बढी हेरिएको भिडिओ  Read the rest of this entry »

Posted in समाचार, Visual | Leave a Comment »

बुद्धको जन्मस्थलबारे मोदीको स्वीकारोक्तिको अर्थ

Posted by Ram Kumar Shrestha on August 14, 2014

– रामकुमार श्रेष्ठ

Profile Pictureएकासौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेत मिलेको छ । यस्ले लाखौं नेपालीको मन जित्ने मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण गरेको देखिन्छ ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो’ भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए ।

नेपालबारे अत्यन्तै साना कुराहरु समेत जानकारी राख्न सक्ने खुबी भएकाका रुपमा आफूलाई प्रमाणित गर्न सक्षम मोदीले आफूले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, वुद्ध फिल्ममा कबिर बेदीले बोलेका आदि बिषयमा भएका बिरोध र नेपालीहरुले यस बिषयमा भारतको नियतका बिरुद्ध विस्वब्यापी रुपमा दर्शाएको बिरोधबारे अनभिज्ञ छन भन्न सकिन्न । त्यसरी नै प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्धारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि महत्वपूर्ण अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेबाट भारतले सामना गर्न परेको असहज लज्जाबोधलाई पनि बुझेका छैनन भन्न सकिन्न । र, अर्को कुटनितिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले वुद्ध जन्मस्थल बिषयमा जे बोले त्यस्लाई यी सबैबाट अलग राखेर हेर्न सकिन्न । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

वुद्ध जन्मस्थानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक स्वीकारोक्ति

Posted by Ram Kumar Shrestha on August 7, 2014

प्रेस बिज्ञप्ति

अब अभियानको कुनै औचित्य नभएको कुरा उठाउनेले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमा मात्रै सीमित नभएर थुप्रै देशको पाठ्य पुस्तकमा नै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको कारण अभियानले यो समस्यालाई समस्याको जरोको रुपमा लिएको छ । मोदीको यो स्वीकारोक्तिले अभियानको कार्यमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न जस्ले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व भनेको कोरिया र स्वीडेनकै कामको निरन्तरताको रुपमा विभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउनेतर्फ मात्रै केन्द्रित हुनुपर्ने हुन्छ  ।

बिषय: वुद्ध जन्मस्थानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक स्वीकारोक्ति

modi_samsadd copyनेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने संकेत मिलेको छ । यसबाट लाखौं नेपालीको मन जित्ने काम मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई उन्को यो कदमको लागि अभियान धन्यवाद ज्ञापन गर्दछ ।

राष्ट्र संघका ५ जना महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेता प्रजातन्त्रबादी नेतृ आङ सान सुकीले भ्रमण गरिसक्नु भएको बुद्ध जन्मस्थल लुम्बिनीको विकास गर्ने अभिप्रायले दुई गुरू योजनाहरू  राष्ट्र संघमार्फत नै तयार पारिएको यहाँ स्मरणीय छ । प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्धारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेको छ । कोरिया र स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारे भएको गलत जानकारी सच्याउने काम भैसकेका छन । गुगलले बुद्ध जन्मथलोबारे भएको गल्ती सच्यायो भने ब्रिटिश म्युजियमले सच्याउने निर्णय गर्यो । बुद्ध भारतमा जन्मेको भनेकोमा सम्बद्ध भारतीय पक्षहरुद्धारा क्षमा याचना गर्ने गरेका छन । यस्तो परिवेशमा भारतीय प्रधानमन्त्री मोदीको यो स्वीकारोक्तिको विशेष महत्व हुनु स्वाभाविकै हो । Read the rest of this entry »

Posted in बिबिध, समाचार | Leave a Comment »

अभियानका लुम्बिनी वालिका शान्तिदूत तेरियाले सिडनीबासीको मन जितिन (भिडिओ)

Posted by Ram Kumar Shrestha on August 6, 2014

IMG_0097 copyसिडनीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिडनीबासीको मन जित्न सफल भएकी छिन । आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहनु भएका नेपालीहरुले आफूलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधी हात पार्न देखाउनु भएको माया र सहयोगको लागि धन्यवाद दिन पनि आएको भन्दै आफू सबैको छोरी भएकीले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने बताइन । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्तिदूत” समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्छ भनेर दर्शकको ठुलो समर्थन प्राप्त गरिन । स्मरण रहोस १५ आषाढमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , | 2 Comments »

डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया मगर सिडनी आउँदै

Posted by Ram Kumar Shrestha on July 15, 2014

Teriya sajhडिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्ति दूत” तेरिया फौजा मगर आगामी अगस्ट ३ तारिखका दिन सिडनीमा आयोजना गरिने तेरिया साँझ कार्यक्रममा आफ्नो जादुमय न्रित्य प्रदर्शन गर्न आउँदैछिन । यस्का लागि जी टिभिसंग कनेक्ट नेपाल अस्ट्रेलियाले गर्नु पर्ने संपूर्ण प्रकृया पुरा गरिसकेको छ ।

१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी हुन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उप-प्रधानमन्त्री प्रकाशमान सिंहज्यूले अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी हस्तान्तरण गर्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

बुद्ध जन्मस्थानको दिग्भ्रम, राष्ट्रियता र लुक अभियान

Posted by Ram Kumar Shrestha on July 12, 2014

Hariडा. हरिकुमार श्रेष्ठ*
स्युचाटार २, काठमाडौँ

१. बुद्ध
Anton Fuhrer defined Ashokan Pillar in Lumbini as the marker where Buddha was born 200 yrs after Bhuddha's deathविश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मका प्रवर्तक महामानव सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा शाक्य वंशीय पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट ६२५ इशापूर्व भएको थियो । उनी राजपरिवारका राजकुमार भएर करिब २९ वर्ष कपिलवस्तु (तिलौराकोट) मा बिताएपछिका आफ्ना सम्पूण जीवन विश्व शान्तिको लागि अग्रदूत बनेर बिताए, जुन दिनप्रतिदिन विश्वव्यापी लोकप्रिय बन्दैछ ।

गौतम बुद्धले आफ्नो जीवनमा चार तीर्थस्थलहरूलाई विशेष महत्व दिएका छन् । पहिलो तीर्थस्थल बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो, जहाँ बैशाख पूर्णिमाको दिन बुद्धको जन्म भएको थियो । त्यसै दिनलाई विश्वभरका बौद्ध अनुयायीहरूले बुद्ध जयन्तिको रूपमा मनाउँदै आएका छन् । यो वर्ष २५५८ सौँ बुद्ध जयन्ति मनाईंदैछ । उनको दोस्रो स्थानमा उनले निर्वाण प्राप्त गरेको बोधगया, भारत हो । त्यहाँ उनले बैशाख पूर्णिमाकै दिन ३५ वर्षको उमेरमा निर्वाण प्राप्त गरे । तेस्रो स्थानमा सारनाथ पर्दछ, जहाँ उनले धर्मचक्र प्रवर्तन प्राप्त गरे । चौथो स्थानमा कुशीनगर पर्दछ । त्यहाँ उनले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरे ।

कपिलवस्तु जिल्ला गौतम बुद्धसँग सम्बन्धित १५१ भन्दा बढी ऐतिहासिक तथा पुरातात्विक महत्वका हिसाबले एक खुला संग्रहालय र विश्व शान्तिको एक केन्द्र विन्दु पनि हो । तर आज बुद्धको जन्मस्थान लुम्बिनीप्रति विश्वभरी भ्रम फैलाई राष्ट्रिताको सवाल चर्को रूपमा अगाडि आएको छ । यसो हुनुमा नेपाल स्वयंले यो अध्यात्मक र साँस्कृतिक सम्पदाले महत्वपूर्ण धरोहरको विकासमा उपेक्षा गर्दै उदासिन हुनु हो । जुन कुरामा हजारौँ व्यक्तिले सहमति जनाइसकेका छन् । त्यसैले यस लेखमा यससम्बन्धी उठेका महत्वपूर्ण दिग्भ्रम तथा सवालहरू, लुम्बिनी-कपिलवस्तु (लुक) अभियानको भूमिका तथा समाधानका उपायहरूको बारेमा छोँटो चर्चा गर्ने जमर्को गरिएको छ ।

२. विश्वव्यापी दिग्भ्रमको सूत्रपात
बुद्धको जन्मस्थान लुम्बिनी, नेपाल बौद्ध धर्मावलम्बीहरू तथा विश्वका लाखौँ पर्यटकहरूको लागि पनि एक महत्वपूर्ण केन्द्र भए तापनि शताब्दिऔँदेखि विश्वभरी नै यसबारे दिग्भ्रम फैलाइएको छ । जुन नेपाल र नेपालीको राष्ट्रियतासँग पनि सम्बन्धित सवाल हो । तर यस प्रकारको दिग्भ्रमको सूत्रपात कसरी भयो त भन्ने बारेमा जानकारी राख्न नितान्त आवस्यक छ । यसमा खासगरेर, सन् १३१२ तिर नालन्दालगायत अन्य धेरै महत्वपूर्ण तीर्थस्थलहरूमा मुस्लिमहरूको आक्रमणले लुम्बिनीमा बौद्ध भिक्षुहरूको आवागमनमा पनि प्रत्यक्ष असर प¥यो । यसको परिणामस्वरुप बुद्धको जन्मस्थलमा इ.पू. २४५ तिर खडा गरिएको अशोकस्तम्भ पनि नेपालकै कारणले ६ सय वर्षसम्म परित्यक्त अवस्थामा रह्यो । त्यसपछि सन् १८७४ मा वेलायती नागरिक विलियम जोन्सनले ऐतिहासिक सोसाइटी स्थापना गरी बुद्धको जन्मस्थानको खोजीलाई तीब्रता दिएको पाईन्छ । त्यसपछि सन् १८६२ मा स्थापित इन्स्पेक्टोरेट अफ आर्कियोलोजी संस्थाका प्रमुख अलेकजाण्डर कनिङ्घमले बौद्ध वाङ्मयको आधारमा बुद्ध जन्मेको स्थान हिमालको काखमा अवस्थित रहेको तथ्य पत्ता लगाएको कुरा जानकारीमा आयो । उनले यसबारेमा गहिरो अध्ययन गरी विश्वजगतमा जानकारी दिन नेपालका तत्कालिन राणा प्रशासनसँग स्वीकृति लिएर अध्ययन गर्ने चाहना राखे तापनि उनीहरूबाट सो स्वीकृति पाउन नसकि उक्त कार्य सन्चालन गर्न सकेनन् र उनले आफ्नो किताब “द एन्सिएन्ट जोग्राफी अफ ईण्डिया” मा “लुम्बिनी र कपिलवस्तु हिमालयको काखमा अवस्थित छ” भनेर मात्र उल्लेख गरे । यदि त्यस समयमा सो उत्खनन् कार्य सन्चालन गरेको भए अवस्य पनि उनले सो किताबमा स्पष्ठरूपमा उल्लेख गर्ने थिए होलान् कि बुद्धको जन्मस्थान लुम्बिनी नै हो भनेर र आजको यो दिग्भ्रम रहने थिएनजस्तो लाग्दछ । त्यसपछि, पछिल्लो चरणका विभिन्न पुरातत्वविदहरूले यो स्थान उत्तरी भारत (North India) को कुनै स्थानमा हुनसक्छ भनी अड्कलबाजी लगाउँदै आएकाले त्यसै समयदेखि यो दिग्भ्रमको सूत्रपात भई विश्वव्यापी बन्दै आयो । नेपाल सरकारले पनि यस विषयवस्तुलाई खासै चासो र महत्व दिएन र यो भ्रम विश्वव्यापी रूपमा स्थापित बन्न सहज भयो । Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »

जिम्मेवारीपूर्ण नि:स्वार्थ नागरिकीय जिम्मेवारीबोध – आजको आवश्यकता: सामाजिक अभियन्ता, इन्जिनियर रामकुमार श्रेष्ठ

Posted by Ram Kumar Shrestha on July 12, 2014

ramkumarश्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा छरिएर रहेका हामी लाग्यौं जसले छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”

डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ | Read the rest of this entry »

Posted in अन्तरबार्ता, बिबिध | Tagged: , , , , , , , , , , , , , , , | Leave a Comment »

प्रश्न पहिचानको

Posted by Ram Kumar Shrestha on July 11, 2014

kiran ranaकिरण राना
टेक्सस, संयुक्त राज्य अमेरिका

कुन देशकी नगरिक हुँ म ?
कुन देशकी सन्तान् ?
कुन देशकी बासिन्दा हुँ म ?
कुन देशको पहिचान् ?

उडनु छ मलाई धेरै माथि
कुन गगनमा उडुँ म ?
पुग्नु छ मलाई धेरै टाढा
कुन भूमिमा दौडु म ?

पहिचान मेरो के हो ? सोध्न मनलाग्छ
एकचोटी सबैलाई भन्न मन लाग्छ
यस्तै प्रश्नले झस्काईरहन्छ
फेरि पनि नेपालको मायाले बिउँझाईरहन्छ |

कुन देशकी पारखी हुँ म ?
कुन देशमा पौरख देखाउनु छ ?
कुन देशकी कवि हुँ म ?
कुन देशमा कविता कोर्नु छ ? Read the rest of this entry »

Posted in गीत/ कबिता/ गजल | Tagged: , | Leave a Comment »

स्विडेनको पाठ्यक्रममा भएको बुद्धको जन्मस्थलबारेको गलत जानकारी सच्याइयो

Posted by Ram Kumar Shrestha on June 30, 2014

requesting to correction the textbook in sweden१५ असार, काठमाडौँ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरीत गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट स्विडेनमा गरिएको कुटनीतिक प्रयासले सार्थकता प्राप्त गरेको छ ।

स्विडेनको पाठ्यक्रममा भगवान गौतम बुद्धको जन्म नेपालमा नभएर उत्तर भारतमा भएको भनिएका पाठ्यपुस्तकलाई सच्याउन स्विडेन सरकारलाई अनुरोध गर्न युरोपेली सङ्घका लागि नेपाली राजदूत राममणि पोखरेलको कार्यकक्षमा गत २७ मार्च २०१४ का दिन लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा अभियानका बेल्जियम सदस्य विमल गिरीसहितको तीन सदस्यीय प्रतिनिधिमण्डलले राजदूत पोखरेलसमक्ष कार्यन्वयनका लागि अनुरोधसहित पाठ्यपुस्तकलाई सच्याउन चाहिने आवश्यक तथ्यगत प्रमाणहरु प्रदान गर्दै स्विडेनको जिम्मेवारी सम्हाल्दै आउनु भएका राजदुत मुक्तिनाथ भट्टसँग आवश्यक कूटनीतिक प्रयासका लागि अनुरोध गरेको थियो । राजदुत पोखरेलले तत्कालै कार्यन्वयन प्रक्रिया अगाडि बढाउदै अभियानले सुम्पेका सम्पूर्ण कागजात राजदुत भट्टलाई पठाई दिनुभएको थियो ।

गत डिसेम्बर महिनामा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको पहल र समुपस्थितिमा स्विडेनमा अभियानको राष्ट्रिय समिति गठन भएको थियो । सो अवसरमा युरोप सल्लाहकार आचार्यले स्विडेनको पाठ्यक्रममा बुद्धको जन्मस्थल सम्बन्धमा गलत जानकारी भएको थाहा भएकोले त्यस्ता पाठ्यपुस्तक सच्याउन कुटनीतिक प्रयास आवस्यक रहेको धारणा व्यक्त गर्दै स्विडेन राष्ट्रिय समितिका राष्ट्रिय संयोजक कृष्णकुमार ढकालसमक्ष पुस्तकहरु अभियानलाई उपलव्ध गराई दिनु हुन अनुरोध गर्नु भए पछि स्टकहोम विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डा. कटक मल्ल तथा अभियानका सदस्य शङ्कर गौतमको सहयोगमा अभियानको स्विडेन राष्ट्रिय समितिका राष्ट्रिय संयोजक ढकालमार्फत अभियानका युरोप सल्लाहकार आचार्यलाई दुई पुस्तकहरु उपलव्ध भएका थिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

तेरिया मगर बनिन “लुम्बिनी वालिका शान्ति दूत”

Posted by Ram Kumar Shrestha on June 29, 2014

teria_dpm_sing१५ आषाढ, ग्वार्खो, ललितपुर: आज लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शान्ति दुतको सम्मान गर्दै तेरिया मगरले नेपालको नाम विश्वमा चिनाउने काम गरेको बताए ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अस्ट्रेलियाबाट कार्यक्रमलाई सम्बोधन गर्दै बिलक्षण प्रतिभा एबं बेजोड जादुमय विस्व स्तरीय नृत्य कलाका कारण ११ बर्षीया तेरिया मगरले झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको यस क्षेत्रबाट चुनौतिपूर्ण  डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकीले अभियानले सम्मान स्वरुप तेरियालाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत को रुपमा नियुक्त गर्ने निर्णय गरेको बताए (For the speech please click here “Teria Felicitation Nepal Program Speech“) । तेरिया मगरले प्राप्त गरेको पुरस्कारको नियमानुसार तिर्नु पर्ने कर एउटी ११ बर्षीया वालिकाले राष्ट्रिय प्रतिस्ठा बढाउन गरेको उल्लेख्य योगदानमाथि बिचार गरेर राज्यका तर्फबाट मिनाहा गर्न सकिए त्यस्लाई देशले उनीप्रति गरेको सम्मान पनि ठहरिने भएकोले अभियान यस बिषयमा नेपाल सरकारको ध्यान आकृस्ट गर्न चाहन्छ – श्रेष्ठले अगाडि भने । ब्यक्ति बिशेषको छोरीभन्दा पनि नेपालकी छोरी भैसकेकी तेरियाको संस्थागत अभिभाबकको हैसियतमा उनीमा भएको अद्धितीय अदभूत कलाको बिभिन्न देशमा प्रबर्धन गर्नुलाई पनि अभियान आफ्नो दायित्वको रुपमा लिनेछ – श्रेष्ठले थपे । Read the rest of this entry »

Posted in समाचार | 1 Comment »

उप-प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा टेरिया मगरको सम्मान गरिने

Posted by Ram Kumar Shrestha on June 25, 2014

teriya-magar-in-airport-back-home-4

१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी छिन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले उप-प्रधानमन्त्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्को सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । Read the rest of this entry »

Posted in समाचार | 14 Comments »

लुम्बिनी चिनाउने पुरातत्वविद आचार्य बेल्जियममा सम्मानित

Posted by Ram Kumar Shrestha on June 21, 2014

beljiam_samman-630x472

बेल्जियम । नेपालका बरिष्ठ पुरातत्वविद तथा युनेस्को कन्सल्ट्यान्ट कोषप्रसाद आचार्यलाई बेल्जियमको ब्रुसेल्समा सम्मान गरिएको छ ।

लुम्बिनी कपिलवस्तु दिवश विश्व अभियानका युरोप सल्लाहकार दामोदर प्रसाद आचार्यले ब्रुसेल्समा रहेको नेपाली दुतावास निवासमा आचार्यलाई सम्मान गरेका हुन् ।

पुरातत्वविद आचार्यले भगवान गौतम बुद्वको जन्मस्थल लुम्बिनी, नेपाल हो भन्ने प्रमाणहरु जुटाउनका लागि पुरातात्विक उत्खनन मार्फत योगदान पु-याएको भन्दै सम्मान गरिएको हो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बेल्जियमको गणतन्त्र दिवसमा दूताबास हाताभित्र बुद्धको मूर्ति स्थापना

Posted by Ram Kumar Shrestha on June 3, 2014

Belgium RD2बेल्जियम, ३१ मई- ब्रुस्सेल्सस्थित नेपाली दुतावासको आयोजनामा आज दुतावास निवासको प्राङगणमा बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गबाट उल्लेख्यरुपमा उपस्थित नेपाली समुदायका माझ सातौं गणतन्त्र दिवस भव्यताका साथ मनाइयो । कार्यक्रमको औपचारिक सुरुवात बेनेलक्स तथा युरोपेली संघका लागि नेपाली राजदुत राम मणि पोखरलले नेपालको राष्ट्रिय झण्डाको झन्डोत्तोलन गरि शुभारम्भ गर्नुभयो । झन्डोत्तोलनसंगै नेपाली राष्ट्रिय गान बजाइएको थियो ।

उक्त अवसरमा नेपाल र बेल्जियमको कुटनीतिक सम्बन्धको पचास वर्ष पुरा भएको सन्दर्भमा दुतावास निवासको प्राङगणमा हालै स्थापना गरिएको पत्थरबाट निर्मित विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्धको प्रतिमा राजदुत पोखरेल तथा कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवं सभासद डा. प्रकाशशरण महतले संयुक्तरुपमा अनावरण गर्नुभयो । उक्त प्रतिमाको तल्लोभागमा “गौतम बुद्ध, मेसेन्जर अफ पीस” (बर्न इन लुम्बिनी, नेपाल इन ६२३ बि. सी.) भन्ने सन्देश लेखिएको छ ।

दुतावास निवास प्राङगणको औपचारिक कार्यक्रमपछि दुतावास निवासको बैठक कक्षमा पूर्व मन्त्री एवं सभासद महतले आफ्नो मन्तव्यको क्रममा भन्नुभयो- नेपालमा गणतन्त्र घोषणा भए पनि वास्तविकरुपमा जनताको जीवनस्तरमा तात्विक फरक ल्याउन सक्ने अवस्थामा पुग्न सकिने अवस्था सिर्जना भइसकेको छैन किनकी फरक फरक राजनीतिक विचार र सिद्दान्त भएका राजनीतिक दलहरुको बिचमा सर्वमान्य नीति र पद्दतिलाई स्वीकार गर्ने व्यवस्था नयाँ संविधानमा सुनिश्चित गर्ने प्रक्रियामा हामी प्रयत्नशील छौँ र आगामी २०७१ साल माघ ८ गते संविधानसभाबाट नयाँ संविधान जारी गर्ने प्रक्रियामा हामी दृढताका साथ लागेका छौं ।” साथै उहाँले सातौं गणतन्त्र दिवसको उपलक्ष्यमा उपस्थित सबैमा हार्दिक शुभकामना दिनुभयो ।

कार्यक्रमको समापनमा राजदुत पोखरेलले भन्नुभयो- विदेशमा रहे पनि स्वदेशप्रति सबै नेपालीले आ-आफ्नो दायित्वलाई महसुस गरेर देशको विकाश र समृद्दिको लागि विकशित देशमा रहनु भएका तपाई अवैतनिक राजदुतहरुले देशको कृषिजन्यलगायत विविध प्रविधि भित्र्याउन भूमिका खेल्नु पर्ने आवश्यकता रहेको धारणा राख्दै सबैमा गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

सिड्निमा १५ संस्थाहरूद्धारा संयुक्त रुपमा बुद्ध जयन्ती

Posted by Ram Kumar Shrestha on May 22, 2014

जेठ ५, सिडनी: सिड्निका १५ भन्दा बढी नेपाली संघ -संस्थाहरूले ‘आत्म रुपान्तरणका लागि अन्तर्मनको यात्रा थालनि गरौं, बुद्द शिक्षालाई शान्तिपूर्ण जीवनको आधार बनाऔं’ भन्ने सन्देशका साथ २५५८औं बुद्ध जयन्ति भब्यताका साथ मनाएका छन् । बुद्ध शिक्षालाई कर्मकाण्डको रुपमा पालन गर्नुभन्दा पनि ब्याबहारिक रुपमा यसलाई उतार्न यो महत्वपूर्ण दिनलाई अवसर र ज्ञान नविकरणको अवसर बनाउनु पर्ने कुरामा सो अवसरका वक्ताहरूले जोड दिएका थिए ।

Sydney Buddha jayanti

अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले सो अवसरमा बुद्धका उपदेश दु:ख मुक्तिका कारण हुन् भन्दै उहाँको ज्ञान आजको बदलिंदो परिस्थितिमा र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताउनुभयो । न्यु साउथ वेल्सका अबैतनिक माहावाणिज्य दुत दिपक खड्काले आधुनिक जीवनका लागि बुद्दका उपदेशमध्येको पञ्चशिल अति नै उपयोगी भएको बताउँदै यो महत्वपूर्ण दिनलाई वोधिसत्वको खोजि गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनु भयो । यस्तै गैर आवसिय नेपाली संघका अध्यक्ष शेष घलेले जीवन एक सिकाइ भएको र बुद्ध जयन्तिको अवसरमा सबैले सरल जीवनका सूत्र सिक्न सक्नुपर्नेमा जोड दिनु भयो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

गायक धिरज राई अभियानका नयाँँ सांस्कृतिक दूत (Videos)

Posted by Ram Kumar Shrestha on May 20, 2014

11

“बुद्ध वाज बर्न इन नेपाल” गीत बिभिन्न देशमा गाउँदै हिडने गायक धिरज राई क्यानडामा बुद्ध जयन्ती मनाउने क्रममा मनाइएको एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त भएका छन । अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित सांस्कृतिक दूतको नियुक्ति पत्र अभियानका बिस्व कार्य समितिका क्यानडा संयोजक चन्द्र राई र अबैतनिक महाबाणिज्य दूत डा कुन्जर शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । त्यसरी नै हालै अभियानको सहयोगमा नेपाली संचारद्धारा बुद्ध र लुम्बिनीमा केन्द्रित भएर बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रममा महत्वपूर्ण र आकर्षक प्रस्तुती गर्ने १४ बर्षीय आर्य पोखरेललाई बिध्यार्थी दूतको रुपमा नियुक्त गर्ने घोषणा अभियानले गरेको छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | Leave a Comment »

मेलबर्नबाट लगातार २५ घण्टे वुद्ध र लुम्बिनी बिषयक ऐतिहासिक कार्यक्रम प्रसारण

Posted by Ram Kumar Shrestha on May 15, 2014

25 hour program snap

१५ मै, मेलबर्न: लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात यो बर्षको वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीमा आधारित २५ घण्टे कार्यक्रम सफलतापूर्बक संपन्नगरेको छ । कार्यक्रम १३ तारिखको रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिएको थियो ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बेल्जियमको ब्रुगेमा शान्ति पदयात्रा गर्दै बुद्ध जयन्ति मनाइयो

Posted by Ram Kumar Shrestha on May 15, 2014

1

बेल्जियममई १४– २५५८औं बुद्ध जयन्तीको शुभ अवसरमा भेनिस अफ नर्थ” को रुपमा परिचित बेल्जियमको मुख्य पर्यटकीय शहर जहाँ दैनिक २० हजार देखि २५ हजारसम्म पर्यटकहरुले भ्रमण गर्दछन त्यस शहरमा एभरेष्ट नेपाली समाज ब्रुगेबेल्जियमले भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नारा ३ भाषामा लेखिएको ब्यानर र बुद्धका महत्वपुर्ण सन्देशहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन गर्दै सय भन्दा बढी नेपालीहरुको सहभागितामा शालीन र भव्य शान्ति पदयात्रा सम्पन्न गर्यो । मध्यान्ह ठिक १२.१५ बाट ब्रुगेको रेल्वे स्टेशन अगाडिको पार्कबाट सुरु भएको शान्ति पदयात्रामा अगाडि पट्टी करिव ४ फुट उचाई भएको भगवान बुद्धको ध्यान मुद्राको मुर्ति समेत देखिने गरेर मोटरमा राखिएको थियो । पदयात्राका क्रममा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा ६२३ इशा पुर्वमा भएको र त्यसको प्रमाण २४९ इशा पुर्वमा मौर्य सम्राट अशोकले त्यस पवित्रस्थलको दर्शन गरेर आफ्नो भ्रमणको स्मरणमा स्तम्भ निर्माण गरेर लुम्बिनी बुद्धको जन्मस्थल भएकोले आफु त्यहाँ दर्शनार्थीको रुपमा आएको भन्ने अभिलेख लेखेर छोडेको तथ्य प्रमाण लेखिएका पर्चाहरु समेत वितरण गर्ने कार्य भयो । नगर परिक्रमा गर्दै ब्रुगे नगरपालिकाको प्राङ्गणमा पुगेर पदयात्रा सभामा परिणत भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

आज रातीबाट ऐतिहासिक २५ घण्टे कार्यक्रम शुरु हुँदै

Posted by Ram Kumar Shrestha on May 13, 2014

Latest banner

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले सूत्रपात भएको लुम्बिनी- कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियोले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीको लगातार २५ घण्टे ऐतिहासिक कार्यक्रम मेलबर्न समयानुसार आज रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिनेछ । यस्को लागि करीब एक दर्जनभन्दा बढी एफएमहरुले ऐक्यबद्धता जनाउने भएका छन । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

टंक कार्की लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका नयाँ सल्लाहकार

Posted by Ram Kumar Shrestha on May 4, 2014

Tanka_Prasad_Karki१ डिसेम्बर २००९ मा पहिलो पटक “कपिलवस्तु दिवस विस्व दिवस” मनाएर वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज पार्न जनस्तरबाट शुरु गरिएको बिस्वब्यापी कार्यक्रमलाई संस्थागत गर्न २०१० सालमा दुई चरणमा गरी लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरिएको थियो तीन ठूला पार्टीहरु नेलाली काङ्रेस, नेकपा एमाले र नेकपा माओबादीका बरिस्ठ ब्यक्तिहरुलाई समेत यस्को सल्लाहकार मण्डलमा समाबेश गरेर । नेकपा एमालेका तर्फबाट विस्व कार्य समितिका सल्लाहकार मण्डलमा रहनु भएका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ हाल पार्टी परित्याग गरी नयाँँ खोलिएको संघीय समाजबादी पार्टीका महासचिब हुनु भएकोले नेकपा एमालेका नेता एबं चिनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीलाई नेकपा एमालेका तर्फबाट सल्लाहकारमा राखिएको छ । अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले टेलिफोन बार्ता मार्फत अभियानको तर्फबाट राख्नु भएको प्रस्तावमा नेता कार्कीले स्वीकृति जनाउँदै जनस्तरबाट विस्वब्यापी रुपमा भैरहेका वुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी गतिबिधि र छोटो समयमा यस्ले हासिल गर्न सकेका उपलब्धीहरुबाट आफू प्रभाबित भएको बताउनु भयो । कुराकानीकै सिलसिलामा अभियानले आफ्नो उद्धेस्य प्राप्ती कार्यमा सफलता हासिल गरोस भन्ने शुभ-कामना दिंदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर भयो ।

अभियानको विस्व कार्य समितिका अन्य सल्लाहकारहरुमा डा आरजु देउवा राणा, डा ॠषि अधिकारी, राजेन्द्र श्रेष्ठ, आनी छोइङ डोल्मा, डा कबिताराम श्रेष्ठ, दीपक खड्का, आग्नी फ्रान्क एइकरमान्न र डोमो गेस्चे रिङ्गपोछे हुनुहुन्छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

कबिता प्रतियोगिताका साथ लुम्बिनी समाज कुवेतको बार्षिक उत्सब सम्पन्न (भिडियो सहित)

Posted by Ram Kumar Shrestha on April 27, 2014

प्रदिप नेपाली, कुवेत  

Kuwait Programलुम्बिनी समाज कुवेतले आफ्नो सथापनाको १ बर्ष पूरा गरी दोश्रो बर्षमा प्रबेश गरेको उपलक्ष्यमा प्रथम बार्षिक उत्सबको अवसर पारेर कबिता प्रतियोगिता हिजो शुक्रबार २५ अप्रिलमा सम्पन्न गरेको छ | जसमा समुधुर स्वर सहित लुम्बिनी क्षेत्रलाई समेटी एक कबिता प्रस्तुत गरी १५ सहभागी १५ मध्येमा बिबेक बासकोटा (पृतम) प्रथम स्थान हासिल गर्न सफल भएका थिए | आयोजकले भगवान गौतम बुद्ध र लुम्बिनीको सन्र्दभका कविताहरुलाई प्रमुख प्राथामिकता दिने भनेर पूर्व सूचना गरे बमोजिम सवै जसो सहभागीहरुका कविताहरु सन्र्दभ भित्रै परेका थिए ।

लुम्बिनी क्षेत्रको बिकाशमा प्रबाशबाट सुरु गरौ भन्ने नाराका साथ बिगत एक बर्षदेखि कुवेतमा सकृय सस्था लुम्बिनी समाज कुवेत, नेपालले हिजो शुक्रबारको दिन कुवेतको जिलिबस्थित रिदम हलमा साहित्यप्रेमीहरुलाई समेट्ने गरी बृहत् कबिता प्रतियोगिताका साथमा आफ्नो बार्षिक उत्सब मनाएको हो | सोही अवसर पारेर लुम्बिनी समाज कुवेतका सदस्य तथा लोक गायक डोलराज न्यौपानेको परदेशी एल्बम पनी एकै साथ बिमोचन गरिएको हो |

दुई भागमा बर्गीकरण गरी सम्पन्न भएको कार्यक्रममा सर्वप्रथम सस्थाको बार्षिक उत्सब मनाउदै एल्बम बिमोचन गरिएको थियो गरिएको थियो जसमा सस्थाको बिभिन्न आय ब्याय प्रस्तुत आगामी कार्य दिशा सस्थाको लक्ष र उदेश्य सहित कार्यक्रममालाई पुर्ण रूप दिईएको थियो भने दोश्रो भागमा साहित्यप्रेमी कबिहरुको उत्साह जनक सहभागितामा लुम्बिनी र बुद्धको पहिचान र बर्णन सहितको कबिता बाचन भएको थियो | Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

बुद्ध र लुम्बिनीसम्बन्धी २५ घण्टे ऐतिहासिक कार्यक्रम आयोजना गरिने

Posted by Ram Kumar Shrestha on April 25, 2014

25 Hours Program with Special Participants

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले सूत्रपात भएको लुम्बिनी- कपिलवस्तु कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियो र टिभीले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात आगामी २५५८ औं वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीको लगातार २५ घण्टे ऐतिहासिक कार्यक्रम आयोजना गर्दैछ । यस्को लागि करीब एक दर्जन एफएमहरुले ऐक्यबद्धता जनाउने भएका छन भने ऐक्यबद्धता जनाउनेहरुको संख्या थपिंदैछ । यो कार्यक्रम मेलबर्न समयानुसार आगामी मै १३ तारिखको रातको १२ बजेबाट शुरु गरी १५ तारिखको बिहान १ बजे समापन गरिनेछ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

कुवेतमा बुद्ध, शान्ति र लुम्बिनीसम्बन्धी कबिता प्रतियोगिता

Posted by Ram Kumar Shrestha on April 24, 2014

नमस्ते !
आदरणीय कुबेतबासी सम्पूर्ण नेपालीहरुमा ।

Lumbini Samaj Nepal-Kuwait

लुम्बिनी समाज नेपाल-कुबेतद्धारा यही अप्रिल २५ तारिख शुक्रबार आफ्नो प्रथम वार्षिक उत्त्सव समारोहको अबसरमा खुल्ला कबिता बाचन प्रतियोगिता आयोजना गर्न लागेको कुरा यहाँहरु सबैमा जानकारी गराउन चाहन्छौं । कुबेतमा कार्यरत विभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिबी वर्ग, समाजसेबी, पत्रकार र साहित्यकार श्रस्टा, खेलाडी वर्ग सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ । कुनै कारणबश पत्र पाउनु भएको छैन भने यही सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भै दिनु हुन अनुरोध गर्दछु । कविताका लागि जो कोहीले पनि यो प्रतियोगितामा भाग लिन पाउनु हुनेछ । बुद्ध, शान्ति र लुम्बिनीसम्बन्धी कबितालाई बिशेष प्राथमिकता दिइने छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: | 1 Comment »

 
%d bloggers like this: