Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘गैरआवासीय नेपाली संघ’

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011

१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो ।
प्रबासी जीवन बिताएर पनि देशको राष्ट्रियता, इज्जत र पहिचानको लागि नेपालमा बसेर गर्न नसकेको सर्हाहनीय काम कपिलवस्तु दिवस अभियानका सर्जकहरुले गरेर माटोको ऋण चुकाउने महत्वपूर्ण काम गरेको बताउँदै सांसद भान्तेले भारतले किन नक्कली कपिलवस्तु बनाउँदैछ भन्ने फेहरिस्त पेश गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणहरु भने नेपालमा नै भएको दाबी गर्नु भयो । भौतिक संरचना र प्रचार प्रसारको माध्यमबाट पर्यटन बिकास गर्न सकिएको खण्डमा लुम्बिनीले नेपालको अर्थतन्त्रमा नै कायापलट ल्याउन सक्ने दाबी गर्दै सांसद भान्तेले नील गाई जस्ता दुर्लभ बन्यजन्तु भएको लुम्बिनी प्राकृतिक दर्शनीय स्थलयुक्त प्राकृतिक श्रोत र संपदाले धनी भएको पनि उल्लेख गर्नु भयो ।              Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | 1 Comment »

 
%d bloggers like this: