Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘गौतम बुद्ध’

बुद्धको जीवनी एनिमेसन फिल्ममा

Posted by Ram Kumar Shrestha on July 29, 2011

सन्तोष रिमाल, काठमाडौं, साउन १३- ‘म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथाझल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।

‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।

कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।

तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले ‘गौतम बुद्ध’को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने ‘ग्ल्यामर’ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

भारतीय प्रचार झूटो भएको भारतकै योगगुरु रामदेवको दाबी

Posted by worldamity on March 28, 2010

By राज श्रेष्ठ

गौतम बुद्ध आजभन्दा २५८५ वर्षअघि हालको नेपालभित्रै पर्ने कपिलवस्तुको तिलौराकोटमा जन्मेको घामजस्तै छर्लङ्ग छ। तिलौराकोटमा पाइएका र अझै उत्खनन्का क्रममा रहेका कतिपय बुद्धकालीन निर्माण सामग्री तथा तत्कालीन समयका चल्तीका सरसामानको पुरातात्विक पुष्टिले यसलाई द्विमति राख्ने कुनै ठाउँ नै दिएका छैनन्। तर पनि यस शाश्वत तथ्यमा भ्रम सिर्जना गर्ने भारतीय नियतलाई छिमेकी मुलुक चीनका साथै जापानका कतिपय प्रकाशनहरुले पनि साथ दिइरहेको देख्दा आश्चर्य लाग्ने गर्दछ। भारतीय सरकार र भारतीय प्रशासनको नियतमा देखिएको कालोपनालाई योगऋषि रामदेवले काठमाडौं आएका बेला आलोचना गरेका छन्। रामदेवले योगका माध्यमले नेपालको समुन्नति र समृद्धिका लागि नेपालको जल, जमिन, जडीबुटी, जनताको जागरण पर्याप्त भएको बताए।

शनिवार बिहान काठमाडौंको टुँडिखेलमा योग विज्ञान शिविर सञ्चालनका क्रममा रामदेवले हाल २५ हजार योगप्रशिक्षक अघिल्लो शिविरदेखि हालसम्मका दुई वर्षमा तयार भइसकेको बताउँदै अबका तीन वर्षमा व्यापक परिवर्तन आई देशभर कूल एक लाख योग प्रशिक्षक तयार हुने र पूरै नेपाल योगमय बन्नमा सहज हुने विश्वास व्यक्त गरे। योगऋषि रामदेवले नेपालमा पतञ्जलि योगपीठको केन्द्रीय कार्यालय काठमाडौंमा स्थापना हुने, धुलिखेल र स्याङ्जामा पतञ्जलि योगपीठहरुको सञ्चालन हुने कुरा पनि बताए। तर, कतिपय उनका आलोचकहरुले भने उनले नेपालमा रहेको जडीबुटीमा आँखा गाढेको दाबी गर्दै उनको उद्देश्य नेपालका सबै जडीबुटी कौडीको मोलमा भारत लैजाने तयारी गरेको बताएका छन्। Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , , , | 1 Comment »

 
%d bloggers like this: