सिडनीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिडनीबासीको मन जित्न सफल भएकी छिन । आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहनु भएका नेपालीहरुले आफूलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधी हात पार्न देखाउनु भएको माया र सहयोगको लागि धन्यवाद दिन पनि आएको भन्दै आफू सबैको छोरी भएकीले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने बताइन । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्तिदूत” समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्छ भनेर दर्शकको ठुलो समर्थन प्राप्त गरिन । स्मरण रहोस १५ आषाढमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भएको थियो । Read the rest of this entry »
Posts Tagged ‘तेरिया फौजा मगर’
अभियानका लुम्बिनी वालिका शान्तिदूत तेरियाले सिडनीबासीको मन जितिन (भिडिओ)
Posted by Ram Kumar Shrestha on August 6, 2014
Posted in समाचार | Tagged: डिआइडि लिटिल मास्टर्स २०१४, तेरिया फौजा मगर, तेरिया साँझ, बुद्ध, लुम्बिनी वालिका शान्तिदूत | 2 Comments »