Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘पेरिस’

यसरी मनाइयो पेरिसमा बुद्द जयन्ती

Posted by Ram Kumar Shrestha on May 23, 2011

● तस्विर : निजू श्रेष्ठ / पेरिस

विश्वकै सात आश्चर्य मध्येको एक पेरिसको आइफल टावर अगाडिबाट हिजो नेपालीहरुले भगवान गौतम बुद्दको २५५५ औं जयन्ति मनाए । न राजनीति, न वर्ग, न कुनै जात जाति र समूह । शान्तिका दूत, अहिंसाका प्रवर्तक गौतम बुद्द सबैका साझा । विश्वले मान्ने यीनको सन्देशलाई फैलाउन पाउनु यसैपनि नेपालीका लागि गौरवको कुरो हो । त्यसैले आज सबैजसो संघसंस्थाका नेपाली जम्मा भएका थिए ।

हात हातमा बुद्दका शान्ति र अहिंसाका उपदेश, सन्देशहरु थिए । सुन्दर शहर पेरिसको अझ सुन्दर धरोहर आइफल टावर हेर्न हजारौं पर्यटकको भिड लागेको थियो । त्यसमा विश्वभरीका थुप्रै देशका पर्यटक थिए । ति सबैलाई गौतम बुद्दको शान्तिको सन्देश आज बाँडेर विश्वभरि फैलाए नेपालीले । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | 1 Comment »

 
%d bloggers like this: