Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘प्रेमराजा महत’

बरिस्ठ हास्य कलाकार मनोज गजुरेल कपिलबस्तु दिवस अभियानका सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on July 11, 2011

फानबोरो, युके,  जुलाइ ९,  २०११ । फानबोरोमा तमुधी, युकेको आयोजनामा भएको एउटा साँस्कृतिक कार्यक्रममा प्रसिद्ध प्रहसन कलाकार श्री मनोज गजुरेललाई “कपिलवस्तु दिवस अभियान” विश्व कार्यसमितिले “कपिलवस्तु दिवस अभियानको साँस्कृतिक दूत” को रुपमा ससम्मान नियुक्ति प्रदान गरेको छ । तमुधिका अध्यक्ष मुछेन्द्र गुरुङ्को स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा कपिलवस्तु अभियानका विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले अभियानको परिचय दिनुका अतिरिक्त नेपाललाई संसारमा चिनाउने दुई आधार सगरमाथा र बुद्ध भएकोमा बुद्धको विश्वब्यापी महत्वबाट लालायित भारतले सन २०१२ सम्ममा अरबौं रुपयाँ खर्चेर नक्कली लुम्बिनी बनाउने कार्य तिब्र गतिले अगाडि बढाउँदा समेत देखा परेको सर्वपक्षीय मौनताको कारण अभियान शुरु गरिनु परेको प्रस्टाउँदै विश्व कार्य समिति गठन भएपस्चात यति छोटो समयमा नै स्पेन, बेल्जियम, यूके, क्यानडा, न्यूजिल्याण्ड, डेनमार्क, ताईवान, नेपाल र अस्ट्रेलिया गरी नौ देशमा राष्ट्रिय समिति गठन भएको जानकारी दिनु भयो भने सम्मान तथा नियुक्तिको प्रमाण पत्र यसै विश्व समितिका विश्व सल्लाहकार प्रा. डा. कविताराम श्रेष्ठले प्रदान गर्नुभएको थियो । साथै तमुधीका अध्यक्ष तथा यस अभियानका युके राष्ट्रिय समितिका सल्लाहकार श्री मुछेन्द्र गुरूंग र विश्व संयोजक इ. श्री रामकुमार श्रेष्ठले पनि खादा ओढाएर कलाकार मनोज गजुरेललाई सम्मान प्रदान गर्नुभएको थियो । तमुधी युकेद्वारा आयोजित यस कार्यक्रममा  मनोज गजुरेललगायत बरिस्ठ गायिका कोमल ओली र स्थानीय कलाकारहरुको पनि गायन र नृत्यहरु प्रस्तुत थिए । कार्यक्रमको अन्त्यमा सम्मानित मनोज गजुरेलले नेपाललाई संसारमा चिनाउने एउटा आधार बुद्धको बारेमा भारतद्धारा गरिएको राजनीतिको प्रत्युत्तरमा अभियानले शुरु गरेको कार्यमा आफूले सक्दो सहयोग गर्ने  प्रतिवद्धता जाहेर गर्दै यसको भावनालाई बुझेर सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

Posted by Ram Kumar Shrestha on May 10, 2011

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूत घोषित

Posted by Ram Kumar Shrestha on April 9, 2011

राज श्रेष्ठ, काठमाडौं चैत २६ । नेपाली लोक गायन र संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रेमराजा महत कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट नेपाली संगीत र सामाजिक क्षेत्रमा उहाँले पुर् याउनु भएको योगदानको कदर स्वरुप सम्मानित हुनुभएको छ । नेपाल संयोजक निलकण्ठ उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सार्क सल्लाहकार केदार शाक्य र विश्व सल्लाहकार डा कविताराम श्रेष्ठले उहाँलाई सम्मान गर्नुभयो । सो अवसरमा उहाँलाई अभियानको तर्फबाट कपिलवस्तु दिवस विश्व अभियानका सांस्कृतिक दूतको घोषणा पनि गरियो । उहाँ नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड र पेनसिल्भानिया राज्यका लागि मानार्थ कन्सुलेट हुनुहुन्छ । कलाकार प्रेमराजा महतलाई नेपाल सरकारले पर्यटन बर्षको दूत्को रुपमा समेत घोषणा गरेको छ । कार्यक्रममा सार्क संयोजक राज श्रेष्ठले अभियानको परिचय दिनु भएको थियो भने डा कविताराम श्रेष्ठले अभियानको उद्देश्यमाथि प्रकाश पार्नु भयो । कार्यक्रमको अवसरमा सार्क सल्लाहकार केदार शाक्यज्यूबाट उहाँलाई token of love को रुपमा बुद्ध मूर्ति प्रदान गर्नु भयो भने विश्व सल्लाहकार डा। कविताराम श्रेष्ठबाट विश्व शान्तिको प्रतिकको रुपमा स्वयम्भू चैत्यको प्रतिरुप प्रदान गर्नु भयो ।
कार्यक्रममा नेपाल सल्लाहकार डा कुसुम शाक्य, चन्दा थापा, सुरेश कोइराला र हिमाल जङ्ग भण्डारीले कपिलवस्तु दिवस अभियानप्रति समर्थन र सदासयता प्रकट गर्नु भयो ।

कार्यक्रमका केही थप फोटाहरु:  Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: