Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘बुद्ध’

अभियानका लुम्बिनी वालिका शान्तिदूत तेरियाले सिडनीबासीको मन जितिन (भिडिओ)

Posted by Ram Kumar Shrestha on August 6, 2014

IMG_0097 copyसिडनीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिडनीबासीको मन जित्न सफल भएकी छिन । आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहनु भएका नेपालीहरुले आफूलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधी हात पार्न देखाउनु भएको माया र सहयोगको लागि धन्यवाद दिन पनि आएको भन्दै आफू सबैको छोरी भएकीले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने बताइन । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्तिदूत” समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्छ भनेर दर्शकको ठुलो समर्थन प्राप्त गरिन । स्मरण रहोस १५ आषाढमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , | 2 Comments »

जिम्मेवारीपूर्ण नि:स्वार्थ नागरिकीय जिम्मेवारीबोध – आजको आवश्यकता: सामाजिक अभियन्ता, इन्जिनियर रामकुमार श्रेष्ठ

Posted by Ram Kumar Shrestha on July 12, 2014

ramkumarश्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा छरिएर रहेका हामी लाग्यौं जसले छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”

डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ | Read the rest of this entry »

Posted in अन्तरबार्ता, बिबिध | Tagged: , , , , , , , , , , , , , , , | Leave a Comment »

वेलायतमा तेश्रो कपिलवस्तु दिवस कार्यक्रम

Posted by Ram Kumar Shrestha on November 19, 2011

१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो । 
कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो ।
प्रबासी जीवन बिताएर पनि देशको राष्ट्रियता, इज्जत र पहिचानको लागि नेपालमा बसेर गर्न नसकेको सर्हाहनीय काम कपिलवस्तु दिवस अभियानका सर्जकहरुले गरेर माटोको ऋण चुकाउने महत्वपूर्ण काम गरेको बताउँदै सांसद भान्तेले भारतले किन नक्कली कपिलवस्तु बनाउँदैछ भन्ने फेहरिस्त पेश गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणहरु भने नेपालमा नै भएको दाबी गर्नु भयो । भौतिक संरचना र प्रचार प्रसारको माध्यमबाट पर्यटन बिकास गर्न सकिएको खण्डमा लुम्बिनीले नेपालको अर्थतन्त्रमा नै कायापलट ल्याउन सक्ने दाबी गर्दै सांसद भान्तेले नील गाई जस्ता दुर्लभ बन्यजन्तु भएको लुम्बिनी प्राकृतिक दर्शनीय स्थलयुक्त प्राकृतिक श्रोत र संपदाले धनी भएको पनि उल्लेख गर्नु भयो ।              Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , | 1 Comment »

लुम्बिनी भ्रमण बर्ष २०१२ मनाउन गरिएको निर्णयको सम्बन्धमा प्रेस बिज्ञप्ति

Posted by Ram Kumar Shrestha on October 19, 2011

बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ  । त्यसैले ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज उहाँ करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा समेत आजको अशान्तमय बिस्व परिबेशका कारण संपूर्ण जाती, धर्म, सम्प्रदायका बीच झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले युनेस्कोले बुद्ध जन्मस्थल लुम्बिनीलाई बिस्व संपदा सूचिमा  समाबेश गरेको हो १९९७ मा । बिस्वमा करीब ५० करोड बुद्धिस्ट छन भने बिस्वभरि बुद्धिज्मलाई धर्मभन्दा बिज्ञानको रुपमा लिने पनि लाखौं छन । र उक्त संख्याको ०.१ प्रतिशत मात्र पर्यटक बर्षेनी भित्र्याउने बातावरण तयार गर्न सकियो भने पनि बर्षमा ५ लाखभन्दा बढी पर्यटक भित्रिने देखिन्छ र यसबाट मात्रै अरबौं रुपयाँ देश भित्र्याउन सकिने देखिन्छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

बुद्धको जीवनी एनिमेसन फिल्ममा

Posted by Ram Kumar Shrestha on July 29, 2011

सन्तोष रिमाल, काठमाडौं, साउन १३- ‘म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथाझल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।

‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।

कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।

तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले ‘गौतम बुद्ध’को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने ‘ग्ल्यामर’ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

Buddha Mantra

Posted by Ram Kumar Shrestha on July 25, 2011

Posted in Visual | Tagged: , , , | Leave a Comment »

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

Posted by Ram Kumar Shrestha on May 10, 2011

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a Comment »

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने

Posted by Ram Kumar Shrestha on August 16, 2010

देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण

Chief Guest Dr Suresh Chandra Chalise and representatives from different organisations

कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर देशलाई संपन्न बनाउन देशमा बिद्यमान अथाह अमूल्य बुद्ध, हिमाल लगायत सबै किसिमका श्रोतहरुको यथोचित मार्केटिङ गरिनु Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , | 1 Comment »

बुद्धबारे भारतको गलत प्रचार: रामदेब

Posted by worldamity on March 28, 2010

The Hindu Yoga Guru Swami Ram Dev speaking at a programme in Kathmandu told reporters, “Sita and the Buddha are pride of Nepal. India is worthlessly dragging the Buddha to controversy which is wrong”.

Talking to media persons, Swami Ram Dev said, “There is no doubt that Buddha was born Nepal. Now he is a universal character.” Opposing the rumour about Buddha’s birth place being India, he said, “Any enlightened person is a dignity and pride of a nation,” adding, “I will campaign for Nepal if anyone says that Buddha was born in India,” he added.

The Swami said that India is a true friend of Nepal as both countries are linked by similar culture, spiritualism and social structure. “Nepal and India are equal brothers and both are independent and sovereign countries. The cultural relationship between the two countries is similar to the present age of democracy since the period of Lord Rama in India.”

The Swami who is conducting Yoga classes in Kathmandu and some other parts of the country decried Indian propaganda about the Buddha and its acts of distorting historical and archaeological facts about the Buddha.

Related links: THERE IS NO DOUBT THAT BUDDHA WAS BORN IN NEPAL

SWAMI DECRIES INDIAN PROPAGANDA

Posted in समाचार | Tagged: , , , , | 11 Comments »

बुद्धबारे भ्रम

Posted by worldamity on March 27, 2010

By प्रा.डा. दयानन्द बज्राचार्य

भारतीय मूलका अमेरिकी पत्रकार फरिद जकारियाको पुस्तक ‘पोस्ट अमेरिकन वल्र्ड’मा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्ति भारतमा भएको उल्लेख गरेकोमा केही समयअघि दिनानाथ शर्माले आपत्ति जनाएका थिए । जकारियाले गलत नियतले जानी-जानी आफ्नो पुस्तकमार्फत विश्वलाई बुद्धको जन्मस्थल भारत भएको झूटो सन्देश दिनखोजेका शर्माको निष्कर्ष थियो । हुन पनि जकारियाजस्ता बौद्धिक व्यक्तिलाई बुद्धको वास्तविक जन्मस्थल नेपाल हो भन्ने सामान्य ज्ञान नभएको विश्वास गर्न गाह्रो छ । आफ्नो विदेश भ्रमणका क्रममा मैले पनि पश्चिमी मुलुकमात्र नभएर द. कोरिया, जापान, चीन, भियतनाम, थाइल्यान्डजस्ता ठूलो संख्यामा बौद्धधर्म अनुयायी भएका देशमा समेत धेरै शिक्षित व्यक्तिलाई बुद्धको जन्मस्थल लुम्बिनी हो र उक्त भूभाग नेपालमा पर्छ भन्ने ज्ञान नभएको पाएको छु ।

केही वर्षअघि दक्षिण कोरियामा आयोजित एक वैज्ञानिक सम्मेलनमा भाग लिएको थिएँ । सम्मेलनपछि विदेशी पाहुनालाई सम्मेलनका आयोजकद्वारा कोरियाका विभिन्न सहर अनि राजधानी सोलबाट केही टाढा रमणीय पहाडमा अवस्थित एक बौद्धस्थलको भ्रमण गराइएको थियो । पाहुनाहरू बोकेको टुरिस्ट बसमा एक पेसावर महिला टुरिस्ट गाइड पनि थिइन् । उनले बौद्धस्थलबारे जानकारी दिँदै बुद्धको जीवनीबारे चर्चा गर्न थालिन् । यसैक्रममा उनले बुद्ध भारतमा जन्मिएको बताइन् । उनले सायद यस्तो गलत सन्देश धेरै वर्षदेखि विदेशी एवं स्वदेशी पर्यटकलाई दिँदै आएकी थिइन् । एक पेसावर टुरिस्ट गाइडलाई समेत बुद्धको जन्मस्थल नेपाल हो भन्ने ज्ञान नभएको थाहा पाउँदा निकै अचम्म लागेको थियो । मैले आफू नेपालबाट आएको परिचय दिँदै बसभित्रै उनलाई बुद्ध जन्मेको देश भारत होइन, नेपाल हो भनी सच्याउन खोज्दा उनी अकमक्क परेकी थिइन् । ती कोरियाली महिलालाई वास्तवमै बुद्धको जन्मभूमि नेपाल हो भन्ने थाहा रहेनछ । उनले विद्यार्थी छँदा बुद्धको जन्म र बौद्धधर्मको उत्पत्तिस्थल भारत भनेर पढेकी रहिछन् । बुद्धको जन्मस्थल र नेपालबारे थप अध्ययन गर्न मैले उनलाई आग्रह गरेको थिएँ । उनीमात्र होइन, बसमा यात्रा गरिरहेका सबैजसो विदशी पाहुनालाई पनि लुम्बिनीबारे र बुद्ध जन्मिएको देश नेपाल हो भन्ने थाहा रहेनछ । Read the rest of this entry »

Posted in लेख / रचना | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: