Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘रामकुमार श्रेष्ठ’

जिम्मेवारीपूर्ण नि:स्वार्थ नागरिकीय जिम्मेवारीबोध – आजको आवश्यकता: सामाजिक अभियन्ता, इन्जिनियर रामकुमार श्रेष्ठ

Posted by Ram Kumar Shrestha on July 12, 2014

ramkumarश्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा छरिएर रहेका हामी लाग्यौं जसले छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”

डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ | Read the rest of this entry »

Posted in अन्तरबार्ता, बिबिध | Tagged: , , , , , , , , , , , , , , , | Leave a Comment »

नेपाली संचार जगतमा नयाँ रेकर्ड: बुद्ध र लुम्बिनीसम्बन्धी २४ घण्टे कार्यक्रम

Posted by Ram Kumar Shrestha on May 29, 2013

Nepali Sanchar record

बिस्वभरिका करोडौंद्धारा मनाइने बुद्ध जयन्तीमा बुद्धप्रतिको सम्मान, बुद्धका सन्देशहरुको प्रचार प्रसारका साथै सत्यको प्रतिरक्षाका लागि सत्यका पर्यायबाची बुद्धको जन्मस्थलको पनि प्रचार प्रसार गरी बर्षेनी झुक्केर वा झुक्याइएर बुद्ध जन्मस्थल जान चाहनेहरुलाई गलत ठाउँमा जानबाट पुग्ने वा पुर्याइने कामको अन्त्य गरी उनीहरुको मानबाधिकार रक्षाको लागि कार्य गरिनुलाई पनि बुद्ध जयन्तीको एउटा अभिन्न अंगको रुपमा लिइनु पर्ने हुन्छ यो समस्यालाई निस्तेज नपारियुन्जेलसम्म । यसैले लुम्बिनी-कपिलवस्तु दिवस अभियान शुरु भएपस्चात नेपाललाई बुद्ध जन्मनु भएको देशको रुपमा चिनाउने काम बुद्ध जयन्तीको अभिन्न अंग जस्तै बन्न पुगेको छ अधिकांश देशमा ।

Special

नेपाली संचार जगतमा २५५७ औं बुद्ध जयन्तीको पावन अबसर पारेर लुम्बिनी-कपिलवस्तु दिवस अभियानको उद्धेस्य प्राप्तीमा ऐक्यबद्धता जनाउँदै अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित २४/७ रेडियोले लक्षित २४ घण्टे बुद्ध र लुम्बिनी बिषयमा मात्रै केन्द्रित भएर आयोजना गरेको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ ।  कार्यक्रम मेलबर्न समय २४ मइको रातको १२ बजे शुरु गरेर २५ मइको रातको १२ बजे अन्त्य गरेको थियो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , , , , , , , , | Leave a Comment »

 
%d bloggers like this: