Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘Teriya in Sydney’

डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया मगर सिडनी आउँदै

Posted by Ram Kumar Shrestha on July 15, 2014

Teriya sajhडिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्ति दूत” तेरिया फौजा मगर आगामी अगस्ट ३ तारिखका दिन सिडनीमा आयोजना गरिने तेरिया साँझ कार्यक्रममा आफ्नो जादुमय न्रित्य प्रदर्शन गर्न आउँदैछिन । यस्का लागि जी टिभिसंग कनेक्ट नेपाल अस्ट्रेलियाले गर्नु पर्ने संपूर्ण प्रकृया पुरा गरिसकेको छ ।

१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी हुन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उप-प्रधानमन्त्री प्रकाशमान सिंहज्यूले अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी हस्तान्तरण गर्नु भएको थियो । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | Leave a Comment »

 
%d bloggers like this: