Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Posts Tagged ‘The Dhammakaya Foundation’

तेश्रो कपिलवस्तु दिवस मनाउन नेपालमा बिशेष तयारी

Posted by Ram Kumar Shrestha on November 28, 2011

काठमाण्डौं, मंसिर ११: आगामी डिसेम्बर १, २०११ (तेश्रो कपिलवस्तु दिवस) को अवसरमा नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रिया एवं लुम्बिनी विकासका पहल गर्न नेपाल सरकारद्वारा गठित वृहत लुम्बिनी विकास निर्देशक समितिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अभिनन्दन गर्न बिशेष तयारी गरेको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री लोकेन्द्र बिष्ट, संस्कृति राज्यमन्त्री सुस्मा शर्मा, रुपन्देही; कपिलबस्तु र नवलरासी जिल्लाका सांसदहरु, थाइल्याण्डका The Dhammakaya Foundation का अध्यक्ष Lalita Pat र Ven. Kittipong, World Fellowship of Buddhist Youth का अध्यक्ष Dr. Pornchai Pinyapong, बेल्जियमबाट Pauul Vande Moortel को उपस्थिति रहनेछ । साथै वृहत लुम्बिनी विकास निर्देशक समिति, नेपाल पर्यटन बोर्ड, अभियानका बिस्व कार्य समितिका बिभिन्न देश तथा नेपाल राष्ट्रिय समितिका प्रतिनिधिहरु, पर्यटन ब्यबसायी, शिक्षक एबं बिद्यार्थी र सर्ब साधारणको समेटा उक्त कार्यक्रममा उपस्थिति रहने छ ।

कार्यक्रमको पहिलो सत्र बिहान ९ बजेदेखि १२ बजेसम्म चल्नेछ् भने दोस्रो सत्र दिनको १ बजेदेखि ३ बजेसम्म । दोस्रो सत्रमा “लुम्बिनी विकास: सम्भावना र चुनौतीहरु” नामक एक वृहत अन्तरक्रियामा अभियानका ताईवान संयोजक डा. हरिकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय साँस्कृतिक दूत श्री मनोज गजुरेल, सार्क सल्लाहकार श्री केदार शाक्य, नेपाल राष्ट्रिय संयोजक नीलकण्ठ तीवारी र लुम्बिनी स्थानीय संयोजक श्री दुर्गा अर्यालले कार्यपत्र पेश गर्नु हुनेछ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , | 1 Comment »

 
%d bloggers like this: