Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for December 26th, 2009

नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु (लुम्बिनी र कपिलवस्तुमाथि भारतीय अतिक्रमण)

Posted by worldamity on December 26, 2009

By राज श्रेष्ठ
कीर्तिपुर, काठमाडौ, rajshrestha2002@hotmail.com

लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ। यो दिन डा. ए. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो। यस स्तम्भमा ब्राम्ही लिपि, पाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निर्क्यौल गरिएको थियो। अशोक स्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दीभन्दा केही वर्ष भैसकेको छ तापनि भारतीय सञ्चार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन। भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं।

बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थलमध्ये एक, भगवान् बुद्धको जन्मस्थल, लुम्बिनीमा भारतको राष्ट्रिय गान बज्ने रहेछ भन्ने समाचार काठमाडौं उपत्यकामा प्रसारण हुने इमेज न्यूज एफ.एमले पुष ६ गते साँझ प्रसारण गरेको छ। उक्त रेडियो रिपोर्ट अनुसार बौद्ध धर्मावलम्बी पर्यटकहरू भारतको बाटो हुँदै लुम्बिनी भ्रमण गर्न आउँदा भारतीय पथप्रदर्शकहरूले लुम्बिनी भारतीय भूमि हो भन्दै भारतको राष्ट्रिय गान सुनाइदो रहेछ। लुम्बिनीलाई भारतीय भूमि मान्दै ती बौद्ध धर्मावलम्बी श्रद्धापूर्वक भारतको राष्ट्रिय गान गाउने गर्दा रहेछन्। अशोक स्तम्भ अगाडि सम्मानपूर्वक भारतको राष्ट्रिय गान गाइंदा पनि यो भारतीय भूमि होइन, नेपाली भूमि हो भन्ने आँट लुम्बिनी विकास कोषका पदाधिकारीहरूले गर्न सक्दा रहेनछन्। Read the rest of this entry »

Posted in लेख / रचना | Leave a Comment »