Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for August, 2016

के बुद्धले बुद्धत्व नेपालमै प्राप्त गरेकै हुन त?

Posted by Ram Kumar Shrestha on August 23, 2016

रामकुमार श्रेष्ठ 

Buddha rays“गौतम बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तराष्टिय सम्मेलन भएको थियो । बुद्धले भारतको बोधगयामा होइन, कपिलवस्तुमा बुद्धत्व पाएको यथेष्ट प्रमाणहरु छन् । बोधगयामा त बुद्धले घोषणा मात्र गरेका हुन् । यो ऐतिहासिक तथ्यलाई ढाकछोप गर्नु हुदैन भनी तत्कालीन सरकारले अन्तराष्टिय सम्मेलन गरेको हो ।” – दोलखाको गौरीशंकर बहुमुखि क्याम्पसमा सोमबार आयोजित एक कार्यक्रमका प्रमुख वक्ताका रुपमा पूर्व संस्कृति एवं पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बिस्वब्यापी महत्व राख्ने अत्यन्तै संबेदनशिल यो कुरा बताए । हालसम्म बुद्धले ध्यान गर्ने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिने काम भारतमा भएको मान्ने गरिएको छ ।

बुद्ध सर्क्युटको प्रसंग उठन थालेको करीब आधा दशक भैसक्यो । यो प्रसंगले कुनै पनि बेला अनपेक्षित गति लिन सक्छ । बुद्ध सर्क्युटले त्यस्तो गति लिनु अगावै यदि बुद्धले बुद्धत्व नेपालमा प्राप्त गरेको भन्ने माथिको प्रसंग सही नै हो भने यस्लाई नेपाल सरकार, नेपाली बुद्धिजीवि र संचारकर्मीको संयुक्त प्रयास मार्फत निर्णयक मोड दिन ढिलाई गरिनु हुन्न । गत डिसेम्बरमा म नेपाल रहँदा चीनका पूर्व राजदूत एबं अभियानका बिस्व कार्य समितिका सल्लाहकार टंक कार्कीसंगको लामो कुराकानीको सिलसिलामा उहाँले बुद्ध सर्क्युटमा स्वयम्भूलाई छुटाउनै नहुने कुरामा जोड दिनु भएको थियो । यो अवस्थामा बुद्ध सर्क्युटमा नेपालका कम्तीमा पनि लुम्बिनी, कपिलवस्तु र स्वयंभू पर्नेछन ।

गत वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनका लागि तात्कालिन सरकारले पहिला “Buddha and Buddhism was born in Lumbini Nepal” नारा मन्त्रिपरिषदबाट पारित गरेकोमा यस्लाई असान्दर्भिक भएकोले सच्याउनु पर्ने सुझाबका कारण पछि “Lumbini, Nepal; Birthplace of Lord Buddha & fountain of Buddhism” को रुपमा पारित गरियो । पहिलो नारा अहिलेसम्मको परिस्थितिमा बिबादास्पद र आपत्तिजनक मानिनु स्वाभाबिकै थियो । Buddha born in Nepal नाराले बिस्वब्यापी रुपमा प्राप्त गरेको लोकप्रियताकै आधारमा त्यो किसिमको नारा सरकारी स्तरबाट पारित गरिनु राम्रो होइन । यदि त्यसो होइन र बुद्धले बुद्धत्व नेपालमा नै प्राप्त गरेका हुन भने पहिला त्यो मान्यतालाई स्थापित गरिनु पर्ने हुन्छ वा कम्तीमा पनि त्यस्को लागि ठोस योजनाका साथ बिशेष प्रयासको थालनी हुनुपर्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयलाई सामान्य रुपमा लिन सकिन्न । मन्त्रिपरिषदबाट पछिल्लो पटक पारित गरिएको निर्णय निकै ओजिलो देखिन्छ पहिलोको तुलनामा । सरकारी स्तरबाट गरिने निर्णय यसरी हल्का रुपमा आउनुलाई राम्रो मान सकिन्न ।  Read the rest of this entry »

Posted in बिबिध, लेख / रचना, Uncategorized | Leave a Comment »