Lumbini-Kapilvastu Day Blog

Welcome to Lumbini, Nepal – the birthplace of Buddha

Archive for the ‘Press Release’ Category

भारतले अन्तराष्ट्रिय समुदायसंग क्षमा याचना गर्नु पर्ने

Posted by worldamity on October 1, 2015

logoहालै नेपाल बिरुद्ध भारतले गरेको नाकाबन्द बिरुद्ध लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा जारी गरिएको प्रेस बिज्ञप्तिको पूर्ण विवरण:

मित्र राष्ट्र भारतको नेपालप्रतिको बिभिन्न खाले हेपाहा प्रबृति कुनै नौलो कुरो होइन । यस खाले भारतीय रवैयाको बिरोध नेपालभित्र नभएर बिभिन्न देशमा समेत हुने गरेका छन र भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्न किसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा आयोजना गरिएको बिस्वब्यापी कार्यक्रमकै अंशको रुपमा सामाजिक सन्जाल फेसबूक मार्फत बिशेष तयारीका साथ लगातार २५ घण्टे ऐतिहासिक बिरोध कार्यक्रम समेत भएको थियो ।

नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनपस्चात भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुन: परिचय दिए, तर जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषदमा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मन र फ्रान्समा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे । Read the rest of this entry »

Posted in Miscellaneous, Press Release | 1 Comment »