केदार शाक्य*
बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने ऐतिहासिक कुरामा भारतीयहरुले बखेडा मच्याएको हुदै होइन । दिग्भ्रम कहाँ छ त ? लुम्बिनी उत्तर भारतमा छ । यो दिग्भ्रम उनीहरुले फैलाएका हुन् ।
योगगुरु रामदेव नेपाल आउँदा खुल्लामंचमा “बुद्धका जन्म नेपाल मे हुवा था” भन्छन र तालि खान्छन, तर हरिद्धार फर्केपछि “हमारा भारत महान हैं जहाँ भगवान बुद्धका जन्म हुवा था” भनि पुस्तक लेख्छन ।.. फलानोले आफ्नो बाबुलाई देखाएर तिमी उसैका छोरा हौ भनि दिनु पर्ने कत्रो बिडम्बना ? फलानोले भनेको म त उसैको छोरा रहेछु भनेर गौरब गर्ने ?
पहिले लुम्बिनी विकास कोषको ऐन बनाउदा “लुम्बिनीको पबित्र माटोको रक्षा गर्न बान्छनीय भएकोले यो ऐनको ब्यबस्था गरिएको छ” भनि २०४७ सालमा ऐन बनाउन संसदमा पेस गरिएको थियो, पास भएको थिएन । ऐनको अन्तिम रुप तयार भइसकेको थियो । संसदमा पेस भएपछी एकजना सांसदले प्रश्न उठाएका थिए, “यो ऐन अधुरो छ, लुम्बिनीको माटोलाई किन केका लागि सुरक्षा गर्ने ? ऐनमा प्रष्ट छैन । लुम्बिनी किन पबित्र छ ?” सांसद महोदयले यसरि प्रश्न उठाएपछि मात्र “भगवान बुद्धको पबित्र जन्मस्थल” भन्ने वाक्यांश थपिएको थियो ।
नेपाल रास्ट्र बैंकले निकालेको एक सय रुपियाको नोटमा “लुम्बिनी बुद्धको पबित्र जन्मस्थल” उल्लेख गरेर अशोक स्तम्भको चित्र नोटमा देखाएको छ । लुम्बिनी र बुद्धको स्पस्ट उल्लेख गरेको छ । यो नोट देखनेहरु निकै दंगदास छन् । तथापी यसमा पनि कहीं कतै कमि देखिएको छ । लुम्बिनी कहाँ छ ? उल्लेख छैन । तर्क आउन सक्छ नेपालको नोटमा लेखिएपछि लुम्बिनी पनि नेपालमा त हो नि ? यस्तो कुरा लेखेर अन्य कुनै मुलुकले पनि नोट प्रकाशन गर्न सक्छ । “लुम्बिनी भगवान बुद्धको पबित्र जन्मस्थल” यसमा “लुम्बिनी नेपाल” लेखिएको देखिदैन । नेपाल शब्द राख्न कन्जुसी किन ? Read the rest of this entry »